|
"पाखुरीमा परक्क बटारिएका मेरा छोराहरु"
December 21, 2009
बलराम पौडेल नजिकैको सानो चौरमा भेडाको बथान जस्तो देखिने यता र उता दगुरेका भेलाहरु झै निर्मल आकाशमा बादल दगुरी राखेको थियो । र्सर्ूयको प्रकाश डाँडाबाट मसस्क परी ओर्ली सकेको थियो । बुढी आमा हातमा लौरो लिएर र्सर्ुइ-र्सर्ुइ गर्दै अनुहारबाट पसिना बगाउँदै सिढीहरु उक्लदै थिइन् । एक युवक माथिबाट आफ्नै तालमा घोडा दगुरे झै गरी टक टक गर्दै तल झदै थियो । अकस्मात लौरी हातबाट छुट्टएिर तलतिर उछुटियो जहाँ त्यो युवक त्यसै लौरीमा उनिएको रहेछ । बुढी आमाले बल्ल बल्ल अडिएर आँखी भौं माथि सार्दै तलतिर हर्ेदा अत्तालिएर उछुटिएको युवक र आफ्नो लौरी देखिन् । ओ हो ! मैले उसलाई बाटो नै छेकेकी रहेछु कि क्या हो - ममा एक तमासको भित्र भित्रै पसिनाले चोलो रुझाउन थाल्यो । उकुस मुकुस भएँ, हावा मन्द रुपमा चलिरहेको थियो । त्यो हावाले कुनै काम गरेन, थचक्क परी सिढीमा बसे । युवक कस्तो बुढी रहेछ आँखा नहेरी लौरो तर्ेसाएर बसेकी । लौरो हातमा लियो दर्ुइ हातले बटारेर भाँची दियो र यस्ता बुढीहरु किन बाँच्नु पर्यो भनी झोक्किएर आफ्नो बाटो लाग्यो । ओहो ! समयले त नेटो काटी सकेको रहेछ । बादल उघ्रीएर सफा आकाश बनाउला भनेको त एक तमासले झन मडारिएर कोलाहलका स्वरहरु दिर्दै मुसलधारे पानी पर्ला जस्तो लाग्यो । हेर मेरा छोराहरु कति हतारमा छन् । यिनीहरुको लक्ष्य के होला ! कहाँ दौडी रहेका छन् - यसो खुट्टो सार्दै यस्तै हो ! देशमा पनि केही हुन सकेन, होस् पनि कसरी देशका मेरुदण्ड भनेको अथवा शक्ति केन्द्र भनेको युवा शक्ति नै हो । युवाले गरे जे पनि हुन्छ कठै टुक्रा टुक्रा परेको बाईसे चौबिसे राज्य आज उहाँले त्यति नगरेको भए त्यो शक्ति केवल आफ्नो स्वार्थमा लगाएको भए, मोजमस्ती र मनोरञ्जन तिर लागेको भए के यो देश आज यसरी नेपाल भएर एउटा सिंगो राष्ट्रको नामले विश्व सामू शीर ठाडो पारी, निधक्कसँग बोल्न र डडेर तिनीहरुसँग मुकाबिला गर्न सक्ने थियौं र - भीनसेन थापा, बलभद्र जस्ता छोराहरु भए अनि क्रूर नै भएपनि त्यो जंगबहादुर निडर र शक्तिशाली ता थियो । आफ्नो युवा जोश र जाँगर लगाएर देशको एउटा शक्तिशाली शक्तिको रुप धारण गरेको ता थियो नि ! तर त्यसले त्यो शक्तिले उन्मुक्त भएर दुःखी गरीब जनतालाई हर्ेर्ने काम गरेन । एक किसिमको तानाशाही लक्ष्यतिर बटारियो तर त्यसको शक्ति जतिकै रहेनछ आजका युवाहरुको शक्ति । केवल रहेछ पाखुरीमा दम अनि गुलामी पात्र खोक्रो नाम । के आजकलका युवाहरु शक्ति बिहीन भएकै हुन् र - के यिनीहरुमा केही गर्न नसक्ने खुबी भएका हुन् र - तर मैलेता यिनीहरुलाई एक शक्तिशाली खम्बाको रुप देखेको थिए । शालीन र देशप्रेमी, सुधारबादी चेतना, राष्टूवादी चिन्तन र साहित्य सम्बन्धि पनि मान्यता प्रस्तुत गरेका मानवतावाद, राष्ट्रियता, जातीयता, राष्ट्रप्रेम, स्वसंस्कृत्रि्रति आस्था, आर्य सभ्यताप्रतिको मोह, हार्दिकता, अतुलनीय भाव प्रबलता, रमरम बौद्धिकता गुणहरुले भरिका युवाहरु नै हुन् । भाइ-भाइमा भ्रातृता र विश्वबन्धुत्वको भावनाका साथै शान्तिप्रिय छन् भनी सोचेकी थिए ।
•
read more...
