Samadhan National Daily

‘संघीयता खारेज नगरे संघीयताले देश खारेज गर्छ’

सरकार होइन, एनजीओ आइएनजीओले नयाँ संविधानमा हाली–मुहाली गरिरहेका छन्  ।

chitrabdr-kc-feature-

chitrabdr-kc-feature-

चित्रबहादुर केसी
अध्यक्ष, राष्ट्रिय जनमोर्चा नेपाल
संघीयता नेपाली जनतालाई अरूले सुनाएको कुरा हो । नेपालीको आफ्नो चाहना पनि होइन । सोच पनि होइन । आफ्नो सोच र चाहना नभएको विषय आउँदा जनतालाई अलमल भयो । आफ्नो सोच आफ्नो विषय भएको भए राज्यको पुनःसंरचना, शासकीयस्वरुप लगायत विभिन्न विषयमा जनता तयार हुन्थेँ । अब अहिले जुन राज्य पुनसंरचनाको कुरा आयो । यो जनताले चाहेको र देशको आवश्यकता भन्दा मनोमानी किसिमले आयो ।
अघिल्लो संविधानसभामा राज्यको पुर्नसंरचना गर्दा चितवनलाई चार भाग लगाए । चितवन टुक्रनासाथ चितवनका जनता तुरुन्त सडकमा उत्रिए । आन्दोलन चर्किएपछि आफ्नो जिल्ला भएकाले प्रचण्डले जनताको बीचमा गएर कान समाएर उठबस गरे ।
जनताको बीचमा गएर उनले भने, ‘म कुनै पनि प्रकारले चितवन विभाजन हुन दिन्न ।’ प्रचण्डको यो शैलीले एउटा के सिकायो भने, ‘दबाब दियो भने आफ्नो क्षेत्र आफ्नो अञ्चल, आफ्नो जिल्ला टुक्राउन सक्दैनन् ।’ नेताले ६ प्रदेश बनाउँदा पूर्वाञ्चलमा तराई र पहाड मिलाए । पश्चिमको पनि नौ जिल्ला मिलाए । त्यसबाट जनतालाई के पर्यो भने आफ्ना चुनाव क्षेत्र र आफ्ना एरिया भान्सेले मिलाए, अन्यत्र जनताको समस्या र जनताको आवश्यकतालाई ख्याल गरेनन् । मनोमानी किसिमले राज्यको पुनसंरचना गरे भनेर जनता आक्रोशित भएका हुन् । अब राज्यको पुनसंरचना गर्ने हो भने अञ्चल, जिल्ला केही पनि छुन पाइदैन भन्ने कुरा हुँदैन । तर, छोएमा विरोध गर्नुपर्छ भन्नेकुरा त हिजो प्रचण्डले नै सिकाएको कुरा हो नि ! होइन ? राष्ट्रिय जनमोर्चाले पनि पुरानो संरचना ७५ जिल्ला १४ अञ्चल ठिक छ भनेको छैन ।
अहिले यातायतको विकास भयो, सञ्चारको विकास भयो, जनताको चेतनाको विकास भयो त्यसो भएर त्यो पुरानो संरचनामा केही नयाँ गर्नैपर्छ । तर, आफूले भोग चलन गरेका जिल्ला(अञ्चल फुटाएर प्रचण्ड, भिमराव, कृष्ण सिटौला, शेरबहादुर र केपी शर्मा ओलीहरुलाई नहुने अनि अरुलाई चाहिँ उनीहरुले जे पनि गर्ने ?
यो मनोमानी संरचनाको प्रतिक्रिया हो देशभरको आन्दोलन । एकीकृत माओवादीले जनयुद्धमा पनि र त्यसपछि पनि जातिवादको प्रशस्त अभ्यास गरायो । मधेसी जमिनदारले तराईका समथर भूभाग पहाड हिमालबाट अलग गर्नुपर्छ भनेरे दश आठ वर्षदेखि लगातार अभ्यास गरे । त्यहाँका जनतालाई अभ्यस्त गराए । जातिय राज्यको बिऊँ रोप्ने एकीकृत माओवादीले अहिले पुनसंरचना गर्दा जातिय राज्य छोड्यो । कांग्रेस र एमाले जातिवादसित तर्किए ।
कांग्रेस र एमाले सुरुमै चाहिँ आफ्नो पार्टी्भित्र मौलाएको पृथकतावाद र जातिवादका विरुद्ध सतर्क र चनाखो हुन सकेनन् । कांग्रेस र एमाले भनेका सबै प्रकारका मान्छे भेला गरेर पार्टी बनाउने हुन । यिनीहरुका पार्टीमा पृथकतावादी, जातिवादी, भारतीय, अमेरिकन, दरबारीया सबै मान्छे हुन्छन् ।
गिरिजाप्रसाद प्रधानमन्त्री हुँदाको एउटा महत्वपूर्ण घटनाको स्मरण गराउँ । त्यत्तिबेला नारायणसिंह पुनलाई नेपाली कांग्रेसले म्याग्दीबाट जिताएर पर्यटन मन्त्री बनाएको थियो । उनी राजाका विश्वास पात्र थिए । राजपरिवारको २२ वर्ष प्लेन चलाएर बसेका हुन् ।
एक दिन गिरिजाबाबुसित बसेर चिया खाने सिलसिलामा दुख–सुखका कुराकानी भयो । गिरिजाले ‘हाम्रा कुरा सबै दरबारमा जान्छन् केसीजी’ भन्नुभयो । मैले कोबाट जान्छ भने । उहाँले भन्नुभयो, ‘देख्नु भएन नरायणसिंह पुनले कांग्रेस भित्रका कुरा सबै दरबारमा लान्छन् ।’ उहाँले त्यसो भनेपछि मैले भने, ‘तपाईँ यो देशको प्रधानमन्त्री, तपाईं नेपाली कांग्रेसको सभापति अनि जब नारायणसिंह पुनले कांग्रेसका कुरा सबै दरबारमा लान्छ भने अनि किन उसलाई आफ्नो मन्त्री मण्डल र पार्टीमा राखिराख्नु भएको छ ?’ उनले उल्टो मलाई भने, ‘तपाईंलाई थाहा नै हुँदैन यस्तो कुरा । तपाईं त सोझो मान्छे । कोही दरबारका, कोही दिल्लीका, कोही अमेरिकाका मान्छे बस्ने गर्छन् । त्यसैले त नेपाली कांग्रेस हुन्छ,’ भनेपछि म अवाक भएँ ।
एक दिन गिरिजाबाबुसित बसेर चिया खाने सिलसिलामा दुख–सुखका कुराकानी भयो । गिरिजाले मलाई भने, ‘तपाईंलाई थाहा नै हुँदैन यस्तो कुरा । तपाईं त सोझो मान्छे । कोही दरबारका, कोही दिल्लीका, कोही अमेरिकाका मान्छे बस्ने गर्छन् । त्यसैले त नेपाली कांग्रेस हुन्छ,’ भनेपछि म अवाक भएँ ।
अहिले पनि कांग्रेस भित्र त्यस्ता मान्छे छन् । पृथकतावादी पनि छन् । जातिवादी पनि छन् । विभिन्न खालका अवैध धन्दा गर्ने मान्छेको पनि त्यहाँ खाँचो छैन । राज्यको पुनसंरचनामा भाडभैलो गर्ने पनि त्यही छन् । मधेस टुक्राउनु पर्छ भने पनि त्यही छन् । जातिय राज्य खोज्ने पनि त्यही छन् । संघीयताको यिनै खराब मान्छेहरुले ल्याएका हुन् । संघीयतामा लैजाने कुरा कुनै कांग्रेस र एमालेको अथवा नेपाली जनताको सोच होइन । जुन सोच र खाँचो नेपाली जनतामा थिएन ।
मैले त भन्दै आएको छु ‘यो संघीयता विदेशीले भिराइदिएको गलपासो हो । यो गलपासो नेपाल राष्ट्रको घाँटीमा कसिदै गएको छ । बेरिदै गएको छ । यो गलपासो समातेर बस्नेलाई पनि विपत परेको छ । प्रदेशमा पनि वैज्ञानिक आधार छैन । पहिला १४ प्रदेशमा राज्यको पुनसंरचना गर्ने भनेर यिनै नेताले चार वर्ष संविधानसभामा भत्ता खाए । ११ प्रदेशमा त सहमति नै भएको हो । त्यसपछि १० मा आए । आठमा आए । पछिल्लो पटक सातमा आए र अब जनताले कल्पनै नगरेको छ मा आए । भनेपछि यो प्रदेशको निर्णय गर्नेलाई नै थाहा छैन कि यहाँ नेपालमा कस्तो प्रदेश बनाउँदा ठिक हुन्छ ? नेपालमा संघीयताको प्रयोग कसरी गर्नुपर्छ ? संघीयता आवश्यक हो कि होइन ? प्रमुख नेतालाई नै त्यो थाहा छैन । उनीहरुलाई त्यो संघीयता कसले बोकाइदियो अब त्यो हुन्न भन्न सकेनन् । संघीयता बोक्नेलाई नै संघीयताको छेउ टुप्पो थाहा छैन ।
राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै भनेको केन्द्रिकृत भ्रष्ट सामन्ती शासनको अन्त्य गरौँ । सिंहरदरबाले ७५ जिल्ला र १४ अञ्चललाई शोषण गर्छ त्यो गाविस र नगरपालिकालाई दिऊँ । स्थानीय निकायलाई दिऊँ । राज्यको पुनसंरचना गर्नुपर्छ । तर, जनताले अञ्चलहरु फोरेर, जिल्लाहरु फोरेर यत्तिसम्म कि आफू बसेको गाविससम्म फोरेर संघीयता स्वीकार गर्ने वाला छैनन् ।
नेपालमा संघीयताको प्रयोग कसरी गर्नुपर्छ ? संघीयता आवश्यक हो कि होइन ? प्रमुख नेतालाई नै त्यो थाहा छैन । उनीहरुलाई त्यो संघीयता कसले बोकाइदियो अब त्यो हुन्न भन्न सकेनन् । संघीयता बोक्नेलाई नै संघीयताको छेउ टुप्पो थाहा छैन ।
दुई अञ्चलको एक प्रदेश ठिक हुन्छ ?
अन्तिममा हाम्रो पार्टीले अघि सारेको राज्यको पुनसंरचनामा नआई सुखै छैन । कोशी र मेची मिलाएर एउटा प्रदेश बनाउनुहोस् । सगरमाथा र जनकपुर बनाएर एउटा बनाउनुहोस् । नारायणी र बाग्मती गरेर अर्को बनाउनुहोस् । धौलागिरी र गण्डकी गरेर अर्को बनाउनुहोस् । कसैको बेसी पनि गएन, हिमाल पनि गएन पहाड पनि गएन । यसरी गर्दा देशभरका जनता उफ्रनु त परेन नि ! दुई अञ्चल मिलाएर प्रदेश गराउने वित्तिकै जनता आन्दोलित हुँदैनन् । राज्यको पुनसंरचना गर्नुपर्छ । थोरै प्रदेश बनाउनु पर्छ । राष्ट्रिय जनमोर्चाले भनेको के हो भने दुई अञ्चल एक प्रदेश । कर्णाली विकट छ । त्यसको विकास भएको छैन । काठमाडौँ र विराटनगरको तुलनामा सय वर्ष पछाडि छ । त्यसलाई छुट्टै प्रदेश गराउनुपर्छ । हामीले १० वर्षदेखि भन्दै आएको यही हो ।
संघीयता ल्याउनका निम्ति जुन ५० औँ अर्ब रुपैयाँ नेपाली जनताको खर्च भयो । त्यही बाहानामा देशी विदेशी शक्ति चलखेल गरिराखेका छन् । संघीयता ल्याइसकेको दुष्परिणाम त यो राष्ट्रले अझ भोग्नै बाँकी छ । कस्तो देशमा संघीयता चाहिन्छ ? कस्तो देशमा संघीयता सफल भयो ? कस्तो देशमा संघीयताका कारणले राष्ट्रको अस्तित्वै समाप्त भयो भन्ने कुरामा प्रमुख दल गम्भीर भएनन् ।
संघीयता ल्याइसकेको दुष्परिणाम त यो राष्ट्रले अझ भोग्नै बाँकी छ । कस्तो देशमा संघीयता चाहिन्छ ? कस्तो देशमा संघीयता सफल भयो ? कस्तो देशमा संघीयताका कारणले राष्ट्रको अस्तित्वै समाप्त भयो भन्ने कुरामा प्रमुख दल गम्भीर भएनन् ।
गिरिजाले खुशी भएर संघीयता स्वीकार गरेको होइन ?
उनले संघीयता स्वीकार गरेपछि पनि मैले कुरा गरेको थिए । संघीयताको भुमरीमा यो मुलुकलाई पारिसकेपछि यहाँ विदेशीको यति ठूलो चलखेल र लगानी छ त्यो अनुमानसम्म गर्न सकिदैन । संघीयताको नाममा अहिले पनि ५० हजार बढी एनजीओ र आइएनजीओ सक्रिय छन् नेपालमा । सरकार होइन ती एनजीओ आइएनजीओले नयाँ संविधानमा हाली मुहाली गरिराखेका छन् ।
अन्तरिम संविधानमा संघीयता थिएन् । तराईंमा ‘एनजीओ’लाई पार्टी दर्ता गराएर खासगरी भारतीयहरुले तराईं अलग गराउन आन्दोलन उठाइदिए । त्यो आन्दोलनका अगाडि त्यत्तिबेलाको सत्तालाई संघीयता स्वीकार गर्नु बाध्यता भयो । यो मञ्जुरीले स्वीकार गरेको होइन । खुशीराजीले संघीयता स्वीकार गरेकै होइन गिरिजाप्रंसादजीले ।
