|
आक्रोश बढाउने होइन, मन रुवाउने सामाजिक विभेद
January 16, 2012
ामकृष्ण ज्ञवाली दाजु–भाइ शहरमा बस्छन । विदामा घर आउछन, एक आपसमा अंग्रेजी मिसाएर कुरा गर्छन । अप्सरा भने वाल्ल परेर उनीहरुको कुरा सुनिरहन्छिन मात्र । उनीहरु दुवै जना शहरमा पढ्छन, त्यो पनि बोर्डिङ्ग स्कुलमा । त्यसैले त कुराकानीका दौरानमा अंग्रेजी मिसाउछन् । त्यो परिवेशमा अप्सरा न त दाजुका अघि ‘लाडली’ बहिनी बन्न सकिरहेकी छन, न त प्यारो भाइको ‘अभिभावक’ । भुमिका विहीन दिदी जस्तो, माया नबुझेको बहिनी जस्तो । त्यो परिवेश हेरेपछि यो स्तम्भकारलाई जिज्ञासा जाग्यो । “के तिमी ठुली भएर शहर जान पाइनौं ?’ उनले छोटो उत्तर दिइन–“होइन, म भन्दा ठुलो दाइ त शहर मै छ नी ।’ “त्यसो भए सानी भएर होला ?’ अर्को प्रश्नमा उनले टोलाउदै भनिन्–“६ बर्षको भाइ पनि उतै पढ्छ ।’ ‘छोमरोङ्ग’ विश्व कै चर्चित पर्यटकीय क्षेत्र तथा उत्कृष्ठ पदयात्रा मार्ग अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्छ । घान्दु्रक गाविसको वडा नम्बर नौ मा पर्ने छोमरोङ्गमा मंसिरको दोश्रो साता एक हुल पत्रकार पुगेका थियौं । धौलाश्री माध्यमिक विद्यालयलाई स्वामी आनन्दले करिब ७० लाख रुपैया सहयोग गरेर आधुनिक भवन बनाइदिएका थिए । सोही भवनको औपचारि उद्घाटन कार्यक्रम थियो, स्वामी आनन्द कै प्रमुख आतिथ्यतामा । गाउको स्कुलमा लाखौं सहयोग गर्ने स्वामी आनन्दको स्वागतार्थ विद्यालय भवन मै विविध कार्यक्रमको आयोजना गरिएको थियो । त्यही कार्यक्रममा कक्षा ६ मा अध्ययनरत एक छात्राले उत्कृष्ठ नृत्य प्रस्तुत गर्दै सबैको ध्यान तानिन् । उनै हुन “अप्सरा गुरुङ्ग’ सबैको वाह वाही लुट्ने गरी नृत्य प्रस्तुत गरे पनि उनको अनुहारबाट केही हराए हराए जस्तो लाग्थ्यो । आँखाले केही खोजे खोजे जस्तो भान हुन्थ्यो । “तिमीलाई पोखरा जाने मन छैन, दाजु भाइ जस्तै ?’ नागरिक दैनिकका पत्रकार सन्तोष पोखरेलले सोधे । “भएर के गर्नु ? जान पाए पो ! पोखरा गएर डान्स सिक्ने मन छ नी ।’ अप्सरा एक्ली होइनन, उनी जस्ता धेरै छोरीहरु यो पीडा सहन बाध्य छन, अन्नपूर्ण आधार शिविर जाने बाटोका बस्तीमा । विद्यालयमा भेटिएका रसी, निक्की, रितिका, रोशनी रोजिना, सोनी मध्ये कसैका दाइ पोखरा थिए त कसैका भाइ । धौलाश्री माध्यमिक विद्यालयमा पनि छात्राहरु कै संख्या अधिक थियो । “सक्नेले छोरालाई बोर्डिङ्ग पढाउन शहर पठाउछन, त्यसैले यहाँ केटी धेरै छन् ।’ शिक्षिका पूर्णकुमारी गुरुङ्गले भनिन् । सक्नेले छोरा छोरी दुवैलाई बोर्डिङ्ग पढ्न शहर पठाएका छन्, नसक्नले छोरीलाई गाउ मै पढाएर छोरालाई मात्र शहर पढाएका हुन् । त्यो नसक्नेले मात्र छोरा छोरी दुवैलाई गाउ मै पढाएका छन् । सुकबहादुर गुरुङ्गले छोमरोङ्गमा खच्चड धपाउने काम गर्छन । उनका दुई छोरी र एक छोरा छन् । ११ बर्षकी रोजिना र ९ बर्ष की रोशनी दुवैले छोमरोङ्ग मै पढ्छन् । कान्छो छोरो ५ बर्षको मात्र छ, उसलाई भने पोखरा पढाउछन सुकबहादुरले । “प्रगति बोर्डिङ्गमा नर्सरीमा पढ्छ रिजनले ।’ सुकबहादुरले भने । छोरोको भविष्य बन्छ भनेरै उनले काँखे बालकलाई पनि आमाको काँख छुटाएका रे । “छोरी त अर्काकोमा गई हाल्छन, सकेको भए त राम्रै ठाउमा पढाउने हो, नसके पछि छोरालाई त पढाउदै पर्यो नी ।’ सुकबहादुरले भने । कान्छी छोरी रोशनीले अक्सर बाबुसंग गुनासो गर्छे । छोरा छोरीलाई भेदभाव गर्न हुन्न भन्छे । “छोरीले गुनासो गर्दा मन त खान्छ नी तर के गर्नु खच्चड धपाएर हुने आम्दानीले पुग्दैन ।’ भेदभाव गर्नुको बाध्यता यसरी व्यक्त गर्छन सुकबहादुर । अन्नपूर्ण आधार शिविरमा बर्षेनी विश्वका हजारौं मानिसले पदयात्रा गर्ने गर्छन । त्यहाँ पढे लेखेका मान्छे पुग्छन् । मान्छेहरु पनि आधुनिक जस्तै देखिन्छन् । जातीय भेदभाव आफ्नो गाउमा नभएको दावी गर्छन त्यो क्षेत्रका मानिसहरु । करिब डेढ महिना अघि घान्द्रुकमा एक दलित शिक्षक माथि जातीय भेदभाव गरेर दुब्र्यबहार गरिएको आरोप लाग्दा सो क्षेत्रका स्थानीय बासिन्दाले सामुहिक रुपमा त्यो आरोपको प्रतिवाद गरेका थिए । घान्द्रुकमै पत्रकार सम्मेलन गरेर उनीहरुले भनेका थिए(“जातीय भेदभाव यो क्षेत्रबाट १० बर्ष अघि नै अन्त्य गरिएको हो ।’ हुन पनि प्रत्येक होटल र रेष्टुरेन्टको भान्सामा कथित तल्लो जाती भनिने मानिसहरु नै काम गर्छन । तर छोरा र छोरी बीचमा गरिने यो भयाबह लाग्दो भेदभाव भने विद्यमान छ । कतिपय बाबु आमाले यो सामाजिक भेदभाव हो भन्ने कुरामा जानकार पनि छैनन् । तर शिक्षक शिक्षिका भने जानकार छन् । “यो त डर लाग्दो भेदभाव हो नी ।’ शिक्षिका पूर्णकुमारी गुरुङ्ग भन्छिन(“तर के गर्ने हटाउन सकेका छैनौं ।’ मेसरुम बाराह माध्यमिक विद्यलायका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलका अनुसार छोरा र छोरी बीच गरिएको विभेदका कारण छोरीहरु मानसिक पीडामा परेका छन् । “ठुलो दाइ पनि शहरमा पढ्छ, सानो काँखे भाइ पनि शहर मै पढ्छ ।’ प्रअ पौडेलले भने(“आफुलाई हेला गरेको पत्तो पाए पछि छोरीहरुको मन स्वभाविक रुपमा रुन्छ नी ।’ पौडेलका अनुसार यसै कारण मानसिक पीडामा पर्ने छोरीहरुले पढाईमा पनि राम्रो गर्न सकेका छैनन् । धौलाश्री माविका प्रधानाध्यापक छवि पौडेलका अनुसार गाउका विद्यालयमा दिन प्रतिदिन विद्यार्थीहरुको संख्या घट्दै छ । छोरालाई शहर पढाउने र छोरीले विद्यालय छोड्ने प्रवृति बढ्दै गएका कारण सो क्षेत्रका विद्यालय झनै संकटमा परेका छन् । “दिन प्रतिदिन विद्यार्थी घट्दै छन्, चाहिने जति शिक्षकको दरबन्दी पनि छैन ।’ पौडेलले भने–“यहाँका छोरीहरु जस्तै हामी शिक्षक पनि पिडामा छौं ।’ “गाउमा पढेर राम्रो हुन्न, राम्रो पढ्न त शहर मै जानु पर्छ भन्ने भान परेको छ यहाँका छोरीहरुलाई ।’ शिक्षक पौडेलले भने(“त्यसैले विद्यालय पुरा नगर्दै पढाइ छोड्ने प्रवृति बढ्दै गएको छ, यो समाजिक विकासमा बाधा खडा गर्ने डर लाग्दो प्रवृति हो ।’ शिक्षक कृष्णप्रसाद पौडेलका अनुसार छोरा र छोरीमा रहेको विभेद हटाउन सामाजिक चेतनामा जति विकास गर्नु आवश्यक छ त्यो भन्दा बढी विकास सरकारी विद्यालयको गुणस्तरमा गुर्न जरुरी छ । सरकारी विद्यालयको गुणस्तर बृद्धि नहुँदा विद्यार्थीहरु शहरका नीजि विद्यालय तर्फ पलायन भएका छन् । त्यसैले जसो तसो गरेर भए पनि सन्तानलाई नीजि विद्यालयमा पढाउनु पर्ने दवाव दुर्गमका अभिावकहरुमा पनि पर्दै गएको छ । गाउमा गुणस्तर युक्त विद्यालय नुहुनु र शहरमा पढाउन आम्दानीले नपुग्नु ग्रामिणि क्षेत्रका बासिन्दाको मुख्य पीडा बनिरहरेको छ आज भोली । सन्तानलाई नीजि विद्यालयमा पढाउन नसक्नेले हिनता बोध गर्न थालेका छन् । “त्यसैले सकी नसकी पनि छोरालाई शहरका बोर्डिङ्गमा पठाउछन, त्यसको मारमा छोरीहरु परेका छन् ।’ प्रअ पौडेलले भने । राज्यले सरकारी विद्यालयलाई पनि बोर्डिङ्ग शहर अंग्रेजी माध्यममा सञ्चालन गर्नु पर्ने धारणा शिक्षक पौडलको छ । बेला बेलामा समान शैक्षिक स्तरका लागि भन्दै विभिन्न विद्यार्थी संगठनले आन्दोलन गरे पनि ती आन्दोलनले सफलता नपाउनुको पछाडी राजनैतिक नेतृत्व कै कमजोरी भएको उनको ठम्याइ छ । “बेला बेलामा समान शिक्षाका लागि आन्दोलन नभएका होइनन, तर नेताहरु कुरा उठाउछन र खै के स्वार्थ पुरा हुन्छ अनि आन्दोलन पुरा गर्दैनन ।’ प्रअ पौडेलले गुनासो गरे । गरिबी, असमानता र अशिक्षाका कारण उत्पन्न सामाजिक विभेदका कारण छोमरोङ्गका जस्तै कैयौं ठाउका नेपाली छोरीहरु मानसिक पीडा सहन गर्न बाध्य छन् । यसले नेपालको सामाजिक विकासमा ठुलो अबरोध सृजना गरेको छ । सरकारले महिला बिरुद्धको हिंसा अन्त्यका लागि बिभिन्न कानुन ल्यायो तर कार्यन्वयन को अवस्था प्रभवकारी हुन सकेन । अझैपनि लैंगीक समानता को लागी स्थानिय स्तरमा बिनियोजित बजेट पनि फ्रीज हुने स्थिति छ भने महिलालाई दोस्रो दर्जामा राख्ने परम्परागत मूल्यमान्यता कायम नै छ । सामाजिक बिकास को अवस्थाबारे अनुसन्धान गर्दै आउनु भएका डा. गोबिन्द प्रसाद थापाले “महिला बिरुद्ध हुने हिंसा र न्यायमा पहुँच ” विषयमा गर्नु भएको अनुसन्धानमा छोरालाइ उत्तराधिकारी मान्ने परम्परागत धारणा को कारण नै धेरै छोरीहरु अन्यायमा पर्ने गरेको प्रष्ट पारिएको छ । “जती नै नितिगत व्यवस्था भएपनि महिलालाइ हेर्ने सामाजिक मनोबिज्ञान परिवर्तन नभएसम्म लैंगीक समानताको मान्यता सफल हुन सक्दैन” डा. थापा भन्नुहुन्छ । शिक्षा बिभाग अन्तर्गत अहिले कार्यन्वयनमा रहेको बालबालिका शिक्षा रणनिति २०६३ र लैंगीक मुलप्रवाहीकरण रणनिति २०६३ ले बिद्यालयमा छात्राको संख्या बढाउने उद्देश्य लिएको छ । तर पनि स्थानियस्तरमा कार्यन्वयन भएनभएको निगरानी नहुने परम्परागत कार्यशैली कायम नै छ । अर्कोतीर छात्रालाई भर्ना गर्नै पर्ने बाध्यकारी नियम ल्याउन नसक्नुले पनि धेरै बालिका हरु यस्ता नितिगत व्यवस्थाको पहुँच बाहिर नै छन् । यस्तो अवस्थाको अन्तका लागि सरकारी नीतिमा सुधार गर्नु जति आवश्यक छ, त्यो भन्दा बढी आवश्यकता छ–पुरुष प्रधान सोच परिवर्तन गरी छोरा छोरी समान हुन भन्ने कुरा स्थापित गर्नु । तथास्तु
•
read more...
माघे (मकर) संक्रान्ति
January 15, 2012
बलराम पौडेल “बाबु” नेपाल संस्कृतिको धनी देश हो । यहाँ विभिन्न प्रकारका पर्वहरु रहेका छन् । त्यसैमध्ये माघे (मकर) संक्रान्ति पनि एक महत्वपूर्ण पर्व हो । नेपालीहरुको धेरै पर्वहरुमध्ये माघ महिनाको शुरुवातको दिन अर्थात माघ १ गतेको दिनलाई माघे संक्रान्तिको रुपमा लिने गरिएको पाइन्छ । सूर्य एक राशीबाट अर्को राशीमा जानु वा प्रवेश गर्नु मकर संक्रान्ति हो । यही मकर संक्रान्तिको नामबाट माघे संक्रान्तिको नाम जुरेको हो । मकर संक्रान्तिमा सूर्य उत्तरायण हुन्छ । जसले गर्दा वातावरणमा पनि विस्तारै परिवर्तन हुँदै जान्छ । मकर संक्रान्तिलाई एउटा छुट्टै महत्व झल्काउने पर्वको रुपमा लिइन्छ । यस दिन विशेष गरी वन तरुल, सखरखन्न, खुदो, चिउरा, घ्यू, चाकु र विभिन्न परिकारहरु तयार पारेर खाने गर्दछन् । समुदायमा विशेष खाद्य वस्तुको नामबाट नै यो पर्वको नाम घ्यू, चाकु ‘संल्हु’ रहन गएको छ । उनीहरुले चाकुका तिल राखी लड्डु बनाई खाने र दान दिने गर्दछन् । बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनिष्ठ गरी विभिन्न परिकारहरु तयार पार्दछन् र सम्पूर्ण घर परिवार जम्मा भएर मिठा मिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःख, सुखका गफमा रमाउँदै, भजनकृतन गर्दै यस पर्व मनाउने गर्दछन् । यस दिनमा तिलको होम, दान तथा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने जनधारणा पनि पाइन्छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पूण्य प्राप्त भई रोगब्याधीबाट टाढा रहने जनविश्वास पनि रहिआएको छ । माघे संक्रान्ति आउनु भन्दा एक दुई दिन अगाडि संक्रान्तिको दिनलाई भनेर गाउँघर तिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती बोकेर नजिकको वनतर्फ लाग्नेको भिड देख्न पाइन्छ । गाउँलेहरु तछाड र मछाड गर्दै वनतरुल खन्ने र जम्मा गरेको तरुल घरमा ल्याई विभिन्न परिकारसँग मिसाउने र खाने गर्दछन् । मकर संक्रान्ति वा घ्यू, चाकु, खुदो, तरुल, सखरको दिन धार्मिक दृष्टिले मात्र होइन कि वैज्ञानिक तबरबाट पनि उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रुपले हेर्ने हो भने यस दिनमा यदि कुनै पनि मानिसले घर, आगन र आफ्नो शरीर शुद्ध गरेन भने सात जन्मसम्म पनि निर्धन, रोगी हुन्छ भन्ने जनमान्यता पाइन्छ । यसलाई वैज्ञानिक दृष्टिकोणले हेर्दा भने यस पर्वमा गरिने सम्पूर्ण कार्य मानिसको सरसफाईमा एवं निरोगी बनाउन गरिने देखिन्छ । जुन मानिसको शरीरमा बाह्रय तापक्रम र आन्तरिक तापक्रम मिलाउनका लागि गरिएको वा शरीरको तापक्रम सन्तुलन वा एकनास राख्नको लागि यो कार्य गरिएको देखिन्छ । शरीर स्वस्थ राख्नु अति आवश्यक हो । त्यस्तै आन्तरिक रुपले शक्ति प्राप्त गर्न पनि विभिन्न शक्ति प्रदान गर्ने परिकारहरु उपभोग गरी शरीर तन्दुरुस्त, फूर्तिलो पार्ने पनि चलन छ । यसले गर्दा पनि नेपालीहरुको लागि माघे संक्रान्ति पर्व अति महत्वपूर्ण रहेको छ । अझ भनौ शहरी भेगमा भन्दा ग्रामीण भेगमा माघे संक्रान्तिले तरुल, सखर, खुदो, चाकु, चिउरासँगै परिवारमा मेलमिलापको वातावरण सिर्जना गर्दछ । त्यसैले माघे संक्रान्ति सधै खुशी नै खुशीको संक्रान्ति बनोस् शुभकामना ।।
•
read more...