स्वायत्त गणराज्य घोषणा उचित/अनुचित
December 17, 2009
काशीनाथ कुमाल देशमा नयाँ लिखित संविधानको पर्खाइमा जनता बसेका छन् । दलहरुको सहमति लोकतान्त्रिक गणतन्त्र भएको संविधानमा छ । संविधानमा राज्य/प्रान्त कसरी विभाजन गर्ने र लिखित रुपमा कसरी पारित गर्ने प्रश्न एक छ । तैपनि दर्ुइ ठूला दल नेपाली काँग्रेस, माओवादी अनि एमाले र अन्य दलबीच देशको शासन वा राजनीतिक प्रणाली कस्तो हुने - बारेमा विवाद छ । नागरिक सर्वोच्चा माओवादीको के - स्वायत्त गणराज्य घोषणा गर्दा नागरिक सर्वोच्चता हुने र नगर्दा, नहुने हो, त्यसो होइन देशको शासन प्रणाली जनमत संग्रहबाट गरौँ, जनमत जुन दललाई बढी मिल्छ, त्यही दल बहुमतका आधारमा शासन संचालनको अगुवा हुन्छ । बरु यसलाई नागरिक सर्वोच्चता भन्न मिल्छ । जनमतले स्वीकारेको माओवादी देशको ठूलो दल हो माओवादीको अगुवाई बिना संविधान असम्भव छ । माओवादी सरकारमा हुँदा आफ्नो एकात्मक शासन प्रणाली अनुरुप सत्ता कब्जा गर्ने प्रक्रियामा गयो अन्य सात दलबीच यो कुरा मिल्न सकेन र विमती रर्यो । अनि राष्ट्रपति प्रकरण र रुक्माङगत कटुवाल -सेना प्रमुख) को विवादबाट माओवादी सरकार बाहिर आयो र नागरिक सर्वोच्चताको मागलाई सरकारमा राख्यो ।
•
read more...
रुकुम र जाजरकोटको सेरोफेरोमा
October 25, 2009
काशीनाथ कुमाल मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने सल्यान जिल्ला पनि एक सुन्दर जिल्ला हो । यस विकास क्षेत्र अर्न्तर्गत पहाडी जिल्लामा पर्ने यस जिल्लामा अन्य पहाडी जिल्ला भन्दा बढी विकास भएको देखिन्दा मिठो भाषाको ध्वनी प्रयोग गर्ने सल्यानीहरु पनि सबै आगन्तुकका लागि सौदर्यपर्ूण्ा व्यवहार गर्छन् र सबैको मन जित्न सफल हुन्छन् ।
•
read more...
ग्रामीण समुदायको अवस्था र बैदेशिक रोजगार
October 24, 2009
धर्मराज पौडेल /// पञ्चासे क्षेत्र लगायत नेपालका अधिकांश ग्रामीण समुदायहरुमा युवाहरु विदेशिने परम्परा पहिलेदेखिको हो । यस क्षेत्रमा बसोबास गर्ने मुख्यतः गुरुङ्ग समुदायहरु पहिले पहिले भर्ती हुन विदेशमा जाने पुरानो चलन नै थियो । समाजले विदेशमा गएर काम गरेर पैसा कमाउनुलाई नै खुब महत्व दिन्थ्यो । हाल आएर समुदायका हरेक युवा वर्गहरु साहुँको चर्को व्याजको कुनै प्रवाह नगरी विदेशीने परम्परा बनेको छ ।
•
read more...
