»

  Articles - लेख विषेश

फेवातालको किनारमा तटीय पैदलमार्ग
February 15, 2010

हेमराज पहारी
विश्वका कतिपय राष्टूहरूले तालकेन्द्रित योजना बनाउन थालेदेखि नेपालको गणतान्त्रिक सरकारले पनि गत सालदेखि नेपालका तालतलैयाहरूमा चासो देखाउन थालेको छ । सीमसारीय, पर्यावरणीय र पर्यटकीय महत्वका जलसम्पदाहरूमा चासो देखाउनु भनेको आफ्नो गन्तव्यको मूल बाटो पक्डनु हो । यसै सिलसिलामा यो गणतान्त्रिक सरकारले बृहत पोखराका नौवटै तालहरूको संरक्षण गर्ने हेतुले प्रत्येक तालहरूमा आ-आफ्ना आवश्यकताअनुसारका कामहरू गर्न थालेको छ । फेवातालको वरिपरि तटीय पैदलमार्ग -फुटटूयाक) बन्दैछ भने प्रत्येक डुंगाघाटहरूलाई क्रमशः सुव्यवस्थित गर्दै जाने, क्याम्पिङ चोकको खाली जग्गालाई आय आर्जनकारी स्तरीय पार्कमा परिणत गर्ने र रत्नमन्दिरलाई पनि लाभदायक संग्रहालयमा रूपान्तरण गर्ने कुरा उठेको छ ।
तालको संरक्षण गर्ने भनेर सुरु गरिएको पैदलमार्गको लागि सरकारले पोखरा उपत्यकाका नगर विकास समिति, राष्टिूय ताल विकास बोर्ड र हाम्रो समितिमार्फ पटक-पटक गरी अहिलेसम्म करिब ४२ लाख रूपैयाँको आर्थिक एवं प्राविधिक लगानी गरेको छ । यसमा २० प्रतिशतको जनसहभागिता थप्ने र अनेकौं प्रकारका झमेलाहरूको सामना गर्ने काम हाम्रो समितिले गर्दै आएको छ । यो निर्माणाधीन तटीय पैदलमार्ग एकातिर मत्स्यपालन अनुसन्धान केन्द्रबाट सुरु भएर होटल फेवा हुँदै बाराहीघाटतर्फलम्किरहेको छ भने अर्कोतर्फस्विमिङपुलस्थित क्याम्पिङचोकदेखि सुरु भएर खहरे-बङलादी हुँदै गैराको चौतारासम्म पुगेको छ ।
पोखरा उपत्यका नगर विकास समितिले यो पैदलमार्गलाई एउटा नमूना पैदलमार्गका रूपमा निर्माण गर्न खोजेको छ र निर्माण गर्ने अभिभारा हाम्रो काँधमा हालिदिएको छ । उसको परिभाषाअनुसार नमूना पैदलमार्ग भन्नाले आफ्नो साविक उचाइबाट केही माथि उठेको, पाँच मिटर चौडाइको र तालको किनारैकिनार नागबेली परेर अगाडि बढेको यस्तो पैदलमार्ग बुझिन्छ, जसले निर्धारित मापदण्ड बोकेको हुन्छ र जहाँबाट पैदल हिँड्दा फेवाताललाई निर्वाधरूपमा हर्ेन पाइन्छ । निर्धारित मापदण्डअनुसार पाँच मिटर चाक्लो पैदलमार्गको बीचमा दर्ुइ मिटर चाक्लो सोलिङ-ढलानमा काटेका ढुंगाका छपनी छापिएको हुन्छ, दायाँवायाँका डेढ-डेढ मिटरका खाली ठाउँमा हरियो दुबो र मौसमी फूलहरू लगाइएको हुन्छ भने दुवैतर्फतीन-तीन मिटरको 'स्लोप' पारिएको हुन्छ र ठाउँ-ठाउँमा हृयुमपाइप र कर्ल्भर्ट राखेर बर्खेपानीलाई तालमा पास गराइएको हुन्छ । यसमा मानिसबाहेक कुनै पनि गाई-भैंसी, साइकल, मोटरसाइकल र अन्य सवारीका साधनलाई हिँड्न दिइन्न ।