नेपाललाई नरक होइन स्वर्गालोक बनाउन पहल गरौं
December 30, 2011
शिवप्रसाद गौतम लोक भनेको ब्राह्मण्डको कुनै एक भाग अथवा खण्ड, संसार, जगत, दुनिया हो । पुराण अनुसार स्वर्ग, मत्र्य र पातल तीन लोक छन् । गरुड पुराणमा बैकुण्ठ लोकको परिकल्पना पनि गरिएको छ । पृथ्वीसहित उभोक, भूर्लोक, भूवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक सात र उधोक अतल, सुतल, वितल, तलातल, रसातल महातल र पातल सात समेत चौध भुवन, ग्रहमण्डल । जस्तो सूर्यलोक चन्द्रलोक, धु्रवलोक आदि मुख्य देवताको निवास्थान (जस्तो– शिवलोक, विष्णुलोक, ब्रह्मलोक आदि पुराण अनुसार प्राणी जीवित छँदा भोग गर्ने र मरेपछि पुग्ने ठाउँ, इहलोक र परलोक, समान संस्कृति भावना र सामाजिक स्थिति भएका खास भौगोलिक इकारमा रहने मानिसहरुको समुदाय, जनसमूहलाई नेपाल भनिन्छ । अर्थात नेपाल पनि पृथ्वीको एक लोक हो । जनआन्दोलन ६२–६३ ले नेपाल बहुसंख्याक जनताद्वारा छानिएका प्रतिनिधिहरुको सम्मति अनुसार शासन व्यवस्था चल्ने र नीति निर्धारण आदि हुने शासन प्रणाली लोकतन्त्रमा चल्ने मुलुकमा परिणत भएको छ । यति मात्र होइन जनताले आफ्नो हितका लागि आफ्नै प्रयास तथा चाहाना अनुसार स्थापना गरेको सशासनतन्त्र, प्रजातन्त्र, लोकतन्त्रमा आधारित जनतन्त्र स्थापना गरेको शासनतन्त्र, प्रजातन्त्र लोक तन्त्रमा आधारित जनतन्त्र समेत व्यवहारमा होइन शब्दमा नेपालमा आइसकेको छ । हाम्रो मातृभूमि नेपाल आमा संसारका देशहरु मध्य विश्वको सुन्दर देश हुन् । आमाको सेवा गर्नु सम्पूर्ण सन्ततिहरुको कर्तव्य हो । कर्तव्य नगरी अधिकार मात्र खोज्नु महान भूल हो । ऐने नेपालमा कर्तव्य नगरी अधिकार मात्र खोज्नेहरुको भिड छ । कानून हातमा लिएर मनपरी गर्नेहरुले नाजायज फाइदा लिएका छन् । मुलुकमा दण्डहिनता हावी भएको छ । अनुशासनमा रहँने नागरिकले अत्यन्त दुःख पाइरहेछन् । सफल जीवनका ३ कुरा मिल्नु पर्छ । ती हुन् (१) हिसाव (२) पिसाप (३) निसाप (१) हिसाव– राज्यको आर्थिक प्रशासन आम्दानी खर्चको व्यवस्था गरिएको हुन्छ । राज्यकोषको आम्दानी खर्च आर्थिक ऐन नियमहरु अनुसार भएन भने वेरुजू हुन्छ । बेरुजू भनेको अनियमित खर्च हो । ऐले नेपालको अनियमित खर्च वेरुजू २५ अर्ब छ । यसबाट प्रष्ट हुन्छ नेपालमा सरकारी रकम आम्दानी खर्चमा अनुशासन छैन । वित्तीय अवस्था अतयन्त नाजूक छ । (२) पिसाप– समयमा पिसाप भएन भने नागरिक रोगी हुन्छन् । रोगी जनताले देश विकासको काम गर्नु त परै जावस उसको उपचारमा राज्यले धेरै धन खर्च गर्नुपर्छ । (३) इन्साफ– अन्यायमा परेकालाई राज्यको तर्फबाट इन्साफ दिनुपर्छ । अन्त्यायमा परेकाले न्याय पाएन भने उसको आत्मा रुन्छ । अन्याय गर्नेको जित हुनु हुँदैन । यो भयो भने राज्यमा भ्रष्टाचार बढ्छ । ऐले नेपालमा अन्यायको बेलबाला बढेको छ । यी तीन कुरोको तादात्भ्यता छैन । तयसैले हामी नेपाली विकासमा पछि परेका छौं । हाम्रा धर्मशास्त्रले मानिसले ८४ लाख जुनी भोग्ुन पर्छ भनेका छन् । संसारमा धेरै देवता भएको धर्म हिन्दू धर्म हो । हाम्रा धर्म शास्त्रले ३३ कोटी देवता छन् भन्ने उल्लेख गरेका छन् । त्यस्तै लोक पनि धेरै छन् भन्ने भनाई छ । मानिसहरुले आफूले गरेका कर्मको आधारमा मृत्यू पश्चात जाने लोकको पनि वर्णन छ । कर्म दुई प्रकारका छन् ती हुन् (१) सतकर्म (धार्मिक कार्य) (२) असत कर्म (पापी काम) जुन काम गर्नाले आफ्नो पनि कल्याण हुन्छ र अरुको पनि कल्याण हुन्छ त्यो कार्य धार्मिक कार्य हो । सत कर्म गर्नेहरु स्वर्ग जान्छन् र असत कर्म गर्नेहरु नरकमा जान्छन् । सृष्टिको सर्वश्रेष्ठ प्राणी मानवले उसको मृत्यु पश्चात जाने लोकको परिकल्पना अझै गरेको छ । कर्मको आधारमा मृत्यू पश्चात जाने लोक (१) स्वर्ग (२) नरक (३) वैकुण्ठ (४) मत्र्य (५) पाताल । धर्मात्मा स्वर्ग जान्छन् पूण्य सकिएपछि पुन जन्म लिन पृथ्वीमा आउँछन् । गरुड पुराण अनुसार बैकुण्ठ जाने व्यक्तिहरुले पुनजन्म लिनु पर्दैन भन्ने विश्वास छ । मृत्य भएको घरमा मृत आत्मा बैकुण्ठ जाओस् पुनरजन्म लिन नपरोस भनी गरुड पुराणवाचन गर्ने परम्परा छ । मत्र्यलोक भनेको जन्मनु मर्नु फजितिमा परिरहने लोक हो । पाताल भनेको पौर्वात्य परम्परा अनुसार पृथ्वीका तलतिर रहने सातलोक मध्य सबभन्दा तल्लो लोक पत्ताल नागलोक, पृथ्वी भन्दा तलको कुनै लोक हो । दैत्य दानवहरु पातालवासी हुन् । खराब आचरणका व्यक्तिहरुलाई राक्षस भनिन्छ । उनीहरु बस्ने ठाउँलाई पाताल भनिन्छ । असल काम गर्ने मानिसलाई देवता स्वरुप मानिन्छ यस्ता मानिस स्वर्गमा बस्छन् । स्वर्ग भनेको पूण्यात्मा र सत्कर्मीहरु मृत्यूपछि सुखभोग्न जान्छन् भनी पुराण, स्मृति आदिले भनेको लोक हो । देवलोक हो । अमरावती, इन्द्रपुरी अत्यन्त रमणीय ठाउँ, सुन्दर स्थान आदिलाई स्वर्ग भनिन्छ । नेपाल प्राकृतिक हिसावले स्वर्ग समान छ । यहाँका प्राकृतिक सौन्दर्यले विश्वका मानिसहरुलाई लोभ्याइ रहेको छ । त्यसैले विश्वका अधिकांश मुलुकका मानिसहरु नेपाल घुम्न आउँछन् । नेपालमा पर्यटकको रुपमा घुम्न आउन पाउँदा आफूलाई धेरै नै भाग्यमानी ठान्ने बिदेशी पर्यटकहरु पनि नेपालमा भेटिएका छन् । बैज्ञानिक चमत्कार देखि वाक्क भएका पश्चिमी मुलुकका जनता नेपालको सुन्दर प्राकृतिक छट्टा हेर्न आउँछन् । नेपालका विश्व प्रसिद्ध उच्च हिमशिखर, हरिया वनजंगल, स्वच्छ पानी वगेका नदी विभिन्न प्रकारका प्राकृतिक सुन्दर दृश्यको दृश्यावलोकन गर्न कसलाई इच्छा हुन्न र । त्यसैले उनीहरु नेपालमा आउन मरिहत्ते गर्छन् । नेपालले सन् २०११ लाई पर्यटक वषर्् घोषणा गरेको छ भने १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पनि राखेका छ । पर्यटक हाम्रा पाहुना हुन् । उनीहरुको स्वागत सत्कार गर्नु हाम्रो धर्म हो । पर्यटक देशको अर्थतन्त्र मजवुत पार्ने श्रोत हुन् । वैदेशिक मुद्रा आर्जनमा पर्यटकको अग्रणी भूमिका छ । पूर्वको स्वीजरल्याण्ड भनेर विश्वमा चिनिने नेपाललाई हामी नेपाली कै अर्कमण्यताले गर्दा नरक बनाइ रहेका छौं । अशान्ति, हिंसा, हत्या, बन्द हडताल जस्ता कूकर्मले गर्दा बिदेशी पाहुना आउन डराउँछन् । देशमा शान्ति स्थापना गरी बिदेशी पाहुना जति सक्यो बढी भित्र्याएर बैदेशिक मुद्रा स्वदेश भित्र्याएर देश विकास गर्नु हाम्रो कर्तव्य हो । शान्ति सुरक्षा मानव जीवनको नैसर्गिक आवश्यकता हो । अशान्ति नरकमा हुन्छ भने शान्ति स्वर्गमा हुन्छ । त्यसैले नेपाललाई नरक होइन स्वर्ग बनाउन आपसी मनमुटाव त्यागेर पारस्परिक समजदारी कायम गरेर नेपाललाई स्वर्ग बनाउँ यसैमा सम्पूर्ण नेपालीहरुको कल्याण छ शुभम् ।
•
read more...
जिम्मेवारी मेरो, तिम्रो र हामी सबैको
December 8, 2011
राजन गोदार सोसल सेक्युरिटी, आजकाल पश्चिमा मुलुकतिर अत्याधिक दोहो¥याइने अवधारणा हो । विवेकपूर्ण मान्छेहरु मात्रै रहने समाज स्वयं आँफैमा सुरक्षित हुन्छ । तर हाम्रो आधुनिक समाजमा विवेकहिनहरु पनि छन् जसका कारण समाज सँधै असुरक्षित हुन्छ । सामाजिक सुरक्षाको अवधारणा विकासक्रममा सामाजिक विकासको अध्यय्नलाई पनि महत्वपुर्ण तरिकाले हेर्ने गरिन्छ । यी दुई विषयको अन्तर्निहित सम्बन्धका बारे गहिरो अध्यय्नको खाँचो छ । के सामाजिक विकाससँगै आउने भौतिक विकाससँगसँगै असुरक्षाको सम्भावना पनि बढेर जान्छ होला ? हो, भौतिक विकाससँगसँगै असुरक्षा बढ्दै जान्छ । यसप्रतिको हाम्रो सचेतना, चोरी, लुटपाट, डकैती, गुण्डागर्दि जस्ता क्रियाकलापहरु विरुद्धको हाम्रो आवाज कम्जोर छ । यस्ता कार्यहरुविरुद्ध उत्रन सक्ने हाम्रो पुर्वतयारी कम्जोर छ अर्थात त्यस्तो खालको पुर्वतयारी हामीले गरेकै छैनौं । यस्ता क्रियाकलापहरुले समाजमा ठूलो आतंक मच्चाइरहेका हुन्छन् । आतंकित(सशंकति भएरै निदाउनु पर्ने हाम्रो वाध्यता बनेको छ । यस्तो संवेदनशिल विषयप्रति मेरो जीवनमै पहिलो पटक कलम चलाउनु, मेरो कम्जोरी । गृहकार्य र तयारी गरे यसको समाधान असम्भव छैन भन्ने बुझ्दा–बुझ्दै समाधानको प्रयास नगर्ने तिम्रो कम्जोरी । प्रहरी र समाजको सहकार्य भयो भने मात्रै पनि ७० प्रतिशत अपराध कम हुन सक्छ भन्ने सबैले बुझेकै कुरा हो तर यो सहकार्यका लागि उत्साह नदेखाउनु प्रहरी र नागरिक दुवैको कम्जोरी । सामाजिक एकता नै यस्ता घटनाहरुबाट जोगिने सर्वोत्तम उपाय हो भन्ने हामी सबैलाई थाहा हुँदा(हुँदै एकताको पहल नगर्ने हामी सबैको कम्जोरी । तसर्थ कम्जोरी सबैको हो । हरेक व्यक्ति, टोल, समाज, शहर, सामाजिक संस्थाहरु, सरकारी(गैह्रसरकारी संस्थाहरु, प्रशासन संयन्त्र सबैको कम्जोरी बराबर छ । म पनि उम्कन सक्ने गरी कम दोषी छैन, न तिमी नै कम दोषी छौ । आजको समय, सामाजिक सुरक्षाका विषयमा चर्चा(परिचर्चा, यससम्बन्धि वृहत्तर अध्यय्न र अनुसन्धानको आवश्यक्ता भैसकेको भएतापनि अखबारहरु र सञ्चार माध्यमहरुमा यस्ता खालका घटना(दुर्घटनाहरुको समाचार त पढ्न र सुन्न पाइन्छ तर उपायमुलक विश्लेषण र अनुसन्धानका बारे पढ्ने र सुन्ने निकै कम मौका मिल्छ । हो, अध्यय्न कम नै भएको हो । आजको यस लेखमा सामाजिक सुरक्षाको जिम्मेवारी कस(कसको हो ? कुन–कुन अङ्गको हो ? के प्रहरीको मात्रै दायित्व हो ? कस्ता उपायहरु अपनाएर हामी हाम्रो समाजलाई सुरक्षित बनाउन सक्छौं ? कस्ता निती र प्रविधीको प्रयोगमा हाम्रा आफ्नै टोलहरु सुरक्षित राख्न सक्छौं त ? भन्ने विषयमा सामान्य विश्लेषण र चर्चा गरौं । चोरी हुन्छ, चोरहरु भाग्छन् । प्रहरीलाई ढिलो आइदिएको आरोप लाग्छ । गुण्डागर्दी, डकैति हुन्छ, मान्छे मारिन्छन् तर उनीहरु उम्किसक्छन् । फेरी प्रहरीलाई मिलेमतो गरेको आरोप लाग्छ । प्रहरी–प्रशाशनको जति सम्मान र प्रशंशा हुन्छ, यसप्रति मान्छेको जति आशा छ, उत्तिकै आरोप पनि छ र उत्तिकै निराशा पनि । लुटेराहरु ढुक्क छन् लुट्ने कुरामा । लुट्पाट्को क्रममा हुन सक्ने सम्भावित खतराहरुको प्रशस्त जानकारी छ उनिहरुसँग । तर ती जानकारीबाट उनीहरु डराउँदैनन् । किनकी ति संयन्त्रहरुमाथि उनीहरुले जित्न सक्ने विश्वास छ, उनीहरुमा । टोलमा टोलबासीहरुबीच नै एकता छैन । जहाँ एकता छैन, त्यहाँ लुटेराहरुको पनि आँखा लाग्छ । तसर्थ यस्ता घटनाहरुबाट जोगिन सामाजिक एकता नै प्रथम उपाय हो र अन्य कुराहरु सहायक हुन् भन्ने मेरो ठम्याई छ । हरेक घटनापश्चात प्रहरीलाई आरोप लगाएर हामी हाम्रो कम्जोरी लुकाउन खोज्छौं । तर के प्रहरीको पुर्णदायित्व वहन मात्रै काफि छ त? प्रहरीसँग समाजको सहकार्यको कुनै भुमिका छ कि छैन ? समाज र प्रहरीको बल, बुद्धि र विवेक मिलेको दिनमा अपराधिहरु सँधै भागिरहन, लुकिरहन र लुटिरहन सक्षम हुनेछन् ? कदाचित यो सम्भव हुने छैन । त्यसोभए किन छैन त अपराधविरुद्ध प्रहरी र समाजको सहकार्य ? यसबारे सायद निकै कम गृहकार्यहरु भएका छन् । गृहकार्य भएकै भएपनि निकै कम र तिनका परिणामहरुले गति लिन सकिरहेका छैनन् । नागरिक दुवैसँग त्रस्त छ । अपराधिसँग पनि डराउँछ, प्रहरीसँग पनि । अपराधिसँग त डरायो, प्रहरीसँग चाँहि किन डराउँछ ? प्रहरीको कम्जोर क्षमताका कारण डराउँछ । त्यसोभए प्रहरीलाई बलियो बनाउने भुमिका कसको हो ? हाम्रो हो । प्रहरी प्रशाशनमा अपवादहरु