»

  Articles - लेख विषेश

भौगोलिक यात्रामा मुस्ताङ
May 31, 2010


बलराम पौडेल 'बाबु'
हिमालको काखमुनी रमाइलो त्यो मुस्ताङ गाउँ,
वारिपारी गुराँस फूल्ने र्स्वर्ग जस्तो ठाउँ ।
लामा, तामाङ गाउँ अनि जाऊ शर्ेपा गाउँ,
हिमालका छोरा छोरी जन्मिएको ठाउँ ।।
नेपाल प्राकृतिक सुन्दरताले भरिपर्ूण्ा देश मानिन्छ । यहाँ अवस्थित उत्तरतर्फा सेता हिमालका लस्कर टाकुराहरू, होचा तथा अग्ला तहैतहमा अवस्थित विभिन्न आकार तथा नापका डाँडाकाँडाले भरिपर्ूण्ा मध्य पहाडी भाग तथा हरियालीले भरिपर्ूण्ा तर्राईका समथर मैदान जस्ता भौगोलिक अवस्थितिले नेपाललाई साच्चै नै प्राकृतिक सुन्दरताले भरिएको  छ । केही दिन अघि हामी हिमाल पारीको जिल्ला मुस्ताङ पुग्यौं ।
रातभरी चिसो कोरलेर मौसम बिहानीपख पनि वातावरणमा चिसो-चिसो छदै थियो । पोखरामा केही समयदेखि बादल, तुवालोले धमिलिएको  मौसमलाई गएराति सिमसिम परेको पानीले कञ्चन, सफा बनाई, सौर्न्दर्यको प्राञ्जल दृश्यले मेरो मन तानिरहेको थियो । अझ मुस्ताङ भन्ने ठाउँ कस्तो होला - त्यहाँको भौगोलिक अवस्था कस्तो होला - कसरी त्यहाँका मानिसहरुले आफ्नो जिवीका निर्वाह गरेका होलान् - र जाडो मौसम अनि गर्मी कसरी छल्दा हुन् - जस्ता प्रश्नले मेरो मनलाई कौतुहलतामा पुर्žयाइरहेको थियो ।
पृथ्वीनारायण क्याम्पस मानविकी संकाय र शिक्षा संकाय बिए, बिएड दोश्रो वर्षा अध्ययनरत भूगोल विषयका विद्यार्थीहरु र शिक्षक गरी जम्मा ३८ जनाको टोली भौगोलिक अध्ययनका लागि जेठ ५ गते बिहान ८ः०० बजे वाग्लुङ बसपार्कबाट यात्रा आरम्भ भयो । अनि हानियौं मुस्ताङतिर ।
सबै साथीहरुको मन एकदमै प्रस्फूलित थियो । नयाँपुल स्थित एक होटलमा सामान्य खाजा खाएर हाम्रो यात्रा अगाडि बढ्यो । हामीहरु बसमा गीत गाउँदै ऊ त्यो ठाउँको नाम के हो - आहा ! कस्तो राम्रो झरना ! अनि कस्तो राम्रो ठाउँ भन्दै एक आपसमा कुराकानी गर्दै, रमाउँदै बसमा करीब ४ घण्टाको यात्रासँगै बेनी पुग्यौं । त्यहाँ पुग्दा झण्डै १२ः०० बजेको थियो । बेनी बजार घुम्दै त्यहाँको डल्पिmङ होटलमा खाना खायौं । त्यसपछि बेनीको बजार अवलोकन गरी गलेश्वर र आर्मीब्रिजको बाटो हुँदै अगाडि बढियो । मेरो मनमा विश्वको गहिरो गल्छी हर्ेर्ने चाह निकै बढेर आयो । अन्नपर्ूण्ा र धौलागिरीको बीचमा रहेको अन्धगल्छीलाई अवलोकन गर्न पाउने भयौं भन्दै म्याग्दीको दाना गाविस स्थित अन्धगल्छीमा पुगियो । जहाँ बाटोको खराबीले गर्दा बस त्यही छाडेर केही समय हिड्नु पर्žयो । हिड्दाको मज्जा छुटै हुँदो रहेछ, हाँस्दै-हाँस्दै हामी गल्छीको अवलोकन गर्न थाल्यौं । त्यस क्षेत्रमा स्थानीय विकास मन्त्रालयको ७ लाख आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानबाट अन्धगल्छी वरपरकोबाटो, प्रतिक्षालय, भ्युटावर र चौताराको निर्माण गरिएको