|
रेखाहरूभन्दा बाहिर
June 15, 2010
महेश भण्डारी परलोकमा विचरण गरेका बाबु-बाजे, सँगैकार् इष्टमित्र र एकाघरका दाजुभाईले के भन्छन्, के सोच्छन् भन्ने आधारमा हामी हाम्रो योजना बनाउँछौं, निर्ण्र्ाालिन्छौं र तदनुसार कार्य गर्र्छौं । हामीले आपmनो बारेमा केही गर्दा अर्काको बारेमा हजार चोटी सोच्छौं । 'दि अदर इज हेल' यो हामीले किताबमा मात्र पढ्यौं, व्यवहार बनाएनौं । तर्सथ हामी दुःखी छौं, नर्कमा छौं । हामीले अरुलाई र्स्वर्ग ठान्यौंर्,र् इश्वर मान्यौं । हाम्रो यही भेडा विचार, भेडा शैलीमाथि मेरो विमती आज पनि जारी छ । यदि हामी यो संसारमा साँच्चिकै खुशी बन्न चाहन्छौं या हामी हाम्रो भावी पुस्ताको निम्ती एउटा शान्त र समुन्नत संसार उपहारस्वरुप सुम्पन चाहन्छौं भने हामीले हाम्रो बारेमा अब केही सोच्नु आवश्यक छ । हामीले अब हाम्रो वरिपरिको संसारमाथि प्रश्न गर्नु पर्छ, घोत्लिनु पर्छ । हामीलाई आपmनो परिवार, पण्डित या कुनै राजनैतिक नेताले जे भन्यो त्यही मान्नु पर्छ भन्ने जरुरी छैन । हामी आपmना साथीले जे गर्छन् त्यसलाई आत्मसाथ गर्नुपर्छ भन्ने जरुरी छैन । र, सबैभन्दा महत्वपर्ूण्ा कुरा अझ यो छ कि संचार माध्यमले जे भन्यो त्यसलाई साँचो र सत्य ठानेर आत्मसात गर्नु पर्छ भन्ने पनि कुनै जरुरी छैन । सत्य पत्ता लगाउन प्रश्न गर्नु जरुरी छ, शंका गर्नु जरुरी छ, विश्लेषण गर्नु जरुरी छ । र, जब सत्य पत्ता लाग्छ तब पीडा र घृणाको कुहिरो फाट्छ, सुख र शान्तिको बहार चल्छ । जोन मेयरको एउटा महान् गीत छ, 'त्यस्तो चीज केही छैन -नो सच थीङ)' शर्ीष्ाकको । त्यो गीतमा उनले आँफू कसरी खुशी छन् त्यसैबारे गाएका छन् । गीतमा उनी भन्छन्, उनी यति धेरै खुशी छन् किनकी भर्खरै उनले यो महशुस गरे कि 'वास्तविक संसार' भन्दा अर्को कुनै चिज छैन । उनलाई अब 'कथित वास्तविक बाटो -सो-कल्ड राइट टूयाक)' मा हिँड्नु पर्दैन र उनी आपmनो बाटो आँफै बनाउन तयार छन् । यी शब्दहरू मनै छुन्छन्ः र, हाम्रा सबै अभिभावकहरू दिन प्रतिदिन बूढो हुँदै गइरहेछन् म अचम्म मान्छु यदि तिनीहरूले बेलैमा केही राम्रो, झन् राम्रोको खोज गरेको भए जब म उनीहरूको सोंचमा हुन्छु यी कैयन् दुःखान्त क्षणबाट आत्तिनु पर्थेन । उनीहरू सँधै हामीलाई भन्थे कि रेखाहरूभित्र बीचमा उभिनु उनीहरूलाई यो थाहा थिएन कि रेखाहरूभन्दा बाहिर अर्को दिशा धेरै राम्रो छ झन् राम्रो छ । अब हामी आजैबाट आपmनो बारेमा सोच्न सुरु गर्नु पर्छ । हामीले बुढेसकाल कर्ुर्ने होइन । त्यो बेला निकै अबेर भइसक्छ । त्यो बेला पछुतो मात्र हुनेछ कि मैले सारा समय अरुले जे चाहन्छन् त्यसको प्राप्तिको लागि बेकारमा बिताएँ । अब हामीले हाम्रा आकांक्षाको आँकलन गर्नुपर्ने बेला हो यो । हाम्रा आपmनै धड्कनको अब हामीले सुर र ताल मिलाउनु पर्छ । अब उठ्ने समय हो, जाग्ने समय हो र जीवनमा केही फरक गर्ने समय हो । सबै मान्छे अरुजस्तै बाँच्छन् । फरक बाँच्ने कहिले हो - आपmनै जीवनमा केही फरक गर्नु पर्žयो । अरुभन्दा फरक केही गर्नु पर्žयो । हाम्रो वरिपरिको संसारबारे अब हामीले प्रश्न गर्नुपर्छ । अब हामीले हाम्रो आपmनै जिन्दगीबारे प्रश्न गर्नुपर्छ । अरुको अनुकरण र नक्कलले जीवन र जगत्मा कुनै बहार ल्याउँदैन । यसले मात्र सामान्य मान्छेको जन्म दिन्छ । यसले खतरनाक अन्धा मान्छेहरू मात्र जन्माउँछ । समाप्त ाचभभद्दखष्दचबतभ२थबजयय।अom
« Back |
Top |