|
फेवातालको किनारमा तटीय पैदलमार्ग
February 15, 2010
हेमराज पहारी विश्वका कतिपय राष्टूहरूले तालकेन्द्रित योजना बनाउन थालेदेखि नेपालको गणतान्त्रिक सरकारले पनि गत सालदेखि नेपालका तालतलैयाहरूमा चासो देखाउन थालेको छ । सीमसारीय, पर्यावरणीय र पर्यटकीय महत्वका जलसम्पदाहरूमा चासो देखाउनु भनेको आफ्नो गन्तव्यको मूल बाटो पक्डनु हो । यसै सिलसिलामा यो गणतान्त्रिक सरकारले बृहत पोखराका नौवटै तालहरूको संरक्षण गर्ने हेतुले प्रत्येक तालहरूमा आ-आफ्ना आवश्यकताअनुसारका कामहरू गर्न थालेको छ । फेवातालको वरिपरि तटीय पैदलमार्ग -फुटटूयाक) बन्दैछ भने प्रत्येक डुंगाघाटहरूलाई क्रमशः सुव्यवस्थित गर्दै जाने, क्याम्पिङ चोकको खाली जग्गालाई आय आर्जनकारी स्तरीय पार्कमा परिणत गर्ने र रत्नमन्दिरलाई पनि लाभदायक संग्रहालयमा रूपान्तरण गर्ने कुरा उठेको छ । तालको संरक्षण गर्ने भनेर सुरु गरिएको पैदलमार्गको लागि सरकारले पोखरा उपत्यकाका नगर विकास समिति, राष्टिूय ताल विकास बोर्ड र हाम्रो समितिमार्फ पटक-पटक गरी अहिलेसम्म करिब ४२ लाख रूपैयाँको आर्थिक एवं प्राविधिक लगानी गरेको छ । यसमा २० प्रतिशतको जनसहभागिता थप्ने र अनेकौं प्रकारका झमेलाहरूको सामना गर्ने काम हाम्रो समितिले गर्दै आएको छ । यो निर्माणाधीन तटीय पैदलमार्ग एकातिर मत्स्यपालन अनुसन्धान केन्द्रबाट सुरु भएर होटल फेवा हुँदै बाराहीघाटतर्फलम्किरहेको छ भने अर्कोतर्फस्विमिङपुलस्थित क्याम्पिङचोकदेखि सुरु भएर खहरे-बङलादी हुँदै गैराको चौतारासम्म पुगेको छ । पोखरा उपत्यका नगर विकास समितिले यो पैदलमार्गलाई एउटा नमूना पैदलमार्गका रूपमा निर्माण गर्न खोजेको छ र निर्माण गर्ने अभिभारा हाम्रो काँधमा हालिदिएको छ । उसको परिभाषाअनुसार नमूना पैदलमार्ग भन्नाले आफ्नो साविक उचाइबाट केही माथि उठेको, पाँच मिटर चौडाइको र तालको किनारैकिनार नागबेली परेर अगाडि बढेको यस्तो पैदलमार्ग बुझिन्छ, जसले निर्धारित मापदण्ड बोकेको हुन्छ र जहाँबाट पैदल हिँड्दा फेवाताललाई निर्वाधरूपमा हर्ेन पाइन्छ । निर्धारित मापदण्डअनुसार पाँच मिटर चाक्लो पैदलमार्गको बीचमा दर्ुइ मिटर चाक्लो सोलिङ-ढलानमा काटेका ढुंगाका छपनी छापिएको हुन्छ, दायाँवायाँका डेढ-डेढ मिटरका खाली ठाउँमा हरियो दुबो र मौसमी फूलहरू लगाइएको हुन्छ भने दुवैतर्फतीन-तीन मिटरको 'स्लोप' पारिएको हुन्छ र ठाउँ-ठाउँमा हृयुमपाइप र कर्ल्भर्ट राखेर बर्खेपानीलाई तालमा पास गराइएको हुन्छ । यसमा मानिसबाहेक कुनै पनि गाई-भैंसी, साइकल, मोटरसाइकल र अन्य सवारीका साधनलाई हिँड्न दिइन्न । उपयुक्त स्थानाभावका कारण मत्स्यपालन केन्द्रदेखि होटल फेवासम्म