रहेछ । म्याग्दीको दाना गाविसमा अवस्थित अन्धगल्छी संरक्षण र सर्म्वर्द्धनका लागि स्थानीय ५४ घरधुरीले १६/१६ दिन श्रमदान गरेको अन्धगल्छी संरक्षण समितिका सचिव सुनबहादुर बानियाँले जानकारी दिनुभयो । एक स्थानीय बासीले भने बेनी जोमसोम सडक संचालन भएपछि अन्धगल्छीमा अवलोकन गर्न आउने पर्यटक घटेको बताए । जसले गर्दा गल्छीको प्रचार प्रसार हुनुमा कमि आएको हामीलाई महसुस भयो ।
साँझ पर्दै जाँदा अन्धगल्छीको अवलोकन र तस्वीर लिँदै यात्रा अगाडि बढ्यों । सिरसिर हावा चलिरहेको थियो, सिमसिम पानी पर्न थाल्यो, कोही साथी ओडारको साथ लिदै र कोही कसैको छातामुनी छेल पर्दै हिडेका थियौं । अन्धगल्छी, रुप्से झरनाको अवलोकन गर्दै र तस्वीर खिच्दै कालीगण्डकी नदीको तिरै तीर घाँसा पुगियो । मन मनै सोच्न थालेे ओहो ! कति रमाइलोपो रहेछ । मलाई घाँसाको ठाउँ निकै रमाइलो लागेर आयो र मन हलुका हुँदै गयो । त्यस रातको विश्रामका लागि धौलागिरी होटलमा पुग्यौं ।
भोलीपल्ट बिहानीको मिरमिरे उज्वालोसँगै हामी सबैजना  त्यहाँको दृश्य देखेर रमणीय वातावरणमा सबै साथीभाईहरुसँग तस्वीरहरु लिदै त्यहाँका स्थानीय बासिन्दाहरुसँग कुराकानर्ीमा रमाउँदै थियौं । झण्डै ८ बजिसकेको थियो, बस हिड्न लाग्यो छिटो गर भन्दै गुरुहरुले भन्न थाल्नुभयो । अनी आफ्नो व्याग भिरेर घाँसाबाट लेते, लार्जुङ्ग, कोवाङ्ग, टुकुचे र मार्फा गाविसका विभिन्न गाउँ वस्तीहुँदै जोमसोम पुग्यौं ।
जोमसोमको भौगोलिक अवस्था, त्यहाँको मानव वस्ती, यातायात, साँस्कृतिक वातावराण घरहरुको निर्माण कसरी भएको छ - त्यहाँको मूख्य पेशा के हो - शिक्षाको अवस्था कस्तो छ - कस्ता समुदाय र जातजातीको बाहुल्यता रहेको छ - भन्ने बारेमा अवलोकन गर्न चासो बढेर आयो । यात्रामा रहेका गुरुहरु मोती, डा.विश्व श्रेष्ठ, कविराज र पाण्डे गुरु गरी ४ जना रहनुभएको थियो । उहाँहरुले ६, ७ जनाको समूह विभाजन गरी नक्सा उतार्ने, व्यवसाय, घर, विद्यालय, सरकारी संस्था, एयरपोट, घरेलु उद्योग आदिको अवलोकन गराउनु भयो । जोमसोमबाट एक्लेभट्टी, कागबेनी हुँदै मुक्तिनाथको ऐतिहासिक, पर्यटकीय एवं धार्मिक आर्कषणको केन्द्र विन्दू पुग्यौं । त्यस दिन मुक्तिनाथमा बास बसियो । कोही साथीहरु त्यहीका स्थानीयबासीहरुसँग कुरा गर्न थाल्नु भयो भने म र केही साथीहरु त्यहीको पहाड चढ्न थाल्यौं, अन्ध्यारोसँगै तस्वीरहरु खिच्न थालियो, गीत गाउँदै एक अर्कोलाई हात समाउँदै पहाड चढियो त्यस मुक्तिनाथ क्षेत्र वरिपरिहेको । अनि केही समयपछि करिब ८ बजेतिर होटलमा आइयो र खाना खाएर गीत गाउन, नाच्न थालियो रमाइलो गरियो र निन्द्रदेवीको काखमा निदाइयो । बिहान सबेरै उठेर नुहाई धुवाई गरी नजिकैको हिउँमा खेल्न, फोटो खिच्न र मुक्तिनाथ मन्दिरको दर्शन गर्न गयौं । १०८ वटा धाराको पानीले नुहाइयो मनले आटेको पुगोस् भनी भगवानसँग प्राथना गरी फेरि यात्रा तय गर्न थालियो ।