नागरिकता कस्तो बन्नुपर्छ ? राज्यको पुनसंरचना कस्तो हुनुपर्छ । शासकीय स्वरुप कस्तो हुनुपर्छ ? यिनीहरुको प्रभावले यी सबै काम भएका छन् । यो संघीयताको दुष्परिणाम हो । प्रमुख दलले पछिल्लो समय गरेको १६ बुँदे सम्झौतामा सीमांकनको कुरा छैन । सीमांकनका विषयमा जान अन्जान जुनसुकै स्वार्थमा भए पनि सर्वोच्च अदालत बोल्यो । संवैधानिक राष्ट्रपतिले मुख खोले । यो सर्वोच्च र राष्ट्रपति पछिल्लो पटक बोलेको पनि उतै दक्षिण तिरको निर्देशन हो भन्नु म त । साँच्चै कुरा गर्ने हो भने यो धेरैलाई नपच्ला । तर, पछि शेरबहादुर र प्रचण्ड त्यहाँ गएपछि सीमांकन नटुंग्याइकन अब संविधान जारी नगर्ने तयारी सुरु भएको यथार्थ हो । अहिले त्यही भएको छ ।
अन्तरिम संविधानमा संघीयता थिएन् । तराईंमा ‘एनजीओ’लाई पार्टी दर्ता गराएर खासगरी भारतीयहरुले तराईं अलग गराउन आन्दोलन उठाइदिए । त्यो आन्दोलनका अगाडि त्यत्तिबेलाको सत्तालाई संघीयता स्वीकार गर्नु बाध्यता भयो । यो मञ्जुरीले स्वीकार गरेको होइन । खुशीराजीले संघीयता स्वीकार गरेकै होइन गिरिजाप्रंसादजीले ।
एनजिओ र आइएनजिओलाई लखेट्नु पर्छ
अर्को महत्वपूर्ण करा छ, म पनि सुझाव संकलनको लागि जिल्ला गएँ । एनजिओ आइएनजिओले हुलका हुल मानिस तयार गरेको छ । म त आश्चर्य त्यत्तिबेला परेँ मेरै जिल्लामा तीन ठाउँ जाँदा एउटै भाषा छ। एउटै कुरा छ । उनीहरु नढाटी भन्छन्, हाम्रो महिला सञ्जाल हो । हाम्रो निर्णय यस्तो छ, भनेर पढेर सुनाउछन् । त्यहाँ अरु सिडियो सभासद्लाई र सर्वसाधारण जनतालाई माइक छुन पनि दिइएन । त्यहाँ एनजिओ र आइएनजिओले लगानी गरेर योजना अनुसार नागरिकताको बारेमा आवाज उठाएका छन् । दलितका बारेमा आवाज उठाएका छन् ।
जनजातिको बारेमा आवाज उठाएका छन् । त्यो सबै लगानी गर्ने सेट एनजिओ र आइएनजिओले गरेका छन् । यी एनजिओका अगाडि यो सत्तामा बस्नेहरु नतमस्तक छन् । यिनको केही दैया चल्दैन । मुलुकलाई स्वतन्त्र बनाउने हो भने पहिला चाहिँ यी एनजिओ र आइएनजिओलाई नेपालबाट खजेट्नु पर्छ । यहाँ यिनको कुनै काम छैन ।
संघीयता खारेज गर्नुको विकल्प छैन
६ प्रदेश ठिक भएन । कर्णालीका जनताले राज्यको पुनसंरचनामा हाम्रो अलग प्रदेश हुनुपर्छ भन्ने जुन माग गरेका छन् त्यो माग जायज छ । त्यो जायज मागलाई पुरा गर्नुको साटो त्यहाँ यो सरकार गोली चलाइराखेको छ । कफ्यु लगाइराखेको छ । ६ प्रदेश पनि जब दबाब आउछ त्यसपछि त उनीहरु पछि हट्छन् । नेपालमा चार दलले अहिले जनतालाई ६ प्रदेशको संघीयता भजाए पनि संघीयता ल्याएको यहाँ नेपालका हिमाल पहाडबाट अलग गर्न हो । जातिय राज्य ल्याएर जाति जाति बीच लडाईँ गराउन हो । अब पछिल्लो पटक हिजो ०६२–६३ को आन्दोलनले किनारा लगाएका प्रतिगामी पनि यत्ति जोडदार रुपले शक्तिशाली भएर आएका छन् । धार्मिक युद्ध हुन्छ भनेर स्वयम् कांग्रेस भित्रका पनि कतिपय मान्छेहरु धार्मिक युद्धको नेतृत्व गरेर हिडिराखेका छन् ।
देश आज पृथकतावादको चक्करमा, जातिवादको चक्करमा पुनउत्थानवादीको उनीहरुको गुमेको स्वर्ग फर्काउने खेलमा सँगै धेरै किसिमको घनचक्करमा मुलुकलाई पारिएको छ ।
नेपाली जनताले संघीयताले मुलुक रहन्छ । जातिय सद्भाव कायम हुन्छ । क्षेत्रीय सद्भाव कायम हुन्छ भनेर नसम्झे हुन्छ त्यो भ्रममा नपरे हुन्छ । संघीयताका कारणले यो १० वर्षसम्म अराजकता बढीहरयो । द्वन्द्वबढिराख्यो । जातिय सद्भाव बढिराख्यो । क्षेत्रीय सद्भाव, धार्मिक सद्भाव विग्रियो । यसको कारण संघीयता नै हो । त्यसकारणले यो संघीयता नेपाली जनताको घाटीमा गलपासो लागेको यहाँ जातिय सद्भाव ध्वस्त पार्न, क्षेत्रीय सद्भाव ध्वस्त पार्न, यहाँ अराजकता मच्चाइरहन र सत्तामा बसेकालाई कमजोर बनाएर आफ्ना गलत उद्देश्य शक्ति राष्ट्रले यिनै कमजोरमाथि लाद्न हो । त्यसकारण नेपाली जनताले बुझ्नुपर्छ । संघीयता खारेज गर्नुको विकल्प छैन ।
प्रजातान्त्रिक विकेन्द्रिकरणको आधारमा संविधान बन्नुपर्छ । स्थानीय निकायको अधिकार जनतालाई मौलिक अधिकारको रुपमा व्यवस्था गर्नुपर्छ । सिंहदरबारको अधिकार अहिले पनि सिंहदरबारमै छ । १८ वर्षभयो स्थानीय निकायको चुनाव नभएको प्रजातन्त्रको कुरा गर्छन् ।
नेपाली जनतालाई हक अधिकार दिन संघीयता आएकै होइन । मधेसी दलको लक्ष्य त काकड्भिट्टा देखि महेन्द्रनगरसम्मका तराई जिल्लालाई अलग गर्नु छ । त्यसलाई आत्मनिर्णय गरेर छुट्टिन पाउने अधिकार नयाँ संविधानमा राख्नु पर्ने माग छ । राखेपछि कालान्तरमा भारतीय महासंघमा सामेल हुन उनीहरुलाई बाटो खुल्छ । तर यो मधेसीको उद्देश्यमा अहिले भर्खरै कांग्रेस र एमाले लतारिएनन् । यो निर्णय कांग्रेस र एमालेको सही निर्णय हो । तराईका जमिनदारहरुले जुन कुरा उठाएका छन् त्यहाँ तराईका सिमान्तकृत, सुकुम्बासी जनता विभिन्न दलितको प्रतिनिधित्व तिनले गर्न सक्दैनन् । त्यहाँ २४ घन्टामा ४८ महिला दाहिजोको नाममा पोलिन्छन् । जातियताको कति पीडा छ ।
अनि अन्धविश्वास र बोक्सीका मामलामा तिनीहरुले एक दिन पनि ध्ययन दिदैनन् । उनीहरुको ध्यान तराईं मधेसलाई हिमाल पहाडबाट अलग गर्नुपर्छ भन्ने नै हो । संविधान बनाउने नामममा उनीहरुको जमिनदारी प्रथा कायम गर्ने अनि सके दुई प्रदेश बनाउने नत्र एक प्रदेश बनाउने र जमिनदार त्यो प्रदेशको मुख्यमन्त्री हुने, गर्भनर हुने र फेरी पनि त्यहाँका सीमान्तकृत जनतामाथि आफू त्यहाँ राजा हुन चाहन्छन् । अनि राजा हुनेमात्र होइन कालान्तरमा तराई भित्री मधेसलाई भारतीय भूमिमा मिसाउने यो ग्राइन्ड डिजाइन हो । त्यो डिजाइन अन्तर्गत यहाँ संघीयता आएको हो ।
डाक्टरले जातीय मुद्धा छोडे वैद्यले बोके
अब १२ १४ वर्षदेखि जातिय, क्षेत्रीय आधारमा एकीकृत माओवादीले राजनीति गयो । माओवादीले विभिन्न जातिलाई बोकेर हिड्यो । अहिले कांग्रेस र एमालेले जातिय राज्य मानेनन् । जुन प्रचण्ड बाबुरामले जातिय राज्य बोकेर हिडेका थिए । मुलुकमा केही द्वन्द्व बढाउन उनीहरु सफल भए । अब त्यो कुरा सम्भव नभएपछि उनीहरुले त्यो मुद्धा छोडे । डक्टरले जातिय र क्षेत्रीय मुद्धा छोडेपछि अहिले वैद्यले बोकेर हिडेका छन् ।
अब त्यसको जिम्मा वैद्यले लिएका छन् । तराईका जमिनदारको उद्देश्य हिमाल र पहाडबाट तराईलाइ अलग गर्नु छ । कालान्तरमा तराईंलाई भारतीय क्षेत्रमा विलय गर्नु छ । जनवादी क्रान्तिको लक्ष्य बोकेर हिडेकाहरु तिनीहरुसँग कार्यगत एकता गरिराखेका छन् । पहिला प्रचण्ड र बाबुरामको थियो कथित जनयुद्धको बेलामा पनि जुन जातिको बाहुल्यता छ त्यहाँ गएर त्यो जातिको राज्य घोषणाा गरिदिए । त्यसकारण त्यो त सम्भव रहेनछ भन्ने बल्ल थाहा पाए ।
प्रचण्ड बाबुरामले जातिय राज्य बोकेर हिडेका थिए । मुलुकमा केही द्वन्द्व बढाउन उनीहरु सफल भए । अब त्यो कुरा सम्भव नभएपछि उनीहरुले त्यो मुद्धा छोडे । डक्टरले जातिय र क्षेत्रीय मुद्धा छोडेपछि अहिले वैद्यले बोकेर हिडेका छन् ।
संघीयताले राष्ट्रिय अखण्डता बा“च्दैन
अब संघीयतामा गएर नेपालको राष्ट्रियता र अखण्डता पनि बच्दैन । जातिय सद्भाव पनि मजबुद हुन्न । क्षेत्रीय सद्भाव पनि मजबुत हुन्न । हिजोका राष्ट्रिय स्तरका नेता भनाउदाहरु आज जातीय नेता, क्षेत्रीय नेता भएका छन् । आफ्नो क्षेत्र र आफ्नो जातिको मात्र कुरा गर्छन् । संघीयताको दुष्परिणम यही हो । छरिएर रहेका राज्यलाई एक ठाउँ ल्याउन अमेरिकामा संघीयता सुरु भएको थियो त्यहाँ सफल छ । अष्ट्रेलिया, जर्मनी, स्वीटजरल्याण्डमा सफल छ । हाम्रो जस्तो आर्थिक रुपले, राजनीतिक रुपले, सामाजिक रुपले, कमजोर देशमाथि संघीयता बलिया राष्ट्रहरुले भारी बोकाइदिएका हुन् । संघीयताको भारी बोकिसकेपछि कतिपय देशको अस्तित्वै समाप्त भएको इतिहास छ । कतिपय देश अहिले उठ्नै नसक्ने गरी गृहयुद्धमा फसकेका छन् । संघीयताको नाममा युद्धमा फसेका देश नाइजेरिया, सुडान र इथोपिया हेर्नुहोस् र संघीयताबाट सचेत हुनुहोस् ।
नेपालीले संघीयता खारेज नगरे संघीयताले देश खारेज गर्छ
निचोड कुरा के हो भने संघीयता नेपालको लागि उपयुक्त छैन । नेपाली जनताले संघीयता खारेज नगरे संघीयताले यो देश खारेज गर्छ । त्यसकारणले बेलैमा संघीयतालाई इन्कार गरेर प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा नेपालको राज्यको पुनसंरचना हुनुपर्छ । कतिपय देशले देशले संघीयताको अभ्यास गरेपछि त्यसलाई छोडिदिए । त्यसकारण निचोड कुरा के हो भने संघीयता नेपालको लागि उपयुक्त छैन । नेपाली जनताले संघीयता खारेज नगरे संघीयताले यो देश खारेज गर्छ । त्यसकारणले बेलैमा संघीयतालाई इन्कार गरेर प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा नेपालको राज्यको पुनसंरचना हुनुपर्छ ।
एक सय ७० देश एकात्मक राज्य प्रणाली अन्तर्गत चल्नु हुने पृथ्वीमा अनि एकात्मक राज्य प्रणालीका कारणले अब मुलुकलाई संघमा लानु पर्यो भनेर जुन कुरा गरेका छन् त्यो तर्क संगत छैन । एकात्मक राज्य प्रणालीकै आधारमा राज्यको पुनसंरचना हुनुपर्छ । विभिन्न जात, जाति, भाषा, भाषि र उनीहरुलाई अधिकार दिनुपर्छ तर मुलुक टुक्राएर कसैको पनि भलो हुन्न । जातीय र क्षेत्रीय राज्य बनाएर देश अखण्ड रहन सक्दैन संघीयता खारेज हुँनै पर्छ ।
प्रस्तुतिः लुइटेल दिनेश (नया“पेज डटकमबाट साभार)

