»

  Articles - लेख विषेश

जनतालाई उपहार गरीबीको माखे साङ्गलो
August 30, 2009

 यहि खाना, छाना र नाना प्राप्तिकेा लागि जनताहरु एकापसमा प्रतिस्पर्धामा जुटेका छन् । केही हुने खानेहरुको स्थिति राम्रो भए पनि अधिकांश गरि खानेहरुको पीडा दर्दानाक छ । अवसरको अभावले गरि खानु पनि असम्भव हुँदै गएको छ । गरीबहरुले दर्ुइ छाक त खाना पाएका छैनन् राम्रो वास, स्वास्थ्य सेवा आदि सुविधाको त कुरै छोडौं ।
गरिबी समस्यै समस्याको जननी हो । यसलाई समयमै नियन्त्रण नगर्ने हो भने झ्ांगिने अवसर प्राप्त गर्दछ । विभिन्न किसिमका सामाजिक अपराधहरु जस्तै चोरी डकैती, हत्या, हिंसा, आदिको लागि उर्वर भूमि हो गरीबी । अशान्ति र गृह युद्धको जड हो गरिबी । हाम्रो देशमा विद्यमान प्रायः सबै समस्याहरुको मूल हो गरीबी । यतिमात्र कहाँ हो र - विदेशीहरुले हेप्ने कारण हो हाम्रो देशको यो गरीबी ।
सबै समस्याहरुको जड गरिबी हो भने गरिबीको जड के त - भन्ने खुलदुली सबैलाई हुन्छ नै । जनताहरु प्रमुख कारण के होला - भनि अलमलमा परेका छन् । नपरुन् पनि किन उनीहरुलाई गुमराहमा राखिएको छ । नेताहरुको खेलको लागि गोटी बनाइएको छ । भ्रष्ट राजनैतिक उचाइमा पुग्नको लागि भर्‍याङ बनाइएको छ । अन्य देशहरुमा गरिबीको कारण जे भए पनि नेपालमा गरिबीको मूल कारण हो फोहोरी राजनीति । झुटा नारा लगाएर जनताहरुको ठगी गरिनुको कारण हो  नेपालको गरीबी । दिवास्वप्ना बेचेर गरिएको राजनीतिको परिणती हो यो गरिबी । जनताको नाममा गरिएको भ्रष्टाचार र शक्ति दुरुपयोगको परिणाम हो यो गरीबी । स्वार्थको लागि कान चिरेका नेताहरुको विगविगीको कारण हो नेपालको यो गरीबी ।
चाहे पुरानो इतिहास बोकेको नेपाली कांग्रेस पार्टर्ीीोस् या बाह्र वर्षजनयुद्ध गरेर शक्तिमा आएको नयाँ पार्टर्ीीकीकृत माओवादी नै किन नहोस् उनीहरु देश र जनताका लागि भन्दा पनि राजनैतिक स्वार्थ र व्यक्तिगत स्वार्थको लागि जनताहरुलाई   लुट्ने र छल्ने प्रतिस्पर्धामा लागेका छन् । जसले बढी जनताहरुलाई ढाँटन र छल्न सक्यो त्यसले नै शक्ति हत्याउने भएपछि साम, दाम, दण्डभेद गरेर भएपनि शक्ति आफ्नो पोल्टामा पारी देशको स्रोत र साधनको दुरुपयोग गर्ने होडबाजी दलहरुवीच चलेकोले देश विकास तर्फहोइन अवनति तर्फगैरहेको छ ।
नेपाली कांग्रेसले २००७ सालमा प्रजातन्त्रको स्थापना गरी कोही राजनैतिक चेतना जगाउने काम गरे पनि पटक पटक राष्ट्र र जनताको लागि काम गर्ने अवसरको दुरुपयोग गर्नाको परिणति आजको द्वन्द्व, अशान्ति र गरिबी स्थिति हुन पुग्यो । कांग्रेसबाट राष्ट्रले निकास नपाउन देखेपछि जनताहरुले एमालेलाई विकल्पको रुपमा खडा गरे । एमालेले आफ्ना नाराहरु जनताहरु सामु सम्बोधन गर्नुको सट्टा आन्तरिक स्वार्थतर्फकेन्द्रीत भएको र क्रान्तिकारी धारबाट दक्षिणपन्थी धारमा आफूलाई उभ्याएकोले जनताहरु अर्को विकल्पको खोजीमा लागे । जनताहरुको हक र हितका लागि भनि हजारौं सहिदहरुको बलिदान गरेको पार्टर्ीीत्कालीन माअेावादी जनताहरुको अर्को गतिलो विकल्पको रुपमा देखियो । कांग्रेस र एमालेको असक्षमता माओवादी पार्टर्ीीे लागि मलको रुपमा सावित हुन पुग्यो । फलस्वरुप माओवादी पार्टर्ीी मूला बढेर्झैं मौलाउने मौका पायो । माओवादी पार्टर्ीीनि जनताको मन जितेर सरकारमा पुग्यो तर जनताका लागि एउटै पनि नयाँ र गतिलो कार्यत्रम दिन नसके पछि जनताहरु निरासको स्थितिमा पुगेका छन् । अन्तिम आशा पनि निराशामा परिणत भएपछि जनताहरु झन ठूलो अन्यौलमा परेका छन् ।
