»

  Articles - लेख विषेश

ग्रामीण समुदायको अवस्था र बैदेशिक रोजगार
October 24, 2009

मानिस सामाजिक, आर्थिक रुपमा सवलता र कुनै पनि कामको दक्षतालाई कुनै वास्ता नगरी उमेरसम्म सच्चाएर बिदेशिने गरेका छन् । यसरी विदेशिने क्रममा कति समुदायमा त कुनै पनि युवालाई देख्न समेत सकिने अवस्था छैन । पञ्चासे क्षेत्रका विषेश गरी गुरुङ्ग समुदायमा त सबै घरहरु खाली मात्र देखिन्छन् । उनीहरुको बारेमा जानकारी लिन परेमा जिल्ला सदरमुकाम वा विदेशमा मात्र जानकारी हाँसिल गर्न  सकिन्छ । यसरी गाँउघरहरु विस्तारै पातलिंदै गरेका छन् । विदेशी रोजगारीको लागि जस्तो सुकै परिस्थितीलाई पनि आत्म साथ गर्न ग्रामीण समुदायका युवा लागि परेका छन्, यो उनीहरुको आवश्यकता वा बाध्यता के हो -
विदेशीन र घरपरिवारवाट अलगिन कसैलाई पनि मन लाग्दैन । के गर्ने, गाउँमा आफूसँग बसेर एक छिन बोलिदिने पनि त कोही छैन । सबैले विदेशका र जेट चढेका कुरा मात्र गर्दछन्, गाउँमा बसेर कसैले गाई, भैसी र खेतीपातिको बारेमा कुरा गर्ने पनि कोही छैन । विशेष गरी उमेर ढल्केका महिला र स्कूल पढ्दै गरेका बालबालिका बाहेक तपाई गाउँमा युवा वर्गलाई देख्न हम्मे-हम्मे परिरहेको अवस्था छ । यसरी गाउँको बस्तीलाई विस्तारै भुल्दै जानेको संख्या ज्यादै ठूलो रुपमा देखिएको छ । गाउँमा खेती योग्य जमीनहरु बाँझो चउरको रुपमा परिणत हुंदैछ भने अन्न तथा तरकारीको भाउले आकास छुन लागेको छ । यस्तो अवस्थाको सृजना यस क्षेत्रहरुको गाउँमा परिरहेको छ । अब कसरी समुदाय राम्रो खेती उत्पादन तथा समुदाय उन्नतिको पहल गर्न सकिन्छ -
विदेशीनुको मुख्य अवस्थालाई हर्ेन हो, भने ग्रामीण समुदायमा आर्थिक उपार्जन कम हुनु नै हो । वर्तमान परिवेश यसरी आएको छ की मानिसलाई तुरुन्ता तुरुन्तै धनी मानी र सम्मानित हुनु परेको छ । यसरी धनी मानी र सम्मानित हुनको लागि जसरी भए पनि आर्थिक अवस्था सुधार गर्नुपरेको छ । यो अवस्थाको सुधारको लागि गाउँमा बसेर यो वेग थाम्न नसकिने अवस्था छ । यसको लागि हरदम कसरत घर घडेरी सुन, चाँदी जे जसरी हुन्छ त्यसै गरी पूरा गरी विदेश जानु परेको छ । सकभर शहरी क्षेत्रमा घर होस् त्यती नभएपनि शहर उन्नमूख तथा मोटर चल्ने स्थानमा घरको मेसो पार्नु परेको छ । यसरी सबैको मनमा धनको भूतले उचाँलीरहदा अरु केही होइन आफ्नो प्यारो घर परिवार छोडी विदेशीनु परेकोछ । आफू समानका हरेकको अवस्था विदेशले नै सुधारेको देखे पछि तछाड मछाड गर्ने प्रवृतिको विकास भइरहेको छ ।
हुन पनि विदेशीनुले केही न केही आफ्नो परिवेशमा सुधार गरेका छन् । छोराछोरीलाई शहरका आधुनिक विद्यालयमा पढाउने, घरमा राम्रो टेलिभिजन, मोवाइल जस्ता सामग्रीहरुले अरुलाई आक्रर्षा गर्ने, राम्रा महंगा पोसाकहरु लगाउने र बोलीको लवज फेरि बोल्ने जस्ता काम गरिरहेका छन् । हुनत सबैको राम्रो होस् र सबैको कल्याण होस् भन्ने कामना गर्नु परेको छ । तर केही समाजका सदस्यहरुले बिदेशीनुको लागि दलालको फन्दामा पर्ने, विदेशीएका परिवारजन, श्रीमानको अवस्था नबुझि कमाएको पैसा र आफूसमेत अयन्त्र गई छोराछोरीको बिचिल्ली अवस्था परेको पनि छ, त्यति मात्र होइन अकालमै मृत्यू समेत भएका घटनाहरु आइरहेका छन् । जसरी भए पनि विदेशीने र गाउँमा नबस्ने अवस्थाको सिर्जना भएको छ ।  वैदेशिक रोजगार नेपालको वर्तमान अवस्थामा राम्रो मानिएको छ र लाखौ लाख नेपालीहरु बिदेशिएका विदेशियै छन् ।  कही कतै बिरामी परेर औषधि गर्ने ऋण पाएका छैनन्, गाउँमा एउटा भैसी किन्ने ऋण पत्याइदैन तर विदेश जानको लागि ऋण दिन जो कोही पनि तयार छन् । समाजमा आर्थिक गुटबन्दीको हावी भएको छ ।  विदेश जाने र नजाने घरपरिवारको बिचमा यस्तो अवस्था बढ्दै जानेहो भने समाजमा सामाजिक कू-सस्कारको क्यान्सर बढ्ने छ र यसले पछि भयावह रुप लिन सक्छ,  बेलैमा हामीहरु सचेत हुनु पर्दछ ।
बैदेशिक रोजगारीले हाम्रो राष्ट्रमा आर्थिक अवस्थालाई सुधार गर्न मद्दत त गरिरहेको छ, त्यसमा पनि मानिसको जीवीकोपार्जनमा सरलता त अवश्य थपिएको छ, यो राम्रो पनि हो तर समाजमा रहेका हरेक परिस्थितिहरुलाई नियाल्ने हो भने यसले हुने खानेलाई झन् बलियो र कमजोर अवस्थामा रहेका परिवारलाई झन कमजोर अवस्थामा धकेली रहेको छ । हुने खानी र हुदाँ खानेको अवस्थामा यसरी खाडल थपिदै जाने हो भने समाज ठूलो विसंगति आउन सक्छ र परिवार, समाज र राष्ट्रमा नै ठूलो भयावहको स्थिति सृजना भई भातृत्वको भावनालाई समाप्त पार्न सक्छ । आशा गरौ यस्तो अवस्थाको सृजना नहोस भोलीका दिन धनी मरेमा धेरै मलामी र गरीब मरेमा घरमै कुहिने अवस्था सृजना नहोस् । हामी सबै गाउँबासी जिहे जन्ती मरे मलामी हुन सकौं ।

« Back | Top

»

  More Articles - लेख विषेश

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np