पनि हुन सक्छन्, जसका कारण प्रहरीको चरित्रमाथि शंका गरेर नागरिक डराउँछ । कसले गर्छ त ती अपवादहरुको भण्डाफोर ? हामीले गर्नुपर्छ । प्रहरी मात्रै दोषि हुन्छ त ? के हामी सँधै निर्दोष छौं ? होइन, दोषी सबै छौं । तर प्रहरी र हामीबीचको हातेमालो र सहकार्य नै त्यो शक्ति हो जसले त्यस्ता अपराधिक गतिविधीहरुविरुद्ध लड्ने क्षमता राख्छ । हामी कर तिर्छौैं विभिन्न बहानामा । कर तिर्नु हाम्रो कर्तव्य हो । तर कर तिर्नुको कर्तव्य सँग(सँगै हामीले पाउने धेरै अधिकारहरु छन् जसका लागि हामी कति सचेत छौं ? हाम्रै समाज, टोल, गाउँ, शहर र समुदायहरुका लागि निर्मित, स्थापित थुप्रै ती संस्थाहरु छन् । हाम्रो सुरक्षाको लागि भनेर के कहिल्यै हामीले उनीहरुको ढोका ढक्ढक्याउने प्रयास ग¥यौं ? ग¥यौं होला, तर सडक, खानेपानी, मन्दिर, विद्यालय जस्ता चिजहरुका लागि र यति नै बेला हामीले बिर्सेकै छौं कि सुरक्षा पनि हाम्रो आधारभुत आवश्यक्ता हो । तसर्थ एकपटक थोरै मात्र आँफैसँग विश्लेषण गरौं त, हाम्रै समाज, हाम्रै टोलहरुबाट हाम्रै समाज, हाम्रै गाउँ र टोलका लागि बनेका विभिन्न संस्थाहरुको सामाजिक सुरक्षाप्रति कुनै जिम्मेवारी छ वा छैन ? सामाजिक सुरक्षा अति नै महत्वपूर्ण र संवेदनशिल विषय हो । समाजमा सामाजिक सुरक्षाका खम्बाहरु निर्माण गर्ने जिम्मेवारी कस–कसको हो ? जो जो जहाँ जहाँ हुनुहुन्छ, जुन जुन परिस्थतीमा हुनुहुन्छ त्यहिँ रहेर आफ्नो टोल र समाजको सुरक्षाप्रति विश्लेषण गर्न, सोंच्न, उपायहरुको निर्माण गर्न कम्तिमा हरेक दिन केही समय खर्च गरौं । सोंचौ पनि कि समाजमा रहेका कुन(कुन निकायहरुको जवाफदेहिता हुनुपर्छ? के प्रहरी प्रशाशन एक्लै मात्र काफि छ ? राष्ट्रिय तथा स्थानिय निकायहरुको कस्तो भुमिका रहन सक्छ ? के नगरपालिकाको नगर प्रहरी मात्रै काफि छ ? के दिर्घकालिन सुरक्षाका उपायहरु अपनाउन एउटा घर, एक व्यापारी, एक प्रहरी, एक योजनाविद मात्रै काफि छ त ? चोरी, लुटपाट, गुण्डागर्दि, हत्या जस्ता घटनाहरु श्रृंखलादद्ध घटिरहेका छन् । अखवार, सञ्चार माध्यमहरुमा दिनहुँजसो यस्ता घटनाहरुको समाचार सुन्दा मान्छेलाई नौलो नलागेको धेरै समय भैसक्यो । अस्वाभाविक हुन् तर मान्छेलाई स्वभाविक लाग्दछ । किनकी यस्ता घटनाहरु नघटेको दिन खोजेरै पाइन्छ । अपराधिक गतिविधीहरु वाध्यता हुँदै होइनन् । बरु रहर हुन् ति चोरहरुका, लुटेराहरुका, गुण्डाहरुका कि हाम्रो सुरक्षासँग सँधै खेलिरहने, जिस्किरहने । हाम्रो हामीबीचकै दयालाग्दो एकता, शुन्य सहकार्य र पुर्वतयारी सँग उनीहरु खेलिरहन्छन् । एउटा एक्लो मान्छेले बन्दुकको सट्टा बम राखोस् आफ्नो र आफ्नो सम्पत्तिको सुरक्षाका लागि, त्यो काम आउँदैन जबसम्म सामाजिक एकता, व्यापारिक एकता, सहकार्य र हातेमालो हुँदैन । एकता, सहकार्य र हातेमालो जस्ता चिजहरु मनोवैज्ञानिक धारणाहरु ह्ुन् जसको ठोस् कार्यान्वयनका लागि कुनै खालको प्रविधीको प्रयोग आवश्यक हुन सक्छ । आजकाल बजारमा थुप्रै प्रविधीहरु आएका छन् । नेपालमा पनि यस्ता सुरक्षाप्रविधीको प्रयोग बिस्तारै बढ्दै गएको पाइन्छ । जुम्लयाहा वैज्ञानिक राम(लक्ष्मणको नेपाली आविष्कार सायद नेपाली समाजका लागि काफी मिल्दोजुल्दो छ । अन्य धेरै खाले सुरक्षा प्रविधीहरुको पनि उपलब्धता त छ तर तीमध्ये धेरैजसो विदेशबाट सिधै आयात गरिएका प्रविधीहरु नेपाली संरचनासँग मेल नखाने सम्भावना धेरै हुन्छ । प्रविधीको प्रयोग किन आवश्यक छ त ? किनकी प्रविधीले सुचनाप्रणाली चुस्त राख्छ । आजको हाम्रो समाज प्रविधीले हाँकेको समाज हो । प्रविधीको प्रयोगविना प्रायजसो नितीनियमहरु सफल नै हुँदैनन् । जब सुचनाप्रणाली चुस्त रहन्छ, सुरक्षित रहन्छ तब मात्रै अन्य नितीहरु सफल हुन्छन् । सुरक्षाका लागि प्रविधी अपनाउँदा सुरक्षाप्रविधीको छनौटमा त ध्यान पु¥याउनु आवश्यक छ नै । तर प्रविधीको प्रयोगलाई बेवास्ता गर्न मिल्दैन । तसर्थ मलाई लाग्छ, सामाजिक एकता, प्रहरीको इमान्दारी, प्रहरी र समाजबीचको सहकार्य, सुरक्षाप्रविधीका लागि विभिन्न निकायहरुको हौसला, सहयोग र प्रविधीको बलियो संयोजन नै ती अपराधहरुविरुद्धको शक्ति हो । हरेक घर, टोल, समुदाय, समाज, व्यवसायहरुको सुरक्षाको अभिलाषा राख्दै र आउने दिनमा सामाजिक सुरक्षाका बारे थप कलम चलाउने बाचा गर्दै । प्रतिक्रियाका लागिः चबवबल।नयमबच२नmबष्।िअयm
•
read more...
पाएँ सीमित, गुमाएँ सारा
September 27, 2011
महेश भण्डारी मान्छे स्वभावतः घुमन्ते प्राणी हो । एक ठाउँमा स्थीर भएर बस्नु उसको स्वभाव होइन । यो मानवीय गुणले मान्छेको उत्पत्ती बाँदरबाट भएको पुष्टी समेत गर्छ । बाँदर र मान्छेबीच केही गुणहरू समान छन् । हर मौसम, हर प्रहर एउटै जंगलमा बसिरह्यो भने लोप हुने डरले बाँदर बसाईं सरीरहन्छ । ठाउँ सर्न जानेको हुनाले बाँदरको आयु कुकुरको भन्दा लामो हुन्छ । भक्तजनले दिएको फलफूल र केरामा पल्केर एकै ठाउँमा बसेको हुनाले पशुपतिका बाँदर यतिखेर लोपोन्मूख अवस्थामा छन् । ‘ह्युमन साइन्स’ भन्छ, परिवर्तन मान्छेको स्वभाव हो, चाहना हो । नयाँ ठामको, नयाँ नामको र नयाँ दामको खोजीमा मान्छे सात समुन्द्र कट्छ । हाम्रो सनातन समाज यस्तो परिवर्तनलाई आत्मसाथ नगर्ने मान्छेलाई बेला र मौकालाई नबुझ्ने लाटो मान्छेको संज्ञा दिन्छ । बेला सिद्धिएपछि समयले काजीलाई पाजी र पाजीलाई काजी बनाएको हाम्रो आफ्नै सेरोफेरो छ । बेला नबुझ्दा मान्छे लाटीले केरा हेरेझैं हेरिमात्र रहन्छ । गर्न केही सक्दैन । कहिलेकाहिँ अचम्म लाग्छ, मलाई परिवर्तन कहिल्यै पनि मन परेन । म जस्तो छु, त्यस्तैमा रमाइरहें । समय र अवसरलाई राम्ररी चिनेका केही साथीहरू सम्झन्छु यस घडी । उनीहरू शुरुदेखि जेमा कमजोर थिए, त्यसैमा पछि गएर ‘पायोनियर पोजिसन’ हासिल गरे । उनीहरूलाई दुःख नै गर्नु परेन । अभिभावकको माया, अग्रजको सल्लाह र साथीहरूको सहयोग उनीहरूलाई बापौतीजस्तै भएर प्राप्त भयो । उनीहरूलाई मिलेको त्यो आनन्दको जीवन देख्दा ईष्र्या लागेर आउँछ ! म आँफू केही जान्ने र बुझ्ने हुँदा जस्तो छु, म आँफूलाई त्यस्तै अज्ञानी र लाटो पाउँछु अझैपनि । अरुले ममा के देख्छन्, मलाई त्यत्ति हेक्का भएन । अरुले दिएको विशेषण र प्रशंसाको पछि कहिल्यै दौडिनँ । दौडेको भए मेरो आफ्नै इतिहास हुन्थ्यो होला, मेरो आफ्नै हिसाब हुन्थ्यो होला । त्यसमा पनि हिसाबकिताब र जोडघटाऊमा म सानैदेखि कमजोर मान्छे ! मान्छे जातैले अरुको चश्मामार्फत आफ्नो मूल्यांकन गर्ने प्राणी हो । लाग्छ, उसको आफ्नो आँखा छैन । हामीले हेर्ने चश्मा गलत भइदियो भने मन जतिसुकै शुद्ध र दिमाग जतिसुकै तेजिलो भए पनि हामी सही दृष्य पहिलाउन सक्दैनौं । हामीसँग दुनियाँ हेर्ने हाम्रो आफ्नै आँखा छैन । हामी अरुको चश्माबाट दुनियाँ बुझ्ने कोसिस गर्छौ । साथी र शुभचिन्तकले नउचाल्ने हो भने हामीलाई हाम्रो आफ्नै तौलको बारेमा समेत थाहा हुँदैन । हामीलाई अरु कसैले टुडिखेलका च्याङ्ग्रालाई उचालेझैं उचालिरहनुपर्छ । नत्र हाम्रो आफ्नै महत्व र घनत्वको हामी आँफैलाई मेसो मिल्दैन । साथीले नउक्साईकन प्रियतमालाई ‘आई लभ यू’ समेत भन्न नसक्ने मानसिकतामा हुर्केको एउटा सकल समय सिनित्तै बिताइयो । उदेकलाग्दो छ त्यो बेसारे कालखण्ड ! भूपी शेरचनको कविता ‘हामी’ धेरै अर्थमा सार्वकालीन लाग्छ । भाई मन क्षेत्रीको झोलाभित्र त्यो कविता समेटिएको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ नामक किताब प्रायः रहिरहन्छ । मैले मित्र कपिल शर्मा संजोगलाई समेत त्यो किताबबाट ‘हामी’ कविता रहरले पढेर सुनाएको छु, क्याफे दि गार्डेनको कुनै एक साँझ । कविताभित्र केही पाइतला, छाती र निधारका शक्तिशाली बिम्बहरू छन् । जतिपटक पढ्छु त्यो कविता मलाई त्यत्ति पटक खेद लाग्छ, आँफू फगत् पाइतला पनि बन्न नसकेकोमा । मान्छे बन्नु परको कुरा हो । मलाई दुःख छ कि सकल जीवन एउटा छाती पनि बन्न सकेन । यसर्थ विसंगत नै सही, म आँफू किन मान्छे बन्न सकिनँ ? मलाई मेरा केही पुराना साथी प्यारा लाग्छन् । लाग्छ, मेरो आकाश त्यही हो । मलाई मेरा केही पुराना बानीहरू मन पर्छन् । लाग्छ मेरो जीवन यही हो । मलाई मेरा केही पुराना ठाउँ मन पर्छन् । लाग्छ मेरो संसार यही हो । केही दर्जन चुरोटको खिल्ली, दैनिक दर्जनौं चिया र कफीको प्याला, एउटै रेष्टुराँको आँगन, केही साथीको बारम्बारको मेसेज र फोन वार्ता, टेलिभिजन र रेडियोका सीमित च्यानलहरू । लाग्छ मेरा रीत, गीत र प्रीत यिनै हुन् । नयाँ मान्छे, नयाँ ठाउँ र नयाँ अवसरप्रति म सँधै बेखबर र उदासीन रहे । लाग्छ पाएँ सीमित, गुमाएँ सारा । प्रिय तिमी, मेरो यो सानो संसारलाई तिमी स्वर्ग ठान्छ्यौ र रिस गरिरहन्छौं मेरो र मेरो संसारको । धन्य तिमी ! सम्झन्छु मेरो एउटा गाउँले पात्र, गोर्जेल्नीको लाटो । उसको बारेमा सम्भवतः ०५९ सालमा मैले लेखेको त्यो आलेख गत हप्ता मित्र रेशम जि.सी. सम्झाउँदै थिए, ‘गोर्जेल्नीको लाटो, लामखुट्टे र मान्छेहरू’ । त्यो लाटो अक्सर एउटै कट्टु, एउटै गाग्री अनि एउटै टोपी लगाएर घरपरिवार र पाहुनलाई दैनिक पानी ओसाथ्र्यो, अझै ओसारिरहन्छ र बाटोमा भेटेजति दाउराका टुक्रा खोजीखोजी टिप्थ्यो, अझै टिपीरहन्छ । पानी, एउटा सीतलताको प्रतिक । हातमा लिएको दाउरा, आगोको प्रतिक । दायाँ काँधमा बोकेको गाग्रीले सितलताको ध्वनी निकाल्थ्यो । बाँया हातमा मुट्ठीभर लिएको दाउराको मुठोले आगोको संकेत छाड्थ्यो । जीवन यसैगरी बित्यो र अझ बितीरहेछ । एउटा सुन्दर सन्तुलन देखिन्छ उसको दैनिकीमा । पानी र आगोलाई बरोबर र बराबर माया गर्ने उसको त्यो आदत संग्रामीय छ । त्यो लाटोको अझै पनि उस्तै छ अनुहार । उस्तै छ पानीप्रति उसको मोह । उस्तै छ आगो प्रति उसको अनुराग । ठाउँ उही छ, घर उही छ, पाहुना उही छन् । ऊ पानी बोकिरहेछ । आगो सल्काइरहेछ । सँधै पानी र आगोको जोहो गर्दा गर्दै उसको जीवन सिद्धिने पक्का छ । मान्छेहरूप्रति ऊ सँधै उदासीन, ऊप्रति मान्छेहरू सँधै बेखबर । आम मान्छेको माझमा ऊ मान्छे या अमान्छे ? कहिलेकाँही लाग्छ, हो म त्यही लाटो हुँ जो समयको छक्कापञ्जा जान्दैन । यसर्थ समयभन्दा धेरै पछि छु म । किन मैले जीवनभर आफ्नै बारेमा सोचिनँ ? काम, काम र कामबाहेक जीवनमा अर्को कुनै धून रहेन । सोच्ने सायद कुनै फुर्सद मिलाइन । मेरा एक मित्र भन्थे कि संसारमा धनी मान्छे त्यही हो जसले फुर्सदको समय निकाल्छ । किताबका अक्षर अक्षरमा आँखा डुलाएको समयलाई फुर्सदको समय नमान्ने हो भने मसँग फुर्सद कहिल्यै पनि भएन अहिलेसम्म । लाग्छ, म यसर्थ गरिब मान्छे हुँ । बाबा सँधै भन्नुहुन्थ्यो, ‘धेरै दुःख नगर, छोरा ।’ लाग्थ्यो, बुढाले मायाको औपचारिकता पुरा गरेका मात्रै हुन् । होइन रहेछ । बुढाले आफ्नो भोगाई बोलेका रहेछन् । दुःख आँफै गर्ने जिनिस होइन, दुःख अरुलाई दिने जिनिस रहेछ । फुर्सद हुनु र नहुनु बीचको भेदमुन्तिर दुःख तराजु भएर झुण्डिन्छ । कवि राजवको यो कविता आजको लागि एउटा सम्बोधन बन्यो केवल तिम्रो लागि ः पुरानो पाइन्टको पछिल्लो खल्तीभित्र लुकाएँ मैले आफ्नो दुःख ! ाचभभद्दखष्दचबतभ२थबजयय।अयm
•
read more...