नेपालीको बानी चेन्ज .... नेपालीको ....
October 15, 2009
काशीनाथ कुमाल ल्भउबष् िपय दबलभभ ऋजबलनभ ।।।। ल्भउबष् िपय ।।।।।।।।। क्रमशः हुँदैछ । नेपाली सभ्यता विश्वमा अनुकरणीय छ । विश्वमा हाम्रो सभ्यता नेपाली साहित्यले चिनाएको छ । यही नेपाली साहित्यको श्रीबृद्धिमा सहयोग गर्ने नेपाली खाना, पर्व, गीत, कला, भाषा, भेष, चलन अब परिर्वतन हुने अवस्थामा छन् ।
•
read more...
गिरिजा-प्रचण्डका महत्वकांक्षा खै -
October 5, 2009
तारा 'पाखे' //// नेपालको इतिहासमा केही यस्ता पनि नेताहरु हुनुभयो भोलि इतिहासले जेजस्तो मूल्यांकन गर्ला, जनमानसमा आजै पनि जेजस्तो विचार धारणा मूल्यांकन भएता पनि यदि निष्पक्षरुपमा दलगत दर्रि्र चिन्तनबाट अलिकति मात्र माथि उठेर सोचविचार गर्ने हो भने मल्लकामा काजी भीम मल्ल, आधुनिक कालमा वीपी, मदन भण्डारी, गिरिाज र प्रचण्ड, पाँच भाइहरुमा मात्र यस्तो शक्ति र सामर्थ्य देखियो कि राष्ट्रियता, इमान्दारिता जनताको भलाइका निमित्त सधैं जुझिरहनु भएकेा पाइन्छ ।
•
read more...
जनतालाई उपहार गरीबीको माखे साङ्गलो
August 30, 2009
दामोदर पराजुली //// प्राकृतिक स्रोतहरुले भरिपर्ूण्ा विश्वको शिर रहेको सगरमाथाको काखमा रहेको नेपाललाई विश्व मान चित्रमा चिनाउने अरु पनि धेरै विशेषताहरु छन् । सानै देश भएर पनि जलस्रोतको लागि विश्वमा नै चर्चित देश हो नेपाल । खनिजहरुको अथाह स्रोत हो हाम्रो देश नेपाल । परिश्रमी र बहादुरीको लागि विश्वमा नै कहलाएको देशको नाम हो नेपाल । त्यति मात्र कहाँ हो र - असीमित विकासका सम्भावनाहरु बोकेको देशको नाम हो नेपाल । तर दर्ुभाग्य गरिबै गरिबमा धनी देशको नाम पनि हो नेपाल । प्राकृतिक स्रोत र साधनले ठगेको प्रतिकूल वातावरणीय अवस्था रहेको केही अप्रिmकन देशहरु गरिबीबाट ग्रसित हुनु अस्वभाविक होइन तर नेपाल जस्तो प्राकृतिक स्रोत र साधनबाट सम्पन्न राष्ट्रले गरिबीबाट गुज्रनु अवश्य लाजमर्दो कुरा हो । गरिबी भनेको उपलब्ध स्रोत र साधनको अपर्याप्त वितरण हो । उचित गाँस, बास र कपासको व्यवस्था हुन नसक्नु गरिबी हो ।
•
read more...
