»

  Articles - लेख विषेश

जेठ १४ पछिको कहालीलाग्दो तस्वीर
May 27, 2010

महेश भण्डारी
नारायण भण्डारी लगायत केही शुभचिन्तकहरूको सुझाव छ संविधानसभाबारे लेख्नु भन्ने । कति गाह्रो बिषय ! मार्क्सवादी टोपी पहिरेका सुवास नेम्वाङजस्तो शालीन, बौद्धिक र भलाद्मी व्यक्तिले संविधानसभा अध्यक्षको आसनबाट संविधान जसरी पनि बन्छ, समयमै बन्छ भनेर पटक-पटक आश्वासन दिँदा संविधान सजिलो विषय लागेको थियो । सहमती हुने रहेछ र समयमै संविधान बन्ने रहेछ भन्ने लागेको थियो । तर त्यसो भएन । मलाई केही अर्थ्याउने जाँगर चलेको छैन । हिजोआज संविधानबारे वात्स्यायान र राजेश के.सी. का कार्टर्ुुे धेरै बोलेको छ । देशका नेताले संविधानलाई विदु्रप वस्तु बनाए । संविधान बनाउनको निम्ती हाम्रो भोट पाएर संविधानसभामा चुनिएका नेताले संविधान बनाएनन्, दिगो शान्ति दिलाउन सकेनन् र लडाकुको समायोजन अझैसम्म गर्न सकेनन् । सहमतीको राजनीति हरायो । संविधान हलुंगो बिषय बन्यो । शान्ति चिया चौतारीको गफ बन्यो । जसका निम्ती र जसका विरुद्ध ती लडाकु लडे ती दुवै पक्षले लडाकुलाई न असल मित्रको इज्जत दिन सके, न स्वाभिमानी शत्रुको स्थान नै । इतिहासमा हार्नेको पनि स्थान हुन्छ । शत्रुको पनि इज्जत हुन्छ । ती लडाकु नेपालको पुलिस, प्रशासन र सेनालाई जितेका योद्धा हुन् । मुक्ति र परिवर्तनको लागि लडेका योद्धालाई लक्षीत राजनीतिक परिवर्तनपछि विशेष स्थान र इज्जत दिने गरिन्छ । राज्यको नून-पानी खुवाएर क्यान्टोन्मेन्टमा राखिएका ती लडाकु पर्राई होइनन्, सरकारले बुझेन । हिजो बाह्रबर्सर्ेेनयुद्धमा हत्केलामा ज्यान लिएर बन्दुक बोकेका ती लडाकु 'अनमिन' लाई देखाउने दाँत र सरकारलाई तर्सर्ााे दाह्रा होइनन्, स्वयम् माओवादीले बुझेन । क्यान्टोन्मेन्टमा रहेका लडाकुको मार्चपास सुनेर जनताले भोट हाम्लाई दिएका हुन् र अब पनि दिन्छन् भन्ने आशा माओवादीले पालेको छ भने ऊ सरासर गलत छ र यी लडाकुको समायोजन भयो भने माओवादीले नेपाल सेनामा विभाजन ल्याएर सत्ताकब्जा गर्छ भन्ने भय यदि सरकारवादी पार्टर्ीी पालेका छन् भने उनीहरूको यो 'हाइपोथेसिस' गलत छ । यस्तै गलत भय र 'हाइपोथेसिस' को हिलोमा संविधानसभाको चुनाव पछिको राजनीतिक रथ गुड्न नसक्ने गरी फँसेको छ । नेता जे भन्छन्, जनता त्यसको पत्यार गर्दैनन् अब । समय धेरै कोष अगाडि र्घर्किसक्यो । जनताले शक्तिखोरमा प्रचण्डले 'सेनालाई भाँडेर सत्ताकब्जा गर्न सकिन्छ' भनी बोलेको टेप पनि सुनेका छन् । जनताले माधवकुमार नेपालले पत्रकारमाझ 'संविधानसभा हाम्रो माग होइन' भनेको कुरा पानि बुझेका छन् । जनता उल्लु छैनन् । भेडा होइनन् जनता । जसले जनतालाई उल्लु बनाउने चेष्टा गर्छ, ऊ सिद्धिन्छ । अस्ति राणाहरू, हिजो मण्डलेहरू, भर्खरै ज्ञानेन्द्र माइला जस्तै अब सिद्धिने पालो राजनीतिक दलहरूको आयो भने त्योभन्दा ठूलो दर्ुभाग्य अरु