पैदलमार्गले आफ्नो नमूना देखाउन सकेको छैन । तैपनि त्यहाँसम्मका अवरोधकारी भौतिक संरचनाहरू भत्काउने, तिनको थान्को लगाउने, रुखहरू ढाल्ने, जरा उखेल्ने, सोलिङ-ढलान गरेर ढुंगा छाप्ने, होटल फेवादेखि बाराहीघाटसम्म माटो थुपार्ने र ठाउँ-ठाउँमा हृयुमपाइपहरू राख्ने काम समितिले गत वर्षै पूरा गरिसकेको छ । राष्टिूय ताल विकास बोर्डको लगानीमा क्याम्पिङचोकदेखि गैराका चौतारासम्मको करिब एक किलोमिटर जग्गामा माटो थुपार्ने, सम्याउने, अवरोधकारी भौतिक संरचना भत्काएर हटाउने, हृयुमपाइपहरू बिछ्याउने र बर्खेखोलामा कर्ल्भर्ट बनाउने काम पनि गत वर्षै पूरा भएको छ । पोखरा उपत्यका नगर विकास समितिको आर्थिक एवं प्राविधिक लगानीमा यसपालि गतसाल अधुरो अवस्थामा रहेको पैदलमार्गलाई पूरा गर्ने र एउटा सुव्यवस्थित डुंगाघाट बनाउने काम भइरहेको छ । फेवातालको किनारमा वर्षौंवर्षेखि थुप्रिदै आएको माटो झिकी पैदलमार्गको उचाइ-चौडाइ थप्न खोज्दा र तालको आयतन बर्ढाई डुंगाघाट बनाउने कार्यलाई सहज बनाउन खोज्दा लहरो तान्दा पहरो घक्र्यो । निर्धारित काम गर्नका लागि विनियोजन गरिएको पैसाले बढ्दो खर्च धान्न नसक्ने भयो । ताल घटेको बेला -फागुन-चैत्र) मा पैदलमार्गको लागि 'सपोर्टिङ वाल' नदिने हो भने बर्खायाममा उर्लेर आउने पानीका छालहरूले आफ्नो माटो खोसेर लैजान्छन् र पैदलमार्ग भत्किन्छ । यसो भयो भने एकातिर राष्टिूय सम्पत्तिको हिनामिना हुन्छ भने अर्कोतिर केही गरेर देखाउँ भन्ने हाम्रो समितिको जोश र जाँगर पनि मरेर जान्छ । उपत्यका नगर विकास समितिसँग पैदलमार्ग बनाउने पैसा छ, तर 'सपोर्टिङ वाल' लगाउने पैसा छैन । यो कस्तो विडम्वना - ऊसँग घर बनाउने पैसा छ, तर जग दरो बनाउने पैसा छैन, रंगरोगन गर्ने पैसा छ तर प्लास्टर गर्ने पैसा छैन । उसँग भएको सीमित बजेटले प्लास्टर नगरिकन भित्तामा रंग लगाइयोस् भन्ने चाहन्छ, तर ऊ त्यसो गर्न चाहन्न । नत हामी नै त्यसो गर्न चाहन्छौं । हाम्रो समितिलाई यतिविधि विश्वास गर्ने र यत्रो सहयोग गर्ने नगर विकासको यस्तो हालत देख्दा हामीलाई उदेक लाग्छ । आज हाम्रो मुलुकमा एकातिर राष्टिूय योजना आयोगका कर्मचारीहरू आफूखुसी योजना बनाउँछन् र योजनाविद्हरू नेतामुखी योजना बनाउँछन् भने अर्कोतिर राष्टिूय महत्वका सम्पदाहरूले कुनै गहकिलो योजना नै पाउँदैनन् । यहाँभन्दा ठूलो विडम्बना अरू के होला - तर्सथ हामी हाम्रा योजनाविद्हरूलाई वस्तुनिष्ठ ढंगले निष्पक्षखालका योजना बनाउन र तिनीहरूलाई ताल-तलैया र नदीनाला केन्द्रित पार्न पनि यही लेखद्वारा आग्रह गर्दछौं । साथै, पोखरास्थित राष्टिूय सम्पदा तथा जन अधिकार समितिलाई पनि राष्टिूय