कुशे औंसी र नेपाली जनमानसमा यसको महत्व
August 20, 2009
तारा 'पाखे' विरञ्चिना सहोेत्पन्नपरमेष्ठी नि र्सगत ः नुदः र्सवाणि पापानि दमे स्वास्तिकरो भवः यो मन्त्रले पर््रार्थना गरी "ç हुँ फट् स्वाहा" यस मन्त्रले पूर्र्रोत्तर मुख गरी ग्रहण गर्नु । अर्थात कुश काट्नु । प्राणनाथ समस्त आर्यहरका जप, ध्यान, देव, पितृका कार्यहरु कुश विना गर्न सकिँदैनन् । कुशमा सवै देवताहरुको बास हुन्छ र खासगरी ब्रहृ्ना, विष्णु, महेश्वर रहनु हुने विश्वास गरिन्छ पिण्डमा चढाएको कुश अपवित्र मानिन्छन् । धार्मिक महानुभावहरुले कुशका गुभाको यन्त्रात्मक बाला बनाएर लगाएको पनि देखिन्छ । उद्धृत श्लोकले गरेको पर््रार्थना के छ भने "हेकुश देवता तिमी ब्रहृ्माजी सँगै उत्पन्न भएका हौं, पवित्र छौं । मेरा समस्त पापहरु नास गर !"
•
read more...
दिदीलाई दर खुवाउन पाउने भइन
August 17, 2009
मनोज र्घर्ती मगर दिदी आरामै हुनुहुन्छ होला है । तपाईको दुःखी भाइ यहाँ -पोखरामा) सञ्चै छ । आशा छ तपाई पनि सपरिवार आरामै हुनुहुन्छ होला । तपाईलाइ खुसीको खबर सुनाउँ है त । पोखरा आएको दर्ुइ वर्षछि दिदी तपाईलाई म यो पत्र लेख्दै छु । अब म तपाइलाई समाधान पत्रिकामार्फ महिनामा दुइवटा पत्र लेखिरहने छु । दिदी गाउँका विभिन्न कुना कुनादेखि शहरका गल्ली गल्लीमा तीजको रन्कोले छोईसकेको छ । टेलिभिजन र रेडियोमा दैनिक तीजका गीतहरु घन्कीन्छन् । तपाईलाई पनि सायद तीजको रन्को छ होला है । हुन त तीज आउन अझै केही दिन बाँकी छ । तर दिदी पोखरामा भने दैनिक रुपमा विभिन्न स्थानमा तीजको दर खाने कार्यक्रम भइरहेका छन् । जसले गर्दा पनि तीजको झ-झल्कोले मेरो मन बेसरी खाने गरेको छ । नेपालका विभिन्न स्थानहरुबाट पोखरा आई विभिन्न पेशा र व्यवसाय गरेर बस्नेहरुले विभिन्न संघसंस्थाहरु खोलेका छन् । उनीहरुले दैनिक रुपमा पोखरामा विभिन्न स्थानहरुमा कार्यक्रम गरेर आफ्ना दिदी बहिनीलाई दर खुवाउन नपाए पनि आफ्नो जिल्लाका दिदी बहिनीलाई दर खुवाउने गर्छन् । त्यतिबेला म पनि ती कार्यक्रमहरुमा समाचार संकलन गर्न पुग्छु । त्यतिबेला लाग्छ भर्खरै घर जाउँ की जस्तो । तर पनि के गर्ने मन बाँधेर काम गर्छर्ुु पोहोर साल पनि दिदी मैले दर खुवाउनको लागि तपाईलाई लिन तपाईको घरसम्म जान सकिन यही समाचार संकलन गर्ने कामले । यो वर्षो तीजमा त जसरी पनि मैले दिदीलाई दर खुवाउँछु भन्ने सोचेको थिएँ । तपाईलाई के खबर सुनाउँ फेरी तपाईको मन बेस्सरी रुन्छहोला दिदी मैले यसपालीको तीजमा पनि तपाईलाई लिन पाउने भईन । यो वर्षो तीजमा पनि म घर आउन नपाउने भएँ दिदी । के गर्ने घरबाट टाढा भएपछि यस्तै हुँदो रहेछ । पोखराजस्तो महङ्गीले आकाश छोएको ठाउँमा एउटा मिडियामा मात्र समाचार लेख्ने काम गरेर बाँच्न बडो मुस्किल छ । त्यही भएर आफूले भ्याएसम्मका मिडियामा काम गर्नु परेको छ खर्च जुटाउन । हो दिदी मैले त्यही भएर पोखराका दर्ुइ र काठमाण्डौका दुइ वटा मिडियामा काम गरेर बल्लतल्ल खर्च जुटाउने गर्छर्ुु त्यही पनि केही मिडियाले भने बेला तलब नदिँदा निकै मन रुने गर्छ ।
•
read more...