नेपालमा भौतिक, आर्थिक र सामाजिक विकास हुन नसकेको मूल कारण अस्थिर सरकार हो । स्थिर सरकार हुँदा धेरै थोरै विकास हुने गरेको अनुभव तपाई हाम्रोवीच छँदैछ । सरकार अस्थिर हुनु भनेको सरकारको शक्ति कम हुनु हो । यस्तो अवस्थामा आ-आफ्नो शक्ति मजबुत बनाउन विभिन्न शक्ति केन्द्रहरुको विचमा टकरावको स्थिति रहन्छ । आफ्नो शक्ति बढाउने र अर्को  शक्ति कमजोर बनाउने होडले गर्दा देशमा दण्डहिनता, अशान्ति, भ्रष्टाचार, कालो बजारी आदिले फस्टाउने मौका पाउँदछ । यस्तो अवस्थाले देशलाई उन्नति तर्फहोइन अद्योगति तर्फलैजान्छ ।
अन्याय, गरिबी, शोषण, अविकास क्रान्तिको लागि बलियो आधारहरु हुन् । गरिब नेपालीहरुले गरिबीबाट मुक्ति पाइने आशामा धेरे आन्दोलन गरे । जनताहरुले गरेको क्रान्तिबाट २००७ मा राणा शासनको अन्त्य भयो । २०४६ सालको आन्दोलनले प्रजातन्त्रको पर्ुनबहाली र संवैधानिक राजतन्त्रको स्थापना भयो भने २०६२ सालको जनआन्दोलनले गणतान्त्रिक नेपालको स्थापना भयो । प्रत्येक क्रान्तिको परिणाम हर्ेर्ने हो भने उपलब्धि केही देखिँदैन । एक स्वभाविक न्यूनगतिको विकास बाहेक जनताले केही पाएको देखिँदैन । जुन उपलब्धि क्रान्ति बिना पनि प्राप्त हुन सक्दथ्यो ।
नेपालमा क्रान्तिको नाममा देशलाई थला पार्ने काम भैरहेको छ । नेपालका भौतिक संरचनाहरु ध्वस्त पारिएका छन् । विकासका एकाध कामहरु पनि राजनैतिक हस्तक्षेपका कारण बिथोलिन पुगेका छन् । बन्द हड्तालले देश आर्थिक रुपमा अपांग बनिसकेको छ । क्रान्तिको नाममा हत्या हिंसाले आश्रय पाएको छ ।
नेपालमा सबैभन्दा सजिलो काम भनेको आन्दोलन भएको छ । सामान्य प्रयासमा जनताहरुलाई आन्दोलित पार्न सकिने र आन्दोलन पछि चिची पापा आफ्नो हातमा पर्ने भएपछि नेताहरु जनतालाई भेडै बनाएर भए पनि उनीहरुलाई आन्दोलनमा हुम्ने गरेका छन् । यता देशले आन्दोलनको भार थेग्न नसकेर प्रत्येक आन्दोलन पछि अझ बढी दलदलमा पर्दै गएको छ । जनताहरु गरिबीबाट मुक्तिको लागि राजनैतिक विकल्पहरु खोजी रहेका छन् तर विडम्बना अरु चरम गरिबीतर्फधकेलीरहेका छन् ।
स्पष्ट भिजन भएका राजनैतिक पार्टर्ीीको अभाव नेपाली राजनैतिक फाँटमा खड्किएको छ । राष्ट्र हित र जनहितलाई केन्द्रमा राखी राजनैतिक स्वार्थविहीन राष्ट्रिय सहमतिको सरकार बनी उपयुक्त राजनैतिक निकास दिन सकेमा जनताहरु गरिबीको माखे साङलोबाट मुक्त हुने सम्भावनालाई अझै पनि नर्कान भने सकिंदैन ।

« Back | Top

»

  More Articles - लेख विषेश

बी.पी. कोइरालालाई राष्ट्रिय विभूति घोषित गरियोस्

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np