»

  Articles - लेख विषेश

रुकुम र जाजरकोटको सेरोफेरोमा
October 25, 2009

हरियाली पहाडी भेग भएको यो जिल्ला एमाले सम्वद्ध नेता प्रकाश ज्वालाको जन्म जिल्ला पनि हो । एक मध्यपश्चिमका प्रखर नेता प्रकाश ज्वाला हाल शान्ति बहाली अभियानका लागि जाजरकोट र रुकुम जिल्लाको सदरमुकामा प्रशिक्षणको अभियानमा खटिनु भएको छ । सल्यान जिल्ला विद्युत, पानी र यातायातका पर्ूवाधारले सिञ्चित हुँदैछ । शारदा एफ.एम.को बिहानी ध्यानीसितै सल्यान आफ्ना सल्यानीहरुसित एकसाथ बिउँझन्छन् । अनि आफ्नै सल्यानको सेरोफेरोको कार्यक्रममा तल्लिन हुन्छन् । रुकुम र जाजरकोटको विकट नाताको जिल्लाको सर्म्पर्कका हिसाबले यस लेखको उठान गरे । लेख लेख्ने लेखकहरुको खाँचो भन्दा पनि राष्ट्रलाई मर्यादा, सद्भाव, विकास र शान्तिको खाँचो छ । यही मयार्दा, सद्भाव, विकास र शान्तिको खातिर आफ्ना जनतामाझ राष्ट्र नयाँ लोकतान्त्रिक गणतन्त्रत्मक संविधान लेखनको बृहत पाण्डुलिपिमा परिश्रमका साथ लागेको छ । जनतालाई आशा छ, राष्ट्रले हामीलाई विकास र शान्तिको प्रतिफल दिन्छ भन्ने र जनतालाई एउटा जागरणको भाव पैदा भएको छ, राष्ट्रिय एकतामा एक भई देशलाई सेवा गर्न पाउँ भन्ने भन्छन्, माटोलाई ढुंगाको भर, ढुंगालाई माटोको भर विश्वासको डोरीमा अल्भिmएको भर भोलिका राजनैतिक अन्यौलताका बिचमा भताभुङ्ग नहोस् हामी हाम्रा भगवानसित यही पर््रार्थना गरौं ।
दर्ुगा भवानी, मातापिता, अर्गजको आर्शिवादको आशामा दशैं मनाउँन रुकुमसम्म आएँ । दशैको बहार मुखमै आएपनि जिल्लाबासीको मुखमा रौनक थिएन । उही पुरानो रुकुम विकासको नाममा पहाडका पहरा फोर्दै यातायातका लागि सडक खनिरहेको थियो । विकासका नाममा प्राथमिक आवश्यकता नै सडक लाग्यो । बाँकेको कोहोल्पुरदेखि सर्ुर्खेतको छिन्छुसम्म कालोपत्रेसडक करीब पाँच वर्षअघि मेहलकुनासम्म पुगेको थाहाँ भएपनि सर्ुर्खेत, सल्यान र जाजरकोटको त्रिवेणी स्यल् सल्यानको सल्लिबजारसम्म उही नौं, दश वर्षअघिको पुरानो धुले कच्चिसडक झन् जिर्ण्र्ााुँदै थियो । साँगुरो पहाडका पहरा फोडी बनाएको सडक, सडक तल भयानक भेरी नदी अनि सहासी बसचालक यी तिनैवटाको संगममा बसभित्रको डरलाग्दो यात्रुको गन्तव्य प्रस्थान निकै टिठलाग्दो थियो । सडक विभागका कामदार खतरा नजिक सडक मर्मत गर्नुको सट्टा पहरा र भीर नभएको स्थानमा सडक मर्मत गरेको देख्दा जनता पनि विकासको अर्थबाट अशिक्षित भएको महसुस भयो । जनताप्रतिको माया राष्ट्रले हामीलाई जोखिम र दर्ुघटनादेखि बचाउनु हो । मुटु कमाउँदै हामी सल्लिबजारसम्म यात्रा गर्यौं तर चौरजहारीसम्म सडक पुगेपनि भीर र पहराको बीचको पत्यारिलो सडक भत्किएर यातायात बन्द थियो । यो नै पहाडी भेगका लागि दुःखद कुरा हो । प्रायः रुकुम र जाजरकोट जिल्लाको भौगोलिक विविधताका कारणले सडक निर्माण भएपनि वषर्ाको पानी नसोस्ने, माटो बग्ने, रातो हिलो माटोले सडक पूरै चिप्लो हुने तथा पत्थरिलो भाग अनि बन्जर पहराको सडक भयानक खतरा हुने यी विविधकारणले सडकमा साधन चढ्न नसक्नु बृहत समस्या छ । चार्डपर्व नजिकिदै गर्दा आकाशे पानीको भरमा गर्ने कृषि पेशा पनि भएको थिएन । महंगीको समयमा जनतालाई पारेको घाउँ, आलै थियो । त्यही घाउँलाई चिसिएर