‘विद्यार्थीका लागि मेला अवसर’

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले भदौ १ गतेबाट तीन दिने बृहत शैक्षिक मेला आयोजना गर्दैछ । पोखरा क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु विदेश जाने क्रम बढिरहेको अवस्थामा मेला निकै प्रभावकारी हुने आयोजकको विश्वास छ । मेलामा पोखरा तथा आसपासको जिल्लाबाट परामर्शका लागि विद्यार्थी तथा अभिभावकहरु आउनेछन् । यसैक्रममा शैक्षिक मेला तथा पोखरामा शैक्षिक परामर्श प्रदान गर्ने परामर्श दातृ निकायहरुको बारेमा संघका अध्यक्ष महेश भण्डारीसँग सम्वाददाता
सुरेन्द्र पौडेलले गरेको कुराकानी ः

 

Mahesha Bhandari

Mahesha Bhandari

तेस्रो बृहत शैक्षिक मेला आयोजना गर्नुको लक्ष्य के हो ?
इक्यान कास्कीको आयोजनामा भदौ १ गते शुरु हुने तेस्रो बृहत शैक्षिक मेला ३ दिनसम्म जारी रहनेछ । पोखरा सभागृहमा सञ्चालन हुने मेलाको मंगलबार हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरुलाई सही परामर्श दिने उद्देश्यले मेला आयोजना भएको हो । पहिलो वर्ष फागुनमा आयोजना भएको शैक्षिक मेला गत वर्ष मंसिरमा आयोजना भएको थियो । यसपटक हामीले भदौमा मेला आयोजना गरेका छौं । प्लटु सकेर बसेका विद्यार्थीहरुलाई परामर्श दिनका लागि यो समय उपयुक्त हुने सोचेर हामीले यसपटक भदौमा मेला आयोजना गरेका हौं ।
यस अगाडिका मेलामा भन्दा यसपटक दुई गुणा बढी विद्यार्थी तथा अभिभावकको मेलामा सहभागिता रहने हाम्रो विश्वास छ । व्याचलर सकेर बसेका विद्यार्थीहरु पनि मेलामा परामर्शका लागि उल्लेख्य रुपमा उपस्थिति हुनेछन् । बन्द कोठामा बसेर आश्वासन मात्र दिएर हुँदैन । पहिला बन्द कोठामा बसेर विद्यार्थीलाई यस्तो र उस्तो भनेर आश्वासन दिने चलन बिगतमा थियो । जुन चलनलाई हामीले ब्रेक गर्न खोजेका छौं । नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट परामर्श लिएर विदेशमा जान पाउनुपर्ने विद्यार्थीको अधिकार सुरक्षित हुनुपर्छ । लुकाएर, झुक्काएर होइन कि खुल्लमखुल्ला सूचना तथा जानकारी पाउनुपर्छ । विद्यार्थीहरुको रोजाइ र भोगाइलाई ख्याल गरी यथार्थ रुपमा काउन्सिलिङ गरिनुपर्छ भन्ने हाम्रो मान्यता छ । एउटै छतमुनी बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलेजका प्रतिनिधिहरुसमेत बसेर विद्यार्थीलाई मेलामा परामर्श दिन्छौं । यो पेशालाई व्यवस्थित र भरपर्दो बनाउन पनि यो मेलाले सहयोग पु¥याउने छ । पोखरा शैक्षिक हबका रुपमा विकसित भइरहेको अवस्थामा एउटा शैक्षिक मेला आयोजना हुनु जरुरी थियो । मेलाको आवश्यकतालाई एउटा माध्यम बनेर हामीले पुरा गरेका छौं ।
नेपाल शैक्षिक परामर्श संघ कास्की कस्तो संस्था हो ?
पोखरा र पोखरा बाहिर नेपाल अनी नेपाल बाहिर अध्ययन गर्न चाहने विद्यार्थाीहरुलाई करियर काउन्सिलिङ दिएर उनीहरुको भविष्य निर्माण गर्ने अभिभारा बोकेका परामर्श दातृ संस्थाहरुको छाता संगठन हो इक्यान । इक्यानले परामर्शको क्षेत्रमा लागिपरेका व्यवसायीहरुलाई व्यवस्थित र संगठित गर्नुका साथसाथै इक्यानको आचारसंहिता बिपरित कसैले काम तथा गतिविधि सञ्चालन गरेको पाएमा खवरदारी पनि गर्छौं । पोखरामा लगभग सय भन्दा बढी परामर्शदाता संस्थाहरु छन् । यद्यपि, इक्यानका सदस्यहरु जम्मा ५० वटा भन्दा बढी छैनन् । यसको अर्थ यो हो कि इक्यानको सदस्य बन्न आचारसंहितामा रहनुपर्छ । वैदेशिक अध्ययनका लागि परामर्श दिनका लागि इक्यानले तय गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्छ । आचारसंहिता कडा खालको पनि छ । इक्यानको सदस्यले विद्यार्थीलाई गलत रूपमा परामर्श दिन पाउँदैन । अनावश्यक आश्वासनहरु दिन पाउँदैन र अनावश्यक शुल्कहरु लिन पाउँदैन । हाम्रो आफ्नै नियम र नीति छ ।
इक्यानमा आवद्ध नभएका संस्थाहरुलाई सदस्यता दिने व्यवस्था कसरी मिलाउनुहुन्छ ?
इक्यानको छाता बाहिर पनि प्रशस्त संस्थाहरु छन् । उनीहरुलाई पनि इक्यानको सदस्यता प्रदान गर्नका लागि तयारी भइरहेको छ । इक्यानको सदस्यता लिनका लागि विभिन्न मापदण्डहरु पुरा गर्नुपर्छ । आवश्यक मापदण्ड पुरा गरेका संस्थाहरुलाई क्रमशः सदस्यता दिदै जाने लक्ष्य छ । इक्यानको सदस्यता बन्नका लागि विभिन्न क्राइटेरिया छ । जुन क्राइटेरियालाई नयाँ सदस्य बन्ने संस्थाहरुले पुरा गर्नुपर्छ । मापदण्ड पुरा गरी हाम्रो आचारसंहिता अनुसार सञ्चालन हुन तयार संस्थाहरुलाई हामी सदस्यता प्रदान गर्र्छौं । सदस्यता दिएका सार्थीहरुलाई विभिन्न किसिमका तालिम दिने तथा सहयोग गर्ने काम पनि हाम्रो संस्थाले गर्छ ।
कस्ता–कस्ता प्रकारका शैक्षिक परामर्श संस्थाहरु खुलेका छन् ?
विदेशमा अध्ययनका लागि पठाउने लक्ष्यका साथ पोखरामा विभिन्न दातृसंस्थाहरु खुलेका छन् । यूके, यूएसए, अस्ट्रेलियाका लागि पहिलेदेखि पोखरामा परामर्श दिदै काम गरेका संस्थाहरु छन् भने । त्यो बाहेक भारत, चाइना, जापान अध्ययनका लागि परामर्श दिने संस्थाहरु पनि प्रशस्त छन् । युरोपमा अध्यनका लागि राम्रो सम्भावना छ । त्यहाँ पनि पोखरामा परामर्श लिएर अध्ययनका लागि थुप्रै विद्यार्थी जानुभएको छ । संसारका जुनसुकै कुनामा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई पोखरामा परामर्श दातृ निकायहरुले सेवा प्रदान गरिरहेका छन् । पोखरामा रहेका संस्थाहरुले जुनसुकै देशमा, जुनसकुै विषय तथा विश्वविद्यालयमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सेवा दिन सक्षम छन् । सही तरिकाले उचित सूचना तथा परामर्श दिन काम भइरहेको छ । पोखरा क्षेत्रबाट वार्षिक रुपमा अहिले एक हजार भन्दा बढी विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् ।
परामर्श दातृ संस्थाहरुको व्यवसायिक सम्भावना कस्तो छ ?
पछिल्ला वर्षहरुमा परामर्श लिएर मात्र विदेशमा अध्ययनका लागि विद्यार्थी जानेक्रम बढेको छ । युवाहरुमा उच्च शिक्षा हासिल गर्न सम्पन्नशाली देशमा जाउँ भन्ने चाहना पनि बढिरहेको छ । उनीहरुको त्यो चाहनालाई हामीले रोक्न सक्दैनौं । धेरै पहिलादेखि विदेशमा गएर अध्ययन गर्ने क्रम थियो । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीलाई रोक्नका लागि उनीहरुको चाहना अनुसारको विदेशमा जस्तै गरी यही उच्च शिक्षा प्रदान गर्ने व्यवस्था भएमा मात्र विद्यार्थी विदेश जाने क्रम घट्न सक्छ । जुन कुरा नेपालको परिवेशमा तत्काल सम्भव पनि छैन । विद्यार्थीहरु प्रयोगात्मक शिक्षाप्रति बढी आकर्षित छन् । विदेशमा प्रयोगात्मक शिक्षा प्रभावकारी बनेकाले पनि यसतर्फ नेपालका विद्यार्थीहरु पनि आकर्षित छन् । प्रयोगात्मक शिक्षा हाँसिल गर्नका लागि विदेश जान चाहने विद्यार्थीहरुको चाहना पुरा गराउन पोखरामा रहेका परामर्शदातृ संस्थाहरुले सक्षम छन् । नेपालमा एमबीबीएस अध्ययन गर्न ५०÷६० लाख खर्चिनुपर्ने बाध्यता छ । त्यही रकममा विदेशमा गएर प्रयोगात्मक कक्षासहित अध्ययन गर्न सकिने भएपछि विद्यार्थी विदेश जान इच्छुक हुनु स्वभाविक हो । बाहिर जाने विद्यार्थीहरुलाई प्रणालीलाई व्यवस्थित गर्ने इक्यानको दायित्व हो । लहीलहीमा नभएर पूर्ण रुपमा जानकारी लिएर विशेष योजनासहित विद्यार्थी विदेश जाउन भन्ने हाम्रो चाहना हो । त्यही आधारमा इक्यानका सदस्यहरुलाई पनि हामीले सुसूचित गर्ने गरेका छौं । विद्यार्थीलाई सहितरिका, सही समयमा सही परामर्श दिन हामी सचेत बनेका छौं । उच्च शिक्षा पुरा गरिसकेपछि व्याचलर्स र मास्टर्स अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुको संख्या अत्याधिक भएकाले पनि पोखरामा परामर्शदातृ संस्थाहरुको व्यावसायिक सम्भावना बढिरहेको छ । नेपालमै पनि कुन विश्वविद्यालयबाट कस्तोकस्तो विषय अध्ययन गर्दा राम्रो हुन्छ भनेर परामर्श दिन्छौं । हाम्रो दायित्व विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई परामर्श गर्ने नै हो । यसका साथै विदेशका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आउन चाहेमा पनि परामर्श दिन्छौं । तर, विदेशका विद्यार्थी नेपालमा अध्ययनका लागि आउनका लागि त्यही अनुसारको शिक्षा प्रणाली हुनुपर्छ । प्रयोगात्मक शिक्षामा जोड दिनप¥यो । नेपालमा हावापानी, प्रकृृति र वातावरण राम्रो छ । त्यही अनुसारको शिक्षा प्रणालीमा सुधार गरे प्रयोगात्मक शिक्षामा जोड दिएमा विदेशी विद्यार्थीको रोजाइ पनि नेपाल अवश्य बन्नेछ । चीन र भारतका विद्यार्थीमात्र नेपालमा अध्ययनका लागि आउने हो भने यहाँको शैक्षिक सम्भावनाका साथै पर्यटकीय सम्भावनामा पनि निकै बृद्धि हुनेछ । यस विषयमा हामी परामर्शदातृ संस्थाको भन्दा पनि सरकारको नै ध्यान जान आवश्यक छ ।
परामर्श दातृ संस्थाले विद्यार्थीलाई अनावश्यक आश्वासन दिएको आरोप लाग्छ नि ?
हामी परामर्श दिने सहजकर्ता मात्रै हो । विद्यार्थी र अभिभावकलाई सही परामर्श दिएर कुन देशमा कस्तो विषयको अध्ययनका लागि कस्तो सम्भावना छ भनेर सही जानकारी हामी दिन्छौं । विद्यार्थीहरुको चाहना र क्षमता अनुसार कुन देशको कुन विश्वविद्यालयमा के विषय अध्ययन गर्दा राम्रो हुन्छ भनेर हामी परामर्श दिन्छौं । हामी सूचनाको प्रवाह गर्ने माध्यम हो । कुनै पनि कुराको ग्यारेन्टी गर्न सक्दैनौं । हामीले भिसा ग्यारेन्टी पनि गर्दैनौं र अफर ग्यारेन्टी गर्न पनि सक्दैनौं । मात्र सही परामर्श दिन्छौं । हामीले एप्लाइ गर्ने सजिलो तरिका र माध्यम भने सिकाउँछौं । के–के डकुमेन्ट चाहिन्छ भनेर जानकारी दिन्छौं । कुनै पनि इक्यानको सदस्यले विद्यार्थीलाई अध्ययनका लागि विदेशमा जान भिसा तथा रोजगारीको अबसर ग्यारेन्टी गर्छ भने त्यो गलत हो । जुन कुरा इक्यानको आचारसंहिता बिपरित पनि छ । त्यस्ता संस्थाहरुलाई हामी कारवाही पनि गर्छौं । परामर्श दातृ संस्थाले विदेशमा विद्यार्थी लग्नका लागि भिसा ग्यारेन्टी भनेर सूचना प्रकाशन तथा प्रशारण गरेको भए हामीलाई जानकारी गराउन म आग्रह पनि गर्छु । हाम्रो अनुगमन टिम पनि छ । गलत सूचना प्रवाह गरी विद्यार्थी तथा अभिभावकलाई भ्रममा पारिएको थाहा पाएमा हामी त्यस्ता संस्थालाई कारवाही गर्छौं ।
मेलामा सहभागी हुने विद्यार्थीहरुलाई के सुझाव दिनुहुन्छ ?
मेलामा पोखरा, काठमाडौं र विदेशका कन्सल्टेन्सी र कलेजहरुको समावेशी सहभागिता र उपस्थिति रहनेछ । उत्कृष्ट बढी परामर्श दातृ संस्थाहरुको एउटै छानामनी रहेका मेलामा परामर्श दिँदैछन् । त्यो हिसाबले विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला निकै प्रभावकारी हुने हाम्रो विश्वास छ । यो एउटा सुनौलो अवसर पनि हो । कलेजका प्रतिनिधिहरुसँग विद्यार्थीले सिधै जिज्ञासा राख्न सक्नेछन् । विद्यार्थीले आफ्नो उच्च शिक्षा र करियरका बारेमा जिज्ञासा राख्न मेला निकै फलदायी हुने म विश्वास दिलाउन चाहन्छु । बाटो भविष्य निर्धारण गर्नका लागि शैक्षिक मेला सुनौलो अबसर बन्नेछ भन्ने म विद्यार्थी तथा अभिभाबकहरुलाई जानकारी गराउन चाहन्छु । ३ दिने मेलामा आएर परामर्श लिनका लागि म सबैलाई आग्रह गर्दछु । यो मात्र शैक्षिक मेला हो । यहाँ नाच्ने, गाउने र रमाइलो गर्ने काम हुँदैन । शिक्षासँग सम्बन्धित गतिविधिमात्र हुनेछन् । शिक्षामा केन्द्रित एक मात्र शैक्षिक मेलामा रुपमा हामीलाई विकसित गरेका छौं । यो अवसर नगुमाउनुहुन म आग्रह गर्दछु ।