मुस्ताङ्ग जिल्लाबाट हालसम्म कुनै पनि पत्रपत्रिका र रेडियोको प्रकाशन/प्रसारण हुन सकेको रहेनछ । राजधानी, गण्डकी र धौलागिरीका सञ्चारमाध्यमबाट रिपोटिङ्ग गर्ने केही सञ्चारकर्मी रहेछन् । मुस्ताङबासी तिनै ठाउँका रेडियो, पत्रपत्रिका र टेलिभिजन सुन्ने, पढ्ने र हर्ेर्ने रहेछन् । मुखिया प्रथा कायमै रहेका कारण गाउँ समाजका घटना समाजभित्रै मिलाउने रहेछ । जसका कारण मुस्ताङमा घट्ने घटनाको वास्तविकता बाहिर आउन गाह्रो हुने त्यहीका एक स्थानीय विद्यार्थी साथी थेवा गुरुङले बताए ।
विकासका पर्ूवाधारको अवस्थालाई अध्ययन गर्दा मुस्ताङ जिल्लामा केही प्रगति चाहि भएकै मान्न सकिन्छ । उक्त जिल्लामा मुस्ताङको साक्षरता प्रतिशत जनगणना २०५८ अनुसार ७४.९ प्रतिशत छ । नेपालको मरुभूमि अनि गुम्बै-गुम्बाको जिल्ला भनेर चिन्ने मुस्ताङ भौगोलिक हिसाबले अत्यन्त आकर्ष देखिन्छ । अझ कागबेनीबाट मुक्तिनाथ क्षेत्रसम्म देखिने मनोरम डाँडा-पाखा, मुस्कुराएका सेताम्मे हिमश्रृंखला र राउण्ड अन्नपर्ूण्ा मार्फ् त्यस्ता ठाउँ हर्ेन पाउँदा म लगायत सम्पर्ूण्ा सार्थीहरु र बिदेशी पर्यटकहरुका दृश्यहरु त साँच्चिकै लोभलाग्दा छन् । जुन ठाउँ दृश्यवलोकनका लागि नेपालकै सुन्दर ठाउँ हो कि जस्तो अनुभूति भयो हामीलाई । उब्जनशील माटो र हरियाली वातावरण चाही छैन त्यहाँ । बरु वृक्षारोपण गरिएका स-साना वृक्षहरु समेत पहेंला भएर पात भरेको देखियो । यति हुँदा हुँदै पनि मुस्ताङलाई हरियाली बनाउने सपना बोकेको छ जिल्ला कृषि विकास कार्यालय मुस्ताङले ।
यात्रा अगाडि बढी रहेको थियो त्यसैक्रममा केही साथीहरु अफिसियल हुने हुँदा घर र्फकनुपर्ने बाध्यता र एकजना गुरु हिड्न नसक्ने अवस्थाले गर्दा र्फकने अवस्था आयो । र ७ जना सार्थीहरु जोमसोबाट जहाजमा घर र्फकनु भयो भने बाँकी सबैजना अगाडि बढीहरेको थियौं । यात्रा जहाँ मुक्तिनाथबाट कागबेनी, छुसाङ हुँदै हिडेर -नुन खानी) चुसुङ्ग -नासुनखोला) पुगेर नुन खानीको अवलोकन गरी चैलेमा आइ बास बस्यौं । भोलीपल्ट बिहान केही छलफल भयो लोमाङथाङ जानेकि नजाने भन्ने बारेमा । किनभने मुक्तिनाथ पुग्दा र त्यहाँको महंगीले गर्दा विद्यार्थीहरुमा केही समस्या आयो कि भनेर गुरुहरुले सचेत गराउनु भएको थियो । जहाँ विद्यार्थीहरु दोधारमा परे कि यहाँ भन्दा माथि अझ महंगो छ होला भनेर । पहिलो चोटी यस टिमको लोमाङथाङ्ग यात्रा थियो । यस टिमबाट त्यस ठाउँमा गएर फर्किएको कोही थिएन । सबै सोधेर जानुपर्ने बाध्यताले गर्दा निर्ण्र्ााक्षमता गुरुहरुमा पनि कम देखिएको थियो ।  ताङवेमा हुँदा नुनखानीसम्म मात्र जाउ भनेर चैलेमा आएर बास बसेका थियौं । तर चैलेमा बास बस्दा त्यही होटलको ट्रक रहेछ लोमाङथाङ्ग गएर र्फकर्ने । जसले गर्दा विद्यार्थीहरुमा दर्ुइ मत हुनु स्वाभाविककै हो । मलाई पनि एक तमासले हल्का तातो हुन गयो । मोती गुरु र डा.