|
जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका
June 8, 2010
महेश भण्डारी हामी नक्कल गर्र्छौं, अनुकरण गर्र्छौं, हामी अरुजस्तै बाँच्ने रहरमा सारा जीवन सिद्धाउँछौं । भेडाजस्तै विश्वासबारे मेरो बहस आज पनि जारी नै छ । गएको अंकमा यिनै कुरा गर्दै थिएँ, तर्क झ्यालबाट फुत्त हाम फडाल्छ । तर्कलाई, आलोचनात्क सोचलाई दैनिक जीवनमा टाँग्ने हामीसँग किला छैन । गएको अंक यिनै कुरा राखेर लेखनीको बीट मारेको थिएँ । धार्मिक अतिवादीको उदाहरण यहाँनेर राख्न चाहन्छु । त्रासका कारण धार्मिक अतिवादीहरू एउटा निश्चित आदर्शलाई अँगाल्छन् र उनीहरू अन्धो विश्वासमा निर्भर रहेर हरेक कर्म र फललाई स्वीकार्छन् । एउटा तार्किक निस्कर्षा पुग्नका लागि उनीहरू मूल्यांकन गर्दैनन् र आलोचनात्मक विश्लेषण गर्दैनन् । र, यो समाजको लागि अत्यन्तै खतरनाक हुन्छ किनकी मान्छेहरू नकरात्मक असरबाट चाँडै सजिलै प्रभावित हुन्छन् । तर्सथ धार्मिक अतिवादीहरू कुनै प्रश्नबिना नै धार्मिक सिद्धान्तको अनुसरण गर्छन् र नराम्रोभन्दा नराम्रो, अझ भनौं खतरनाकभन्दा खतरनाक कामहरू बिना सोचविचार अबलम्बन गर्छन्, सच्चा अनुयायी या पक्का भक्त बन्ने नाममा । धेरैभन्दा धेरै धार्मिक विखण्डनवाद, जातीवाद, राजनीतिक घृणा, हिंसा, आतंक, द्वन्द्व र युद्ध हामीले सजिलै हटाउन सक्ने थियौं यदि हामीले आपmनोबारेमा, आपmनैलागि केही सोचिदिएको भए । तर हामीले जतिखेर पनि अरुलाई हेर्यौ, अरुलाई ठूलो देख्यौ । र, फगत् अरुजस्तै बन्ने प्रयास गर्यौ । खैर, हामी आपmनै घरपरिवार मूल्यांकन गरौं त ! हाम्रा दैनिक क्रियाकलापलाई नजिकबाट नियालौं त ! धेरै मान्छेहरू आपmनो दैनिक जीवनमा दुःखी हुनुको प्रमुख कारण यो हो कि हामीले एउटै सिद्धान्त एवम् मान्यतामा उभिएर वर्षौं वर्षआपmनो जीवन बितायौं । जस्तै एउटा बच्चा वास्तवमा कलाकार या लेखक बन्न चाहन्छ । तर अभिवावकको निर्देशनमा ऊ व्यवस्थापन या विज्ञान पढ्न कलेजमा भर्ना हुन्छ । अभिभावकको लागि उसले 'कथित' सही बाटो समाएको छ तर उसले आपmनै लागि गद्दारी गरिरहेछ, आपmनै चाहना र सपनालाई बलत्कार गरिरहेछ । आँफ्नो मन जेमा रमाउँछ, जे उसलाई मन पर्छ त्यसलाई त्यागेर उसले बाबुआमाको आकांक्षा एवम् सपनाको अनुयायी बनेको छ । हामी यस्तै कर्म हरपल गरिरहन्छौं । हामी कुनै पनि कार्यलाई यस अर्थमा अपनाउँछौं कि अरु मान्छे त्यही चाहिरहेछन् । हामी आपmनोबारे सोच्न डराउँछौं । हामी फरक हुन डराउँछौं र्।र् इष्टमित्रले के भन्छन् - दाजुभाईले के भन्छन् - मरेका बाआमाको आत्माले के भन्छ - यस्तै तातो न छारोका सोचमा हामी आँफूलाई मार्र्छौं र बाँचेको घोषणा गर्र्छौं । यसलाई असली जीवन कसरी मान्ने - यो दुःखको कुरो हो, मानवीय जीवनको विडम्बना हो । आँफैले केही व्यवसाय गर्न छोडेर हामी 'टेन टु फाइभ' डिउटीमा खटिन्छौं । भनिन्छ कि मान्छे अध्ययन, अनुभव, कल्पनाशीलता र भ्रमणले परिपक्क बन्छ । हामीलाई देश विदेश घुम्नु छैन, गाउँ ठाउँ पहाड पर्वन पुग्नुछैन । जति धेरै सम्पत्ति भए पनि जागिर खानकै लागि हामीलाई हतार हुन्छ । जागिर यस्तो कर्म हो, जुन अरुको लागि गरिन्छ । हामीलाई त्यसकै हतार हुन्छ । हामी यस्तो रेखामा उभिएर बाँच्छौं जुन रेखा न यहाँ छ, न त्यहाँ छ, न कालो छ न सेतो छ तर त्यो रेखा राम्रो ठाउँमा छ किनकी सबै त्यसै भन्छन् । बास्तवमै राम्रो छ त - यस्तो सोच्ने हाम्रो बुद्धिको बिर्को बन्द छ । बुद्धले भनेको एउटा कथन यहाँनेर राख्दा सान्दर्भिक होला । "जसरी सुनलाई पोलेर, काटेर र घोटेर परीक्षण गरिन्छ त्यसरी नै मेरा शिष्यहरूले मेरा शब्दहरूलाई, बाणीलाई परीक्षण गनर्ुपर्छ, सही या गलतको मेसो नपाइकन बडो सम्मान भावले अन्धो अनुकरण गर्नु हुँदैन ।" यस्तै क्रान्तिकारी कुरा गरेर बुद्धले धर्मको क्षेत्रमा आलोचनात्मक सोचलाई प्रवेश गराएका थिए । बुद्ध यसो भन्दैछन् कि कुनै पनि ठूलो पण्डित या महान् व्यक्तित्वले केही बोल्दैमा या केही गर्दैमा त्यसलाई मान्नै पर्छ या त्यसलाई आस्था बनाउनै पर्छ भन्ने जरुरी छैन । तपाईं आपmनो बुद्धि तथा आलोचनात्मक विश्लेषणलाई प्रयोग गरेर त्यो महान् व्यक्तिको अभिव्यक्ति सही या गलत के छ त्यसको मूल्यांकन गर्न सक्नुहुनेछ । यो जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका हो । क्रमशः ाचभभद्दखष्दचबतभ२थबजयय।अom
« Back |
Top |