‘पहिलो पटक नै सगरमाथामा हिमपहिरो म माथि बज्रियो’

Sanjay-Pandit-430x316

Sanjay-Pandit-430×316

संजय पण्डित, नेपालमा सर्बाधिक लामो दुरी दौडिएर (२,४९५किमि) पुरा गर्दै दौड क्षेत्रमा चर्चा कमाएका थिए । पहिलो काठमाडौं अन्तराष्ट्रिय म्याराथनबाट आफ्नो दौड सुरुवात गरेका पण्डितले दौडबाट किन आरोहणतर्फ आफ्नो भविष्यलाई रोजे ? कसरी सगरमाथा, मनास्लुजस्ता ८ हजार मिटर माथिका हिमालहरुमाथि विजय प्राप्त गरि कीर्तिमानी पर्वतारोही बन्न सफल भए । भर्खरमात्र जापानको सवैभन्दा अग्लो हिमाल माउन्ट फुजीमा नेपाली राष्ट्रिय पोसाक दौरा–सुरुवाल,भादगाउले टोपी लगाई राष्ट्रिय झन्डा फर्फराई,राष्ट्रिय गीत गाएर कीर्तिमान बनाउन सफल पण्डितसँग गरिएको कुराकानीको सार ः
तपाई धावक कि पर्वतारोही ?
म धाबक हुँ अनि मात्र पर्वतारोही ।
किन ?
एउटा धावकको रुपमा मैले थुप्रै दौडहरु दौडेको छु । पहिलो काठमाडौँ म्याराथन, तेन्जिंग हिलारी एभेरेष्ट म्याराथन,रिअल अन्तरराष्ट्रिय म्याराथन,कस्पोक म्याराथन, मनास्लु २१३ किमि अल्ट्रा म्याराथन जस्ता थुप्रै लामो छोटो दुरीका दौड दौडिएर मैले निकै पसिना अनि रगत बगाएको छु, दौड क्षेत्रमा । धाबक भएको कारणले मैले सगरमाथा आरोहण गर्ने मौका पाए, मनास्लु चढे, आइसलण्ड पिक चढे,चुकुन्ग्री पिकमा आफ्नो पाइला राख्ने काम गरे । त्यसैले धाबन मेरो पेशा हो, अनी आरोहण रहर ।
लामो दुरीका दौडहरु कहाँ कहाँ दौडनु भयो ?
म २०६५ मा पहिलो लामो दुरीको दौड कान्तिपुर भ्याल्ली कलेज ललितपुरबाट खासा दौडिए, जुन पुरा गर्न म अनि मेरो समूहले ११ घण्टा २० मिनेट लगाएको थियो । दाङको भालुबाङदेखि बाग्लुंङ समाना गौमुखीसम्म, प्युठान देखि काठमाडौँ खुलामञ्च,काठमाडौँ–गोर्खा,खासा–काठमाडौँ, नेपालगञ्ज–चिसापानी, जिरी–काठमाडौँ ,लुक्ला देखि आइसल्याण्ड पिकको शिखर,गोर्खाको आरुघाट देखि सामागाउँ ,मनास्लु आधार शिबिर देखि गोर्खा बजार जस्ता थुप्रै शहासिक दौडहरु दौडिसकेको छु ।
दौडको उद्देश्य र नारा के थियो ?
प्युठानमा रहेको स्वर्गद्वारीलाई प्रोमोशन गर्नु र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव सम्बन्धी जनचेतना फैलाउनु मेरो उद्देश्य थियो ।
तपाईले दौडबाट हिमाल यात्रामा आफूलाई कसरी मोड्नुभयो ?
म २००९ बाट २०११ सम्म करिब २२०० किलोमिटर दौडिसकेको थिए । नेपालमा हरेक वर्ष एक दुई पटक मात्र म्याराथन प्रतिस्पर्धा हुन्छ । मैले बीबीए अध्ययन गर्दै गर्दा कहिले दौडमा प्रतिस्पर्धा गर्न पाएँ, कहिले पाइन । निरन्तरता दिन निकै कठिन हुन्थ्यो । मलाई यता पढाई उता दौड, संयोगबस १ दिन मैले आप्पा शेर्पाको जीवनी हेर्ने मौका पाए । उनले भनेको एउटा कुरा बाट म निकै प्रभाबित भए, संसारमा असम्भव केहि छैन, म पनि आम मानिस जस्तै मान्छे हुँ, मैले आँट गरेँ सफल भए । त्यो समयमा सगरमाथा आरोहण गर्ने निकै चलन थियो । मैले पनि जान अन्जान सगरमाथा चड्ने निधो गरे । मेरो प्युठान जिल्लाबाट यो भन्दा अगाडि कसैले सगरमाथा नचडेको अनि लामो दुरीका म्याराथन धावकहरु अहिले सम्म आरोहण नगरेको पाए । त्यसपछि नेपाल पर्वतारोहण संघबाट तालिम पाएपछि ६००० मिटरको आइसल्याण्ड पिक आरोहण गरे ।
पहिलो पटकको सगरमाथाको अनुभब बताईदिनुहोस न ?
म २०७० सालमा पहिलो पटक सगरमाथा आरोहण गर्न गएँ । तर प्रकृतिको असहज परिस्थितिसामु मेरो केहि लागेन । हिमपहिरो मेरो शरिरमा बज्रिन पुग्यो अनि म लगभग ८,६८५ मिटरबाट फर्किन बाध्य भए ।
८, ६८५ मि पछि के गर्नु भयो ?
मलाई जसरी भएपनि सगरमाथा चढ्नु थियो । करिब ३ महिनापछि सेप्टेम्बर २९, २०१२ का दिन संसारले प्राणघातक भनेर चिनिएको मनास्लुमा नेपालको राष्ट्रिय झन्डा फरफराउन सफल भए ।
मनास्लुलाई किन किलर माउन्टेन भनिएको होला ?
हरेक वर्ष मनास्लुमा आरोहणको समयमा थुप्रै आरोहीको मृत्यु हुन्छ । केहिवर्ष पहिले जापानी आरोहण दलका थुप्रै पर्वतारोहीको मृत्यु भएको र १ जना मात्र (किचेन ब्वाई) बाँच्न सफल भएको र अहिलेसम्म पनि शब नपाइएको इतिहास छ । जापानीजहरुले राखिदिएको नाम हुनाले यो बिस्तारै किलर पर्बतको रुपमा परिचित हुँदै गयो । मैले आरोहण गर्दा पनि म सँग सुत्ने स्पेनको मार्टिन लगायत १४ आरोहीहरुको पनि हिम पहिरोका कारण निधन भएको थियो ।
सगरमाथाको शिखर टेक्दाको अनुभव सुनाइदिनुहोस न ?
२०१३ को मे महिनामा सगरमाथा आरोहण गरे । मेरो यो पटकको आरोहण पनि खल्लो भयो । मलाई शिखर सम्म पु¥याउने गाइड सोलुखुम्बुका लोप्सङ शेर्पालाई मैले गुमाउनु पुगे । मेरा सगरमाथाका दिनहरु लोप्सङकै यादहरुमा समर्पित गरे । शिखर पुग्दाको आनन्दको अभिव्यक्ति गर्ने मसँग कुनै शब्द नै छैन । पछि छेपाल शेर्पाको सहयोगले शिखर चुमे ।
सगरमाथा आरोहण पछि कसरी तपाईमा सबै हिमाल चढ्ने योजना आयो ?
मैले सगरमाथा आरोहण गरिसकेपछि चुप लागेर बस्न मन लागेन । म ७ महादेशका सातै सर्वोच्च शिखरको अन्तिम तयारीमा छु । सगरमाथा,मनास्लु,किलिमन्जारो, एलबु्रस,कोजियस्को,अकोन्कागुआ,डेनाली लगायत छ महादेशका हिमालको सफल आरोहण एबम अनुभब लिइसकेको छु । २०१५ को अन्त्यतिर अन्टाकर्टिकाको विन्सन मशिफ आरोहण गर्ने तयारी स्वरुप जापानको सबैभन्दा अग्लो हिमाल फुजी आरोहण गरेको हुँ ।
कीर्तिमान कुन कुन हिमालमा राख्नुभयो ?
यूरोपको सर्वोच्च शिखरमा ६ मिटर ०३ सेन्टिमिटरसम्म अर्धनग्न अवस्थामा बसेर, अस्ट्रेलियाको सर्वोच्च शिखरमा आधार शिबिर देखि सर्वोच्च बिन्दुसम्म उल्टो पैदल हिँडेर ५ घन्टामा दुरी पार गर्न सफल भए । अफ्रिकाको सर्वोच्च शिखरमा दक्षिण एशियाबाटै छिटो शिखरसम्म पुग्ने अन्तराष्ट्रिय कीर्तिमान कायम गरेको छु । केहि दिन अगाडि मात्र जापानको सर्वोच्च शिखरमा नेपाली पोशाक,दौरा सुरुवाल,ढाका टोपी लगाएर राष्ट्रिय झन्डा प्रर्दशन गर्दै राष्ट्रिय गीत गाएको छु । मलाई लाग्छ यो पनि एउटा सफलता हो, नेपाली अनि हिमाल आरोहण प्रति विश्वास राख्नेहरु हिमारोही प्रति ।
जापानको फुजी एकदम छिटो आरोहण गर्नु भयो ? कसरी सम्भब भयो ?
सम्भब भयो किनकी सगरमाथा ८ घण्टामा आरोहण गर्ने पर्वतारोही पनि छन् । त्यही सगरमाथालाई ४ दिन ५ दिन लगाएर आरोहण गर्नेको पनि ठुलो जमात छ्र । यो मान्छेको बलियोपन अनि हिडाईमा भर पर्ने हो । फुजी अत्यन्त सानो पर्वत हो । म यसलाई पर्वत भन्दा पनि नेपालको एउटा हिमाली भागको सानो डिस्को भन्न रुचाउछु । तर संसारले मानेको जापानको यो सर्वोच्च बिन्दु हो । यसलाई होच्याउँन खोजेको होइन । मेरो जापानीज साथी जुनिया र म सँगै गएका थियौं । फुजी तर्फ अगस्ट ९ को बेलुका हामी आधारशिबिर पुग्यौं । त्यो दिन हाम्रो योजनात्यही बस्ने थियो तर मैले मानिन अनि त्यसपछि हाम्रो योजना रातको १२ बजे उक्लिने भयो । तर संयोगबस हामी राती १२ः३० मा उठ्न पुगिएछ,हतार हतार गरि फ्रेश भएर हामी रातको १ बजे माथि उक्लियौं । जुनिया जापानीज नाम चलेको आरोही थियो । मैले उसलाई अमेरिकाको सर्वोच्च हिमाल अकोन्कगुआ आरोहण गर्दा पहिलो पटक भेटेको थिए । उ बलियो थियो । उसले भन्दै थियो ‘सञ्जय आइ एम योर गाइड अन जापान’ । मैले सहमति दिए, जुनिया भन्दै थियो हामीले सुर्योदय जसरी भएपनि हेर्नुपर्छ । म पनि लम्किदै थिए । जुनिया अनि मेरो भित्रि रुपमा हिड्नको लागि युद्ध नै चलेको थियो । मैले सगरमाथा चढेको दम्भ गर्ने,जुनिया मलाई गाइड गरेको छु भनेर मनमनै धाक जमाउने । उ जति हिडथ्यो, उसको हरेक पाइलालाई पछ्याउँदै हिँडे । जुनिया मभन्दा पछाडि अथवा मलाई फलो गर्यो भने ग्लानी भएको फील गर्ने,मैले उसको हरेक कदमलाई नाप्दै हिड्ने अन्त्यमा हामी ४ः२० बिहान फुजी चुचुरोमा पुग्न सफल भयौं । करिब ३५ मिनेटको पर्खाइपछि सूर्योदयको देश भनेर चिन्ने जापानको सर्वोच्च बिन्दुमा गएर सूर्योदयको आनन्द लिँदै आधारशिविर झरियो । एक दम मान्छेको भिडभाडमा मैले जुनियालाई भेट गर्न सकिन । फलस्वरुप मैले बाटो भुल्दा अर्कै रुटमा पाचौ स्टेशन गएछु । पछि थाहा पाउँदा जुनिया मभन्दा करिब ३ घण्टा टाडा सुबस्गिरी स्टेशनमा पुगेको रहेछ । अब हामी एक हुनको लागि कि फुजी नजिकै ८औँ स्टेशनमा उक्लनु पथ्र्यो । कि जुनिया बस चढेर म भएको ठाउँमा आउनु पथ्र्यो, ३ घण्टा पछि मैले निरन्तर सूचना सेन्टरमा सम्पर्क गरे करिब दिउसो ३ बजे जुनिया म भएको ठाउँमा आइपुग्यो र मैले शान्तिको सास फेरे । ट्रेन,बस हुँदै हामी करिब ६ बजे टोकियो आइपुगियो ।
अन्त्यमा के भन्न चाहानुन्छ ?
हरेक जापानमा रहेका नेपालीहरु र संसारभरका नेपालीहरु एकपटक सूर्याेदयको देशमा रहेको फुँजीबाट देखिने त्यो दृश्यको आनन्द लिनुहुन अनुरोध गर्दछु । हरेक नेपालीले जापानको जस्तो अनुशासन र काममा दत्तचित्त भएर लाग्यो भने नेपाललाई नै स्वर्ग बनाउन सकिन्छ । किनकी हामी हजारौं हिमालहरु भएको देश अनि भगवान बुद्ध जन्मेको देशका सन्तति हौं ।