विश्व गुरुसँग भने कोही विद्यार्थी तल जाने कोही लोमाङथाङ्ग ! कि सबै माथि जाऔं कि सबै तल भनेर र्झकए तर निचोक निष्कन सकेन अनि ए ! त्यसो भए म पनि आफ्नो तरिकाले जान्छु भनेर गुरुहरुलाई अप्ठेरोमा पार्न थाले जहाँ सबै साथीहरुलाई मिलाउन सक्नुहुन्छ होला भनेर । तर केही साथी र एक जना गुरु भएर कागबेनीतर्फर्फकनुभयो । केही समय मेरो टाउको दुखेको जस्तो भान भयो । अनि ट्रक आयो साथीहरुले जाऊ अब एक जना मात्र भएपनि पुग्नु भनेको हाम्रो टिम सफल हुनु हो । त्यसै अवसरमा मोति गुरुले भन्नुभयो-जसले गर्दा ममा पनि केही परिवर्तन आयो र ट्रकमा बसे ।
मुस्ताङको गेट भनेर चिनिने चैलेबाट १९ जना उपल्लो मुस्ताङ्गतर्फअथवा लोमाङथाङ्गतर्फअगाडि बढ्यो । यात्रामा कालीगण्डकीको नदी जता जताबाट छिरेको छ त्यही नदीको बाटोमा ट्रक हिड्दो रहेछ । हामीलाई अनौठो भौगोलिक परिदृश्य देख्दा कोही साथीले त्यसको फोटो खिच्दै, रमाइलो गर्दै, कसैले भिडियो क्यामरामा ती दृश्यहरुलाई कैद गर्दै, पहरामा विभिन्न किसिमका चराचुरिङ्गहरुको गुढ, अनि गुफाहरुको दृश्यअवलोकन गर्दै गीत गाउँदै, अमिलो पिरो, दालमोठ घरी घरी मुखमा राख्दै, हावाको वेग चुइगम चपाएको मज्जासँगै चराङ्गहुँदै लोमाङथाङ्ग पुगियो ।
उपल्लो मुस्ताङवासी अत्यधिक जाडोका कारण हिउँदको समयमा आ-आफ्नो सामान तथा भेडा-च्याङ्ग्रा लिएर जाडो छल्न बेसीतिर -खासगरी बेनी, पोखरा, काठमाण्डौं र भारतका विभिन्न ठाउँ) लाग्दा रहेछन् । साथै शिक्षक-शिक्षिका र विद्यार्थीहरु त्यस समयमा पोखरा तिर आएर अध्ययन अध्यापन गर्ने एक स्थानीय बासी सिग्मा लामाले जानकारी दिए ।
लो भनेको आदिवासीको जातको नाम, माङ भनेको जडिबुटी र थाङ्ग भनेको मैदान, उर्वर भूमि हो । तिनतर्फाट सर्ुखा डाडाले घेरिएको दक्षिण पश्चिमतर्फमुक्तिनाथ हिमाल अवस्थित छ । त्यहाँको हिउँ पग्लिएर त्यस उर्वर भूमिमा सिंचाई गर्दछ । त्यहाँ जम्मा ९ वटा वडा रहेका छन् । ती वडा मध्ये ८ वडालाई ठूलो पर्खालले घेरिएको छ । जहाँ राज खलक विष्ट र गुरुङ जातीले बसोबास गर्दछन् । पर्खाल बाहिर वडा नं. ९ अर्थात एउटा वडा छ । त्यस वडामा कर्साई, विश्वकर्मा, गाईने आदि जातिका समुदाय बसोबास गर्दा रहेछन् । पर्खाल भित्रको शहरमा तीनवटा गुम्बाहरु छन् । त्यसै शहरको बिच भागमा मुस्ताङ्गी राजाको दरबार छ । त्यस दरबारको नाम मङखर -ःयलपजबच) हो । हाल त्यस दरबार अर्थात मुस्ताङका राजाको नाम जिङ्मे पर््रवल विष्ट हो । उनी २१ औं राजा अर्न्तगत पर्दा रहेछन् । उहाँको रक्षकका अनुसार त्यो दरबार पहिलो राजा लो अमे पाल -ीय Amभ एब) िले बनाउनु भएको थियो । ५ तले दरबार, १ सय ८ वटा कोठा रहेको छ ।  