|
जेठ १४ पछिको कहालीलाग्दो तस्वीर
May 27, 2010
महेश भण्डारी नारायण भण्डारी लगायत केही शुभचिन्तकहरूको सुझाव छ संविधानसभाबारे लेख्नु भन्ने । कति गाह्रो बिषय ! मार्क्सवादी टोपी पहिरेका सुवास नेम्वाङजस्तो शालीन, बौद्धिक र भलाद्मी व्यक्तिले संविधानसभा अध्यक्षको आसनबाट संविधान जसरी पनि बन्छ, समयमै बन्छ भनेर पटक-पटक आश्वासन दिँदा संविधान सजिलो विषय लागेको थियो । सहमती हुने रहेछ र समयमै संविधान बन्ने रहेछ भन्ने लागेको थियो । तर त्यसो भएन । मलाई केही अर्थ्याउने जाँगर चलेको छैन । हिजोआज संविधानबारे वात्स्यायान र राजेश के.सी. का कार्टर्ुुे धेरै बोलेको छ । देशका नेताले संविधानलाई विदु्रप वस्तु बनाए । संविधान बनाउनको निम्ती हाम्रो भोट पाएर संविधानसभामा चुनिएका नेताले संविधान बनाएनन्, दिगो शान्ति दिलाउन सकेनन् र लडाकुको समायोजन अझैसम्म गर्न सकेनन् । सहमतीको राजनीति हरायो । संविधान हलुंगो बिषय बन्यो । शान्ति चिया चौतारीको गफ बन्यो । जसका निम्ती र जसका विरुद्ध ती लडाकु लडे ती दुवै पक्षले लडाकुलाई न असल मित्रको इज्जत दिन सके, न स्वाभिमानी शत्रुको स्थान नै । इतिहासमा हार्नेको पनि स्थान हुन्छ । शत्रुको पनि इज्जत हुन्छ । ती लडाकु नेपालको पुलिस, प्रशासन र सेनालाई जितेका योद्धा हुन् । मुक्ति र परिवर्तनको लागि लडेका योद्धालाई लक्षीत राजनीतिक परिवर्तनपछि विशेष स्थान र इज्जत दिने गरिन्छ । राज्यको नून-पानी खुवाएर क्यान्टोन्मेन्टमा राखिएका ती लडाकु पर्राई होइनन्, सरकारले बुझेन । हिजो बाह्रबर्सर्ेेनयुद्धमा हत्केलामा ज्यान लिएर बन्दुक बोकेका ती लडाकु 'अनमिन' लाई देखाउने दाँत र सरकारलाई तर्सर्ााे दाह्रा होइनन्, स्वयम् माओवादीले बुझेन । क्यान्टोन्मेन्टमा रहेका लडाकुको मार्चपास सुनेर जनताले भोट हाम्लाई दिएका हुन् र अब पनि दिन्छन् भन्ने आशा माओवादीले पालेको छ भने ऊ सरासर गलत छ र यी लडाकुको समायोजन भयो भने माओवादीले नेपाल सेनामा विभाजन ल्याएर सत्ताकब्जा गर्छ भन्ने भय यदि सरकारवादी पार्टर्ीी पालेका छन् भने उनीहरूको यो 'हाइपोथेसिस' गलत छ । यस्तै गलत भय र 'हाइपोथेसिस' को हिलोमा संविधानसभाको चुनाव पछिको राजनीतिक रथ गुड्न नसक्ने गरी फँसेको छ । नेता जे भन्छन्, जनता त्यसको पत्यार गर्दैनन् अब । समय धेरै कोष अगाडि र्घर्किसक्यो । जनताले शक्तिखोरमा प्रचण्डले 'सेनालाई भाँडेर सत्ताकब्जा गर्न सकिन्छ' भनी बोलेको टेप पनि सुनेका छन् । जनताले माधवकुमार नेपालले पत्रकारमाझ 'संविधानसभा हाम्रो माग होइन' भनेको कुरा पानि बुझेका छन् । जनता उल्लु छैनन् । भेडा होइनन् जनता । जसले जनतालाई उल्लु बनाउने चेष्टा गर्छ, ऊ सिद्धिन्छ । अस्ति राणाहरू, हिजो मण्डलेहरू, भर्खरै ज्ञानेन्द्र माइला जस्तै अब सिद्धिने पालो राजनीतिक दलहरूको आयो भने त्योभन्दा ठूलो