पहिरो ः भिरको र मनभित्रको
September 24, 2011
सुशिल ज्वारचन यस वर्ष विगतका वर्ष हरmमा जस्तो प्राकृतिक विपक्ति केहि पाहाडी भुभाग वाहेक त्यति धेरै सतब्धकारी घटना हरु भएर सञ्चार माध्यम्मा छाएन। तयापी पाहाडी भेगमा भएका पहिरोका घटना र त्यसले निम्त्याएको वियोगान्त अन्त्य हरु पनि कम मर्माहत थिएनन । पहाडी भेगमा पहिरोको क्रम वर्षाको अनुपात कम नभएसम्म भंग हुने वाला छैन ।पछिल्लो वर्ष हरु देशको वातावरण राजनिति सगै पर्यावरणिय रुपमा पनि निकै खल्बलियको छ । प्राकृतिक स्रोतको महत्वपुर्ण पक्ष वनजंगलको विनाश पाहाडी भु(भाग मा पनि बढदो छ । तराइका जंगल राजनितिक पहुँच भएका ब्यक्ति बाट रातारात चोरी पठारी हुनेगरेको समाचार वारम्बार आइरहन्छ । यहा पहुँच हुनेवाला हरुुको कुरानै वेग्लै उदेक लाग्दो छ । तराईका वहुसंख्यक नेताहरु बाढीको राजनिति गर्छन, पहाडका वहुसंख्यक नेताहरु पहिरोको राजनिति गर्छन । भौगोलिक रुपमा हुने बाढीपहिरोको स्वाभाविक भरथेग गर्ने उपाय हरु होलान तर जनताका मनभित्र को बाढि पहिरो को क्षयिकरण लाई रोक्ने प्रयास कहि कतै भएको छैन । हिजोका वर्ष हरुमा वर्षा याममा बाढि पहिरोले जनजिवन दुष्कर बनाएको थियो यो वर्षा याममा मान्छेहररुका मनमा गएको बाढि पहिरोले मानविय धर्मलाइ संकट निम्त्याउनेगरी घटनाहरु घटे । यो घटना हरुको परोक्षरुपमा अथवा भनौ मान्छेहरुको दैनिकी सँगै, विचार, स्वभाव को उतारचढाव हरु देशिय परिस्थिती र घटना सँग निरपेक्ष सम्बन्ध राख्दछ । यो वर्षा याममा मन भित्रको पहिरोले निम्त्याएको दर्दानक घटना हरुले आफ्mनै सहोदर छोरा छोरी, श्रीमती, दाजुभाउजु आमाबाबु केहि भनेन । सायद यी घटना हरु यो सताब्दिकै दुर्दान्त घटनाहरुका रुपमा इतिहास का पानामा कालो धब्बा वनेर रहेने छ । घटनाका कारण हरु संगै पक्ष र दृष्टिकोण पनि उत्तिकै महत्वपुर्ण हुन्छन । यसपाली वाढिपहिरो का घटना कम तर पारिवारीक जीवनका सम्वनध मा भएको क्षयीकरण ले निम्त्याएको संकटग्रस्त घटना हरु बढि दर्दानक भएर आयो । भिरपाहाड को पहिरोले निम्त्याउने त्रासद परिणाम भन्दा मनको पहिरो ले हठात् निम्त्याउने त्रासदी कयौगुना वर्वर र विचरणिय हुने कुरा को संकेत पर्वत, नवलपरासी, वुटवल मा भएका अमानविय घटना हरुले दिन्छ । कुन बाध्यताले आफ्ना कलकलाउदो दुईछोरी हरु लाई उर्लदो नदिमा फाल्नु परेको थियो होला । जीवनको प्रारम्भ मै अन्तिम पिडादायी चित्कार ती दुई वालिका ले त्यो अघेरी रात लाई चिर्दै बगेको भेल हरु सँग साट्नु पर्यो । यता एउटी आमा आफ्नो सन्तान जो जन्मेको महिना दिन पुगेको थिएन, निर्ममतापुर्वक कलिलो गर्दनमा बन्चरो प्रहार गर्छिन । एउटा प्रेमी आफ्नो प्रेमिका को निश्चल प्रेम यात्राको अन्त्य गर्न भाडाका मान्छेहरुु लगाएर रहरलाग्दो जविनलिला समाप्त गरिदिन्छ । एउटा छोरा आफ्नो ममतामयी आमाको घाटी अठाएर मातृवात्सत्य प्रेमको खिल्ली उडाउछ । मन भित्र पहिरो गएपछि मनविय चेतनाले पाइला मोड्दो रहेछ र त यस पाली वर्षा ृयाममा मान्छे भित्र गएको मनको पहिरोले निर्दोष, छोरी, आमा, दाई आदि जस्तो पवित्र सम्वन्ध पनि नभनी मानिविय सम्वनधहरुको एउटा चोइटो नै लगिदिएको छ । मानविय पवित्र साइनो सम्वन्ध मा दरार पैदा गर्ने यस्ता घटना हरु यो वर्षायाम मा अघिल्लो वर्षका बाढि पहिरो जस्तो अन्त्यत हृदयविदारु घटना भएर हामि र हाम्रो लोकको अगाडी विचरणिय प्रश्न बनेर उभिउको छ । विभिन्न वर्ष र मैोसम बनेर यो देशमा फरक फरक ढंगले मानविय क्षति हरु भेरहेको छ । तर यसपाली को वर्षा याममा आत्मिक क्षयिकरणले निम्त्याएका मानविय क्षति अघिल्ला वर्ष हरुमा भएको, बाढि, पहिरो,राजनितिक दृन्द का कारणले निम्तिएको मानविय क्षति भन्दा नितान्त पृथक र वढि स्तब्धकारी छन । कुन मनस्थिती र बाध्यताको भुमरीमा यस्ता घटना हरु घटछन हाम्रो समाज अव कुन पाइला कता मोड्दैछ ?सारै विचरणिय मन्थन मा धोतिलनु पर्ने बेला आएको छ । यो एउटा जटिल सामाजिक प्रश्न हो । यसपाली यति धेरै घटना हरु एउटै मौसम मा लगातार घट्नुको तात्पर्य लाई समाजका प्रवुदृ वर्ग ले मिहिन ढंगले केलाउन आवश्यक छ । ब्यत्तिगत आवेशले निम्त्याउने यस्ता घटना हरुको तथ्यपरक मनोवैज्ञानिक विश्लेषण गर्न जरुरी छ । घटनाका कारण हरु फरक फरक बकिए पनि यस्तो पृष्ठभुमी वढि महत्वपुर्ण हुन्छ । वर्षायाममा घटेका मानविय तथा पारिवारीक क्षती को घटना भएको हुनाले मनको पहिरोको उपमा दिँए । निश्चय नै यस्ता घटना हरु मनभित्र हुने भु(क्षय कै कारण ले हुने हो । परिवार भित्र रहेको हरियाली सम्बन्धमा जब दरार पैदा हुन्छ,निश्चय नै मनभित्र पहिरो जान बेर लाग्दैन । यस्तो भु(क्षय केहि लहड,उन्माद र बहुलट्टी सनक ले पनि हुनेगर्छ । तर यो सँगै पनि केहि निश्चित पृष्ठभुमी हरुको भुमिका बाधिएको हुन्छ । हाम्रो जीवन, जिन्दगी, दैनिकी मा आउने उतार(चडाव र त्यहा भित्रका अनेकन पक्षहरु विचको जोड, घटाउ, संघर्ष मस्तिष्क लाई प्रभावपार्ने प्रभावशाली तत्वहरु हुन । मान्छेको जीवनमा कहिले काही अफसोचका घटना हरु बढि बलशाली भएर आउछन् । यो समयमा मनको पहिरोले निम्त्याएका घटना हरु पछि जसरी सञ्चार माध्यम्मा घटनाका कारणहरु भनिए ती र्सवाद हरु सतही प्रश्नलाई सुल्झाउने प्रतिउत्तर मात्र हुन । त िघटना हरुको जरै देखि उत्खनन् गर्न सकियो भने मात्र मनभित्रको भु(क्षयिकरण रोक्न सकिन्छ । पछिल्लो समय लोकतान्त्रिक व्यावस्थाको अभ्यास क्रम यता मानिस हरुको चाहना, अकंक्षा, रुचि, आवस्यकता र समग्रमा जीवनशैली बदलिएको छ । एउटा साधारण मानिसले पनी संसारका घटना हरु सँग प्रत्यक्ष साक्षत्कार गर्न सक्ने परिस्थिती र प्रविधी वनेको छ । धनकमाउने वाटो हरु बदलिएको छ । पसिनाको मुल्य न्युनिकरण हुदैछ । श्रीमान र श्रीमतीको सम्वन्ध पश्चिमीकरण हुदेछ । मान्छेहरु वढि व्यत्तिवादी, नितान्त व्यत्तिवादी बन्दै गइरहेको परिस्थिती छ । यी यावत कुरा हरुको समाजशास्त्रयि अदय्यन वाट घटनाको विश्लेषण गरियो भने पहिरो निम्त्याउने वनविनाशको सुत्रहरु पत्ता लाग्न सक्छन । मनको पहिरो नियन्त्रणका प्रयास हरु सामाजिक स्तरवाटै गर्न जरुरी छ । हामी कुनै एउटा घटना घटछ, यस्तो पनि गर्ने हो भन्छौ जिब्रो टोक्छौ र त्यो घटना लाई त्यही अन्त्य गर्छौ । वास्तवमा यो एउटा सामाजिक संक्रमण कालिन रोग हो । यस्को दुरगामी असर पछिल्लो पुस्ता सम्म पर्न सक्छ । एकदुई जनाले दुत्कारेर, घृणा गरेर, यस्तो पन िहुने हो भनेर अन्त्य हुने स्वाभाविक रोग होइन । घटना पश्चात अभियुक्त हरुको वयान मा हामी उनि हरु पछुताएको पाउछौ । यो घटनाको वास्तवमा गम्भिर मोड हो । घटनाले निम्त्याएको तिक्त अनुभव त्यो परिवारले मात्र भोग्ने होइन यो सामाजिक स्तरमानै महशुुस गर्नुपर्ने कुरा हो । यो वर्ष तराईका भुभाग हरु पाहाडी पहिरो र वर्षा का कारण ले त्यति धेरैे जलमग्न भएन । वर्षेनी तराईमा वाढि का कारण धेरैले घरवास र ज्यान गुमाउनु पर्छ । नियन्त्रण का प्रयास हरु भएका छन या छेन, जलमग्न हुदा कति ढोका खोल्ने नखोल्ने, हिजोका वाढि पिढीत हरुलाई पूर्नवासको व्यवस्थागर्ने नगर्ने आदि जस्ता कुरा एउटा कविको नवुझिने अत्यन्तै घुमाउरो कविता जस्तो छ । यहाँ मान्छेको जीवन प्राकितिक विपत्ति सगै राज्यको विग्रदो स्थिती र व्यवस्था का कारण दिनानुदिन खस्कदो छ । वर्षेनी बाढिपहिरो का कारण पाहाड र तराईका दुःखी हरु को जीवनमा खिया लागिरहेको छ । मनको वाँध नफुटिन्जेल यथास्थान मा रहन्छ फुटेपछि त्यसले आफ्नो परिवार भन्दैन । गरिवी र चेतना को क्रमिक रुपमा स्तरोन्नती भएको देशमा यस्तो घटना हरु कम होलान तर हाम्रो देशको परिस्थिती बेग्लै बन्दै गइरहेको छ विगत केहि वर्ष यता सपरिवार सामुहिक आत्महत्याका घटनाहरु समाचारमा अएका थिय । यस्ता घटनाहरु हाम्रो कल्पनाको दायरा भन्दा बाहिर हुनुपर्छ । जीवन लाई जीवन जस्तो बनाउन का लागी हाज्रो दल, सरकार, नागरिक समाज, परिवार र व्यक्ति लागिपरुन । यो वषृको वडा दशै पनि नजिकिदै छ । वडिपहिरो को मौसम लगभग अन्त्य हुदैछ । पाहाड र तराईका किसान हरुको यतिखेर मिलिजुलि समावेशी सरकारमा छन् । पाहाडको पहिरो र तराईको वाढि को पक्कै पनि यिनलाई हेक्का छ । त्यो भन्दा पनि मान्छे भित्रको भ(क्षय अर्थात मनको पहिरो रोकनु पर्छ । यो वडा दशैले सम्पुर्ण नेपाली हरुको मन भित्र जाने सम्भावित पहिरो लाई सदाको लागी थामिदियोस । अवका दिनमा पवित्र पारिवारिक सम्बन्धमा नै प्रश्न उठ्ने दुर्दान्त घटना हरु नघटोस वडा दशैको सवैलाई शुभकामना । कगकजष्विबmष्ल२थबजयय।अयm
•
read more...