भएपनि वर्षदनको चार्डपर्व हाँसेर मनाउँनर्ुपर्छ भन्ने एउटा नैतिक सोचको बाबजुद, जिल्लाबासी, दर्ुगाभवानी, लक्ष्मी आदिको पूजा अर्चना र खसी, बोका, राँगा जोरजामका लागि कम्मर कसेर लागेका थिए । हाम्रो घर पनि यसैको जोरजाममा भ्याई नभ्याई थियो । चार्डपर्व मनाउँनर्ुपर्छ भन्ने मात्र सोच तर मानवीय भावनाको कमी, अनि सबैको व्यत्तिवादी मनोभावना । दर्शैको बेला आफ्नो गाउँमा सबै मिलेर एउटा लिङ्गेपिङ हालौं भन्ने साँस्कृति मनोदशाको कमी या विचारको सम्मान गरौं भन्ने थोरै मानवको धारणा यी पक्षले मेरो मानसिकतालाई कमजोर बनाएको थियो । घर पारी गीता नेपालीको बसाइँ सल्यानदेखि रुकुमसम्म प्रविणता प्रमाण पत्र तहपासका लागि आएकी अध्ययनमा साह्रै घोटलिने एउटा संयम व्यवहोरा अनि सल्यानीको मिठो छनक पाइने मिठो व्यवहारले मलाई गीतासम्म परिचय गरायो । चारैजहारी रुकुमको एक व्यस्त बजार हो । गीता नेपालीको मिजार पेशा हात र मेसिनले बनाएका छालाका काला जुत्ताले ग्राहकको अभाव नहुने उनको सल्यानी जुत्ता पसलले मलाई युवा स्वरोजगार कार्यक्रमको याद दिलायो ।
नेपाल सरकारले युवा स्वरोजगार अभिमुखिकरण तालीम प्राप्त जनशक्तिलाई दर्ुइ लाखसम्मको आर्थिक अनुदान सहयोग गर्ने कार्यले देशबासी जनतालाई ओझेलमा पारेको छ । केही जिविकोपार्जनका लागि जनतालाई काम आफै गरी गरीबी न्यूनीकरणमा सहयोग गरुन् भन्ने हेतुले सो योजना सरकारले विधिवत् रुपमा कार्यान्वयन भैसक्दा पनि रकम पाउने सपना नै जनताले ठानेका छन् । घरदेखि करीब जाजरकोट खलंगा पुग्न करीब पैतालिस कि.मि.छ । मामाको घर जाजरकोट खलंगाको डाँडामुनी पर्छ । यात्रामा करीब पैतिस कि.मि.को उकालो नपर्ने तेश्रो बाटोको वरपिपलको रुखमा शीतल खाएर थकाई लिएका एक जवान पुरुष भेटिए र साथमा एक स्त्री ती तिनकी बहिनी पर्ने रैछिन् । सर्ुर्खेतदेखि आएका भन्थे अझ जाजरकोट खलंगादेखि घरपुग्न करीब दर्ुइ दिनको बाटो पर्ने रैछ । दशैं नजिक आएपनि जनताका लागि दर्शै दशा नै थियो । 'जुन जोगीको सरकार आएपनि कानै चिरिएका झैं देशमा जनतालाई गरीबीको मार र सास्तीले कहिलै शान्ति हुने भएन । रुमालले पसिना पुछ्दै ती पुरुषले भने । हामी सँगसँगै यात्रा गर्न थाल्यौं उकालोमा उधुमको चर्को घाम लागेको थियो । जनयुद्वकालमा जाजरकोट खलंगा हान्न मात्र सकिएन । सर्ुर्खेत जिल्ला त सजिलै हानियो । अहिलै आफ्नै पार्टर्ीी कार्यकर्ता बिचमा बेमेल छ । कुनै माओवादी नेतामाथि पुग्ने त कुनै जनयुद्धकालमा लडेका जनताका छोराछोरी भोकभोकै र नाङ्गै हुने यो असमानताका बिचमा फेरि अर्को युद्व हुनेछ । संक्रमणकालिन सरकार पनि चार्डपर्व अगाडि नै ढल्छ भन्ने यी अभिव्यक्ति उनकै थिए । मैले भने माओवादीकै दर्ुइ धारमा तत्कालिन भएको कुनै समकालीन घटना छ - मैले प्रश्न गरे । जाजरकोट खलंगा नजिकै आएकोले हामी छुट्टनिे बेला भएको थियो । मेरो प्रश्नको जवाफ उनले लुकाए कमाऐ ! केही बोलेनन् केही महिना अघि जाजरकोटीलाई झाडापखाला रोगले गुमाएको पीडामा जाजरकोट दशै र तिहारको रमझममा तल्लिन थियो ।

« Back | Top

»

  More Articles - लेख विषेश

बी.पी. कोइरालालाई राष्ट्रिय विभूति घोषित गरियोस्

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np