उपयुक्त स्थानाभावका कारण मत्स्यपालन केन्द्रदेखि होटल फेवासम्म पैदलमार्गले आफ्नो नमूना देखाउन सकेको छैन । तैपनि त्यहाँसम्मका अवरोधकारी भौतिक संरचनाहरू भत्काउने, तिनको थान्को लगाउने, रुखहरू ढाल्ने, जरा उखेल्ने, सोलिङ-ढलान गरेर ढुंगा छाप्ने, होटल फेवादेखि बाराहीघाटसम्म माटो थुपार्ने र ठाउँ-ठाउँमा हृयुमपाइपहरू राख्ने काम समितिले गत वर्षै पूरा गरिसकेको छ । राष्टिूय ताल विकास बोर्डको लगानीमा क्याम्पिङचोकदेखि गैराका चौतारासम्मको करिब एक किलोमिटर जग्गामा माटो थुपार्ने, सम्याउने, अवरोधकारी भौतिक संरचना भत्काएर हटाउने, हृयुमपाइपहरू बिछ्याउने र बर्खेखोलामा कर्ल्भर्ट बनाउने काम पनि गत वर्षै पूरा भएको छ ।
पोखरा उपत्यका नगर विकास समितिको आर्थिक एवं प्राविधिक लगानीमा यसपालि गतसाल अधुरो अवस्थामा रहेको पैदलमार्गलाई पूरा गर्ने र एउटा सुव्यवस्थित डुंगाघाट बनाउने काम भइरहेको छ । फेवातालको किनारमा वर्षौंवर्षेखि थुप्रिदै आएको माटो झिकी पैदलमार्गको उचाइ-चौडाइ थप्न खोज्दा र तालको आयतन बर्ढाई डुंगाघाट बनाउने कार्यलाई सहज बनाउन खोज्दा लहरो तान्दा पहरो घक्र्यो । निर्धारित काम गर्नका लागि विनियोजन गरिएको पैसाले बढ्दो खर्च धान्न नसक्ने भयो । ताल घटेको बेला -फागुन-चैत्र) मा पैदलमार्गको लागि 'सपोर्टिङ वाल' नदिने हो भने बर्खायाममा उर्लेर आउने पानीका छालहरूले आफ्नो माटो खोसेर लैजान्छन् र पैदलमार्ग भत्किन्छ । यसो भयो भने एकातिर राष्टिूय सम्पत्तिको हिनामिना हुन्छ भने अर्कोतिर केही गरेर देखाउँ भन्ने हाम्रो समितिको जोश र जाँगर पनि मरेर जान्छ ।
उपत्यका नगर विकास समितिसँग पैदलमार्ग बनाउने पैसा छ, तर 'सपोर्टिङ वाल' लगाउने पैसा छैन । यो कस्तो विडम्वना - ऊसँग घर बनाउने पैसा छ, तर जग दरो बनाउने पैसा छैन, रंगरोगन गर्ने पैसा छ तर प्लास्टर गर्ने पैसा छैन । उसँग भएको सीमित बजेटले प्लास्टर नगरिकन भित्तामा रंग लगाइयोस् भन्ने चाहन्छ, तर ऊ त्यसो गर्न चाहन्न । नत हामी नै त्यसो गर्न चाहन्छौं । हाम्रो समितिलाई यतिविधि विश्वास गर्ने र यत्रो सहयोग गर्ने नगर विकासको यस्तो हालत देख्दा हामीलाई उदेक लाग्छ । आज हाम्रो मुलुकमा एकातिर राष्टिूय योजना आयोगका कर्मचारीहरू आफूखुसी योजना बनाउँछन् र योजनाविद्हरू नेतामुखी योजना बनाउँछन् भने अर्कोतिर राष्टिूय महत्वका सम्पदाहरूले कुनै गहकिलो योजना नै पाउँदैनन् । यहाँभन्दा ठूलो विडम्बना अरू के होला - तर्सथ हामी हाम्रा योजनाविद्हरूलाई वस्तुनिष्ठ ढंगले निष्पक्षखालका योजना बनाउन र तिनीहरूलाई ताल-तलैया र नदीनाला केन्द्रित पार्न पनि यही लेखद्वारा आग्रह गर्दछौं । साथै, पोखरास्थित राष्टिूय सम्पदा तथा जन अधिकार समितिलाई पनि राष्टिूय सम्पदाबारे गम्भीर र मुखर हुन अनुरोध गर्दछौं । र्
