»

  Articles - लेख विषेश

रेखाहरूभन्दा बाहिर
June 15, 2010

महेश भण्डारी
परलोकमा विचरण गरेका बाबु-बाजे, सँगैकार् इष्टमित्र र एकाघरका दाजुभाईले के भन्छन्, के सोच्छन् भन्ने आधारमा हामी हाम्रो योजना बनाउँछौं, निर्ण्र्ाालिन्छौं र तदनुसार कार्य गर्र्छौं । हामीले आपmनो बारेमा केही गर्दा अर्काको बारेमा हजार चोटी सोच्छौं । 'दि अदर इज हेल' यो हामीले किताबमा मात्र पढ्यौं, व्यवहार बनाएनौं । तर्सथ हामी दुःखी छौं, नर्कमा छौं । हामीले अरुलाई र्स्वर्ग ठान्यौंर्,र् इश्वर मान्यौं । हाम्रो यही भेडा विचार, भेडा शैलीमाथि मेरो विमती आज पनि जारी छ ।
यदि हामी यो संसारमा साँच्चिकै खुशी बन्न चाहन्छौं या हामी हाम्रो भावी पुस्ताको निम्ती एउटा शान्त र समुन्नत संसार उपहारस्वरुप सुम्पन चाहन्छौं भने हामीले हाम्रो बारेमा अब केही सोच्नु आवश्यक छ । हामीले अब हाम्रो वरिपरिको संसारमाथि प्रश्न गर्नु पर्छ, घोत्लिनु पर्छ । हामीलाई आपmनो परिवार, पण्डित या कुनै राजनैतिक नेताले जे भन्यो त्यही मान्नु पर्छ भन्ने जरुरी छैन । हामी आपmना साथीले जे गर्छन् त्यसलाई आत्मसाथ गर्नुपर्छ भन्ने जरुरी छैन । र, सबैभन्दा महत्वपर्ूण्ा कुरा अझ यो छ कि संचार माध्यमले जे भन्यो त्यसलाई साँचो र सत्य ठानेर आत्मसात गर्नु पर्छ भन्ने पनि कुनै जरुरी छैन । सत्य पत्ता लगाउन प्रश्न गर्नु जरुरी छ, शंका गर्नु जरुरी छ, विश्लेषण गर्नु जरुरी छ । र, जब सत्य पत्ता लाग्छ तब पीडा र घृणाको कुहिरो फाट्छ, सुख र शान्तिको बहार चल्छ ।
जोन मेयरको एउटा महान् गीत छ, 'त्यस्तो चीज केही छैन -नो सच थीङ)' शर्ीष्ाकको । त्यो गीतमा उनले आँफू कसरी खुशी छन् त्यसैबारे गाएका छन् । गीतमा उनी भन्छन्, उनी यति धेरै खुशी छन् किनकी भर्खरै उनले यो महशुस गरे कि 'वास्तविक संसार' भन्दा अर्को कुनै चिज छैन । उनलाई अब 'कथित वास्तविक बाटो -सो-कल्ड राइट टूयाक)' मा हिँड्नु पर्दैन र उनी आपmनो बाटो आँफै बनाउन तयार छन् । यी शब्दहरू मनै छुन्छन्ः
र, हाम्रा सबै अभिभावकहरू
दिन प्रतिदिन बूढो हुँदै गइरहेछन्
म अचम्म मान्छु
यदि तिनीहरूले बेलैमा केही राम्रो,
झन् राम्रोको खोज गरेको भए
जब म उनीहरूको सोंचमा हुन्छु
यी कैयन् दुःखान्त क्षणबाट आत्तिनु पर्थेन ।
उनीहरू सँधै हामीलाई भन्थे कि
रेखाहरूभित्र बीचमा उभिनु
उनीहरूलाई यो थाहा थिएन कि
रेखाहरूभन्दा बाहिर
अर्को दिशा धेरै राम्रो छ
झन् राम्रो छ ।
अब हामी आजैबाट आपmनो बारेमा सोच्न सुरु गर्नु पर्छ । हामीले बुढेसकाल कर्ुर्ने होइन । त्यो बेला निकै अबेर भइसक्छ । त्यो बेला पछुतो मात्र हुनेछ कि मैले सारा समय अरुले जे चाहन्छन् त्यसको प्राप्तिको लागि बेकारमा बिताएँ । अब हामीले हाम्रा आकांक्षाको आँकलन गर्नुपर्ने बेला हो यो । हाम्रा आपmनै धड्कनको अब हामीले सुर र ताल मिलाउनु पर्छ । अब उठ्ने समय हो, जाग्ने समय हो र जीवनमा केही फरक गर्ने समय हो । सबै मान्छे अरुजस्तै बाँच्छन् । फरक बाँच्ने कहिले हो - आपmनै जीवनमा केही फरक गर्नु पर्žयो । अरुभन्दा फरक केही गर्नु पर्žयो । हाम्रो वरिपरिको संसारबारे अब हामीले प्रश्न गर्नुपर्छ । अब हामीले हाम्रो आपmनै जिन्दगीबारे प्रश्न गर्नुपर्छ ।
अरुको अनुकरण र नक्कलले जीवन र जगत्मा कुनै बहार ल्याउँदैन । यसले मात्र सामान्य मान्छेको जन्म दिन्छ । यसले खतरनाक अन्धा मान्छेहरू मात्र जन्माउँछ ।
समाप्त
 ाचभभद्दखष्दचबतभ२थबजयय।अom

« Back | Top

»

  More Articles - लेख विषेश

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np