सम्पदाबारे गम्भीर र मुखर हुन अनुरोध गर्दछौं । र् पर्यटन कार्यालयमा वर्षौपिच्छे पर्यटन पर्ूवाधार विकासका लागि केही पैसा आउने गरेको र कुनै काम नपाउँदाका वर्षरूमा र्फकने गरेको भन्ने बुझिन्छ । गत साल ३० लाख रूपैयाँ यसरी फर्केर गएको रहेछ । हामी यसपालि आएको पैसा सपोर्टिङ वालमा लगाइयोस् भन्ने चाहन्छौं र यसका लागि हामीले पर्यटन कार्यालयसँग, नगरपालिकासँग, जिविससँग र राष्टिूय ताल विकास बोर्डसँग अनुरोध पनि गरेका छौं । हेरौं के हुन्छ - यत्रो सीमसारीय र पर्यटकीय महत्वको फेवातालको संरक्षण गर्ने दायित्व कुनै एउटा निकायविशेषको मात्रै होइन । यसमा सबैको दयादृष्टि पर्न आवश्यक छ । आखिर हाम्रो प्रमुख आयस्रोतका आधार नै यिनै नदीनाला, तालतलैया र हिमशिखरहरू हुन् भने तिनको संरक्षणमा दर्ुइचार पैसा खर्च गर्न हामी किन पछि हट्ने - बर्सर्ेे ६ करोड डलर -३ अर्व ९० करोड रूपैयाँ) आर्जन गर्ने पोखराले आफ्ना प्राकृतिक सम्पदाहरूको लागि सुको नगिराउनु भनेको कृतघ्नताको पराकाष्ठा हो । अतः पर्यटनबाट प्रत्यक्ष रूपले या अप्रत्यक्ष रूपले लाभान्वित हुने व्यक्ति, संघ-संस्था र निकायहरूलाई आफ्नो आयस्रोत र गौरवको रूपमा रहेको फेवातालको हितमा दिल खोलेर सहयोग गर्न हाम्रो समिति हार्दिक अनुरोध गर्दछ । जहाँसम्म तटीय पैदलमार्गको उपयोगिताको प्रश्न छ त्यसलाई म बुँदागत रूपमा प्रस्तुत गर्न चाहन्छु ः -१) र् र्सवप्रथम, यो तटीय पैदलमार्गले फेवातालको साँध-सीमाना किटान गर्ने काम गरेको छ र फेवाताललाई अतिक्रमण हुनबाट बचाएको छ । फेवातालको वरिपरि कथंकदाचित निर्धारित मापदण्डअनुसारको ग्रीनबेल्ट -हरितपेटी) बनेन भने पनि अब कसैले फेवातालभित्र खेती गर्न र त्यहाँ आफ्नो जग्गा छ भनेर दाबी गर्न पाउँदैन । अब यो लक्ष्मणरेखालाई कसैले उल्लंघन गर्न पाउन्न । यो नै एउटा ठूलो उपलब्धी हो । अब फेवातालमा जंगेपिलार गाडियो । यस्तो लक्ष्मणरेखा नहुँदा विगतमा फेवातालको अतिक्रमण हुन पुग्यो । पोखराका नौवटै तालहरूमा र्सवप्रथम यस्तो लक्ष्मणरेखा कोर्न जरुरी छ । -२) फेवातालको वरिपरिको परिधि करिब १६ किलोमिटर लामो छ । १६ किलोमिटर लामो तटीय पैदलमार्ग बन्न सक्यो भने फेवातालको प्रदक्षिणा गर्न सकिन्छ । यसबाट फेवातालको स्थलगत अनुगमन गर्न सजिलो हुन्छ । कहाँ के गडबडी भएको छ भन्ने कुरा चाँडै नै जानकारीमा आउँछ । फेवातालको दृश्यावलोकन चारै दिशाबाट निर्बाधरूपमा गर्न पाइन्छ । कुनै भौतिक संरचनाले या झाडीले फेवातालको महमोहक दृश्य छेक्न सक्तैन । पोखराको पुरानो बजारको निर्माण उत्तर-दक्षिण नभईकन पर्ूव-पश्चिम हुने गरी गरिएको भए अग्ला घरहरूले हिमाल छेक्ने थिए र बजारबाट