युवाश्रम स्वदेशमै लगानी गर्न हाम्रो अभियानः सुनिल खड्का

1

1

विदेशयात्रा अधिकाँश नेपाली युवाहरुको सपना बनेको पाईन्छ । कम समयमा धेरै कमाई हुने र विलासिताका सामानहरुको आकर्षणका कारण पनि युवा जमात बत्तिमा पुतली होमिएझै विदेश होमिरहेका छन् । केही रहर त केहि बाध्यताका कारण देश छोडि परदेश जानेहरु त्यहाँ पुगिसकेपछि स्वदेश फर्किने वा स्वदेशको सेवा गर्ने भन्ने विरलै हुन्छ । तर केहि यस्ता युवाहरु पनि छन् जो विदेश भएर पनि स्वदेश सेवाका लागि मरिमेट्छन् । यस्तै एक युवा हुन् सुनिल खड्का ।
जसले देशप्रतिको कर्तब्य कहिल्यै विर्सेनन् । थाईल्याण्डमा विजनेश भिसाको माध्यमबाट बसोबास गर्दे आएका खड्काले मातूभुमिका लागि युवा अभियान नामक संस्था स्थापना गरि विश्वभर छरिएर रहेका नेपाली युवाहरुलाई जन्मभुमिप्रति उत्तरदायि बनाउन कम्मर कसेर लागिरहेका छन् । गरे के हुदैन र ? भन्ने भावले अघि बढेका खड्का पछिल्लो समयमा पुर्वयुवराज पारस शाह संगको निकटताको कारण पनि चर्चामा छन् । उनै मातूभुमिका लागि युवा अभियानका अध्यक्ष सुनिल खड्कासँग पत्रकार कृपा भण्डारीले गरेको कुराकानीको सारसंक्षेप ः
मातृभुमिका लागि युवा अभियान कस्तो संस्था हो ?
यो नाफारहित त्यस्तो संस्था हो जसले देशमा मात्र नभएर विदेशमा बसेका युवाहरुलाई समेटि राष्ट्र हितमा काम गर्छ । छोटकरीमा भन्ने हो भने राष्ट्रिय भावनाले ओतप्रोत भएका युवा मनहरुको साझा चौतारी हो जसको आबद्धताले देशको मुहार फेर्ने अभियानमा हामी छौँ ।

युवाहरुलाई समेट्ने सोच कसरी आयो ? या भनौ युवा नै किन रोज्नुभो ?
युवा देशको मेरुदण्ड हो । युवा भोलीका लागि हैन,आज र अहिलेकै लागि हो भन्ने हाम्रो मान्यता छ । दैनिक लाखौ युवाहरु विदेश पलायन भईरहेका छन् । आफु पनि युवा भएकाले सबै युवाहरुलाई एक बनाई देशमा लगानी भित्राउन वा नेपाली युवा जो जहाँ छ,, जसले जति सक्छ त्यति गुर्नपर्छ भन्ने लाग्यो । फेरी देशमै हुँदा पनि युवा लक्षित कार्यक्रमहरुमा म सहभागि हुन्थे । युवा त्यो उर्जाशिल समुह हो, जसको उपयोग गर्न राज्य चुकिरहेको छ । मैले प्रत्यक्ष नभेटेर नै स्काईप, फेशबुक लगायतका सामाजिक सञ्जालहरुबाट सबैलाई एक बनाउने प्रयास गरेको हो । हाम्रो देशमा एक करोडको हाराहारीमा युवाको संख्या छ । त्यो यति ठुलो हो कि अरु देशमा यस्तो छैन । अबको २० बर्षपछि अहिलेको युवा बृद्धअवस्थामा ढल्किदै जान्छ । अनि बृद्धाआश्रम जस्तो हुन्छ यो देश । त्यसैले राज्यले गरेन भन्दा पनि हामी आफैले गर्नुपर्छ । त्यसमा पनि युवाहरुको भुमिका हरेक ठाउँमा महत्वपुर्ण छ , पछिल्लो समय भुकम्पले क्षती पुरयाएको ठाउँहरु जहाँ पनि युवाहरुको सक्रिय सहभागिता प्रशंशनिय रहयो ।

अरुलाई मातृभूमीप्रति उत्तरदायि बनाउने तपाई आफै भने मातूभुमि बाहिर या नि कि विदेश हुनुहुन्छ ? यो त अलिक नमिलेको झै भएन र ?
विदेशी हुन कसैलाई पनि रहर हुदैन, विभिन्न पस्सििथतिका कारण आफुलाई सबल रुपमा उभ्याउन मैले विदेश रोजे , अहिले आफु सक्षम भएको छु । फेरी म विदेश सधै पलायन हुने गरेर गएको हैन र उता बस्दा पनि बस्दिन । विदेशमा दुख गरे पनि सेवा भनेको देशकै लागि गरेकै छु । म मिसनकै हिसावले विदेश गएको हो । यहाँ विना कारण ११ महिना जेल परे । राज्यको तर्फबाट ठुलो पिडा पाए । जेल छुटेपछि पत्रिका प्रकाशन गरे , तर राम्रोसंग चलेन । त्यसपछि र्फस्टेसन भयो । देशमा अस्थिरता बढ्दै गएको बेला आर्थिकमा शशक्त हुन विदेश बाहेक अरु विकल्प देखिन र बाहिर गए ।
आर्थिकमा शशक्त हुन्छु र नेपाल फर्केर आएर युवाहरुलाई संगठित गरी देशको सेवा गर्छ भन्ने त मेरो मिसन नै हो । त्यसैले अहिले आफनो मिसनलाई पुर्णता दिदैछु । फेरी म सधै बाहिर बस्नको लागि गएको पनि छैन , थाईल्याण्डमा रहेपनी म हर हमेशा मातूभुमिका सेवाका लागि प्रयासरत छु र हुनेछु । अर्को कुरा विदेश जानै हुँदैन भन्ने मेरो भनाई हैन, विदेशमा वा स्वदेश जो जहाँ जसरी बसेपनि हमेशा देश सेवामा लाग्नुपर्छ भन्ने मेरो भनाई हो ।
यसको स्थापना र सञ्जाल कसरी गठन भयो ?
सुरुवातमा त स्काईपबट युवामनहरुको कुरा बुझन लागे अधिकाँशलाई हाम्रो देश किन बनेन भनेर प्रश्न राखेको थिए । उनिह्रुको एउटै जवाफ आयो राजनितिक अस्थितरता र अवसरको अभाव आदि  । अहिले थाईल्याण्ड, जापान, ईजरायल दुबई, साउदी अरव, कतार, डेनमार्क, जर्मनी, ईटली, कुबेत लगायतका ११ देश र नेपालका विभिन्न ११ जिल्लामा मातूमुभिका लागि युवा अभियानको कार्यसमिति बनेको छ ।