कूल ११ सय जनसंख्या रहेको छ । त्यस क्षेत्रमा १८० घरधुरी रहेको राजाका सुरक्षाकर्मी र राजा जिङ्वे पर््रवल विष्टको कुराकानीबाट थाहा पाइयो । सामान्य चियापान कार्यक्रम राजाकोतर्फाट खाता पहिरनसहित भएपछि हामी राजासँग केही तस्वीरहरु खिच्नको लागि अनुरोध गर्यौं । तस्वीर खिचियो र पछि आउने वाचा गर्दै बिदाईका हात हल्लाउँदै दरबारबाट बाहिर निस्कियो । त्यसपछि त्यहीको लामा स्कूल अर्थात श्री महाकरुणा साक्यप विद्यालय नेपाल भारतको प|mेडसिपअनुसार सन् १९९४ मा स्थापना भएको रहेछ । त्यस विद्यालयमा जम्मा ६५ विद्यार्थी, ८ कक्षा सम्म सामान्य किसिमको पढाइ हुन्छ । त्यसपछि ७ वर्षो कोर्षाई शास्त्री र २ वर्षो कोर्षगरिसकेपछि आचार्य गरिन्छ । बाँकी पढ्नको लागि देहरादून र सिमरामा जाने त्यसै विद्यालयका शिक्षकहरुले बताउनु भयो । त्यस विद्यालयमा फेरि सामान्य त्यही उत्पादन गरेको घरेलु बिष्कुटसँगै चियापान कार्यक्रम गरी त्यहाँ रहेको गुम्बाको अवलोकन पछि तस्वीर खिचेर बिदाई गरियो ।
मलाई त त्यही बसौ-बसौं लाग्यो किन कि त्यहाँको सम्मान, आदार सत्कार देख्दा । म लगायत अनिल, मनोज, मुना, पूजा, प्रदिप सबैसाथीहरु अर्थात हाम्रो टिमलाई पनि त्यस ठाउँले मन लोभ्याएको थियो । मैले त्यहाँको जनताको भाव बुझ्ने प्रयास गरेचीनको स्वाशासित क्षेत्र तिब्बतसँग मुस्ताङको सिमाना जोडिएको छ । स्वतन्त्र भूमि प्रयोग हुन्छ कि भन्ने आशंकाले शान्ति वा अशान्ति, युद्ध वा अप्ठ्यारो के हुने हो भन्ने चासो र चिन्ता पनि छ मुस्ताङबासीलाई । जब हामी मुख्य ठाउँमा पुगेपछि अब भने हाम्रो यात्रा र्फकने भयो । त्यही ट्रकमा फर्किएर अघिल्लो रात बसेको होटलमा बास बसौं । भोलीपल्ट बिहान जोमसोम आएर पहिलेको बाटो हुँदै रमाइलो गर्दै, गीत गाउँदै बेनीमा फर्कियो । म्याग्दीको तातोपानीमा आएर बास बसियो । भोलीपल्ट तातोपानीमा नुवाई, तस्वीरहरु खिचेर रमाईलो गर्दै ७ दिनको यात्रा पूरा भएकोमा हल्का महसुस गरियो । सोहीदिन हामी साँझपख पोखरा आइपग्यौं ।
मुस्ताङ मेरो जीवनको भौगोलिक र अविस्मरणीय यात्रा बन्न पुग्यो । तर यात्राको क्रममा मुस्ताङको नमिठो यथार्थ चाँहि अत्याधिक महंगी र आधारभूत सामानहरुको चर्को अभाव छ त्यहाँ । जसले गर्दा सामान्य मान्छे मुस्ताङमा टिक्न धेरै कठिन देखिन्छ । जुन कठिनाई भोग्ने मध्ये हामी पनि एक हौं । तर आश्रमहरुमा खाने बस्ने सहुलियत प्राप्त गरेको र साथीभाइको सहयोगी भावना रहेकोले नै हाम्रो यो यात्रा सहज र सफल भयो ।
स्वार्थी भएपनि साथी नर्विसिनु,
चिसो भए पनि मुस्ताङ नर्विसिनु ।
तिमीहरुलाई जस्तो भएपनि सँगै हिडेको,
मुस्ताङको त्यो यात्रा नर्विसिनु ।।
                दबदग)उबधबलद्दद्द२थबजयय।अom

« Back | Top

»

  More Articles - लेख विषेश

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np