धर्मको नाउँमा मानव-मानवबीच फूट
August 9, 2009
बलराम पौडेल वास्तवमा मानव धर्म भनेको प्राकृतिक नियम अनुसार चल्न सिक्नु र सिकाउनु नै हो । जब हामी त्यस नियमलाई उलङ्घन गर्दछौं, नियमलाई नमानी विभिन्न कार्यहरु गर्दछौं तब हामीमा विभिन्न समस्याहरु आई पर्दछन् भनेर धेरैमा एकादर्ुइले व्यख्या गरेका छन् । कोही धर्म भन्नाले यहाँ सम्प्रदाय सम्भिmन्छन् । धर्म भन्नाले यहाँ हिन्दू, बौद्ध, जैन, शिख, इर्साई, मुस्लिम इत्यादि सम्भिmन्छ । याद राख्नुहोस् वास्तवमा यी धर्महरु सबैभन्दा खतरनाक देखिन आएका छन् मानव जीवनका लागि । बर्बाद पारिदिएका छन् धर्महरुले मान्छेलाई । धर्मको नाउँमा मानव-मानवबीच फूट पैदा भएको छ, एक आपसमा वैमनस्यता फैलिएको छ । मिल्दै नमिल्ने जनावर भनेर कुकुर र बिरालोलाई भनिन्थ्यो , तर आज आएर धर्मकै नाउँमा मानव कुकुर र बिरालो भएको छ ।
•
read more...
गाईजात्रे खिचडी
August 6, 2009
वि.एस. शर्मा गाइजात्रे दोहोरी परमानन्दः आज पनि बालुवाटार, भोलि पनि बालुवाटार ! बालुवाटार बालुवाटार भन्दा भन्दै फुस्क्यो मेरो धोती यार !! उपेन्द्रः प्रचण्डको तिखो बुद्धि, गिरीजाको नाक ! जे भए नि उपराष्ट्रपति इज्जत बचाइराख !! गायकः मेरो जीवनबाट छोडेर जानेभए जाऊ ! तर अन्तिम पटक जसरी नि भेट्न आऊ !! गायिकाः अन्तिममा - अन्तिममा किन आउनु प्रिय बाँदरजस्ता सित ! कि जाऊ इराकतिर, मरिहाल कि त !! झिल्के ठिटोः आँखाभरी आँसु छ, मुटुभरी मासु ! त्रि्री छोरी भगाई लान्छु टिका लाइदेऊ सासु !! केटीकी आमाः बच्चालाई किन आँट्छौं हर्ेर्नुपर्छ गुबो ! छोरीमात्रै किन हेछौं म नि राम्री छु भो !! शिक्षकः हेर मेरो टिचिङ स्टाइल, टिचर पायौं कस्तो ! रुपरंग हर्ेदा चिटिक्क परेको सलमान खान जस्तो !! विद्यार्थीः तपाईको शरीर ठ्याक्कै कस्तो, जिङ्रिङ्ग परेको बुटो ! रुपरंग हर्ेदा दुरुस्तै लाग्छ उढेलाले खाएको ठूटो !! गायकः त्रि्री घुम्छ्यौ रे गाउँगाउँमा, डुल्छ्यौ रे ठाउँ-ठाउँमा ! लब लेटर पठाउँछ्यौं रे, दुनियाको नाउँ-नाउँमा !! त्रि्रो रुप कमाल, त्रि्रो केश कमाल, त्रि्रो नजर कमाल-कमाल ! म त्रि्रै राजेश हमाल, ओ निरुता त्रि्रै राजेश हमाल !! गायिकाः लालुपाते नुघ्यो भुइँतिर, कि जाउ दाजू घरतिर ! कि जाउ डरतिर, ओ दाजु नआऊ मतिर !! गायकः कति कमजोर रहेछ भाग्य ! त्रि्रो सिँउदो सजाउन सकिन !! गायिकाः कति कमजोर रहेछ चप्पल ! त्रि्रो खप्पर फुटाउन सकिन !! २. गाइजात्रे गजलः छोप्ने कुरा छोप डल्ली जुन पायो त्यै