|
संसदीय पद्धतिलाई भरथेगः अर्को एमाले जन्मिने खतरा
February 11, 2010
गाउँका सामन्त, शहरबजारका काला बजारिया र तस्कर, तर्राईका जमिन्दार र धनाढ्य वर्ग यो एमाले पार्टर्ीीट केही टाढै रहेका थिए । विधिको विडम्बना छोटो समयको संसदीय शासनकाल पुग्दा नपुग्दै एमाले नेपाली काँग्रेस भन्दा पनि बढी संसदवादी भैदियो । एमाले संसदीय पद्धतिको पोखरीमा डुबुल्की मार्न आएपछि आधारभूत तह र तत्कालका जनताले छाड्दै जाने, विगतका बदनामी, शोषक, सामन्त, जमिन्दार र काला व्यापारीहरु खोजी खोजी एमाले भित्र समाहित भै पछिल्लो चरणमा त यिनीहरु नै हर्ताकर्ता वा नेतृत्वकर्ता बन्ने अवस्थामा आइसके । संसदीय पद्धति मान्ने, जसले जति पनि धन सम्पत्ति कमाउन वा संचय गर्न पाउने भएपछि यो कम्यूनिष्ट शब्द र हंसिया हंथौडा अंकित झण्डा किन राख्नुपर्यो हटाइदिए हुन्छ भन्ने बहस चलेको चल्दै छ तर नाम र झण्डा परिवर्तन भने अझै गरिएको छैन । यदि माओवादी शसक्त दल हुँदैनथ्यो भने एमाले पूँजीवादीबाट पनि झेरे पर्ूण्ा दक्षिण पन्थी पार्टर्ीी परिणत भैसक्ने थियो । किनकी एमालेका मन्त्रीहरुको चालढाल शैली र वर्गीय स्वभाव एवं चरित्रलाई आधार झण्डा यिनीहरुलाई प्रजातन्त्र वा लोकतन्त्र जस्ता शब्द पनि बोझपर्ूण्ा भएकाछन् भन्न सकिन्छ । जनतालाई झुट्टा आश्वासन बाँडेर आफू सत्तामा पुगेपछि राज्यकोषको दोहन गरी आफू र आफन्तलाई नवधनाढ्य बनाउनु संसदीय पद्धतिको विशेषता हो । यही विशेषतालाई सम्पर्ूण्ा संसदवादीहरुले ग्रहण गरिरहेकाछन् । यिनीहरुको लागि हिमाली र पहाडी क्षेत्र केही छैनन् हुन केवल शहरबजार मात्र । राष्ट्रिय उद्योगधन्दा चाहिंदैनन् भन्ने यिनीहरुको नीति हो र पर्ूण्ा निजीकरण गर्नु नै यिनीहरुको मूख्य उद्देश्य हो । देशलाई अगाडि बढाउन र समृद्धशाली तुल्याउनको लागि राजनीति गर्न र सोही खालको राजनैतिक पद्धति स्थापित गर्नु राजनेताको काम हो । तर संसदीय पद्धतिमा राजनेता बन्न नसक्ने र बन्न खोज्ने वा चाहनेलाई त्यहाँ टिक्नै नदिने खेल मात्रमा गरिदै आएकाले अहिले राजनेताको खडेरी नै परेको छ । जबसम्म संसदीय पद्धति जुन नेपालको राजनैतिक इतिहासमा राजनैतिक चरित्रको बजारबाट विकृतीमुलक र राष्ट्रिय स्वाधिनताको फाँटबाट आत्मसमायोबवादी प्रमाणित भैसकेको छ । यसको प्रभाव मात्र हैन अस्तित्व रहँदासम्म मुलुक समस्याबाट बाहिर निष्कनु त परै जावस् झन संकापर्ूण्ा अवस्थामा जकडिदै जाने प्रयाः निश्चित छ । यहाँ अस्तित्व र प्रभावमा रहेका दलहरु मध्य अधिकांश संसदीय पद्धतिका पक्षधरहरु रहेका छन् । एकपछि अर्को गरी विकृतमुलक सावित संसदीय पद्धतिमा सरिक हुने दलहरुको संख्या थपिदै गएको छ । जुन जुन दल संसदीय पद्धतिमा आत्र्समर्पण गर्दै गएकाछन् र सो क्रम यद्यपी रहिआएको पनि छ, यस्ता दलहरुले जनर्समर्थन पनि गुमाइरहेका छन् । संसदीय पद्धतिमा आत्मर्सपण गरेका कारणले नै काँग्रेस, एमाले, राप्रपा र सदभावना उस्तै उस्तै बन्न गएका छन् । संसदवादी बनाउन यतिबेला काँग्रेस एमाले र अन्तर्रर्ााट्रय शक्ति केन्द्रहरुले ए.माओवादी माथि पनि चर्को दवाव दिइरहेकाछन् । माओवादी संसदवादी भैदिए हाइसन्चो हुने थियो भनेर भारत लगायतका पूँजीवादी राष्ट्र र राष्ट्रभित्रका संसदवादी दलहरुको माओवादी माथि चर्को दवाव परेको छ । यिनीहरु चाहन्छन् आफूहरुले दिएको राप, ताप र दवावले ए.माओवादी संसदवादी कित्तामा आत्मर्सपण गर्न बाध्य बनोस् । तर संसदवादीहरुले विगतकालीन शैलीको त्यो सोचले काम गर्ने र उद्देश्य हाशिल गर्ने सम्भावना अति नै दर्ुवल छ । कर्थकदाचित ए.माओवादी राष्ट्रिय र अन्तर्रर्ााट्रय शक्ति केन्द्रहरुको दवावमा परेर संसदवादी कित्तामा आत्मर्समर्पण गरिहाल्यो भने यो पद्धतिको विकल्पमा अर्को शक्ति आँधी बेहरीको रुपमा प्रकट भै छाड्नेछ । बिगतमा एमाले भन्दा क्रान्तिकारी कम्यूनिष्ट पार्टर्ीीसको प्रतिष्पद्धात्मक अवस्थामा रहेको भए एमाले यस्तो भ्रष्ट भएर आउने सम्भावना कम हुन्थ्यो । एउटा पार्टर्ीीट हर्ेदा मणि थापा र मातृका यादवले ए.माओवादी माथि सुधारवादीको आरोप लगाउँदा कुनै अर्को एमाले जन्मिने त हैन भन्ने चिन्ता र आशंका पनि उत्पन्न हुन थालेका छन् ।
« Back |
Top |