पर्यटन कार्यालयमा वर्षौपिच्छे पर्यटन पर्ूवाधार विकासका लागि केही पैसा आउने गरेको र कुनै काम नपाउँदाका वर्षरूमा र्फकने गरेको भन्ने बुझिन्छ । गत साल ३० लाख रूपैयाँ यसरी फर्केर गएको रहेछ । हामी यसपालि आएको पैसा सपोर्टिङ वालमा लगाइयोस् भन्ने चाहन्छौं र यसका लागि हामीले पर्यटन कार्यालयसँग, नगरपालिकासँग, जिविससँग र राष्टिूय ताल विकास बोर्डसँग अनुरोध पनि गरेका छौं । हेरौं के हुन्छ -
यत्रो सीमसारीय र पर्यटकीय महत्वको फेवातालको संरक्षण गर्ने दायित्व कुनै एउटा निकायविशेषको मात्रै होइन । यसमा सबैको दयादृष्टि पर्न आवश्यक छ । आखिर हाम्रो प्रमुख आयस्रोतका आधार नै यिनै नदीनाला, तालतलैया र हिमशिखरहरू हुन् भने तिनको संरक्षणमा दर्ुइचार पैसा खर्च गर्न हामी किन पछि हट्ने - बर्सर्ेे ६ करोड डलर -३ अर्व ९० करोड रूपैयाँ) आर्जन गर्ने पोखराले आफ्ना प्राकृतिक सम्पदाहरूको लागि सुको नगिराउनु भनेको कृतघ्नताको पराकाष्ठा हो । अतः पर्यटनबाट प्रत्यक्ष रूपले या अप्रत्यक्ष रूपले लाभान्वित हुने व्यक्ति, संघ-संस्था र निकायहरूलाई आफ्नो आयस्रोत र गौरवको रूपमा रहेको फेवातालको हितमा दिल खोलेर सहयोग गर्न हाम्रो समिति हार्दिक अनुरोध गर्दछ ।
जहाँसम्म तटीय पैदलमार्गको उपयोगिताको प्रश्न छ त्यसलाई म बुँदागत रूपमा प्रस्तुत गर्न चाहन्छु ः
-१) र् र्सवप्रथम, यो तटीय पैदलमार्गले फेवातालको साँध-सीमाना किटान गर्ने काम गरेको छ र फेवाताललाई अतिक्रमण हुनबाट बचाएको छ । फेवातालको वरिपरि कथंकदाचित निर्धारित मापदण्डअनुसारको ग्रीनबेल्ट -हरितपेटी) बनेन भने पनि अब कसैले फेवातालभित्र खेती गर्न र त्यहाँ आफ्नो जग्गा छ भनेर दाबी गर्न पाउँदैन । अब यो लक्ष्मणरेखालाई कसैले उल्लंघन गर्न पाउन्न । यो नै एउटा ठूलो उपलब्धी हो । अब फेवातालमा जंगेपिलार गाडियो ।  यस्तो लक्ष्मणरेखा नहुँदा विगतमा फेवातालको अतिक्रमण हुन पुग्यो । पोखराका नौवटै तालहरूमा र्सवप्रथम यस्तो लक्ष्मणरेखा कोर्न जरुरी छ ।
-२) फेवातालको वरिपरिको परिधि करिब १६ किलोमिटर लामो छ । १६ किलोमिटर लामो तटीय पैदलमार्ग बन्न सक्यो भने फेवातालको प्रदक्षिणा गर्न सकिन्छ । यसबाट फेवातालको स्थलगत अनुगमन गर्न सजिलो हुन्छ । कहाँ के गडबडी भएको छ भन्ने कुरा चाँडै नै जानकारीमा आउँछ । फेवातालको दृश्यावलोकन चारै दिशाबाट निर्बाधरूपमा गर्न पाइन्छ । कुनै भौतिक संरचनाले या झाडीले फेवातालको महमोहक दृश्य छेक्न सक्तैन । पोखराको पुरानो बजारको निर्माण उत्तर-दक्षिण नभईकन पर्ूव-पश्चिम हुने गरी गरिएको भए अग्ला घरहरूले हिमाल छेक्ने थिए र बजारबाट माछापुच्छूे देखिने थिएन । तीसको दशकताका