|
नयाँ पुरेतको खोजि
February 16, 2010
' हैन पुरेत वा किन रिसाउनु भा पहिले देखिनै वावु बाजेको पाला देखिनै पुरेतका नाम ले ख्याति कमाउनु भो अव अहिले आएर किन पुरेत वा भन्दा विना सित्ति रिसाउनु हुन्छ । आज के भएको छ हजुरलाई । कि अलि अलि लगाउन थाल्नु भो । त्यसो भए त झन् रमाइलो श्राद्ध पछि फलफुल हाईन फलफुल को रस चढाउला हुदैन ।' मैले नम्र भएर उन लाई सान्त पार्न खोजे । त्यति राम्रो सगँ नमस्कार गर्दा पनि त्यस्तो वाउठो उत्तर फर्काउदा मलाई पनि झनन्न तातेको थियो तर वाउको श्राद गर्न यिनै नभई हुदैन त्यसैले मरेका वाउका खातरी भए पनि संयमता राखि उनलाई फकाउने प्रयत्न गरेको थिए । ' ए त्रि्रा वाउ वाजेले भन्दै आएको भनेर हुन्छ । त्यसो भए वावु वाजेका पाला देखि हामिले नै समाजमा प्रभुत्व जमाउदै आयौ अहिले एका एक आएर किन विराध गर्र्छौ, किन वाहुन ले देस खाए हामिलाई पालै दिएनन् भन्दै हड्छौ त । जसको ढंग छ उसैले हो देस चलाउने । पाखुरि सर्ुर्केर मात्रै हुन्छ -' यिनको कुरोले वल्ल म र्छलङ्ग भए किन यिनि यसरि फुलेका रहेछन् भनेर । मैले हिजो टोलमा हाम्रै जातिको समाज ले आयोजना गरेको कार्यक्रममा दिएको मन्तव्यको प्रतिको दुखेसो पो रहेछ उनको । मैले कुरो वुझीहाले । अव के भन्नु हिजो भाषण गर्ने वेलामा सहभागिहरुको तालिको जोसमा अन्य जातिहरुलाई अलि वढि नै भनिएको थियो । सवै आफ्नै जातिका मात्रै होलान् अरुत कस्ले सुन्लान र भनेर खुव कर्ुर्लि कर्ुर्लि वालेको थिए । काहा वाट सुन्न भ्याएछन् यि वुढाले । ' के टोलाइ रा खुरुक्क वाटो तताए हुन्छ । आफ्नै जातको मान्छे खोजेर श्राद्ध गरे भै हाल्यो नि ।' उनले अज कडा सव्दमा आदेस दिए । मैले हिजो भाषणमा सरकारमा हाम्रो मान्छे दस प्रतिसत पनि छैनन , संसदमा पनि ज्यादै न्युन छन् । वाहुन सग हामिलाई पनि मिलाएर हेरियो । हामि वाहुन होइनौ । हामिलाइ पनि हाम्रो जातिय सख्याको आधारमा सरकारमा र सदनमा आरक्षण सिट चाहिन्छ भनेर भनेको थिए । वुढाले आफै सुने कि कस्ले कान फुकिदियो कुन्नी । हिजो मात्रै के वोलेको थिए आजै आपद आई लाग्यो नि । अव दस गाउ संम अर्का पुरेत कोहि छैनन् त्यसैले यिनै लाई फकाउनै पर्ने वाध्यता थियो म सामु त्यै भएर सारा रिसलाई काखि मुनि च्यापेर हात जोड्दै भने । ' त्यस्तो मर्जि नहोस् गुरु वा गल्ती भो के गर्नु सवै आफ्नै मात्रै थिए । त्यति नवोले नेता हुन पाइदैन । हामि त चार जात छत्तिस वर्ण्र्ााो फुलवारिमा हर्ुर्किएका हौ नि हजुर हाम्रो यस्तो मिश्रति समाज मा सवै जात जातिको आ आफ्नै महत्व छ । एक पटक लाई गल्ती माफ होस् । अहिले लाई पालौन हजुर ।' म तल परेको देखि वुढा झन् सुरिदै भन्न थाले ' त्यो त सव थाहा रहेछ त किन फेरि सद्भाव विथोल्ने भाषण गर्दै हिड्छौ त ह -' उनले प्रश्न गरे । ' के गर्ने त हजुर त्यति पनि नवोलेत नेतै भन्दैनन् । नेता वन्न लाई पनि त्यति त वोल्नै परयो नि । वरु भोलि पर्सि म मन्त्री भए भने हजुरलाई पनि यसो हेरौला नि हजुर ।' मैले उन लाई फकाउन थाले । तर वुढा के को मान्थे । उल्टै हप्काउदै भन्न थाले ' तिमिहरु जस्तै ले हो देस विगारेको । एक छिन को तालि पाउनको लागि जाहा जुन जातिले वोलायो त्यहि त्यो जातिलाई उत्तेजित पार्ने भाषण गरेको छ, जनता भड्कायको छ । देसमा जातिए अस्थीरता निम्तायर द्धन्द वाढाउने । म त्रि्रंो वाउ को श्राद्ध गर्दै गर्दिन ल जाउ ।' उनि ज्यान गए जान तयार भएनन् । अव गर्ने के । कुनै उपाए पनि थिएन । वास्तवमै समाजमा सवै जात जातिको उत्तिकै महत्व रहेछ है भन्ने कुराको महसुस वल्ल मलाई र्छलङ्ग भयो । तै पनि पिताजिको श्राद्ध त गर्नै पर्यो त्यसैले निस्के अर्को नया पुरेतको खोजिमा । पumबचपबचपष्ठठठ२जयtmबष्।अिom
« Back |
Top |