क्रियाकलापहरु कसरी अगाडि बढेको छ संस्थाको ?
सबै शाखाहरुकाा साथिहरुलाई एकताबद्ध र शशक्त बनाउने अभियानमा अहिले हामी छौ । विभिन्न स्कुलहरुमा छात्रवृत्तिको कार्यक्रमहरु लागु गरेका छौ । त्यस्तै गाउँमा केहि गर्न चाहाने युवाहरुको योजनालाई साथ दिन हामीले विन विनको प्रक्रियामा गएर आर्थिक सहयोग पनि गर्नेछौ । जस्तै सोलुखुम्बुमा पनि अल्लो खेतीका लागि , त्यस्तै त्यहाँको शिक्षाको क्षेत्रमा पनि राम्रो लगानि गरेका छौँ । पछिल्लो उदाहरण दिनुपर्दा भर्खरै मात्रै भुकम्प प्रभावित ठाउँहरुमा हाम्रो मातूभुमिका लागि युवा अभियानका सबै साथीहरु दिनरात नभनि खटिनुभयो , कति ठाउँमा खाद्यान्न पुरर्यायो त कत्ति ठाउँमा श्रमदानमा साथीहरु जुट्नुभो, म आफै पनि धेरै भुकम्प प्रभावित ठाउँमा गएर राहत वितरण गरे । त्यस्तै थाई फाउन्डेसन संगको सहहकार्यमा ठुलो राहत संकलन गर्न पनि हामी सफल भयौ, । त्यस्तै अन्य सहयोग जुटाउन पनि दिनरात लागिरहेकका छौँ । अब विदेशमा भएका सथाीहरु एक भएका छन् अब केहि हुन्छ भन्ने मानसिक तयारीमा छन् युवाहरु यिनिहरु मानसिक सफलता हुन् ।

युवाहरुले चाहेमा लगानिको लागि सहयोग गछौ भन्नुभो, त्यसको आधारहरु के के हुन सक्छ्न ?
अब कोहि पनि युवा आफनो ठाउँको सम्भावना खोतल्न सक्छ र बाहिर नगई यहि देशमा केहि गर्छु भन्छ र उ संग स्पष्ट योजना छ भने हामी उसलाई दिल खोलेर सहयोग गर्न सक्छौ । तर विन विनको प्रोसेसमा दोहोरो हनुपर्छ ,जसै लागत खर्च जुटेयो भन्ेर अल्छि गर्नेहरुसंग काम गर्न ग्राहो हुन्छ । म क े विश्वास दिलाउन चाहान्छु भने ईमान्दारि पुर्वक काम गर्छु भन्ने का लागि म र मेरो संस्था हमेशा सहयोग गर्न तत्पर छ । अर्को कुरा युवा श्रम स्वदेशमै लगानि होस भन्ने नै हाम्रो लक्ष्य हो । पैसा भएर भन्दा पनि रोजगार बनाउन मात्र हैन, जो मान्छेसंग आईडिया छ, उसले सार्थकता पाउनुपर्छ ।

एउटा युवाको नजरले भन्नुपर्दा देशमा के छ ? र के छैन जस्तो लाग्छ तपाईलाई ?
देशमा सबै कुरा छ, तर यसलाई ट्रयाकमा संचालन गर्ने सुब्यवस्था हामी संग छैन । देश विकासको सम्भावनाले भरिपूर्ण छ तर यसलाई संचालन गर्नेहरुको ईन्टेन्सन ठिक छैन जसको कारण देशले काँचुली फेर्न सकेको छैन । देशमा असल शाशकको आबाश्यकता छ । मनले चाहााने हो भने विकास गर्न असम्भव रहेनछ भन्ने त पछिल्लोपटक सार्क सम्मेलनको बेलामा द्रुत रुपमा बनेको सडकहरुले पनि छर्लग पारेको छ नि । ईच्छा र कार्ययोजना हुने हो भने हाम्रो देश पनि विकसित राष्ट्रको पंक्तिमा उभिने थियो , । अहिले पोलिटिक्स गर्न क्राईम गर्ने र क्राईम गर्न पोलिटिक्स गर्ने परिपाटि बसेको छ जसको अन्त्य अपरिहार्य छ । नेताले जे गरेपनि ठिक, भन्ने बानि छ,.गलतलाई गलत र ठिकलाई ठिक भन्ने बानिको विकास गर्न जरुरी छ ।
अहिले युवाहरुको विदेश पलायन बढिरहेको छ, त्यसलाई रोक्न के गर्नपर्ला ?
पहिला त देशमा स्थिर राजनितिक अवस्था हुनुपरयो  । अर्को कुरा एकपटक बाहिर गएर आएका युवाहरु पुन फर्किन नदिन नयाँ नर्याँ कार्ययोजना हरु तय गर्न आवाब्यक छ भने । स्वदेशमै एक ठाउँमा भएका उत्पादनहरु अर्को ठाउँमा आयात र निर्यात गरि स्वदेशी उत्पादानहरुलाई महत्व दिने हो भने प िधेरै विदेश पलायन हुने रोकिने थियो , त्यस्तै विदेश भएकालाई पनि हमेशा कामदार हैन ब्यवसायिक बन्दै मालिक बन्नुपर्छ भन्ने मेरो धारणा हो । उता सिकेको सिपहरु नेपालमा आएर प्रयोग गर्न पनि म युवाहरुलाई आग्रह गर्न चाहान्छु ।

युवाहरुको अहिलेको अवस्था ?
सरसर्ती भन्नुपर्दा यतिबेला ३२ देखि ४५ बर्ष सम्मका युवाहरु एकदम फ्रस्टेड छन् , भने ३२ तलका आशावादि छन् । यि सबैलाई मिलाएर लैजान हामी लागिपरेका छौ । हामीसंग मानसिक रुपमा धेरै युवा साथीहरु सहमत हुनुहुन्छ, त्यो हाम्रो ठुलो सफलता हो  ।

अब ब्यक्तिगत कुरा गरौ, पूर्वयुवराज पारससंग जोडेर तपाईको चर्चा हुने गर्छ ? खासमा कुरा के हो ?
खासमा के हो भने विदेशमा जुन ठाउँमा म थिए, त्यहाँ अर्को नेपाली नागरिकल् े दुख पायो मैले रेस्कक्यु गरे,यहाँसम्म कि उहाँलाई जेलमुक्त गरुन्जेलसम्म गरिएका विभिन्न प्रत्रियामा मैले सहयोग गर्दे आएको हो । एउटा नेपाली नागरिकले अर्को नागरिक दुखमा पर्दा के गर्नुपर्छ बस मैले त्यहि गरेको हो बाँकी केही हैन । बैँककमा मेरो दैनिकि बुझनुहुन्छ भने पनि म आफनो ब्यवसाय भन्दा पनि नेपालीहरुका सहयोगका लागि नै बढि दौडधुप गरिरहेको हुन्छु । उनी अरु सामान्य नागरिक भएको भए चर्चा हुदैनथ्यो होला तर पूर्वयुवराज भएको भएर चर्चा पायो, फरक यति हो ।

तपाईसंगको भेटघाटमा कस्तो पाउनुभो पूर्वयुवराजलाई ?
सुरुमा त मलाई पनि आम मानिसले जसरी हेर्थे त्यस्तै लाग्थ्यो  । तर जव नजिक भए तब उनलाई एकदम फरक पाए  । उहाँले मसंग कुराकानी गर्दा देशको विकास गर्न जोसुकैले नेतृत्व गरेपनि हुन्छ भन्नुहुन्थ्यो । साथै बेलाबेलामा म राजखान्दानमा जन्मे त मेरो के दोष ?? म राजा हुन जन्मेको पनि त हैन नि भन्दै गुनासो गर्नुहुन्थ्यो ।

मातूभुमिका लागि युवा अभियानका भावि योजनाहरु के के छन् ?
अबको समय भनेको युवा मन, सिप र जाँगरलाई एकत्रित गरि अगाडि बढ्नमा केन्द्रित हुनेछ । विभिन्न युवा लक्षित कार्यक्रमहरु साथै देश विकासका नयाँ नयाँ योजनाहरुको गृहकार्यमा अहिले हामीहरु जुटिरहेका छौ । ति योजनाहरु अबको दिनमा ब्यवहारिक रुपमा देखिने गरेर अगाडि बढ्नेछन् । देशबाट लिने भन्दा पनि देशलाई केहि दिन र गर्न चाहाने युवाहरुको साझा चौतारीको रुपमा हाम्रो अभियान अघि बढ्नेछ ।

‘हारमा चित्त दुखाउनु भन्दा खेलाडी उत्पादन तिर लाग्यौँ’

hariram gurung

hariram gurung

मोफसलमा सर्वाधिक लोकप्रिय सहारा क्लव पोखराको आयोजनामा तेह्रो आहारारा गोल्ड कप २०७१ यही माघ २० गते देखि  फागुन २ गते सम्म रहने छ । पोखराको रंगशालामा भएको खेलमा विभिन्न टिमहरुको सक्रियता र दर्शकहरुको उल्लेख्यमात्रा सहभागिता रहेको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको खेलको बारेमा सहारा क्लवका उपाध्यक्ष एवम् खेल संयोजक हरिराम गुरुङ (सुरज) सँग समाधान राष्ट्रिय दैनिकका संवाददाता सन्तोष सुवेदीले गरेको कुराकानी आजको अंकमा ।।।

तेह्रौ आहारारा गोल्डकप फुटबल कस्तो हु“दैछ ?
अहिले सम्म प्रि क्वाटर फाइनल खेल समाप्त भएको छ । २६,२७ र २८ गते प्रि क्वाटरफाइनलका खेलहरु हँदैछन् । २८ गते सम्म सम्पूर्ण क्वाटरफाइनलका खेलहरु समाप्त हुन्छ । २८ र २९ मा दुईवटा सेमिफाइनल गरी फाइनल खेलहरु हुन्छन् ।

अहिल्लो बर्षको भन्दा खेलाडी सक्रियतामा यो बर्ष कस्तो रहेको छ ?
खेलाडीहरु कहिले खेल्नै नपाउने त कहिले दिनहुँ जसो खेल हुने हुँदा थकाई लाग्ने हुन्छ । धेरै लामो यात्रा र धेरै खेल भएको कारणले अलिकति थकित महशुस भए जस्तो लागेको छ ।

अघिल्लो बर्ष जित हासिल गरेको सहारा क्लव अहिले हार्नुको कारण के जस्तो लाग्छ ?
विगतमा हामीलाई नजितेकोमा दवाव थियो । हामी दोस्रो पनि भयौँ र पहिलो पनि भयौँ । त्यसपछि सम्पूर्ण पोखरेली दर्शक, सहारा क्लवको शुभचिन्तकलाई विजेता बनेर उपहार दिइसक्यौ । पोखरामा खेलाडी कम भए त्यसको लागि पोखराकै युवा खेलाडीलाई आहारारा गोल्डकपमा डेव्यू गर्ने हिसावले अहिले टिम बनायौँ । यसबर्ष नयाँ खेलाडीले डेव्यू पनि गरे । हामी हारेर चित्त दुखाउनु भन्दा पनि खेलाडीहरुलाई उत्पादन गर्ने तिर पनि लाग्यो र कसरी हुन्छ सम्पूर्ण खेल समापन गर्नेमा ध्यान केन्द्रित बनाएका छौँ ।

अहिले खेलाडी खस्किएको अवस्था हो ?
खस्केको होइन, टिम जहिले पनि त्यही हुन्छ । हाम्रोमा खेल खेल्नी भनेको नेपालको ए डिभिजन क्लवहरु नै हो । पोखरा  लगायत विदेश टिमहरु पनि हो । खेल हेरेर कस्तो छ भनेर ल्याउनी कुरा भएन विश्वास कुरा हो । नेपालमा विदेशी टिमल्याउदा खेरी थ्री स्टार जस्तो, मनाङको जस्तो खोजिरहेको हुन्छौँ ।
संयोजनको हिसावले भन्नुपर्दा व्यवस्थापन गर्न कत्तिको सहज, गाह्रो भएको छ ?