केही हुने छैन । आदरणीय पाठकवृन्द, जेठ १४ पछि कस्तो होला नेपालको भविष्य - संविधान बनाउँछु, दिगो शान्ती दिलाउँछु र सेना समायोजन गर्छर्ुुन्ने ठूला नेताको अनुहार कस्तो होला अब जनताको अघिल्तिर - अब कसले बनाउँछ देश - अब कसले चलाउँछ देश - राज्यको ढुकुटी रित्ताएर गरिएको ऐतिहासिक संविधानसभाको चुनावमा विजयी भएका ६०१ जना सभासद्को राजनीतिक र नैतिक भविष्य अब के हुने हो - कस्तो हुने हो - जनताले यिनलाई के सजाय दिने हुन् - लेखक विश्वप्रकाशले भनेझैं भोलीको पुस्ताले देशको पोष्र्टमर्टम रिपोर्टमा संविधानको निर्मम हत्या भनेर इतिहास लेख्नेछ । यो एउटा कहालीलाग्दो तस्वीर हो ।
अखबार म्याद सिद्धिन लागेका दर्ुइ कुरा, संविधानसभा र 'युनिटी लाइफ'को खबरले भरिएका छन् । मुलुकका पार्टर्ीी युनिटी लाइफजस्तै अविश्वसनीय बने । युनिटीका गफ र नेताका कुरा उस्तै रहे । पार्टर्ीीे नेतृत्व पंक्ति र यतिखेर युनिटीका फरार संचालक काटीकुटी उस्तै रहे । माधवकुमार नेपाल हरुवा हुन्, लोकलाई थाहा छ । माधव नेपालको बुद्धि छैन, इमान्दारीता र नैतिकता छैन, योग्यता र क्षमता छैन, यिनले संविधान बनाउन सक्दैनन् भनेर जनताले यिनलाई हराएका हुन् । मदन भण्डारी मरेपछि उनको अपुताली पचाएर महासचिव बनेका यि माधवकुमार नेपाल विचारले शुष्क र बुद्धिले शून्य जीव हुन् । यिनलाई अझै पनि संविधानसभा के हो थाहा रै'नछ । गिरिजालाई 'भ्याट' बुझ्न गाह्रो भएझैं यिनलाई संविधानसभा बुझ्न गाह्रो भएको कुरा यिनका बेसुरका कुरा सुनेर प्रष्ट हुन्छ । प्रदीप गिरीलाई वक्ता बनाएर 'संविधानसभा' बारे एक घण्टे प्रशिक्षण दिनुपर्ने हो यी माधवलाई । काँग्रेसले समय निकाल्नु पर्ने हो । आपmनो भरियाको ख्याल भएन भने काँग्रेसले लोकतान्त्रिक टूेकिङ कसरी पार गर्ला - होइन भने काँग्रसको उद्देश्य भनेको नथाकिन्जेल एमालेलाई भारी बोकाउने र थाकेपछि भीरबाट गुल्टाउने हुनर्ुपर्छ । त्यो दिन ध्रुविकरणको दिन हुनेछ । लोकबाट एमाले बिलाउने छ र नेपालमा माओवादी र एन्टी-माओवादी हनेछन् । मधेसका कुरा मसिना छन् । केलाएर गर्नुपर्छ । त्यो फर्ुसत कसैलाई छैन । संविधानसभाको चुनावबाट बनेको संविधानले मधेसी जनताको हक अधिकारको रक्षा गर्नेछ भन्ने मनसुवाले मधेसीहरू उत्साहित भएर मधेसी दलका नेतालाई जिताए । र, जीतपछि मधेसी दलका नेताहरू सत्तामा पनि गए । तर यिनले चुनेका प्रधानमन्त्री संविधानसभाको विरोधमा बोल्दैछन् । अब मधेसवादी दलका नेता सत्तामा बस्नु भनेको प्रतिघात हो । संविधानसभाको विरुद्धमा बोल्ने प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा बसेर मधेसवादी दलका नेताले आपmनो खुट्टामा बन्चरो हान्दैछन् । आत्मालोचना गर्नु भनेको आलु-चना खानु होइन । माधवको आलु कुराबाट क्षमादान सम्भव हुँदैन ।