जलवायू परिवर्तनका मुख्य समस्या र चुनौतिहरु
September 5, 2011
भानु पराजुली अहिले जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएपनि औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज ईन्धनको व्यापक प्रयोग एवम् वन विनाशको कारण हरितगृह ग्याँसको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीव्रता आएको छ । वैज्ञानिक अध्ययन तथा जलवायु परिवर्तन सम्बन्धी अन्र्तसरकारी मञ्चको प्रतिवेदनबाट जलवायु परिवर्तनमा व्यापकता आएको पुष्टि भएपछि, संयुक्त राष्ट्रसंघको साधारणसभाले जलवायु परिवर्तनको विश्वव्यापी समस्यालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय कानुनी संरचना निर्माण गर्न आह्वान ग¥यो । अन्तरसरकारी वार्ता समितिको पहलमा सन् १९९२ को मे महिनामा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि तयार पनि भयो । सन् १९९२ को जुन महिनामा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको समयमा हस्ताक्षर गर्नको लागि यो महासन्धि खुला भयो । नेपालले १२ जुन १९९२ का दिन यस महासन्धिमा हस्ताक्षर गरीे सन् १९९४ देखि नेपाल पक्ष भएको छ । सन् २००७ मा आई.पी.सी.सी बाट प्रकाशित चौथो मूल्याङ्कन प्रतिवेदनले मानवीय क्रियाकलापको कारण जलवायु परिवर्तन तीव्र गतिमा भैरहेको तथ्य प्रष्ट पारेको छ । हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि भैे वायुमण्डल तातिंदै जानाले स्थान विशेष अनुरुप जलवायु पनि परिवर्तन हुंँदै गएको छ । जलवायु परिवर्तनको कारण वर्षा प्रकृया तथा ऋतु कालमा समेत परिवर्तन हुन आएको छ । यसबाट जलस्रोत, कृषि, वन तथा जैविक विविधता, स्वास्थ्य, प्रकोप, पूर्वाधार विकास, पर्यटन तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको छ । यसलाई मध्यनजर राखी सो महासन्धिको प्रभावकारी कार्यान्वयनबाट जलवायुृ परिवर्तनको कारण परिरहेको तथा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गर्न आज विश्व समुदाय क्रियाशील छ । जलवायु परिवर्तनका प्रभाव विशेष गरेर गरिब, विकासोन्मुख, भूपरिवेष्टित तथा पर्वतीय मुलुकमा बढी देखिएको छ । जलवायु परिवर्तनबाट नेपाल पनि अत्यन्तै प्रभावित भएकोले यसलाई सम्बोधन गरी पहाड र तराई लगायत पर्वतीय क्षेत्र, यहाँका जनता र तिनको जीविकोपार्जन तथा पारिस्थिकीय प्रणालीमा परिरहेको असर र पर्न सक्ने प्रभावलाई न्यून गर्न नीतिगत व्यवस्था गरी कार्यक्रम कार्यान्वयन गर्नु अत्यावश्यक भएको छ । महासन्धिको पक्ष भएपछि अनुसूची १ मा नपर्ने सदस्य राष्ट्रको हैसियतले २०६१ सालमा नेपालले प्रारम्भिक राष्ट्रिय सञ्चार प्रतिवेदन तयार गरी महासन्धिको सचिवालय मार्पmत पक्ष राष्ट्रलाई जानकारी दिइएको थियो । २०५३ देखि २०६३ सालबीच यस महासन्धिलाई कार्यान्वयन गर्ने क्रममा तत्कालीन जनसङ्ख्या तथा वातावरण मन्त्रालयलाई महासन्धिको केन्द्र विन्दु तोक्ने र क्योटो प्रोटोकलमा व्यवस्था भएको स्वच्छ विकास संयन्त्र सम्बन्धी आयोजनालाई प्रवद्र्धन गर्न वातावरण मन्त्रालयलाई म्भकष्नलबतभम ल्बतष्यलब िब्गतजयचष्तथ तोक्ने तथा जनचेतना अभिबृद्धिको लागि केही कार्यक्रम कार्यान्वयन भएको देखिन्छ । यसैगरी दिगो विकास एजेण्डा, २०५९ तथा सहस्राब्दी विकास लक्ष्य, २०५८ ले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जलवायु परिवर्तनलाई सम्बोधन गरेका छन् । २०६३ देखि २०६६ सालबीच महासन्धिको कार्यान्वयनको क्रममा मुख्यतया रियो महासन्धि (जलवायु परिवर्तन, मरुभूमिकरण र जैविक विविधता ) को कार्यान्वयनको लागि राष्ट्रिय क्षमता स्व (मूल्याङ्कन आयोजना कार्यान्वयन गरी क्षमता अभिबृद्धि सम्बन्धी कार्ययोजना तयार भएको, क्योटो प्रोटोकलमा व्यवस्था भएको स्वच्छ विकास संयन्त्र सम्बन्धी आयोजनाहरुको मूल्याङ्कन तथा स्वीकृतिको कार्यविधि निर्धारण भएको, राष्ट्रिय अनुकूलन कार्यक्रम (ल्बतष्यलब िब्मबउतबतष्यल एचयनचबmmभ या ब्अतष्यल, ल्ब्एब्) आयोजना सञ्चालन गरेको, दोस्रो राष्ट्रिय सञ्चारको लागि वस्तुस्थिति अध्ययन गरी आयोजना शुरु गरेको, तथा जलवायु परिवर्तन र वातावरण सम्बन्धमा क्षमता विकास आयोजना सञ्चालन भैरहेको छ । अनुकूलनका कार्यक्रम कार्यान्वयनमा ल्याउन अहिले स्थानीय अनुकूलन कार्ययोजना तर्जुमा पनि भएको छ । जलवायु परिवर्तन सम्बन्धी कार्यलाई संयोजन गर्न एवं सहयोगात्मक कार्यको सञ्चालनार्थ नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायहरु, गैर सरकारी संघ संस्था, प्राज्ञिक संस्था, नीजि तथा दातृ संस्थाको समेत प्रतिनिधित्व हुने गरी बहुपक्षीय सरोकारावालाको सहभागिता रहेको जलवायु परिवर्तन सम्बन्धी समन्वय समितिको गठन भएको छ । यसैगरी त्रि–वर्षीय योजनामा अनुकूलन कार्यक्रमको कार्यान्वयन तथा देशको आर्थिक तथा पूर्वाधार विकासलाई जलवायु समानुकूलित वनाउँदै लग्ने नीति अनुरुप राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०६७÷६८ बाट त्यस सम्बन्धी कार्य पनि सुरु गरेको छ । जलवायु परिवर्तनको सवाललाई सम्बोधन गर्न संस्थागत, समन्वयात्मक एवम् कार्यक्रमगत क्रियाकलापले अहिलेका वर्षमा व्यापकता पाएको छ । नेपालको अधिकतम तापक्रम प्रतिवर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बृद्धि भएको देखिन्छ । उच्च हिमाली क्षेत्रमा यो दर अझ बढी देखिएको छ । विश्व जनसङ्ख्याको करिव ०.४ प्रतिशत मानिस बसोवास गर्ने नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिव ०.०२५ प्रतिशत मात्रै उत्सर्जन गरेपनि वायुमण्डलीय तापक्रम बृद्धिका कारण प्रभावित हुँदै गएको छ । यहाँ वार्षिक वर्षा(चक्रमा हेरफेर, लामो समयसम्म खडेरी पर्ने तथा तीब्र वर्षा हुने गरेको छ । अहिले दिन र रात दुबै पहिलेको भन्दा वढी ताता भै रहेका छन् अर्थात ठण्डा दिन र रातको सङ्ख्या कम हँुंदै गएको छ । एक सय मिलिमिटर वा सो भन्दा वढी परिमाणमा पानी पर्ने दिन अर्थात् मुसलधारे वर्षा हुने दिनको सङ्ख्या बढ्दै गएको छ । पानी पर्ने समय र अवधिमा पनि परिवर्तन भैरहेको छ । तीब्र गतिमा हिम पग्लन हुँदै जानाले हिमनदी पातलिंदै र छोट्टिंदै गएको तथा हिमतालको आकार बढ्दै गएको छ । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन जङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । बाढी, पहिरो तथा डढेलोमा तीव्रता आएको छ । यी कारणबाट नेपालमा अत्यधिक मात्रामा धनजनको क्षति भएको छ एकातीर भने अर्कोतीर जीविकोपार्जनमा समेत असर पारेको देखिन्छ । जलवायु परिवर्तनबाट लाखौं नेपाली जोखिममा परेको अनुमान गरिएको छ । सगरमाथा क्षेत्रमा रहेको हिम रेखा विगत करिव ९ दशकको दौरानमा ३ सय ३० फिट उचाई भर्टिकल लस् भएको छ । हिमगलनको कारण नयाँ हिमताल वन्दै गएका तथा नेपालका नदीमा सन् २०३० सम्म केहीे मात्रामा पानीको वहाव बढेपनि यस शताब्दीको अन्त्यमा ठूलो परिमाणमा घट्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनको कारण सिर्जित समस्या घट्नुको सट्टा बढ्दै गएको र यसको कारक नेपाल नभएपनि अनुकूलनका कार्यक्रम कार्यान्वयन गर्दै जानुपर्ने वाध्यता आईलागेको छ । त्यसैले पनि नेपालले जलवायु अनुकूलनलाई राष्ट्रिय एजेण्डाको रुपमा अगाडि ल्याएको छ र यसबाट सिर्जना हुने जोखिम न्यून गर्न विविध कार्यक्रम कार्यान्वयन गर्न अहिलेका वर्षमा पर्याप्त भएको छ । अव कुरा गरौ अहिले भएको जलवायू परिवर्तनको समस्या । जलवायु परिवर्तनबाट परिरहेका तथा पर्न सक्ने प्रभाव सम्बन्धी अध्ययन नेपालमा अत्यन्तै कम भएकाले कुन भौगोलिक क्षेत्रमा, के कुन प्रकारको, कति परिमाणमा कुन क्षेत्रमा प्रभाव परेको छ, वैज्ञानिक मूल्याङ्कन भने अहिलेसम्म ठोस रुपमा हुन सकेको छैन् । मानवीय तथा आर्थिक स्रोतको न्यूनतम एवम् उपयुक्त उपकरणको अभावले जलवायु प्रारुपीकरण, हिमालदेखि तराई मधेश क्षेत्रसम्मका जलस्रोत लगायतका प्राकृतिक स्रोतमा परेको र पर्न सक्ने प्रभाव एवम् आर्थिक क्रियाकलापका अन्य क्षेत्रमा परेको प्रभावको मूल्याङ्कन जस्ता कार्य आशातित रुपमा अगाडि बढ्न सकेका छैन् । हिमगलन तथा हिमताल फुटने भयावह स्थितिको विस्तृत अध्ययन, सर्वेक्षण, अनुगमन हुन पनि अझै बाँकी छ । जलवायु परिवर्तनको कारण कृषि, जलस्रोत, वन तथा जैविक विविधता, जनस्वास्थ्य, पर्यटन आदि क्षेत्रमा परेको प्रतिकूल प्रभावको विस्तृत लेखा–जोखा हुन अझै बाँकी छ । जलवायु परिवर्तन तथा त्यससंग सम्बद्ध प्रभाव हटाउने वा घटाउने एवम् अनुकूलनका लागि उपयुक्त प्रविधि विकास तथा जोखिम एवम् प्रकोपसंग जुध्ने पूर्वतयारीका कार्यक्रमहरु समेत सञ्चालन नभएको अवस्था हो । जलवायु परिवर्तन सम्बन्धी महासन्धिको प्रावधान र पक्ष राष्ट्रको सम्मेलनले गरेका निर्णय लगायत अनुकूलन, प्रभाव न्यूनीकरण, आर्थिक स्रोत, प्रविधि विकास एवम् हस्तान्तरण, क्षमता अभिबृद्धि, जलवायु समानुकूलन जस्ता अवयवलाई समेटी जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने प्रभावकारी खाका निर्माण हुन नसक्नु आजको प्रमुख समस्या हो । विश्वव्यापी मुख्य सवालको रुपमा रहेको जलवायु परिवर्तनलाई विज्ञान र प्रविधिको कोणबाट हेर्न सक्ने क्षमता भएको निकायको पनि अभाव छ । जलवायु परिवर्तन सम्बन्धी विज्ञान, विभिन्न भौगोलिक एवम् सामाजिक(आर्थिक विकासका क्षेत्रमा परिरहेको असर तथा पर्न सक्ने प्रभावका वारेमा जलवायु प्रारुपीकरणको समेत प्रयोग गरी ज्ञान, वैज्ञानिक तथ्याङ्क, सूचना र जानकारीको अभावले सामाजिक(आर्थिक विकासका क्षेत्रलाई जलवायु समानुकूलन बनाउने राष्ट्रिय प्रयास चुनौतिपूर्ण छ । जलवायु परिवर्तनले परिरहेको र पर्न सक्ने प्रभावको मूल्याङ्कन गर्नु, जोखिम क्षेत्र पहिचान गरी जलवायु परिवर्तनबाट पर्ने प्रतिकूल प्रभावलाई सहज रुपमा अनुकूलन गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु तथा हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्ने संयन्त्र विकास गर्नु पनि चुनौतिको रुपमा रहेको छ । जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त प्राविधिक तथा आर्थिक अवसरको नेपालले अधिकतम फाइदा लिने परिस्थितिको सिर्जना गर्नुृ परेको छ । सामाजिक(आर्थिक विकासलाई जलवायु–मैत्री वनाउन एवम् नीति, कानून, योजना तथा विकास कार्यक्रममा जलवायु परिवर्तनको पक्षलाई एकीकृत गरी कार्यान्वयनमा ल्याउनु त्यत्तिकै आवश्यक छ । सहस्राव्दी विकास लक्ष्य प्राप्त गर्नु लगायत पर्वतीय वातावरण, जनता र जीविकोपार्जन तथा पर्यावरणीय प्रणालीमा जलवायु परिवर्तनको प्रभाव हटाउने वा घटाउने कार्य गरी जलवायुको अवश्यंभावी परिवर्तनबाट फायदा लिनु परेको छ । समस्या तथा चुनौतिको सामना गर्न अहिले चालिएका प्रयासलाई सफल पार्न र जलवायु परिवर्तन सम्बन्धी महासन्धिबाट अधिकतम् लाभ लिन निम्न पक्षलाई समेटी नीति पनि वनाउने काम भएको छ । जलवायु अनुकूलन, न्यूनीकरण तथा कार्वन संचितीकरणलाई बढावा दिन, क्षमता अभिबृद्धि, आर्थिक स्रोत जुटाउन तथा सोमा पहूँच पु¥याउन एवम् प्रविधि विकास र हस्तान्तरण लगायत कार्यक्रम तर्जुमा, कार्यान्वयन, मूल्याङ्कन तथा अनुगमन कार्यहरु विस्तार गर्नु पनि अहिलेको मुख्य आवश्यकता हो । स्वच्छ तथा नवीकरणीय ऊर्जाको विकास, कार्वन ब्यापार तथा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी संयन्त्रबाट थप प्राविधिक एवम् आर्थिक स्रोत जुटाउने तौरतरीका पनि सरकारले वा गैरसरकारी निकायले अपनाउन सक्छ । (लेखकः पराजुली पृथ्वीनारायण क्याम्पस भूगोलशास्त्र स्नातकोत्तर तहका शोधकर्ता विद्यार्थी हुन्)
•
read more...