योजनाकार पदमबहादुर खत्रीले यही कुरालाई हृदयङ्गम गरी बैदाममा उत्तर-दक्षिण हुनेगरी बाटाहरू बनाउने र सबैले निर्बाधरूपमा हिमाल र ताल हर्ेन पाउने घरहरू बनाउने योजना बनाउनु भएको थियो । दर्ुभाग्यवस, उहाँको योजना लागू हुन सकेन, अन्धाधुन्धरूपले घरहरू बन्न थाले र हिमाल र ताल छेकिन पुगे । बैदामबासीको फेवाताल र हिमाल निर्बाधरूपमा हर्ेर्ने धोको अब तटीय पैदलमार्गले पूरा गर्ने छ । फेवाताललाई धीत मर्ने गरी हर्ेनको लागि अब कसैका होटेल-लज, रेस्टुराँ र जग्गाभित्र पस्ने अनुमति लिनुपर्ने छैन । आकाशका चम्किला तारा, सुकिला हिमाल, हरिया डाँडाकाँडा, मनमोहक सूर्योदय र सर्ूयास्तजस्ता प्राकृतिक घटना एवं सम्पदाहरूलाई निःशुल्क रूपमा र निर्बाधरूपमा हर्ेन पाउनु मानिसको नैर्सर्गिक अधिकार पनि हो ।
-३) तटीय पैदलमार्गले अब पर्यटकहरूको बसाइँलाई लम्ब्याई दिन्छ । यसबाट तालको वरिपरि बस्ने स्थानीय बासिन्दाहरूको व्यवसायमा वृद्धि पनि हुन्छ ।
-४) तटीय पैदलमार्गमा कुनै मोटर-ट्याक्सी, मोटरसाइकलजस्ता कुनै पनि सवारीका साधन गुड्न नदिइने हुँदा मानिसहरूले कुनै धुँवा, धूलो, हिलो, कर्कस ध्वनि र ठक्करको सामना नगरी निर्बाधरूपमा पैदल भ्रमण गर्न पाउने छन् । पैदल भ्रमण गर्दा गर्दा थाकेका पैदलयात्रुका लागि ठाउँ-ठाउँमा विश्राम केन्द्र र सूचना केन्द्र राखिनेछन्, जहाँ पैदलयात्रुहरू थकाई मार्न, शौचनिवृत्त हुन र जलपान गर्न सक्नेछन् । थाकेका पैदलयात्रुहरूले आफ्नो रुचिअनुसार कोही नौकाविहार गरेर आफ्नो साविक स्थानमा र्फकने छन् भने कोही घोडा चढेर अन्यत्र लाग्नेछन् ।
-५) कतिपय विकसित देशमा साइकल सवारी र पैदल भ्रमणका लागि अलग्गै बाटाहरू बनाइएका छन्, जहाँ मानिसहरू साँझ-बिहान ढुक्कले डुल्न पाउँछन् । यसबाट जनस्वास्थ्यको अभिवृद्धि हुन्छ । बुढाबुढी पनि लौरो टेकेर ढुक्कले डुल्न पाउँछन् । डिजेल र पेटूोल आधारित सवारीका साधनहरूले कार्बन उर्त्र्सजन गरेर वातावरणलाई उष्ण र प्रदूषित पारेका छन् । कुनै कार्बन र ताप उर्त्र्सजन नगर्ने साइकलमार्ग र पैदलमार्गले विश्वको उष्णता र प्रदूषण घटाउने हुँदा आज यिनीहरूको माग बढ्दो छ । तटीय पैदलमार्गले पनि यही मागको सम्बोधन गर्नेछ ।
-६) अहिलेसम्म कतिपय जग्गाधनीहरूका जग्गामा जाने बाटो थिएन । यो पैदलमार्गले सबैलाई नभए पनि अधिकांशलाई आफ्नो जग्गामा जाने मार्गप्रशस्त गरेको छ ।