एउटा दुःखद पक्ष के छ भने मुलुकको राजनीतिलाई 'नेगिटिज्म' ले निर्देश गरिरहेको छ । 'नेगेटिज्म' उत्तोलक बनेर ठूल्ठूला क्रान्तिमा पत्थर उचाल्न सघाएको छ । हामीलाई थाहा थियो, काँग्रेस र एमालेका सबै नेता जाली र फटाहा हुन् । भर्खरै जनयुद्धलाई स्थगित गरेर खुला राजनीतिमा आएको माओवादीलाई चिन्न र बुझ्न अझै बाँकी थियो । तर, महाफटाहा ज्ञानेन्द्रको 'नेगिटिभ एक्सन' का कारण जनताले आन्दोलनमा ती नेतालाई साथ दिए । कान्तिपुर टेलिभिजनमा घरिघरि आइरहने एउटा विज्ञापनमा प्रचण्ड बोेलेको देखाउँछ । उनी भन्छन्, 'ज्ञानेन्द्रको लात र माओवादीको हातले बाह्रबुँधे सहमती बनेको हो !' कुनै पनि घटना, व्यक्ति या स्थितीप्रति पैदा हुने 'नेगिटिज्म' ले राजसंस्थाजस्तो २४० वर्षपुरानो संस्थाको जरा उखेल्दो रहेछ र चोर र फटाहा कहलाएका नेतालाई शीरमा चढाएर फेरी सत्तामा पुर्žयाउँदो रहेछ । समयले त्यही देखायो । हामीलाई थाहा छ, वास्तवमा राजनीतिक पार्टर्ीीतिला होइनन् । संसदीय व्यवस्था गतिलो होइन । मुलुकको राजनीति गतिलो होइन भन्ने थाहा हुँदाहुँदै पनि जनताले संविधानसभामा कुनै एकमा भोट ठोक्नुपर्ने थियो ठोके । गिरिजाले हाँकेको आन्दोलन र संविधानसभाको चुनाव सफल हुनुमा ज्ञानेन्द्रको हात ठूलो छ । ज्ञानेन्द्रको प्रतिशोधमा जनताले पार्टर्ीीई काँध थापेका हुन् । साथ दिएका हुन् । 'नेगेटिज्म' जगमा भएको क्रान्ति र परिवर्तनको जस धेरै थेरै यर्सथमा ज्ञानेन्द्रलाई पनि जान्छ । यसको अर्थ फेरि उनलाई डोलीमा सजाएर नारायणहिटी ल्याउनु पर्छ भन्ने चाहिँ होइन । जनताको चाहना पनि त्यो छैन ।
तर माओवादी, काँगे्रस र एमाले यी तीन पार्टर्ीीकआपसमा मिल्न सक्दैनन् र यसरी नै बखेडा गरीरहन्छन भने त्यसको फाईदा अर्को शक्तिले उठाउँछ । जरुर उठाउँछ । त्यो शक्ति जतिसुकै गलत होस्, उसले जनतामा व्याप्त 'नेगेटिज्म' को फाइदा उठाउँछ । जनतामा दिनप्रतिदिन नैराश्य छाइरहेको छ । माधव नेपालको अभिव्यक्ति केवल कर्ुर्सर्ीीचाउने मन्त्रबाहेक केही लाग्दैन । यता माओवादीले आँफू सत्तामा जाने कुरालाई जसरी 'हाइलाइट' गरिरहेछ, त्यो उत्पादक छैन । आफ्ना शुभचिन्तक जनतालाई निराश बनाउने उपायबाहेक केही होइन । काँग्रेस त सबैभन्दा अबसरवादी कुनामा बसेर दर्ुइ वाम लडाउनमा माहिर देखिएको छ । तर यदि साँच्चिकै संविधानसभाको म्याद थपिएन, संविधान बनेन र दिगो शान्तिको कुनै गुञ्जायस रहेन भने त्यसको दोषबाट कोही पनि उम्कन पाउँदैनन् । न काँग्रेस, न माओवादी र न एमाले, यी सबै सबै पार्टर्ीीनताको नजरबाट गिर्नेछन् । र, यो अन्धकार र अन्यौलको फाइदा अरु कसैले लिनेछ । त्यो ज्ञानेद्र पनि हुनसक्छ । त्यो भारत पनि हुन सक्छ र त्यो सेना र राष्टूपति जो पनि हुनुसक्छ । त्यो 'नेगेटिज्म' को उभार सम्झेर अतालिएको छु । जेठ १४ अगावै एउटा सहमती होस्, कामना !
ाचभभद्दखष्दचबतभ२थबजयय।अom

« Back | Top

»

  More Articles - लेख विषेश

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np