विदेश देखि खेलाडी आउँदै हुनुहुन्छ, नेपालको पूर्व मेची देखि सुदुरपश्चिमका टिमहरु आउनुभएको छ । उहाँहरुलाई व्यवस्थापन गर्नुप¥यो । ग्राउण्ड, टिकट, पार्किङ व्यवस्था गर्नुपर्ने हुनाले गाह्रो निकै छ । एक दिनको कार्यक्रम होइन एघार दिनसम्म सम्पूर्ण भोलिन्टर साथीहरु हुनुहुन्छ । कसैले तलव खाएर काम गर्ने होइन विशुद्ध सामाजीक संस्था भएर हामी लागी रहेका छौँ । अहिलेसम्म हाम्रो व्यवस्थापनमा कहिल्यैपनि टिमहरुबाट, अतिथिहरुबाट, कमजोरी भयो भनेर कमेन्ट गर्नुपर्ने ठाउँ दिएका छैनौँ र भावी दिनहरुमा पनि त्यस्तो हुँदैन ।

अघिल्लो बर्षको आय व्यय भन्दा यो बर्ष कस्तो रहला ?
दर्शक आइराख्नुभएको छ । दर्शकले सर्पोट गरिराख्नुभएको छ । दर्शकको कमीले पैसा नउठ्ने भन्ने हुँदैन । प्रायोजनकहरु सबै पहिलाकै हुनुहुन्छ । त्यसमा अहिले टिमको लागि भनेर बढी सुविधाहरु दिइएको छ । त्यसमा अलिकति बढी खर्च हुन्छ कि भन्ने कुरा हो । हाम्रो बचत अघिल्ले बर्षको हाराहारीमा हुन्छ जस्तो लाग्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
विगत १२ बर्ष देखि हामीलाई सहयोग गर्नुहुने मूख्य प्रायोजक, सहप्रायोजक लगायत व्यानर प्रायोजक, टिकट काटेर आउनुहुने दर्शकमहानुभावहरु हाम्रो शुभ चिन्तक, हामीलाई माया गर्नुहुने विभिन्न दाताहरु सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु ।

फुटबलबाट समाजसेवा गरिरहेका छौं ः आचार्य

aacharya

aacharya

‘खेलकुदको विकासमा सहकार्य  गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ यही माघ २० गते देखि फागुन २ गतेसम्म पोखराको रंगशालामा राष्ट्रिय अन्तराष्ट्रियस्तरको अन्तरक्लव तेह्रौ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७१ हुँदैछ । रारा तयारी चाउचाउको मूल्य प्रायोजन रहेको प्रतियोगिता सहारा क्लव पोखराले आयोजनामा हुँदैछ । प्रतियोगितामा आयोजक टिमको पनि सहभागिता रहने जनाइएको छ जुन अघिल्लो बर्ष च्याम्पिएन भएको थियो । यसै गोल्डकपको सेरोफेरोमा र सहारा क्लवको बारेमा क्लवका अध्यक्ष बिरभद्र आचार्यसँग समाधान संवाददाता सन्तोष सुवेदीले गरेको कुराकानी आजको अंकमा ।।

१३ औँ आहा रारा गोल्डकपको तयारी कस्तो हु”दैछ ?
गोल्डकपको तयारी तिव्र रुपमा अगाडि बढिरहेको छ । करिब करिब अन्तिम चरणमा आउँदैछौँ । हाम्रो १७ वटा उपसमितिहरुले आआफ्नो क्षेत्रमा काम अगाडि बढाउनुभएको छ । गोल्डकपलाई भव्य र सव्यरुपमा सन्चालन गर्नको लागि मूख्यतय पाटो भनेको आर्थिक हो । त्यसको लागि आर्थिक उपसमितिका साथीहरु र आर्थिक मूख्य पाटो बनाएपनि साथीहरुले घरदैलो कार्यक्रम गर्ने पनि रहेको छ ।

अघिल्लो बर्षको आहा रारा गोल्डकप भन्दा यो बर्ष के फरक छ र कस्ता टिमहरुको सहभागिता रहन्छ ?
अघिल्लो बर्षभन्दा राम्रो गराँै भन्नेमा हामीहरु छौँ । टिमको घोषण गरिसकेका छैनौँ । यद्यपी नयाँ टेस्टको लागि इङल्याण्डबाट ‘एल्टसर्ट टाउन एफसी’ नयाँ टिम आउँदैछन् । इण्डियाबाट पनि टिमको कुरा भैरहेको छ । काठमाण्डाँैमा रहनी डिभिजनका क्लव टिमहरु र पूर्व पश्चिमबाट पनि खेलाडी टिमहरुको सहभागिता रहने छ ।

गोल्डकप सन्चालन गर्नुका चूनौतीहरु के के रहेका छन ?
चूनौती बिनाको काम त काम हो जस्तो लाग्दैन । त्यसलाई सामाना गर्नको लागि हामी तयार छौँ । किनकी सहारा क्लव अफ पोखरा एक्लै छैन यसमा सम्पूर्ण पोखरेली , पश्चिमेलीहरुले यो प्रतियोगिता हाम्रो हो भनेर लिइदिएको हुनाले यो चूनौतीलाई पार लगाउनको लागि हामी तयार छौँ ।

आयोजक र प्रायोजक कस्ता कस्ता रहेका छन् ?
आहा रारा तयारी चाउचाउ नै मूख्य प्रायोजक हो । सहप्रायोजक गोर्खा प्रहरीको रेडबुल, पोखरा उपमहानगरपालिकाले संयोजन गरेको छ । जिल्ला विकास समिति, राष्ट्रिय परिषद, अखिल नेपाल फुटबल संघ, नेपाल टुरिजम बोर्ड लगायतका संस्थाहरुले प्रायोजक रुपमा रहनुभएको छ । यो प्रतियोगिता सन्चालन गर्नको लागि प्रशासनिय निकायबाट ठूलो सहयोग विगतबाट हुँदै आइरहेको छ । यो बर्ष पनि उहाँहरुले सहयोग गर्ने पक्का पक्की भइरहेको छ । समग्र प्रतियोगितालाई राष्ट्रिय स्तरमा पु¥याउनको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने सन्चारमाध्यमको रहेको छ । जति सहयोग हातहरु छन उहाँहरुलाई यति छिटो हामीलाई सहयोग गर्ने वातावरण मिलाउनुमा मिडियाको भूमिका प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।

खेलाडीको भत्ता र बस्ने व्यवस्था कस्तो हु”दैछ ?
समयसापेक्ष अनुसार विगत भन्दा फरक हुन्छ । खेल्न आउने टिमलाई वानडे गिफ्ट, टिए टिए अन्य सुविधा नदिई यत्तिकै सुविधा दिएको परिपेक्षमा विगत केही समय देखि टिमलार्य पनि केही सर्पोट हुनुपर्छ भनेर टिमलाई आर्थिक भार धेरै नपरोस भन्ने हुनाले हामीले टिमलाई आर्थिक सर्पोट पनि गर्दैछौँ । जस्तो कि म्याच अनाउन्सको हिसावमा प्रि क्वाटर खेल्दा जितेपनि हारेपनि यति पाउने भन्ने घोषणा गर्न बाँकी छ । तयारी गरिरहेका छाँै विगत भन्दा केही बढाएर सुविधा बनाउने जमर्को गरेका छौँ ।

खेलकुदको विकासको लागि सहाराले गर्दै आएको भूमिका के के रहेका छन् ?
खेलकुद विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गरौँ भन्ने हाम्रो मूल नारा नै छ । यो गोल्डकपले मौफसलमा रहेका प्रतिभावान खेलाडीलाई प्लेटफम हो । यसले पुल र भ्र्याङको काम गरेजस्तो लाग्छ किनभने विगतको इतिहास हेर्दा औलामा गन्न सकिने डिभिजन खेलेको इतिहास रहेछ भने जब क्याराभान गोल्डकपबाट आहा रारा गोल्डकप यहाँसम्म आइपुग्दा अहिले राष्ट्रिय लिगमा पनि खेलाडी खेलिरहेको अवस्था छ । खेलकुदको माहोल बनाउने काम सहाराले अघि सा¥यो र सम्पूर्ण आयोजकले सर्पोट गर्नुभएको नाताले पनि यसमा खेलाडीलाई प्रमोशन गर्ने काम भयो भने अर्को भनेको खेलले पनि पर्यटन प्रवद्र्धन गर्न सक्छ भन्ने मान्यता बोकेको छ ।

आहा रारा गोल्डकप अन्तराष्ट्रिय स्तरमा पु¥याउन के गर्नुपर्ला ?
यसमा ठूलो कुरा आर्थिक रहेको छ । अन्तराष्ट्रिय स्तरमा पु¥याउनको लागि आर्थिक भार धान्न सक्नी नसक्नी भन्नी कुरा हुन्छ । ठूला ठाउँबाट ठूला टिम ल्याउन इच्छुक छौँ उहाँहरु पनि आउन इच्छुक  हुनुहुन्छ तर उहाँहरुलाई खर्च धान्न गाह्रो छ । छिमेकी राष्ट्रहरुमा प्रयास पनि गरिरहेका छाँै । भविष्यमा आशा गरौँ टिमहरु ल्याउन कोसिसमा रहन्छाँै र सफल भैइएला पनि ।

विजेता टिम र सफल खेलाडीलाई पुरुस्कारको व्यवस्था कस्तो रहेको छ ?
कतिपय कुराहरु समिति उपसमितिमा सरसल्लाह गर्दै छौँ । पक्कै पनि विजेता टिमलाई नगद सहित ट्रफी रहन्छ भने विभिन्न उत्कृष्ट पाँच विधामा पुरुस्कार रहेको छ  र उत्कृष्ट ट्रफी पनि सहारा यूकेले प्रायोजन गरेको छ त्यसले गोल्डकपमा स्टान्डर मेन्टेन्ड गरेको छ ।

सहारालाई यहाँसम्म ल्याउनको लागि विदेशी दाताहरुको ठूलो देन छ, हो ?
सहारालाई यहाँसम्म पु¥याउन सहयोग आआफ्नो ठाउँबाट महत्वपूर्ण छ । मूख्यतय सहारा क्लवका साथीहरु अहोरात्र खटेका छन् । हामीले नेपाल भन्दा बाहिरमा धेरै नेपाली झरिएर रहेको अवस्थामा उहाँहरुलाई देशप्रतिको माया र उहाँहरु विदेश बसेपनि समाजप्रतिको सदभावबाट बन्चित नगराँै भनेर सहाराको माध्यबाट समाजसेवा गर्नुपर्छ भन्ने उद्धेश्य हो । सहारा यूके भातृसंस्था, हङकङ र अहिले अष्टे«लियाको कुरा भैरहेको छ र विभिन्न देशमा कुरा भैरहेको छ । दोविल्लामा एकेडेमी निर्माण गर्ने बेलामा भौतिक निर्माणको लागि हामीले सहयोगको अपिल ग¥यौ र उहाँहरुले दिल फुकाएर सहयोग गर्दिनुभयो र सोचेभन्दा छिटो निर्माण ग¥यौ । यसअर्थमा विदशेमा बस्ने नेपालीको सहयोग हामीमा रहेको छ । सहारा एकेडेमी निरन्तर चलाउनको लागि अक्षयकोष अगाडि सारेका छौँ । त्यसलाई पूर्णता दिन सकियो भने त्यसको व्याजबाट पनि एकेडेमी सन्चालन गर्न सहज हुनेछ ।

खेलकुदसँगै सडक बालबालिकालाई सुरक्षा दिनुभएको छ, कसरी व्यवस्थित गर्नुभएको छ र कति बच्चाहरु रहेका छन् ?
सडक बालकभन्दा पनि बाबुआमा नभएका र कोही सडकबाट पनि ल्याएका छौँ । १२ जिल्लाको २१ जना बच्चा हामीसँग छन र ३० जना पु¥याउने लक्ष्य हो । त्यसमा नयाँ आर्थिक सत्रबाट पनि बढ्ने अनुमान रहेको छ । बाबुआमा नभएका आर्थिक अवस्था कमजोर छ या त बावुआमा नेपाल सरकारले मान्यता दिएको क र ख अपाङत प्रमाणपत्र भएका तिनका बच्चा सपाङग छन भने १० देखि १२ बर्ष उमेरको र ५ देखि ७ कक्षासम्म पढेको मापदण्ड बनाइएको छ । यसमा छनोट उपसमिति छ । जति पनि बच्चा राखेका छाँै उनीहरुलाई गाँस, बास, कपासको व्यवस्था रहेको छ ।

सहाराको स्थिति कस्तो छ ? कति सदस्य हुनुहुन्छ ?
अहिले करिब १३८ सदस्य छौँ यसमा १४ जना क्लव सल्लाहकार परिषद भन्ने छ । ७ जना मानार्थ सदस्य छौँ ।