तीजका गीतहरुमा क्रमश आएको परिवर्तन
August 29, 2011
मनोहरि पौडेल माइतमा जाने दरखाने धोको मन मेरो थिर छैन, लागे नि लाग्ला पखला जाबो एक रति पिर छैन । हाइ मेरो फरिया................. झन माथि सारो झन तल झर्छ हाइ मेरो फरिया................... जति जति महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै छ त्यति नै माथि उल्लेख गरेको गीत संगीत जस्तै अझ थुप्रै तीजका भाकाहरुको ओइरो नै लाग्न थालेको छ । विशेष गरी महिला गायिकाहरुले तीजका एल्वमहरु बजारमा ल्याउने गरेका भए पनि पुरुष गायकहरुले पनि तीजका एल्वमहरु बजारमा ल्याउने गरेका छन् । विशेष गरेर अहिले बजारमा आएका धेरैजसो तीजका एल्वमहरुमा राधिका हमाल, देवी घर्ती, लक्ष्मी न्यौपाने, विष्णु माझी, शर्मिला गुरुङ, निशा सुनुवार, सुनिता दुलाल, कोमलवली, पार्वती जिसी लगायतका महिला गायिकाहरुको स्वर बढी मात्रामा सुन्न पाइन्छ भने पुरुष गायकहरु सुमन अधिकारी पशुपति शर्मा, राजन कार्की लगायतका गायकहरुको पनि उत्तिकै मात्रामा तीजका गीतहरुमा स्वर सुन्न पाइन्छ । विगतका वर्षहरुमा भन्दा हाल आएर तीजका एल्वमहरुमा गीतहरु बढी मात्रामा निस्कने गरेका छन् भने उत्तिकै मात्रामा छायांकन गरेर प्रशारण पनि भइरहेका छन् । खासै तीजका एल्वमहरुबाट फाइदा नभए पनि आफ्नो सन्तुष्टिका लागि धेरै जसो गायक गायिकाहरुले आफ्नो एल्वमहरु बजारमा ल्याउने गरेका छन् । रातो सारी लगाएर कम्मर मक्राइ मक्राइ नाचेको टिभीमा देखेपछि दर्शकहरु पनि मख्ख परिपरी हेर्ने गरेका छन् । विगत २, ४ वर्ष अगाडि कम तीजका गीतहरु रेकर्ड हुन्थे भने कमै तीजका गीतहरु छायांकन हुने गर्थे र खासै धेरै गीतहरु टिभीमा केवलहरुमा देख्न पाइने गरेको थिएन तर हाल आएर तीजका गीतहरुले निकै ठूलो छलाङ्ग मारेको अनुभव गर्न सकिन्छ । विगतका वर्षहरुमा तीजका एल्वमहरुबाट राम्रै आम्दानी लिने म्यूजिक कम्पनीहरुले हाल त्यो नभए पनि मोवाइलको सिआर विटीबाट केही मात्रमा भए पनि रकम जम्मा गर्ने गरेका छन् । साथै कलाकारहरु टिभीको पर्दामा देखिने हुँदा बढी चर्चित पनि हुने गरेका छन् । विशेष गरी तीजका एल्वमहरु सुरुमा निकाल्ने महिला गायिकाहरुमा हरिदेवी कोइराला, विमाकुमारी दूरा, लक्ष्मी न्यौपाने, शिव आले लगायतका गायिकाहरुको नाम आउछ भने तीजका गीतहरुमा पुरुष कलाकारको स्वरको शुरुवात प्रजापति पराजुलीले गरेको भन्ने गरिन्छ भने प्रजापति पछाडि पुरुषोत्तम न्यौपानेको नाम पनि आउने गरेको छ । हाल बजारमा आएका तीजका एल्वम विगतका एल्वमहरु भन्दा अलिबढी छाडा भएर आएको धेरै श्रोतहरुले भन्ने गरेका छन् । एकातिर तीजका एल्वमहरु बढी आउनु र बढी भिजोल टिभीमा केवलहरुमा आउनु राम्रो भएता पनि छाडा तीजका गीत संगीतहरु आउनु अवश्य पनि हाम्रो संस्कृति माथि अप्ठेरो पर्नुे हो । विगतका वर्षहरुमा नै हरिदेवी कोइरालाका गीतहरु सुन्दा लाग्थीयो माइती घरमा गएर आफ्नी आमालाई दिदी बहिनीहरुलाई आफ्नो पिर मर्काहरु अति अनुशासित ढंगले तीजको गीत मार्फत भन्ने गरेको पाइएको थियो भने हाल बजारमा आएका गीतहरुमा त्यो पाइने गरेको छैन । अहिले बजारमा आएका तीजका एल्वमहरुमा सबैभन्दा ठूलो समस्या भनेको हालका तीजका गीतहरुमा धेरैजसो केटाकेटीका माया पिरतीका लोकदोहोरी भाकाहरु जस्ता रहेका छन् । यसतर्फ कलाकारहरुको ध्यान बेलैमा जानु गरुरी रहेको छ । नत्र तीजका भाकाहरु क्रमशः लोक दोहोरी भाकाहरुमा परिणत हुने अवस्था देखिन्छ । साथै पहिलेका तीजका एल्वमहरुमा पुरुष गायकहरुको स्वर सुनिए पनि त्यसमा दिदीबहिनीलाई तीजमा लिन गएको साथै माइतीमा आएर चेलीले आमा बुबा, भाइ, दाइ, दिदी बहिनीहरुसँग बसेर सबैले आफ्ना आफ्ना कुराहरु तीजका भाकाहरुमा भन्ने गरेको पाइन्थ्यो भने हाल आएर त्यो अवस्था नै नरहेको जस्तो देखिन्छ । हालका गीतमा त बाउको पैसा चोरेको तिम्रै लागि हो त्यसैगरी पोइला जान पाम शिव पोइला जान पाम यस पालि जसरी नि पोइला जान पाम जस्ता गीतहरु रहेको पाइन्छ ।यस्ता तीजका गीतले प्रष्ट के संकेत गर्दछ भने तीजका गीतहरुमा क्रमशः नराम्रो विकृति ल्याएको अनुमान गर्न सकिन्छ । विशेष गरी तीजका गीतहरुमा पुरुष कलाकारहरुको स्वर नै हुनु हुन्न भन्ने होइनकी यो पत्तिकारको आग्रह के हो भने तीजका गीतहरुलाई माया पिरती भन्दा पनि हाम्रा चेलीहरुका दुःख अनि पीडाहरु साट्ने माध्यम बनाउनु पदछ भन्ने हो । साथै माया पिरतीका भाकाहरु पनि सुन्नै हुँदैन भन्ने होइनकी त्यसलाई पनि शालीन ढंगले प्रस्तुत गरेका खण्डमा सुन्न लायक हुने थियो की भन्ने हो । तर पनि तीजका भाकाहरु भनेको वर्ष दिनका चेलीका पीडाहरु बोल्नु हो जस्तो लाग्दछ । यसमा माया पिरतीका कुराहरु अलि कमै हुनुपर्दछ जस्तो लाग्दछ । यसमा मैले अघि पनि भनिसके तीजका गीतहरुमा चेलीहरुका वर्ष दिनका पीडाहरु तथा बेदनाका पोकाहरु पोखीनु पर्दछ तब मात्र चेलीहरुको मन हलुङ्गो बनाएर माइतीघरबाट आफ्नो कर्म घर जाने माध्यम तीजको गीतबाट बनाउनु पर्दछ भन्ने हो । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज जती नजिकिदै आउँदैछ उत्तिकै मात्रामा दर खाने कार्यक्रमहरु पनि बढ्दो रहेको छ । दर खाने कार्यक्रम पनि पहिले पहिले आफ्नो आफ्नो माइतीघरमा हुने गर्दथे र चेलीहरु सबै जम्मा भएर आफ्ना मनका पिरहरु माइतीघरमा पोख्ने गर्दथे भने हाल त्यो अवस्था निकै कम हुँदै गइरहेको छ । आजकाल दरखाने परम्परामा पनि निकै होडबाजी हुँदै गइरहेको छ । पैसा हुने र नहुने चेलीहरुसँग पैसा उठाएर ठूलो ठूलो तारे होटलहरुमा दर खाने कार्यक्रम राखेर अनावश्यक गरगहनाहरु प्रदर्शन गरेर रेकड गरेका गीतहरुमा नाच्ने नराम्रो चलन पनि बढ्दै गइरहेको छ । यसले गर्दा आर्थिक रुपमा हुने र नहुने चेलीहरु बिच ठूलो खाडल सृजना गरिदिने गर्दछ । साथै होटलहरुमा विभिन्न अडियो क्यासकेटहरुमा रेकर्ड भएका गीतहरुमा नाच्दा तीजको पुरानो परम्परा अन्तरगत चेलीहरु जम्मा भएर गाउने नाच्ने चलन विस्तारै बन्द हुँदै जाने सम्भावना बढेर गएको छ । यसतर्फ सबै चेलीहरुको बेलैमा ध्यान जानु जरुरी रहेको छ । नेपाली गीत संगीत आफैमा महत्वपूर्ण हुने गर्दछ त्यसमाथि चाडवाडहरु माथि बनेका गीतहरुको उत्तीकै मात्रामा महत्व हुने गर्दछ । विशेष गरी दशै तिहार भन्दा पनि तीजका भाकाहरुलाई विशेष महत्वका साथ हेरिने गर्दछ । त्यसैले तीजको गीतहरु निकाल्दा भनौ वा तीजका एल्वमहरु निकाल्दा पनि विशेष आचार संहिता लागू गर्नुपर्ने अवस्था देखिन्छ । किनकी तीजको नाममा निकालिएका धेरै जसो एल्वमहरुका गीत सुन्दा लाग्छ तीजका गीतहरुलाई विस्तारै अन्य भाकाहरुमा ढालिदै गरेको आभाष मिल्छ । साथै तिजका गीतहरु विस्तारै छाडा हुँदै पनि गइरहेका छन् । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी रहेको छ । नत्र भने केही समय पछाडि तीजका भाकाहरु क्रमशः लोप हुँदै जाने छन् ।
•
read more...
ओझेलमा पाल्पा जिल्ला
August 28, 2011
टंकप्रसाद गैह्रे पाल्पा जिल्ला सांस्कृतिक, प्राकृतिक सुन्दरताका कारण ऐतिहासिक जिल्लाको रुपमा नेपाल राज्यभित्र उपमा पाएको छ । प्राकृतिक सुन्दरतामा पाल्पाबासी रमाउँदा अन्य क्षेत्रको तुलनामा प्रगति नभएको यथार्थतालाई जिल्लाबासीले स्विकार गर्नै पर्दछ । पाल्पाको विविधतामाथि अस्तित्व राख्ने राणाहरु, शाही राजाहरुले राज्य सञ्चालन गरेको क्षेत्र समग्र परिवेशमा अहिले किन पछाडि परेको छ । मणिमुकुन्द सेनको समयदेखिको पाल्पाली मगर दाजुभाइको बहादुरी, इमानदारी अहिले ओझेलमा परेकै छ । यस बारेमा त्यहाँका बौदिक, राजनैतिक र सामाजिक कार्यकर्ता आम पाल्पाली दाजुभाइले मुल्याङकन गर्नु जरुरी देखिन्छ । पाल्पा जिल्लालाई शैक्षिक केन्द्रस्थल बनाउन किन सकिँदैन प्रश्नभित्र गम्भीर प्रश्नहरु लुकेका छन । पाल्पा भित्रको रामपुर सुरम्य क्षेत्रमा किन औधोगिक करण र आधुनिक कृषिकरण गर्न नसकेको हो । पहाडी क्षेत्रको सम्मो समथर भूभाग रामपुर फाँट र माडी फाँटलाई आधुनिक कृषिकार्यको लागि उपयोग गर्ने नीति नियम बनाउन जरुरी छ । अहिलेको परिप्रेक्ष्यमा देशका उच्च ओहदामा पुग्ने पाल्पालीहरुको सख्या प्रचुरमात्रामै छ । प्रधानन्यायाधीश, मुख्य सचिवदेखि लिएर शिक्षा क्षेत्रमा उच्चतम तहमा बसेर राज्य संञ्चालन गर्नेहरु पनि पाल्पालाई बिर्सन लागेका हुन कि भन्ने आभाष पाल्पालीलाई भैरहेको छ । पाल्पा जिल्लालाई शिक्षाको उर्वरस्थलका रुपमा अथवा शैक्षिक केन्द्रस्थलका रुपमा रुपान्तरण गर्ने सक्नु पर्दछ । पाल्पाको रामपुर र माडी फाँटलाई आधुनिक ढंगले कृषीकरण गरेर त्यँँँँहाको उत्पादन विदेश पु¥याउन किन सकिदैन । यातायात खानेपानीको अभाव पाल्पा जिल्लामा कायमै रहेको छ । पाल्पा जिल्लाको समग्रतामा धेरै आयामबाट विकसित बनाउन सकिन्छ । तर ऐतिहासिक जिल्लालाई भजाएर अब हुनेवाला केही छैन । विकासका पुर्वाधारहरु तयार हुन जरुरी देखिन्छ । रामपुर र माडी फाँटको रमणियताले छिटोभन्दा छिटो यातायातको सेवा सञ्चालन गर भन्ने शन्देश देखाउछ । पाल्पालीहरु स्याङजाको सिमाना पहुचको कारण दु्रततर गतिमा विकास हुन नसकेको हो । पाल्पा जिल्लामा आधुनिक कृषि कर्म गरेर नयाँ उचाई पु¥याउनु जरुरी छ । अहिलेका युवापुस्ताको सोचमा पनि परिर्वतन ल्याँँउन आवश्कता रहेको छ । वैदेशिक रोजगारका सिलसिलामा विदेशिने युवापुस्ताहरुलाई स्वदेशमै केही गर्ने वातावरण बनाउन जरुरी छ । अहिले पाल्पाको ग्रामीण भेगमा यात्रा गर्नेहरुले जीवन र जगतलाई धरापमा राखेर यात्रा गरिरहेका छन । स्याङजाको गल्याङदेखि पाल्पाको दामाचौर पाल्पाको सदरमुकामदेखि माडीसम्मको ग्रामीण भेगमा महिन्द्र जीपमा सवार यात्रुको जीन्दगी धरापमा राखेर यात्रा गरेका छन । जीपको छतभरि यात्रु ,बाटो कच्ची रोक्ने निकाय मौन बसिरहेका छन । यहाँनिर प्रश्न यो हो कि सम्बन्धित निकायको चासो जानु प(यो । शैक्षिक जगतका वर्गहरु पनि चुपलागेर बस्न भएन । पाल्पाको सामाजिक विकृति र विसंगतिप्रति तिखो प्रहार गर्नु अहिलेको आवश्यकता हो । समग्रतामा जे जस्तो भएतापनि पाल्पा जिल्ला धेरै सम्भावना बोकेको जिल्ला हो । विगत मणि राजाका पालादेखि इतिहासले बताएको छ । पाल्पा जिल्लाको गौरवका रुपमा रुपान्तरण गर्नेका खातिर पाल्पालीहरु एकजुट हुनै पर्दछ । समग्रतामा पाल्पा पछाडि परेको छ । पाल्पा जिल्लाको ऐतिहासिकता ओझेलमा परेको छ । के कति कारणले पाल्पा जिल्लाको विगतको योगदान पछाडि परेको हो । काली गण्डकी नदीको क्यारिडोर परियोजना, ऐतिहासिक राजाको दरबार , प्राकृतिक सुन्दरता लोप हुदै गएका छन । पाल्पाको करुवा उत्पादन समेत हुन छाडेको छ । पाल्पालाई चिनाउने प्राकृतिक सम्पदाहरु नमेट भएका छन ।
•
read more...