दर्ुभाग्य अरु केही हुने छैन । आदरणीय पाठकवृन्द, जेठ १४ पछि कस्तो होला नेपालको भविष्य - संविधान बनाउँछु, दिगो शान्ती दिलाउँछु र सेना समायोजन गर्छर्ुुन्ने ठूला नेताको अनुहार कस्तो होला अब जनताको अघिल्तिर - अब कसले बनाउँछ देश - अब कसले चलाउँछ देश - राज्यको ढुकुटी रित्ताएर गरिएको ऐतिहासिक संविधानसभाको चुनावमा विजयी भएका ६०१ जना सभासद्को राजनीतिक र नैतिक भविष्य अब के हुने हो - कस्तो हुने हो - जनताले यिनलाई के सजाय दिने हुन् - लेखक विश्वप्रकाशले भनेझैं भोलीको पुस्ताले देशको पोष्र्टमर्टम रिपोर्टमा संविधानको निर्मम हत्या भनेर इतिहास लेख्नेछ । यो एउटा कहालीलाग्दो तस्वीर हो । अखबार म्याद सिद्धिन लागेका दर्ुइ कुरा, संविधानसभा र 'युनिटी लाइफ'को खबरले भरिएका छन् । मुलुकका पार्टर्ीी युनिटी लाइफजस्तै अविश्वसनीय बने । युनिटीका गफ र नेताका कुरा उस्तै रहे । पार्टर्ीीे नेतृत्व पंक्ति र यतिखेर युनिटीका फरार संचालक काटीकुटी उस्तै रहे । माधवकुमार नेपाल हरुवा हुन्, लोकलाई थाहा छ । माधव नेपालको बुद्धि छैन, इमान्दारीता र नैतिकता छैन, योग्यता र क्षमता छैन, यिनले संविधान बनाउन सक्दैनन् भनेर जनताले यिनलाई हराएका हुन् । मदन भण्डारी मरेपछि उनको अपुताली पचाएर महासचिव बनेका यि माधवकुमार नेपाल विचारले शुष्क र बुद्धिले शून्य जीव हुन् । यिनलाई अझै पनि संविधानसभा के हो थाहा रै'नछ । गिरिजालाई 'भ्याट' बुझ्न गाह्रो भएझैं यिनलाई संविधानसभा बुझ्न गाह्रो भएको कुरा यिनका बेसुरका कुरा सुनेर प्रष्ट हुन्छ । प्रदीप गिरीलाई वक्ता बनाएर 'संविधानसभा' बारे एक घण्टे प्रशिक्षण दिनुपर्ने हो यी माधवलाई । काँग्रेसले समय निकाल्नु पर्ने हो । आपmनो भरियाको ख्याल भएन भने काँग्रेसले लोकतान्त्रिक टूेकिङ कसरी पार गर्ला - होइन भने काँग्रसको उद्देश्य भनेको नथाकिन्जेल एमालेलाई भारी बोकाउने र थाकेपछि भीरबाट गुल्टाउने हुनर्ुपर्छ । त्यो दिन ध्रुविकरणको दिन हुनेछ । लोकबाट एमाले बिलाउने छ र नेपालमा माओवादी र एन्टी-माओवादी हनेछन् । मधेसका कुरा मसिना छन् । केलाएर गर्नुपर्छ । त्यो फर्ुसत कसैलाई छैन । संविधानसभाको चुनावबाट बनेको संविधानले मधेसी जनताको हक अधिकारको रक्षा गर्नेछ भन्ने मनसुवाले मधेसीहरू उत्साहित भएर मधेसी दलका नेतालाई जिताए । र, जीतपछि मधेसी दलका नेताहरू सत्तामा पनि गए । तर यिनले चुनेका प्रधानमन्त्री संविधानसभाको विरोधमा बोल्दैछन् । अब मधेसवादी दलका नेता सत्तामा बस्नु भनेको प्रतिघात हो । संविधानसभाको विरुद्धमा बोल्ने प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा बसेर मधेसवादी दलका नेताले आपmनो खुट्टामा बन्चरो हान्दैछन् । आत्मालोचना गर्नु भनेको आलु-चना खानु होइन । माधवको आलु कुराबाट क्षमादान सम्भव हुँदैन । एउटा दुःखद पक्ष के छ भने मुलुकको राजनीतिलाई 'नेगिटिज्म' ले निर्देश गरिरहेको छ । 