लगभग एकै महिनामा दुईवटा फुटबल प्रतियोगिता हु”दा समस्या हु“दैन र ?
अघिल्लो बर्ष कास्की एनफाले आयोजना गर्ने सफल कप पहिला कात्तिकमा हुन्थ्यो हामीले माघमा गर्दथ्यो । अहिले विशेष कारणले पछि आउनुभयो । यद्यपी अर्को सालबाट उहाँहरु मंसिरको पहिलो सातामा र हामीले माघमा गर्ने सहमति बनेको छ । अहिलेलाई असर त पक्कै पनि पर्छ किनकी एक महिनामा दुईवटा ठूला प्रतियोगिता हुँदा सानो पोखरा बजारमा दुविधा पर्न सक्छ भोलिका दिनमा त्यस्तो नहोला ।

स्थापनाकाल देखि सहारामा रहनुभयो कस्तो योगदान रहेको छ ?
यो संस्थालाई गठन गर्नुपर्छ यही संस्थाबाट समाज देशलाई केही गर्नुपर्छ भनेर साथीहरु मिलेर गठन भएको संस्था हो सहारा । हामीले सोच एउटा बनायाँै यदि छोटो समयमा यहाँसम्म आइपुगिला जस्तो लागेको थिएन । सम्पूर्ण पुराना र नयाँ साथीहरुले अन्तरआत्माबाट निश्वार्थ भावानाले समाजमा केही गर्नुपर्छ भनेर सबैले  सहज वातावरण र उत्साह स्थितिमा अगाडि बढिरहेका छौ ।

सहारा क्लव गठन खेलकुद विकासको लागि मात्र हो कि अन्य पनि ?
सहारा क्लव गठन हुँदा खेरी पोखरा रंगशालामा उत्रेका थियौ । सहाराको माध्यमबाट समाजसेवा गर्ने अभियान हो । हाम्रो सहाराले कसैलाई सहारा दिने उद्धेश्य अनुरुप संस्था भयो । खेलकुदको माध्यमबाट विक्रिति विसङगतीलाई हटाउँदै युवाहरुलाई खेलकुदमा उत्साह थप्ने काम हो । हाम्रो पार्ट भनेको खेलकुद हो र खेलकुदले धेरै कुरा छोएको छ । सामाजीक उत्तरदायित्व, सदभाव, मित्रता, आफ्नो जीवन स्वास्थ्य लगायत खेलकुदमा जोडिएको छ । खेलकुद भन्दा  पनि फुटलबाट समाजसेवा गरेका छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?
१३ आँै आहा रारा गोल्डकपलाई कसरी भव्य र सव्य तवरबाट सफल बनाउने तयारीमा जुटेका छौँ । यो प्रतियोगितामा हिजो राज्यको संकटकाल नेपालकै फुटबल सहज नभएको अवस्थामा हामीले क्याराभान गोल्डकप ग¥यौ । २०५९ सालबाट आहा रारा  तयारी चाउचाउ जुन कार्यकारी अध्यक्ष सूर्य बहादुर केसी हुनुहुन्छ उहाँले आफ्नो फ्याक्टी बन्द हुने अवस्थामा पनि हामीलाई स्पोन्सर गर्नुभयो । विगतमा देखाएको माया सदभावले गर्दा हामीलाई हौसला मिलेको र यो प्रतियोगितालाई पनि अझै राम्रो तवरबाट सम्पन्न गर्नमा यहाँहरुले मद्धत गर्नुहुनेछ भन्ने विश्वास छ र सम्पूर्णलाई गोल्डकपमा सम्पन्न गर्न चूलो निम्तो दिन चाहान्छु ।

‘चारखुट्टे जनावरलाई नियन्त्रणमा लिएर काम गर्न निकै चूनौति छ’

उद्यमी कृषि सककारी संस्था लि. द्धारा सन्चालित भैसीपालन केन्द्र पस्र्याङ ५  धारापानीमार्ग, पोखरामा अवस्थित छ । यहाँ ३० वटा भैसी रहेका छन् । यस फर्ममा स्वदेश र विदेशी विहारका कामदारहरु रहेका छन् । करिब आधा करोड लगानीमा सन्चालन गरिएको फर्मको बारेमा सहकारी संस्था लि. कि अध्यक्ष पार्वती कुमारी शर्मासँग समाधान राष्ट्रिय दैनिकका संवाददाता सन्तोष सुवेदीले गरेको कुराकानी ः

Untitled-1

Parbati kumari sharma

कृषि फर्मको बारेमा जानकारी दिनुहोस् न ?
हाम्रो उद्यमी कृषि सहकारी संस्था पोखरा ५ धारापानी मार्गमा अवस्थित छ । यहाँ सहकारी संस्थाद्धारा अहिले ३० वटा भैसीहरु पालन गरेर दैनिक २५० लि. दुध उत्पादन भैरहेको छ । यसलाई बजार व्यवस्थापन पनी गरेको अवस्था छ । यसमा २१७ जना मेम्मरहरु रहेका छन भने १६० महिला रअरु पुरुषहरुको संख्यामा हुनुहुन्छ ।

यो फर्मलाई व्यवस्थापन गर्न कत्तिको गाह्रो भयो ?
जुनसुकै काम गर्दा पनि गाह्रो नुहुने त कुरै हँुदैन तर गाह्रोको सामना गर्नको लागि हामी पछि परेका छैनौँ । समस्या जुनसुकै काम गर्दा पनि आउँछ । तर त्यसलाई  समाधान गर्नको लागि पहल गरेर सफलता हासिल गरेका छौँ ।

यातायात व्यवस्थापनले कस्तो प्रभाव पारेको छ ?
यसमा केही दुविधाहरु छ, हामीलाई ।  पिच रोड नहुनाले गर्दा खेरी बर्षाको समयमा पानी ठूलो भेलमा आउने हुँदा ट्रकहरु, सामानहरु ल्याउनको लागि मुस्किल नै परेको छ ।

भैंसीको दुध कुन–कुन ठाउ”मा वितरण गर्नुभएको छ ?
हामीले खास मेन विक्री चिप्लेढुङ्गा जहाँ अफिस पनि छ । त्यहाबाट नै बिक्री वितरण गर्ने गरेका छौँ । करिब दिनको १५०÷६० लि. त्यहीबाट विहान बेलुका गरेर विक्री हुन्छ भने किराना पसल लगायत आसपासका क्षेत्रहरुमा जाने गर्दछ ।

दूधमात्र बिक्री हुन्छ कि भैसीको कारोबार पनि गर्नुहुन्छ ?
भैसीको कारोबार पनि जुन सियर सदस्यहरु हुनुहुन्छ । उहाँहरुलाई जो सँग पैसा हुँदैन, भैसी पाल्ने इच्छा छ भने उहाँहरुलाई भैसी नै दिएर हामीहरुले कारोबार अगाडि बढाएका पनि छौँ ।

फर्म सन्चालन भएको धेरै भएको छैन, अहिले सम्म के कति प्रगति भएको जस्तो लाग्छ ?
प्रगती भएकै छ । हामीले सुरुमा २६ वटा भैसीबाट सुरुवात ग¥यौँ । अहिले भैँसी संख्या  थप गरेर ३० वटा पु¥याएका छौँ र यसलाई नाफाको हिसावले हेर्ने हो भने सुरुको महिना व्यवस्थापन गर्दाखेरी नाफा घाटा बराबर नै थियो भने अहिलेको अवस्थामा मासिक एक लाखको हाराहारीमा नाफा भएको छ ।

कृषि फर्म सन्चालन गर्दा अवसर र चुनौतीहरु के के रहेका छन् ?
हाम्रो कृषि प्रधान देश भएको हुनाले कृषिमा जति जनता आधारित छन । हाम्रो कृषि व्यवसायलाई अगाडि  लानुपर्छ भन्ने मान्यताले नै कृषि सहकारी संस्था दर्ता गरेको हो र अवसर चाहीँ अहिले नेपाल सरकारले पनि विभिन्न सहकारी लगायत कृषि फर्महरुलाई पनि विभिन्नखालका अनुदान रकमहरु लगायत अन्य व्याजमा छुट प्रक्रिया अगाडि बढाइरहेको छ । घाँस खेतीहरुलाई नि ःशूल्क, बेलाबेलामा सहकारीका लागि अनुदानबाट सहयोग आइरहेका हुन्छन् । यदी राम्रो काम गरियो भने नेपाल सरकारबाट सहयोग हुन्छ भन्ने विश्वास छ । तर यो काम गर्दै जादा चूनैती त बढी नै छ । चूनौतीको बिषयमा त एउटा चारखुट्टे जनावर हो त्यसलाई आफ्नो संरक्षण्मा, दायारामा लिएर काम गर्दा खेरीमा र अरु बाहिरको मान्छेलाई कामदार राखेर उहाँहरुलाई चित्त बुझाएर काम गर्दा खेरी धेरै चूनैताीका विषयहरु रहेका छन् । अफ्सिजनमा महङ्गो पर्ने सिजनमा सबै एकै पटक खरिद गरेर राख्दा कहिलेकाही आगलागीका सम्भावनाहरु हुने हुँदा जोखिम पनि हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर सोचिरहेका छौँ ।

भैसीपालन नै गर्नुपर्ने कारण के हो ?
आज लगानी ग¥यो भने भोली त्यसको  तुरुन्तै उत्पादन दिन सक्ने व्यवसाय हामीहरुले रोजेका छौँ । किनकी अहिले बजारमा के भइसक्यो भने विभिन्न सहकारीहरुले आआफ्नो क्षेत्रमा  काम गरिराख्नुभएको छ । जो लगानीकर्ता हुनुहुन्छ सहकारीले कति बोनस दियो, कृषिमा लगानी गरेको के हो , बचतमा लगानी गरेको के हो भन्ने कुरा बुझाउनको लागि अझै हम्मेहम्मे भइरहेको छ । किनकी बोनसलाई मात्र हेर्न अवस्था भएको हुनाले कृषिबाट जति फाइदा दिन सक्छौँ हामीले त्यो फाइदा कृषि सहकारीबाट पाउन नसक्ने अवस्था छ । बचत तथा ऋण सहकारी कार्यक्रम गरेर बोनर दिइने छ त्यसको अन्तराल धेरै फरक हुनाले हामीलाई दैनिक आम्दानी हुने खालको व्यवसाय रोजेका कारणले केही सामाना गर्न सक्छौँ कि भन्ने उद्धेश्यले भैँसीपालन गरेको हो ।

भैसीहरुको स्वास्थ्य परिक्षणको व्यवस्था कसरी गर्नुहुन्छ ?
यसमा डाक्टरहरुलाई बोलाएर स्वास्थ्य परिक्षण गराइरहन्छौँ । हाम्रो अहिले सहदेव सरले सहजिकरण गर्नुभएको छ । हाम्रो संस्थामा पनि भुषणमणी पराजुली एउटा पशुविज्ञ हुनुहुन्छ उहाँले पनि सहजिकरण गर्नुभएको छ ।

भैसीलाई खुवाउने दानाको व्यवस्थापन कसरी गर्नुभएको छ ?
यसको लागि प्रत्यक्ष कम्पनीसँग हामीले पहल गरेका छौँ र अहिले  बाहिर मार्केटमा किन्नुभन्दा पत्यक्ष कम्पनीसँग किन्दा केही सहज र सस्तो रुपमा उपलब्त्र हुने हुँदा त्यो कामलाई अगाडि बढाउनको लागि हामी पहल गरेका छौँ ।

आगमी दिनमा कृषि फर्मलाई के गर्ने सोच बनाउनुभएको छ ?
यसलाई व्यवस्थापन पक्ष अझ धेरै कुराहरु बाँकी छ । किनकी सुरुवातमा पनि छौँ  । पाडाहरुको लागि गोठ बनाउनुपर्ने छ, भुसाहरु राख्ने  टहरा, यसै गरेर व्याउने भैसीहरु एक लाइनमा, दुध दिने भैसीहरु अर्को लाइनमा त्यसपछि संरचनाको हिसाबमा पनि छुट्टाछुट्टै प्रकृतिका  भैसीहरुलाई फरक ठाउँमा राख्ने व्यवस्थापन गर्नुपर्ने सोच बनाएका छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?
यो एउटा कृषि सहकारी हो  । हातेमालो गर्न सकिन्छ आउनुहोस हाम्रो कामलाई सहयोग गर्नको लागि हाम्रो पोखराबासी तथा अन्य कृषि क्षेत्रमा लाग्नुभएका महानुभावलाई सहकारीमा स्वागत छ ।