‘कर्म गर फलको आशा नगर”
August 24, 2011
नारायणप्रसाद पौड्याल यो भनाई आजभोली आमरुपमा सुनिने गर्छ । जसका प्रथम प्रयोक्ता समाजमा जान्नेसुन्ने भनिएका व्यक्तिहरु नै हुनुपर्छ । किनकी समाजले नजान्ने भनिएका व्यक्तिको अनुकरण गर्दैन । यो सबैले बुझेकै कुरा हो । व्यक्तिहरु भन्नुको तात्पर्य मेची–महाकालीसम्मका ८०÷१०० जना हुन सक्छन् । जसले आम जनतासम्म यसलाई पु¥याए । यद्यपि यो भन्दा अगाडि प्रयोग गर्ने एकजना मात्रै हुन् तापनि ती एक जनाले मात्रै जनजनमा पु¥याउन सम्भव हुँदैन । अथवा यसो भनौ पुग्दैन । त्यसैले यहाँ व्यक्तिहरु भन्नु परेको हो । यसको विश्लेषण गर्दा हाम्रो प्राचिन वर्ण व्यवस्थामा ब्राहमण, क्षेत्री, वैश्य शुद्र गरी चार वर्ण थिए । जात कति थिए ? त्यो भन्न संभव छैन तर पृथ्वीनारायण शाहले के कसरी हो भनिदिए– नेपाल चारजात छत्तिस वर्णको साझा फुलबारी हो त्यसै बेलादेखि चारजात छत्तिस वर्ण यो भनाइ प्रचलित भयो । वास्तवमा त चार वर्ण नै हो त्यसैले हामीहरुले आजभोली भन्नुपर्दा पृथ्वीनारायण शाहको भनाइ उदृत ग¥यो भने चार जात छत्तिस वर्ण” भन्नु प¥यो अन्यत्र चार वर्ण छदैछ । शीर्षकीय भनाइको वर्तमानमा जसरी प्रयोग भइरहेको छ, त्यसरी प्रयोग गर्ने पहिलो एक जना को हुन् ? त्यो भन्न सकिने विषय भएन । अब जाउँ कर्म गर फलको आशा नगर” यसको आधारतर्फ त्यो आधार भनेको के हो ? त भन्दा गीताको हवाला दिएर श्रीकृष्णले अर्जुनलाई यसो भनेका छन् भनिन्छ । यहाँ भन्दा दूलो विडम्बना अरु के हुन सक्छ ? त्यसको आधारपद्य यस्तो छ पहिला त्यसैलाई उद्धत गरौं “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” अन्वय– कर्मणि एवं ते अधिकार फलेषु कदाचनमा । अर्थ– कर्ममा मात्र तिम्रो अधिकार छ फलहरुमा कहिल्यै पनि (अधिकार) छैन । हेर्नुपर्ने यही छ उक्त पद्यमा कर्म शब्द एक वचनमा छ भने फल बहुवचनमा छ । किनकी यौउटै कर्मका पनि कहि धेरै फल हुन्छन् कही यौटै फल हुन्छ । कुनै कर्मको फल तत्काल पाइन्छ कुनैको एकदिनदेखि १०÷२०÷५० वर्षसम्ममा पाइन्छ । कुनै कर्मको फल आँफुले मात्र पाइन्छ भने कुनैको सन्तान दरसन्तान समेतले पाइरहन्छन् । यसरी यौटै कर्मको समेत विभिन्न समयमा विभिन्न संख्यामा र विभिन्न व्यक्तिले फल पाउने हुनाले फल शब्दमा बहुवचन प्रयोग गरिएको छ । जस्तो कि रेडियो नेपालबाट प्रसारित भइरहेको यौटा विज्ञापन “दिदी तपाईको हातमा चुरोट ! यस्तो बेलामा चुरोट खान त हुँदैन त । चुरोट खान हुँदैन रे ? हो यस्तो दुई जीउ भएको बेलामा चुरोट खाँदा यसले तपाईलाई त रोगी बनाउँछ नै तर त्यो पेटको बच्चाको के को दोष थियो र ? जन्मनु भन्दा पहिल्यै रोगको दल दलमा फसाउँदै हुनुहुन्छ ! मैले चुरोट खाँदा पेटको बच्चालाई असर गर्छ ? ....... हो । त्यसो भए बच्चा र मेरो स्वास्थ्यको लागि म यो चरोट कहिल्यै खान्न ।’ यो कुरा ययार्थ हो गर्भावस्थामा आमाले चुरोट खाइदिँदा एक जनाको कर्म (काम)ले दुई जनालाई असर गरेर आमा १५÷२० वर्षपछि क्षयरोग र अर्वुदरोग ग्रस्त हुन्छिन् भने बच्चा जीवन भर सुस्त र अपाङ्ग बनेर आफूले नगरेको दुस्कर्मको फल भोग्छ भने आफैले गरेको सुकर्म र दुस्कर्म समेतको फल प्राप्त नभए छोडला ? अर्को तपाईले एउटा आँपको रुख लगाउनुहोस् त्यसले छोरालाई समेत फल समेत फल दिन्छ, शितल दिन्छ, दाउरा दिन्छ । यहाँ पनि काम त एउटा गरेको हो । यो भयो दुई पुस्ताको कुरा अब सन्तान– दरसन्तान करा गरौं । हामीहरु कैयौले बाजे बराजुले आर्जेको भौतिक सम्पत्ति उपयोग गरिरहेका छौं । अफलको अर्को प्रकार चिया ५ मिनेटमा तयार हुन्छ, भात आधा घण्टामा, मकैको ३ महिनामा फल पाइन्छ, सुन्तलाको ५ वर्षमा फलमा हाम्रो अधिकार हुने भए प्रत्येक वर्ष यौटै परिमाणको बाली उब्जाउने थियौ । ३ महिनामा नै सुन्तला फुलाउने थियौं । त्यसैगरी एउटा चित्रकार नियोनार्दो दा भिञ्चीले बनाएका चित्रहरु सबै ‘मोनालिसा” जस्ता हुन सकेनन् किन ? फलमा अधिकार नभएकैले । अब कर्मको अधिकारलाई हेरौं, गाउँमा सबैले धान रोपिसके तर तपाई ७ दिनपछि रोप्न सक्नुहुन्छ । अहटो सोना मन्सुली रोप्दा तपाइँले जेठो बुढो रोप्न सक्नुहुन्छ । अर्कोले एउटा आँप रोप्दा तपाईले १० वटा रोप्न सक्नुहुन्छ । तपाईका साथीले दुई वर्षमा नै स्नातकोत्तरका सम्पूर्ण पत्रको परिक्षा दिए, तपाईले ५ वर्षसम्म २÷२ पत्रका दरले दिन सक्नुहुन्छ । यसरी कर्म (.काम) लाई घटाउन, बढाउन अघिपछि पार्न, भिन्नै तरिकाले समेत गर्न सक्नुहुन्छ । अतः कर्ममा तपाईको अधिकार छ फलहरुलाई निश्चित गराउन नसक्ने हुँदा फलहरुमा अधिकार छैन भनिएको हो । अब जाउँ बढि जहाँ यो कुरा भनियो त्यहाँको परिवेश कस्तो छ ? आफ्नो राज्य फिर्तालिन कौखका सम्पूर्ण सर्त पूरा गरेका अर्जुनले लडाइँ नै गर्न पर्ने भई यद्धभूमिमा पुग्दा त्यहाँ भाइ, भतिजा, काका, ससुरा, साला, गृह आदि पूज्य र आफन्तै आफन्तलाई देखेर तिनीहरुसँग लड्न नहुने ठानी यद्धभूमिबाट भागेको क्षेत्री (सैनिक)लाई यो कुरा भनिएको हो (जबकी सैनिकले आफ्नो कर्तव्य पालनको सिलसिलामा राज्यका लागि मैले बाबुआमा, छोराछोरी, कोही भन्ने छैन” भनेर सपथ खानुपर्छ) जुन गीता दोश्रो अध्याय ४७ औं श्लोकको पूर्वार्ध हो । गीतामा धेरै कुरा छन् तर यहाँ कर्म गर फलको आशा नगरलाई विवेचना गर्न खोजिएकोले त्यसैमा केन्द्रीत हुन्छु । त्यो १८ अध्याय गीता सुनेपछि अर्जुन लडाइँमा फर्केका छन् । त्यसो भए के उनी फलको आशा नगरिकन फर्केत ? अथवा जसलाई हामी भगवान भन्छौ र अनेक प्रकारका वर माग्छौ तिनले के त्यस्तै भने होलान् त ? धान खान पाउँछस् कि पाउँदैनस् कुन्नी तर तैले रोपाई गर्नैपर्छ भनियो भने के तपाई हामी कसैले रोपाई गर्छौ होला त ? हैन भने अर्जुन के त्यस्ता महामूर्ख पात्र थिएत ? गाण्डीवधारी लक्षभेदनकर्ता श्रीकृष्णका साथीलाई हामीहरुले त्यो हालतमा पु¥याइदिने ? हरे ! शिव ! जवकि संस्कृतमा एउटा भनाइ छ – प्रयोजनम् अनुद्धिगर न मन्दोडपि प्रवर्ततो अर्थ विना प्राप्तिव लाटोले पनि कुनै काम गर्दैन । त्यसो भए कुरो के हो ? के हो भने युद्धभूमिबाट भाग्न लागेको यौटा क्षेत्रीय (सैनिक) जसको कर्मभूमि नै रणमैदान हो त्यसलाई कर्मभूमिमा फर्काएको हो । आफ्नो कामदेखि डराएको पलायनवादी व्यक्तिलाई तिमीले गर्नुपर्ने काम यही हो अतः यसबाट भाग्न पाउँदैनौ भनी उसलाई काममा लगाएको हो । फल आफ्नो हातमा छैन, तर प्राप्त गर्ने तरिका त आखिर त्यहाँ त्यही युद्ध नै हो । अनि विजय पराजय त्यसैबाट पाइने हो । तथापि पराजितै हुन्छु भनेर कसैले युद्ध थाल्दैन । यति हुँदा हुँदै पनि क्षेत्री (सैनिक) को कर्मथलो युद्धमैदान हो र यसबाट भाग्न पाउँदैनौ भनी श्री कृष्णले अर्जुन मार्फत सम्पूर्ण मनुष्यलाई आ–आफ्नो कर्मभूमिमा लागिराख्न भनेका हुन । किनकी कर्म गरेपछि फल नदिएर (नपाएर) सुखः अर्कोतिर हाम्रो महाभारतले श्रीकृष्णलाई नायकको रुपमा चित्रण गरेको छकि खलनायकको रुपमा ! त्यसरी नै अर्जुनलाई के का रुपमा चित्रण गरेको छ ? यद्धबाट समेत स्पष्ट हुन्छ कि अर्जुन त्यस्ता मूदमति थिएनन् जसले फल पाउन त कुन्नी तर काम भने गर भन्दा खुरुक्क गर्ने । पद्यको अर्थ माथि स्पष्ट पारिएकै छ कर्ममा मात्र तिम्रो अधिकार छ फलहरुमा कहिल्यै पनि अधिकार छैन । यो यौटा साथीले अर्को साथीलाई भनेको कुरा हो । अब तपाई नै भन्नुहोस् कि एउटा घनिष्ट साथीले यो काम गर्नेपर्छ भनेर आदेश दिन्छ ? बाबु आमाले अथवा हाकिमले झै । यद्यपि दिएको पनि छैन । अनि शब्दमा नगएर आशयमा जाँदा भाव के आउँछ भने कर्म त गर्नै पर्ने हो” यसो किन भयो भन्दा कर्ममा त उसको अधिकार छनि ! अघिकार भएको कुरा त गर्न नगर्ने दुवै सकिन्छ त्यासे हुँदा तिमी स्वतन्त्र छौ मैले त सल्लाह दिने मात्र हो । काम तिम्रो हातमा छ, फल तिम्रो हातमा छैन । यदि हैन र साथीले भन्ने कुरा । यहाँ कहाँनेर आयो कर्म गर फलको आशा नगर यस्तोमा झस्कने कुरा हो तिम्रो ब्रह्मले देखेको गर । अस्तु ।।
•
read more...
राष्ट्रिय चिन्तन
August 16, 2011
लाकाजी बजिमय आजभोलि देश संकटमा गुज्रिएको छ । राजनैतिक अन्योलताले सर्व क्षेत्र अलपत्र परिरहेको छ । शान्ति सुरक्षा दैनिक सुप्रशासन, सामाजिक जनजीवन, उद्योग विकास योजना कुनै क्षेत्र अछुतो छैन । सबै क्षेत्र लथालिङ्ग भै राखेको छ । सिंगो देशले दुःख कष्ट खेप्दै आउनु परेको छ । जनताहरु अतालि रहेका छन् । देशमा शान्ति आउने होकि होइन ? सुविधा न बन्ने होकि होइन ? कानूनी, विधि अनुार राज्य सञ्चालन हुने हो कि होइन । जीउ धनको सुरक्षा मै स्वतन्त्ररुपले जीवन यापन गर्न पाउने हो कि होइन ? नेपाली भनी पहिचान राख्न पाउने होकि होइन ? यस्ता अमूक प्रश्नहरु सचेत नेपालीका मनमस्तिष्कमा धनचकर लागि रहेछ आज भोलि । देशको लागि नीति निर्धारण गर्न संविधान बनाउन निर्वाचित जम्बो ६०१ को मूल कार्य एकातिर थन्क्याई केवल भागवण्डा, शक्ति र अर्थ लुछाचुडमा मात्र लिप्त छन् । व्यक्ति र पार्टी अहंकारबाट सृजिएका आन्तरिक तथा बाह्रय कलह किचोलोले सरकारको आयु अल्पायु हुँदै गएकोछ । सबै कामकारबाहीले गति लिन सकेको छैन । मुख्य काम बृहत्त शान्ति सम्झौता र संविधान नै ओझेलमा पर्न गएको छ । नेताहरु कहिले बिदेशको चलखेल, कहिले प्रतिगामीको भनी अनेकन बहाना देखाउँछन् । सच्चा नेपालीको हैसियतमा काम टुंग्याउन कस्ले तिनीहरुको हात समातेको छ ? देश समुन्नत गर्ने, समतामूल्क संविधान निर्माण गर्ने भन्दा के गर्दा आफ्नो कार्यकर्ता पोस्न सकिन्छ ? कसरी खुशी पार्न सकिन्छ ? आगामी चुनाव जीत्न कसरी सकिन्छ ? आजीवन पार्टी समृद्ध गराई एक छत्र शासन हुत्याउन सकिन्छ भन्ने सञ्जालमात्र बुनिरहेका छन् नेताहरु । आफ्ना सिद्धान्त र पार्टी यीतरका र सर्वसाधारण पनि यो देशमा स्वतन्त्ररुपमा बाँच्न पाउनु पर्छ भन्ने विचार धारणाका हाम्रा लडाकु, विद्यार्थी, श्रमीक, कार्यकर्तालाई भरण पोषण गर्न नपाय पाटी कम्जोर हुन्छ भन्ने मात्र चिन्त्ता छ । सिंगो देशबासीको मतलब छैन । शान्ति सम्झौता हुन नसक्नुको कारक तत्व यही हो । राम्रो काम गर्नेको पछि सबै लाग्न सक्छ । सबै कार्यकर्ता बन्न सक्छ । संरक्षण र आरक्षणको आवश्यकता नै पर्दैन । १२ बुँद्धे सम्झौता पछि ठूला पार्टी भनौदा काँग्रेस, माओवादी, एमाले तिनै पार्टीले मधेशवादी दललाई काखी च्याप्दै आलोपालो राज्य संचालन गर्दै आए तर कोही पनि दीगो हुन सकेन । संसद्को समत हैसियत राख्ने संविधान सभाका अन्य दललाई कमिलो जति पनि स्थान नदिई यिनै चार दल समूहले हालिमुहाली गर्दै आएका छन् । दुई वर्षमा सक्ने भनी लिएको काम तीन वर्ष बनायो । त्यसले पनि नपुगी तीन महिना बढायो । अझै सिन्को भाँचेको छैन । झै झगडामा नै अल्झिएको छ । के छ र आफैले निर्णय गर्ने । आयु बढाउने हात जगनाथ भने जस्तै । नाङ्गो नाच्नेलाई के को लाज ? अन्तिम पटकको लागि मात्र भिन थपिएको समयावधि सकिन अब केवल दुई तिन हप्ता मात्र बाँकी छ । घट्दो क्रममा दिन गन्ति हुँदैछ । तर पनि पार्टीको बिचमा झगडा भागवण्डाकै क्रम जारीछ । सरकारको राजीनामा नयाँ सहमतिय सरकारको रटान भै नै रहेको छ । सत्ता र कुर्चीकै खिचातानमा व्यस्त छन् राजनेता र पार्टीहरु विस्तृत शान्ति र संविधान मस्यौदा कार्य तामेली फाँटमा थन्क्याउन थालिएको छ । त्यसैले यो राष्ट्रिय चिन्तनको विषय बन्न पुगेकोछ । अहिले जताततै सरगर्मीको विषय बन्न पुगेको छ । बुद्धिजीवी, पत्रकार, उद्योगपति, सबै सचेत नेपाली चनाखो हुनु परेको छ । हरक्षेत्रबाट माथिका हाम्रा मुख्य दुई मुद्दा टुंगोमा पु¥याउन दवाव दिनुपर्ने देखिन्छ । हिजो आज बुद्धिजीवी, पत्रकार विभिन्न सरकारी, गैह्रसरकारी संघ संस्था, सर्वसाधारणले समेत यस सवालमा चर्चा परिचर्चा अन्तरक्रिया आदि गर्दै आएका छन् । किन टुंगोमा पुगेन ? को को बाधक छन् ? के गर्नु पर्ला भन्ने अनेकन प्रश्नका ओइरो लागेकोा छ । आ–आफ्नो विचार धारा राख्न लागेका छन् । जनवादी कि लोकतान्त्रिक संविधान, संघीयता समतामूलक विभिन्न अमूक विषयमा आ–आफ्ना विचार सुझाव व्यक्त हुँदै आएको छ । तर २०५२ पछि विभिन्न पार्टी, आस्थामा विभक्त बुद्धिजीवी, पत्रकार तथा अन्य व्यक्तिहरुबाट निष्पक्ष र देशकालको अवस्था अनुसारको सत्यनिरुपण विचारधाराको कमिनै खड्केको छ । एकाघ दुई स्वतन्त्र व्यक्ति बाहेक प्रायका विचार पार्टी विशेष रंग नै पाइएकोछ । पार्टी शक्ति संकलनको लागि अनेकन लोभलालचा, प्रलोभन, दूरधम्की आदि सरकारी कर्मचारी, औद्योगिक श्रमीक, गैह्रसरकारी संघ संस्था आदि आफ्नो अनुयायी बनाए । विभिन्न संघ संगठनमा विभक्त पारिदियो । बुद्धिजिवी, प्राध्यापक, पत्रकार, कलाकार कुनै यसबाट अछुट रहन सकेन । राष्ट्रका यी विशुद्ध निधी सम्पत्ति कुनै पार्टी विशेषका प्रवक्ता बन्न पुगे । आफ्नो बौद्धिकता र अस्मिता नै बन्धकमा राख्न पुगे हाम्रा समाजका अग्रजहरु । लाजमर्दो कुरा बन्न पुग्यो । राजनैतिक आस्थाप्रति चाहेर होस् वा बाध्यताले आवद्ध हुनुपर्ने बाध्यता भने सरकारी, गैह्रसरकारी, उद्योग शिक्षालय अति नराम्रो संस्कारको जन्म भयो । सबै क्षेत्र छस्ट भएका छन् । अनियमिता, कमिशन, घुसखोरी जस्ता जघन्य अपराधहरु, प्रहरी, सैनिक, प्रशासन जस्ता संवेदनशील क्षेत्रमा छताछुल्ल भएको त जगजाहेरै छ । शैक्षिक क्षेत्र, सरकारी गैह्रसरकारी संस्थाहरु त पार्टी कार्यकर्ता भत्ति केन्द्र नै भैसकेका छन् । यस्ता क्रियाकलापले सामाजिक सहिष्णुता गुमाउनु मात्र होइन विकास कार्य पनि ठप्प हुन गएको छ । आर्थिक योजना, कलकारखाना सधैको हड्ताल बन्दले आजित भै स्तब्ध हुन पुगेको छ । देशका कर्मठ युवाहरु यहाँ वेरोजगार हुनु परेकोले पराईको देश हराभरा गराउन रगत पसिना बगाई रहनु परेकोछ । भर्खरै आयोजित बुद्धिजिवी तथा पत्रकारहरुको अन्तरक्रिया कार्यक्रममा आजसम्म आफूले बोले गरेका लेखेका कुरामा आत्मलोचना गर्दै अन्तरआत्माले बेलेको र आत्मस्वीकृति विचार पोख्ने लेख्ने गरी जनता जगाउने र राजनीतिक पार्टीलाई सघाउने वाचा गरेकाले एउटा नयाँ अध्याय उदाउने छ भन्ने आशालिईएको छ । यस्तै सरकारी गैह्रसरकारी कर्मचारी शिक्षक प्राध्यापकहरुले पनि यही बाटो अपनाई पार्टीको झोला छोड्ने छ होला भन्ने आशालिइएको छ । सधैको कलह झगडामा मात्र रुमलिनु पर्ने पार्टीहरुले पनि ताजा जनआदेश स्थायी सरकारको बाटो खोल्ने र संविधान निर्माण गर्ने काम गर्नुपर्छ । यही आशा सबैले लिएका छन् ।
•
read more...