माछापुच्छूे देखिने थिएन । तीसको दशकताका योजनाकार पदमबहादुर खत्रीले यही कुरालाई हृदयङ्गम गरी बैदाममा उत्तर-दक्षिण हुनेगरी बाटाहरू बनाउने र सबैले निर्बाधरूपमा हिमाल र ताल हर्ेन पाउने घरहरू बनाउने योजना बनाउनु भएको थियो । दर्ुभाग्यवस, उहाँको योजना लागू हुन सकेन, अन्धाधुन्धरूपले घरहरू बन्न थाले र हिमाल र ताल छेकिन पुगे । बैदामबासीको फेवाताल र हिमाल निर्बाधरूपमा हर्ेर्ने धोको अब तटीय पैदलमार्गले पूरा गर्ने छ । फेवाताललाई धीत मर्ने गरी हर्ेनको लागि अब कसैका होटेल-लज, रेस्टुराँ र जग्गाभित्र पस्ने अनुमति लिनुपर्ने छैन । आकाशका चम्किला तारा, सुकिला हिमाल, हरिया डाँडाकाँडा, मनमोहक सूर्योदय र सर्ूयास्तजस्ता प्राकृतिक घटना एवं सम्पदाहरूलाई निःशुल्क रूपमा र निर्बाधरूपमा हर्ेन पाउनु मानिसको नैर्सर्गिक अधिकार पनि हो । -३) तटीय पैदलमार्गले अब पर्यटकहरूको बसाइँलाई लम्ब्याई दिन्छ । यसबाट तालको वरिपरि बस्ने स्थानीय बासिन्दाहरूको व्यवसायमा वृद्धि पनि हुन्छ । -४) तटीय पैदलमार्गमा कुनै मोटर-ट्याक्सी, मोटरसाइकलजस्ता कुनै पनि सवारीका साधन गुड्न नदिइने हुँदा मानिसहरूले कुनै धुँवा, धूलो, हिलो, कर्कस ध्वनि र ठक्करको सामना नगरी निर्बाधरूपमा पैदल भ्रमण गर्न पाउने छन् । पैदल भ्रमण गर्दा गर्दा थाकेका पैदलयात्रुका लागि ठाउँ-ठाउँमा विश्राम केन्द्र र सूचना केन्द्र राखिनेछन्, जहाँ पैदलयात्रुहरू थकाई मार्न, शौचनिवृत्त हुन र जलपान गर्न सक्नेछन् । थाकेका पैदलयात्रुहरूले आफ्नो रुचिअनुसार कोही नौकाविहार गरेर आफ्नो साविक स्थानमा र्फकने छन् भने कोही घोडा चढेर अन्यत्र लाग्नेछन् । -५) कतिपय विकसित देशमा साइकल सवारी र पैदल भ्रमणका लागि अलग्गै बाटाहरू बनाइएका छन्, जहाँ मानिसहरू साँझ-बिहान ढुक्कले डुल्न पाउँछन् । यसबाट जनस्वास्थ्यको अभिवृद्धि हुन्छ । बुढाबुढी पनि लौरो टेकेर ढुक्कले डुल्न पाउँछन् । डिजेल र पेटूोल आधारित सवारीका साधनहरूले कार्बन उर्त्र्सजन गरेर वातावरणलाई उष्ण र प्रदूषित पारेका छन् । कुनै कार्बन र ताप उर्त्र्सजन नगर्ने साइकलमार्ग र पैदलमार्गले विश्वको उष्णता र प्रदूषण घटाउने हुँदा आज यिनीहरूको माग बढ्दो छ । तटीय पैदलमार्गले पनि यही मागको सम्बोधन गर्नेछ । -६) अहिलेसम्म कतिपय जग्गाधनीहरूका जग्गामा जाने बाटो थिएन । यो पैदलमार्गले सबैलाई नभए पनि अधिकांशलाई आफ्नो जग्गामा जाने मार्गप्रशस्त गरेको छ । -७) अहिले के स्वदेशी के विदेशी सबै पैदलमार्गबाट हिँड्न रुचाउँछन् । यस्तो अधूरो र निर्माणाधीन अवस्थामा रहेको पैदलमार्गमा पनि हिँड्ने मान्छेको ताँती लाग्ने गरेको छ । धेरै मानिस धूले सडकमा