'नेगेटिज्म' उत्तोलक बनेर ठूल्ठूला क्रान्तिमा पत्थर उचाल्न सघाएको छ । हामीलाई थाहा थियो, काँग्रेस र एमालेका सबै नेता जाली र फटाहा हुन् । भर्खरै जनयुद्धलाई स्थगित गरेर खुला राजनीतिमा आएको माओवादीलाई चिन्न र बुझ्न अझै बाँकी थियो । तर, महाफटाहा ज्ञानेन्द्रको 'नेगिटिभ एक्सन' का कारण जनताले आन्दोलनमा ती नेतालाई साथ दिए । कान्तिपुर टेलिभिजनमा घरिघरि आइरहने एउटा विज्ञापनमा प्रचण्ड बोेलेको देखाउँछ । उनी भन्छन्, 'ज्ञानेन्द्रको लात र माओवादीको हातले बाह्रबुँधे सहमती बनेको हो !' कुनै पनि घटना, व्यक्ति या स्थितीप्रति पैदा हुने 'नेगिटिज्म' ले राजसंस्थाजस्तो २४० वर्षपुरानो संस्थाको जरा उखेल्दो रहेछ र चोर र फटाहा कहलाएका नेतालाई शीरमा चढाएर फेरी सत्तामा पुर्žयाउँदो रहेछ । समयले त्यही देखायो । हामीलाई थाहा छ, वास्तवमा राजनीतिक पार्टर्ीीतिला होइनन् । संसदीय व्यवस्था गतिलो होइन । मुलुकको राजनीति गतिलो होइन भन्ने थाहा हुँदाहुँदै पनि जनताले संविधानसभामा कुनै एकमा भोट ठोक्नुपर्ने थियो ठोके । गिरिजाले हाँकेको आन्दोलन र संविधानसभाको चुनाव सफल हुनुमा ज्ञानेन्द्रको हात ठूलो छ । ज्ञानेन्द्रको प्रतिशोधमा जनताले पार्टर्ीीई काँध थापेका हुन् । साथ दिएका हुन् । 'नेगेटिज्म' जगमा भएको क्रान्ति र परिवर्तनको जस धेरै थेरै यर्सथमा ज्ञानेन्द्रलाई पनि जान्छ । यसको अर्थ फेरि उनलाई डोलीमा सजाएर नारायणहिटी ल्याउनु पर्छ भन्ने चाहिँ होइन । जनताको चाहना पनि त्यो छैन । तर माओवादी, काँगे्रस र एमाले यी तीन पार्टर्ीीकआपसमा मिल्न सक्दैनन् र यसरी नै बखेडा गरीरहन्छन भने त्यसको फाईदा अर्को शक्तिले उठाउँछ । जरुर उठाउँछ । त्यो शक्ति जतिसुकै गलत होस्, उसले जनतामा व्याप्त 'नेगेटिज्म' को फाइदा उठाउँछ । जनतामा दिनप्रतिदिन नैराश्य छाइरहेको छ । माधव नेपालको अभिव्यक्ति केवल कर्ुर्सर्ीीचाउने मन्त्रबाहेक केही लाग्दैन । यता माओवादीले आँफू सत्तामा जाने कुरालाई जसरी 'हाइलाइट' गरिरहेछ, त्यो उत्पादक छैन । आफ्ना शुभचिन्तक जनतालाई निराश बनाउने उपायबाहेक केही होइन । काँग्रेस त सबैभन्दा अबसरवादी कुनामा बसेर दर्ुइ वाम लडाउनमा माहिर देखिएको छ । तर यदि साँच्चिकै संविधानसभाको म्याद थपिएन, संविधान बनेन र दिगो शान्तिको कुनै गुञ्जायस रहेन भने त्यसको दोषबाट कोही पनि उम्कन पाउँदैनन् । न काँग्रेस, न माओवादी र न एमाले, यी सबै सबै पार्टर्ीीनताको नजरबाट गिर्नेछन् । र, यो अन्धकार र अन्यौलको फाइदा अरु कसैले लिनेछ । त्यो ज्ञानेद्र पनि हुनसक्छ । त्यो भारत पनि हुन सक्छ र त्यो सेना र राष्टूपति जो पनि हुनुसक्छ । त्यो 'नेगेटिज्म' को उभार सम्झेर अतालिएको छु । जेठ १४ अगावै एउटा सहमती होस्, कामना ! ाचभभद्दखष्दचबतभ२थबजयय।अom
« Back |
Top |