ठाउँमा हैन खोप्ने ठाउँमा खोप डल्ली । लुगा जस्तो लाए पनि छोप्ने कुरा छोप डल्ली !! एक बित्ताको धजो लाउँछ्यौ च्याप्प टाँस्ने सँधैं जेल र सेन्टको वास्ना त्रि्रो नाङ्गो जिउमा चोप डल्ली । लुगा जस्तो लाए पनि छोप्ने कुरा छोप डल्ली ।। त्रि्रो गाला साह्र्रै राम्रा रातापिरा चुप्प, पानको पातमा चन्द्र बनाई ठ्याक्कै माथि खोप डल्ली । जुन पायो त्यै ठाउँमा हैन खोप्ने ठाउँमा खोप डल्ली ।। थाईकटमा राम्री थियौ खैरो पार्दा अझै च्वाँक, क्यापले मात्रै सुहाएन लाऊ भो अर्कै टोप डल्ली । लुगाजस्तो लाए पनि छोप्ने कुरा छोप डल्ली ।। आधा किलो पाउडर घस जीउभरी बासना आउँछ, जहाँतहीं आँख मार्नुभन्दा फल्ने ठाउँमा रोप डल्ली । जुन पायो त्यै ठाउँमा हैन खोप्ने ठाउँमा खोप डल्ली ।। नाक छेडेको मन पर्दैन अन्य अंग खोजिदिन्छ्यौं, तिखो सियो मै किन्दिउँला, ठाउँमा मात्रै कोप डल्ली । जुन पायो त्यै ठाउँमा हैन खोप्ने ठाउँमा खोप डल्ली । जुन पायो त्यै ठाउँमा हैन खोप्ने ठाउँमा खोप डल्ली ।। प|mक लाउँछ्यौ यस्सो छोप्ने, छातितिर झ्याप्पै, काँचो सर्ूर्ति मिसाइकन तान गाँजा तोप डल्ली । लुगा जस्तो लाएपनि छोप्ने कुरा छोप डल्ली ।। जुन पायो त्यै ठाउँमा होइन खोप्ने ठाउँमा खोप डल्ली । लुगा जस्तो लाएपनि छोप्ने कुरा छोप डल्ली ।।
•
read more...
नयाँ सडक जग्गा विवाद र वास्तविकता
June 12, 2009
विश्वप्रकास लामिछाने //// पोखरा उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ सडक मार्ग तत्कालिन पोखरा नगर योजना कार्यान्वयन समितिले निर्माण गर्ने क्रममा मिति २०३२/५/२३ मा जग्गा धनीहरुको उपस्थितिमा सडक मार्ग निर्माण योजना भित्र पर्ने सबै जग्गा नगर योजना कार्यान्वयन समितिलाई दिने र योजना सञ्चालन गरी ५०५ विकसित घडेरी जग्गा धनीले फिर्ता लिने भन्ने र्सतमा सबै जग्गा धनीहरु मञ्जुर भै कबुलिएतनामा समेत गर्नुभएको थियो । सोही अनुसार ४२ जना जग्गा धनी मध्ये ४१ जना जग्गा धनीले शर्तनामा अनुसार जग्गा उपलब्ध गर्राई ५०५ विकसित घडेरी फिर्ता लिनु भयो, तर करुणानिधि कोइरालाले मञ्जुर भै सही गरे पनि उक्त जग्गा सेनाको रासन ठेक्कामा वि.सं.२०१८ सालमा महेन्द्र दल नामक नेपाली सेनालाई रासन खुवाउने ठेक्का लिई रासन खुवाउने क्रममा नोक्सान परी सेनाको तर्फाट असुल उपर गर्नुपर्ने देखिएकोले उक्त जग्गा तात्कालिन अवस्थामा सरकारी तायदातीमा चढी रोक्का रहेको कारण नगर योजनाको नाममा रजिष्टे्रशन भै आउन सकेको थिएन ।
•
read more...
