Samadhan National Daily

भदौरे तामागी ४ हर्पनबाट गएको पहिरो । तस्वीर बलराम पौडेल

Pahiro1

Pahiro1

भदौरे तामागी ४ हर्पनबाट गएको पहिरो । वर्षासंगै बुधबार राति आएको पहिरोमा परी कास्कीको लुम्ले, भदौरे तामागी र ढिकुरपोखरी र म्याग्दीमा गरी ३२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुम्लेमा १९, भदौरेमा ५, ढिकुरपोखरीमा २ जना र म्याग्दी जिल्लाको मुदीमा ६ जना रहेको छ । घटनामा घाइते भएका भदौरेका १३ जना र लुम्लेका ३ जनाको पोखराका पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगायत अन्य अस्पतालमा उपचार भइरहेको छ । लुम्लेमा १० र भदौरेमा ३ गरी १३ जना पहिरोमा अझै ब्यपत्ता रहेका छन् ।

एक घण्टामा ७२ मिलिमिटर वर्षा !

एक घण्टामा ७२ मिलिमिटर वर्षा ! पोखरामा विहीबार दिउँसो एक घण्टा अवधिमा ७१.७ मिलिमिटर वर्षा भएको छ । एक घण्टाको अवधिमा भएको यो वर्षा अत्यधिक भएको पोखरा विमानस्थल मौसम शाखाले जनाएको छ । विमानस्थल शाखाका रामचन्द्र सापकोटाले एकघण्टा अवधिमा वर्षा भएको बताए । सापकोटाका अनुसार पोखरामा मंगलबार ४२.५ र बुधबार २९.२ मिलिमिटर वर्षा भएको थियो ।
क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले पोखरामा नियमित वर्षा भएको बताए । उनले अहिलेको वर्षा मनसुन नभई स्थानीय प्रभावले भएको बताए । वर्षाले पोखरा बजार दिउँसो अध्यारो बनेको थियो । भिषण वर्षाले आवागमनमै समस्या भएको थियो । ढलको निकास उपयूक्त नहुँदा सोहोरिएर गएको भेलले सिर्जनाचोकको ट्राफिक पोष्ट बगाएको थियो । चिप्लेढुंगा, सिद्धार्थचोकबाट सोहोरिएर गएको भेलले ड्यामसाइडका घर समेत डुबानमा पारेको स्थानीयले बताएका छन् । कास्कीका एसपी हरिबहादुर पालले भित्री सडक जलमग्न भएपनि क्षति कतै नभएको बताए । तस्वीर ः समाधान