-७) अहिले के स्वदेशी के विदेशी सबै पैदलमार्गबाट हिँड्न रुचाउँछन् । यस्तो अधूरो र निर्माणाधीन अवस्थामा रहेको पैदलमार्गमा पनि हिँड्ने मान्छेको ताँती लाग्ने गरेको छ । धेरै मानिस धूले सडकमा हिँड्न छाडिसके । लौरो टेकेर हिँड्नुपर्ने पक्षघातका विरामीहरू, अशक्त बूढाबूढीहरू र स्कुल जाने भुराभुरीहरू यही पैदलमार्गमा हिँड्न पाउँदा आफूलाई सुरक्षित ठान्दछन् । यो त धेरैलाई चाहिएको पैदलमार्ग पो रहेछ ! यो पैदलमार्ग तयार भएपछि, यसको दायाँबायाँ मौसमअनुसारका फूलहरू लगाएपछि, ठाउँ-ठाउँमा रंगीबिरंगी फूलहरूका वृक्षहरू रोपिएपछि, यत्रतत्र सिमेन्टका बेञ्चहरू राखेपछि, ठाउँ-ठाउँमा सुव्यवस्थित घाटहरू बनेपछि र यसमा बिजुलीको व्यवस्थापन गरेपछि यहाँ कति मान्छे हिँड्लान् - यो पोखराको एक नम्बरको पैदलमार्ग हुनेछ । यही पैदलमार्गमा हिँडेर फेवातालको अपर्ूव दृश्यपान गर्नका लागि मात्रै बाहिरका मान्छे पोखरामा ओइरिने छन् ।
-८) हामीले हर्ेदाहर्ेर्दै पोखराका बडाबडा पाटन, पोखरी र चौताराहरू भूमाफियाहरूको र भौतिक संरचनाहरूको कब्जामा परेर हराइसके । मानिसलाई हावा खाने खुल्ला चौरहरूको अभाव दिनहुँ खट्कँदो छ । फेवाताल पनि मालेपाटनजस्तै एउटा विशाल जलीय चौर हो । यहाँ आएर फोक्सोभरि स्वच्छ हावा लिन प्रत्येक नागरिकले पाउनर्ुपर्छ । पैदलमार्गले यो विशाल जलीय चौरलाई कुनै भूमाफिया र जलमाफियाको कब्जामा पर्न नदिई बचाएर राख्नेछ । यसले फेवाताललाई पाटन, पोखरी र चौताराहरूको नियति भोग्न दिनेछैन ।
-९) पैदलमार्गमा हिँड्दै जाँदा रानीवनमा पुगेपछि एकातिर रंगीविरंगी चराहरूको चिरबिर सुन्न पाइने छ भने अर्कोतिर माछापुच्छ्र्रे प्रतिविम्बित भएको फेवातालको कञ्चन पानी पिउन वनबाट तल झरेका हरिण, खरायो र मृगहरूको दर्शन गर्न पनि पाइने छ ।
-१०) अब बैदामबासीहरूले आफ्ना घरमा पाहुना हुन आएका इष्टमित्रहरूलाई पैदमार्गमा डुलाउन लानेछन् र फेवातालको अपर्ूव दृश्यपान गराएर नितान्त नौलो ढंगले अतिथि सत्कार गर्न पाउनेछन् । ती पाहुनाहरूले यसको सिको गर्दै आफ्ना गृहजिल्लाहरूका ताल-तलैयाहरूमा पनि यस्तै पैदलमार्ग बनाउने छन् । 
-११) तटीय पैदलमार्ग निर्माण गर्दा वर्षौंवर्षेखि फेवाताललाई पर्ुर्दै आएको किनारको माटो झिकिन पुगेको छ । यसले गर्दा फेवातालको आयतन बढ्नुका साथै त्यसको किनार -तट) पनि मजबूत र सुन्दर बन्न पुगेको छ । सुव्यवस्थित घाट र पार्क बनाउने कुरा पनि यसै क्रममा थपिन आएका कुरा हुन् । यसरी तटीय पैदलमार्गले एकपछि अर्को राम्रो कुरालाई निम्त्याउँदै छ र फेवातालको सिँगारपटार गर्दैछ । यदि पैदलमार्गको सुरुआत नै नभएको भए यी कुनै कुरा थपिन आउने थिएनन् । आउँदा दिनहरूमा अन्य प्रकारका सुविधाहरू पनि यसमा थपिदै जाने छन् र पैदलमार्ग झन्-झन् उपयोगी हुँदै जानेछ । अस्तु !
-पहारी फेवाताल संरक्षण तथा विकास समितिका अध्यक्ष हुनुहुन्छ)

« Back | Top

»

  More Articles - लेख विषेश

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np