हिँड्न छाडिसके । लौरो टेकेर हिँड्नुपर्ने पक्षघातका विरामीहरू, अशक्त बूढाबूढीहरू र स्कुल जाने भुराभुरीहरू यही पैदलमार्गमा हिँड्न पाउँदा आफूलाई सुरक्षित ठान्दछन् । यो त धेरैलाई चाहिएको पैदलमार्ग पो रहेछ ! यो पैदलमार्ग तयार भएपछि, यसको दायाँबायाँ मौसमअनुसारका फूलहरू लगाएपछि, ठाउँ-ठाउँमा रंगीबिरंगी फूलहरूका वृक्षहरू रोपिएपछि, यत्रतत्र सिमेन्टका बेञ्चहरू राखेपछि, ठाउँ-ठाउँमा सुव्यवस्थित घाटहरू बनेपछि र यसमा बिजुलीको व्यवस्थापन गरेपछि यहाँ कति मान्छे हिँड्लान् - यो पोखराको एक नम्बरको पैदलमार्ग हुनेछ । यही पैदलमार्गमा हिँडेर फेवातालको अपर्ूव दृश्यपान गर्नका लागि मात्रै बाहिरका मान्छे पोखरामा ओइरिने छन् । -८) हामीले हर्ेदाहर्ेर्दै पोखराका बडाबडा पाटन, पोखरी र चौताराहरू भूमाफियाहरूको र भौतिक संरचनाहरूको कब्जामा परेर हराइसके । मानिसलाई हावा खाने खुल्ला चौरहरूको अभाव दिनहुँ खट्कँदो छ । फेवाताल पनि मालेपाटनजस्तै एउटा विशाल जलीय चौर हो । यहाँ आएर फोक्सोभरि स्वच्छ हावा लिन प्रत्येक नागरिकले पाउनर्ुपर्छ । पैदलमार्गले यो विशाल जलीय चौरलाई कुनै भूमाफिया र जलमाफियाको कब्जामा पर्न नदिई बचाएर राख्नेछ । यसले फेवाताललाई पाटन, पोखरी र चौताराहरूको नियति भोग्न दिनेछैन । -९) पैदलमार्गमा हिँड्दै जाँदा रानीवनमा पुगेपछि एकातिर रंगीविरंगी चराहरूको चिरबिर सुन्न पाइने छ भने अर्कोतिर माछापुच्छ्र्रे प्रतिविम्बित भएको फेवातालको कञ्चन पानी पिउन वनबाट तल झरेका हरिण, खरायो र मृगहरूको दर्शन गर्न पनि पाइने छ । -१०) अब बैदामबासीहरूले आफ्ना घरमा पाहुना हुन आएका इष्टमित्रहरूलाई पैदमार्गमा डुलाउन लानेछन् र फेवातालको अपर्ूव दृश्यपान गराएर नितान्त नौलो ढंगले अतिथि सत्कार गर्न पाउनेछन् । ती पाहुनाहरूले यसको सिको गर्दै आफ्ना गृहजिल्लाहरूका ताल-तलैयाहरूमा पनि यस्तै पैदलमार्ग बनाउने छन् । -११) तटीय पैदलमार्ग निर्माण गर्दा वर्षौंवर्षेखि फेवाताललाई पर्ुर्दै आएको किनारको माटो झिकिन पुगेको छ । यसले गर्दा फेवातालको आयतन बढ्नुका साथै त्यसको किनार -तट) पनि मजबूत र सुन्दर बन्न पुगेको छ । सुव्यवस्थित घाट र पार्क बनाउने कुरा पनि यसै क्रममा थपिन आएका कुरा हुन् । यसरी तटीय पैदलमार्गले एकपछि अर्को राम्रो कुरालाई निम्त्याउँदै छ र फेवातालको सिँगारपटार गर्दैछ । यदि पैदलमार्गको सुरुआत नै नभएको भए यी कुनै कुरा थपिन आउने थिएनन् । आउँदा दिनहरूमा अन्य प्रकारका सुविधाहरू पनि यसमा थपिदै जाने छन् र पैदलमार्ग झन्-झन् उपयोगी हुँदै जानेछ । अस्तु ! -पहारी फेवाताल संरक्षण तथा विकास समितिका अध्यक्ष हुनुहुन्छ)
« Back |
Top |