ती व्यक्ति जसले मन पराउँदैनन्......
June 9, 2009
महेश भण्डारी /////// केही दिन लेख्न नमिल्ने गरी म ब्यस्त रहें । पत्रिकामा लेख्नुको मज्जासँग छुट्नुको बेस्वाद पनि जोडिन्छ । मन परेकाको अनुपस्थिती सबैलाई तीतो लाग्छ नै । त्यसमा पनि नियमित अनुपस्थिति प्रीतकर हुने नै भएन । प्रिय पाठक, बेखबर हराएकोमा क्षमा चाहन्छु ।
संसारमा सबै मान्छे राम्रा छैनन् । तथापि बोल्नर्ुपर्छ, संगत गर्नुपर्छ । संसारमा सबै मान्छे प्रीतकर छैनन् । तथापी संगै हिँड्नर्ुपर्छ, व्यवहार गर्नुपर्छ ।
कसरी व्यवहार गर्ने त्यो मान्छेसँग जसले तपाईंलाई मन पराउँदैन - यो मानवीय जीवनको व्रि्रुप पक्ष हो । आँफूलाई मन नपराउने मान्छेसँग अब कसरी लेनदेन, व्यवहार र संगत गर्ने - आज म केही बेर यसै प्रश्नमाथि घोत्लिँदैछु ।
•
read more...
प्राकृतिक पोखराको समाज मैत्री वजारीकरणमा प्राथमिकता
June 3, 2009
कूलराज चालिसे /// अन्नपर्ूण्ा हिमश्रृंखलाको ताज पहिरिएर सुन्दर बनेको पोखरा आफैमा उत्पादन हो । अन्य देश वा जिल्लामा खरबौखर्ब लगानी गरेर पनि बनाउन नसकिने पर्यटकीय उद्यानको निर्माण पोखरामा प्रकृतिले बनाई दिएको छ । यहाँका पर्यटन व्यावसायीले मात्र होईन बहुसंख्यक उद्यमी तथा व्यापारीले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा पोखराको यही अमूत वस्तु विक्री गरेर मनग्य लाभ उठाएका छन् । आन्तरिक, बाह्य पर्यटन तथा व्रि्रेषणको आधारमा चलायमान भएको पोखराको नगद प्रवाहको गति अन्य शहरकोभन्दा दिगो प्रकृतिको भएको हुँदा पोखराले ७० भन्दा बढी वित्तीय संस्थाको सञ्जालका अलवा टोलटोलमा सहकारी संस्था स्थापना गर्न सक्षम भएको छ ।
•
read more...
प्रधानमन्त्रीको दायित्व
June 2, 2009
प्रधानमन्त्री माधबकुमार नेपाल प्रधानमन्त्रीमा नियुक्त भएको लगत्तै गृह जिल्ला रौतहट पुगेर त्यहाँ आयोजना गरिएका बिबिध कार्यक्रममा सरीक भए । प्रधानमन्त्री भएको केही दिनभित्रै भएको यो यात्राले रौतहटबाट संविधानसभाको चुनावमा पराजय भोगे पनि आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रप्रति मोह यथावत रहेको स्पष्ट हुन्छ । चुनाव हारेको मानिस प्रधानमन्त्री भएको भनी माओवादी खेमावाट कटाक्ष भइरहे पनि नेपालले त्यसको पर््रवाह गरेका छैनन् । माओवादी उनका बिरुद्ध निकै कडा रुपमा प्रस्तुत भइरहेका छन् । धारिला शब्द वाणले प्रहार गर्ने क्रमलाई घटाएको होइन बढाएका छन् । यही पर्रि्रेक्षलाईर् इंगित गर्दै प्रधानमन्त्री नेपालले बिपक्षीको प्रहारलाई निलकण्ठ बनेर पिउन तयार रहेको जनसमक्ष बताएका छन् ।
•
read more...
|