आर्थिक अनुशासन हिनताले गर्दा देश धरासायी
August 3, 2011
शिवप्रसाद गौतम मुद्रा विनिमयको माध्यम हो । मानव जीवनका आवश्यकता अनगिन्ति छन् । एउटासँग भएको वस्तु अर्कोसँग हुँदैन । अर्कोसँग भएको वस्तु आँफूलाई आवश्यक भयो भने त्यो वस्तु आफूले कसरी प्राप्त गर्ने भन्ने सोच मानिसले राख्दछ । मानव समाजमा कुनै जमाना यस्तो थियो उसले आफ्नो आवश्यकता बस्तु विनिमयको आधारमा पूरा गर्दथ्यो । उदाहरणका लागि एउटासँग भैसी थियो । अर्कोसँग बाख्रो थियो भैसी हुनेलाई बाख्रा पालन मन लाग्यो । बाख्रा हुनेलाई भैसी पाल्न मन लाग्यो । बाख्रा हुनेलाई भैसी पाल्न मन लाग्यो ।यी दुईले भैसी र बाख्रा साटासाट गरेर निर्वाहा गर्दथे । नाफा नोक्सानको वास्ता हुँदैनथ्यो । व्यवहार चले हुन्थ्यो । त्यो समयमा मानिस अनुशासित थियो । जब मुद्राको प्रारम्भ भयो । त्यसैको आदान प्रदानमा मानिसले आफ्ना आवश्यकता पूरा गर्न प्रारम्भ ग¥यो । विनिमय भनेको साटासाट हो । पैसा दियो बस्तु लियो । वस्तु सजिव पनि हुन्छ निर्जिव पनि हुन्छ । ऐले त पैसा हुने मान्छेले मान्छे पनि किन्ने चलन आयो । मानिस किनबेच गर्नु दण्डनीय कार्य हो । तै पनि हाम्रा चेलीबेटी बेचिएका छन् । पुरुष बेचियो भन्ने ऐलेसम्म थाहा पाइएको छैन तर महिला नारी बेचिएका अनगिन्ति घटनाहरु सुनिन्छन् । पैसाको लागि मानिसले मानिस बेचेको छ । यो आर्थिक हिनताको पराकाष्ट हो । मानिस बेचविखन लागू पदार्थको सेवन ओसार पसार आर्थिक अनुशासन हिनता हो । जुवा तास खेल्नु, लागू पदार्थ सेवन गर्नु, रण्डिवाजी गर्नु, माछा मासु खान मरिहत्य गर्नु, धुम्रपान गर्नु, सामाजिक विकृति कार्य हुन् । पैसा कमाउन यस्ता विकृति कार्य भएका छन् । अनुशासितमा रहेर द्रव्य आर्जन गर्ने प्रचलन छैन । ऐलेको समाज यस्तो भयो कि पैसाको लागि जे पनि गर्न तयार छ । अर्थात पैसाको लागि नैतिकता बेचिएको छ । नैतिकवान भएर पैसा कमाउने व्यक्ति विरलै पाइन्छन् । कुन वस्तु मूल्य कति हो भनेर सरकारले पनि तोकेको छैन । बेच्नेले जुन मूल्य राख्यो त्यही मूल्य कायम हुन्छ । बस्तुको मूल्य व्यापारिको मुखमा हुन्छ । इमान्दारी पूर्वक धन आर्जन गर्ने परम्परा छैन । जसरी हून्छ कमाउ भन्ने लुट चलिरहेको छ । राजनीतिमा त झन आर्थिक अनुशासन पटक्कै छैन । कुकुर मालिकप्रति अत्यन्त अनुशासित हुन्छ तर याहाका नेता पैसाका लागि आफ्नो देशको इज्जत प्रतिष्ठा बेच्दछन् । पैसाको लागि आफ्नो धर्म संस्कार र संस्कृति नै बेचेका छन् । पैसा नै सबै थोक होइन भन्ने पनि गरिन्छ तर पैसा देखेपछि यो भनाई ओझेलमा पर्छ । पैसाले गर्दा समाजमा हत्या र आत्महत्या पनि भएका छन् । पैसाका लागि देशमा ठूला ठूला काण्डहरु भएका छन् । भ्रष्टाचार मौलाएको छ । नियमानुसारको पारिश्रमीकमा चित्त बुझाएर काम गर्ने प्रचलन पटक्कै छैन । यहाँ प्रमाण पत्रहरु किनबेच हुन्छन् । ज्ञान किनेर किनिने कुरा होइन यो त स्वयं अध्ययन गरेर हुने कुरा हो । आत्मा बेचिदैन तर बेचिन्छ । आत्मा नै बेचे पछि कसको के लाग्छ । यहाँ मत असल कामका लागि होइन खराब कामका लागि किनबेच हुन्छ । नेपालको राजनीतिमा मतको सुक्रि, बिक्री हुन्छ । नेताहरुले आत्मा बेचेका हुनाले देश भ्रष्टाचारको दलदलमा फँसेको छ । नेताहरुले जनताको मताधिकारको व्यापक दूरुपयोग गरेकवा छन् । नेपालको राजनीतिमा नैतिकताको किनबेच हुन्छ । देशमा पैसाको लागि अशान्ति मच्चिएको छ । भाइभाइमा काटाकाट मारामार भएको छ । पैसा जाने विनिमयको माध्यम हो नजाने नरसंहारकारी हतियार हो । पैसा व्यवहार चलाउनका लागि विश्वास गरिएको विनिमयको माध्यम हो तर दूरुपयोग भइरहेको छ । ऐले सज्जन समाजले द्रव्यलाई राक्षसको रुप मानेको छ । ऐलेको समाज द्रव्यको बसमा छ । द्रव्य समाजको बसमा हुनुपर्ने हो । उल्टो भएको छ । समाज द्रव्य पैसाको बसमा छ । पैसा भए पछि सबै कुरा किन्न पाइन्छ । भगवान, पिता, माता, स्वास्नी, श्रीमान, छोरा छोरी, बुहारी, रक्सी, चुरोट, तास माछामासु सबै कुरा पैसाले किन्न किन्न पाइन्छ । यो सोच नकारात्मक हो । पैसाले किन्न नपाइने कुराहरु पनि छन् । चरित्र, नैतिकता, अनुशासन, सतचरित्रता स्वावलम्बनपन आदि पैसाले खरिद गरेर खरिद गरिदैनन् । यी कुरा त असल चालचलन व्यवहारबाट प्राप्त हुने कुरा हुन् । पैसा छ भन्दैमा सबै कुरा प्राप्त गर्न सकिन्न । पैसा भन्दा चरित्र ठूलो कुरा हो । चरित्रमा धब्बा लाग्यो भने पैसा खर्च गरेर मेटाउन सकिदैन तर पैसा खर्च गरेर मेटाउन खोजिन्छ तर कोही पनि सफल हुन सक्दैन । ऐलेका मानिसहरु बुद्धिलाई पैसाले खरिद गर्न खोज्छन् । बुद्धि पैसाले खरिद गर्ने बस्तु होइन । यो त भाववाचक संज्ञा हो । भावनालाई एउटा स्थल बस्तु मानेर किन्न प्रयास गर्नु बुद्धिमता होइन, मुख्र्याई पन हो । ऐले नेपालमा शैक्षिक प्रमाणपत्र खरिद गरेर सरकारी जागिर खाने मानिसहरु प्रशस्त छन् । यिनै अध्ययन नै नगरी नक्कली प्रमाण पत्रको आधारमा जागिर खानेहरुले देशमा व्यापक भ्रष्टाचार गरेका छन् । नेपालमा सक्कली काम हुन छाडेको छ । नक्कली काम मात्र हुन्छन् । त्यसैले देशले विकासको होइन विनासको गति लिइरहेको छ । पुर्खाले आर्जन गरेको गौरव गाथाको अस्तित्व नष्ट हुँदै गएको छ । यो सबैको कारण नैतिक हिनताको पराकाष्ट हो । भ्रष्टाचार शब्द नैतिक हिनताको परिणाम स्वरुप उत्पन्न भएको आर्थिक अनुशासन हिनताको शब्द हो । विनिमयमा अनियमिता हुनु भ्रष्टाचार हो ।
•
read more...
सरर ‘डेष्टिनेशन’ पोखरा...
July 29, 2011
रामकृष्ण ज्ञवाली कृष्ण देवकोटा नेपाली लोक संगित प्रेमीका लागि नौलो नाम होईन । झण्डै डेढ दशक देखि नेपाली लोक गित संगितको क्षेत्रमा छाइरहेका कस्केली ढिटो हुन उनी । सांगितिक यात्राको दौरानमा उनले निकै चर्चित र लोकप्रिय गित पस्किएका छन् र पनि उनी अहिले जत्तिको सन्तुष्ट यसअघि भएनन् सायद । गायक देवकोटाको गित भर्खरै बजारमा आएको छ( ‘सरर डेष्टिनेशन पोखरा....’ शिर्षकमा । यो गितमा पोखरा र आसपासको सौन्दर्यताको निकै कर्णप्रिय स्वर र संगितमा बर्णन गरिएको छ । आफ्नो जन्मभुमीलाई माया गरेर यहाँको पर्यटन प्रवद्र्धन गर्ने गरी गित लेख्दा र गाउदा उनलाई साच्चिकै गर्वको महसुस भएको छ । “पोखरा र आसपासको सुन्दरतालाई लोक संगितको माध्यमबाट प्रचार गरेर जन्मभूमिको ऋण अलिकति भए पनि तिर्न सकेको महसुस गरेको छु ।’ देवकोटा यसै भन्छन् । पोखरा र यस क्षेत्रको माया गर्नेहरुका लागि मात्रै होइन, लोक संगित प्रेमीहरुका लागि यो गित साँच्चिकै राम्रो बनेको छ । आयो टुरिष्ट दाई हाम्रो नेपाल घुम्नलाई सेता हिमाल चुम्नलाई सरर डेस्टिनेशन पोखरा.. यिनै चार लाइनबाट शुरु भएको गीतमा पोखरा र आसपासको मात्र होइन समग्र नेपालको पर्यटकीय स्थल र महत्वको पनि छोटकरीमा सुन्दर ढंगले चर्चा गरिएको छ । बन्दीपुरलाई नियालेर पोखरामा छिर मुसुमुसु हासिरहन्छन माछापुच्छूे शीर टुरिष्ट दाइलाई मन पर्ने नेपालीको माया फेवा ताललाई मन पर्ने माछापुच्छूे छाया आयो टुरिष्ट दाइ .... नेपाली झण्डा सहित पोखरा विभिन्न सुन्दर पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको यो गितमा पोखराका प्राय सम्पूर्ण पर्यटकीय स्थलको चर्चा गरिएको छ । प्याराग्लाईडिङ्ग देखि उत्तरी हिमालहरुको आरोहणको दृश्य समेत समेटेर गितलाई साच्चिकै आकर्षक बनाएका छन् देवकोटाले । देवकोटाले यस गितमा विदेशी नागरिकलाई समेत लिएर सुटिङ्ग गरेका छन्, विदेशी नागरिकले नेपालीले जस्तै नाचेको दृश्यलाई समेत समावेश गरेर नेपाली गित संगितमा जुन सुकै देशका नागरिकले पनि रम्न सक्छन भन्ने सन्देश पनि उनले दिन खोजेका छन् । लण्डनको डेभिड आयो अम्रिकाको माइकल झिलिमिली पोखरामा गुडाउन साईकल जान्छ फेरि जर्मनी मुटु चुडाएर दङ्ग पर्छ सराङ्गकोटले मान्छे उडाएर आयो टुरिष्ट दाइ ..... गीत मार्फत देवकोटाले आन्तरिक पर्यटकलाई पनि पोखरा घुम्न आउने निम्तो बाँडेका छन् । पाल्पाली ढाका, भोजपुरे खुकुरी, गोर्खालीको विरताको गाथा, दरौ शिरुवारीको सुन्दरता सौराहाका हात्ती र मुक्तिनाथको धार्मिक महत्वलाई पनि गितमा समेटिएको छ । नेपाल पर्यटन बर्ष २०११ को अवसर पारेर देवकोटाले डेष्टिनेशन पोखरा बजारमा ल्याएका हुन । “नेपाल पर्यटन बर्ष २०११ सफल पार्ने दायित्व पर्यटन व्यवसायी र राज्यको मात्र होइन, हामी जस्तै जनताको घर दैलोमा पुग्ने कलाकारको पनि हो ।’ देवकोटा भन्छन(“झटटै जनताको मनमा बस्न सक्ने गित संगितका माध्यमबाट भ्रमण बर्षको सन्देश देशब्यापी पुर्याउन सकिन्छ भनेर यो गित बनाएको हुँ ।’ गितको शब्द र लय पनि देवकाटै हो । गित बनाउने क्रममा सहयोग गर्ने नेपाल पर्यटन बोर्ड सहित पर्यटन व्यवसायी प्रति देवकोटा आभारी छन् । विगत १२ बर्ष देखि निरन्तर लोकदोहोरी यात्रामा लागि परेका देवकोटाको जन्मस्थल कास्की जिल्लाको चापाकोट हो । हाल उनी पोखरा(१७ विरौटमा बस्छन् । १२ बर्षको अवधिमा १४ वटा एल्बल बजारमा ल्याएका देवकोटाले यो मायाको संसार बिचित्र, बटौलीमा झरौला, राम्दी तरेर, नौतुनाको रेल, बाबुरा नया नेपालमा लगायतका लोकप्रिय गित गाएका थिए, जुन गीतहरु अझै पनि श्रोतको रोजाइमा पर्छन ।
•
read more...
रक्तदान जीवनदान एक चर्चा
July 28, 2011
कृष्ण तिमिल्सीना क. पृष्ठभूमी ः मानव सभ्याताको विकास सगै स्वास्थ्य क्षेत्रमा अकल्पनीय उपलव्धीहरु प््राप्त भएका छन् । २१ औं शताव्दीमा विज्ञानले गरेको चौतर्फी विकास सगैं विभिन्न कारणले रगतको कमीवाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर वचाउन सकिने प्रविधिको विकास चिकिल्सा क्षेत्रमा भयो । विज्ञानको उच्च विन्दुमा विकास भएतापनि रगतको कमीवाट हुने मृत्युवाट वचाउन मानीसको रगतको विकल्प उपलव्ध हुन सकेको छैन । विभिन्न कारणले रगतको आवश्यकता पर्ने व्यक्तिलाई अर्को व्यक्तिको शुद्ध र समुह मिल्ने रगत तत्काल उपलव्ध गराउनुपर्ने आवश्यकता वढ्दो छ । त्यसैले रगतको अभाववाट मानिसको जीवनरक्षा गर्न रक्तदान नै एक मात्र विकल्प हो । रगत हाम्रो जीवन हो । रक्तदान एउटा निरन्तर चलिरहने प्रकृया हो । हाम्रो शरीरकालागि नभई नहुने राता तरल पदार्थ रगत च्द्यऋ, ध्द्यऋ, एबिकmब, एबितभभितक बलम ध्बतभच आदी मिलेर बनेको हुन्छ । मानव शरीरमा रगतले मुख्यत अक्सिजनको आपूर्ति गर्ने, शरीरमा तापक्रम सन्तुलन राख्ने, पौष्टिक तत्व पु¥याउने, रोगका कीटाणुहरुलाई मार्ने तथा शरीरमा उत्पादित फोहरहरुलाई विभिन्न अंगहरु (जसले वाहिर फाल्ने कार्य गर्दछ) पु¥याउने कार्य गर्दछ । ख. रक्तदान एकमात्र विकल्प ः रक्तदान नै जीवनदान एउटा सर्वत्र प्रयोगमाआई रहने भावनात्मक अभिव्यक्ति हो । आज भोली रक्तदान गर्नुपर्छ भन्ने चेतना र सहभागिता वढ्दो छ । हरेक संघ संस्थाका साना ठूला कार्यक्रममा रक्तदानलाई महत्वका साथ राख्ने गरेको पाइन्छ । हाम्रो शरीरमा वन्ने रक्त कोशिकाहरु आफ्नो समयावधी पूराभएपछि स्वत मृत भएर जान्छन् । तीन तीन महिनामा नयां रक्त कोषिकाहरु जन्मन्छन् र पूरानो वाहिरिन्छन् भन्ने कुराको ज्ञान धेरैले पाउन थालेका छन् । हाम्रो रगतको विकल्प रगत नै हो । यसकालागि रक्तदान नै एउटा भरपर्दो विकल्प हो । हामी सवैमा रक्तदान गर्ने जागरण वढेकाले रक्तदाताहरुको संख्या पनि वढेको छ । हुन त रक्तदाता वढ्नु आफैमा राम्रो कुरा हो । तर रगतवाट सर्ने सरुवा रोगहरु र संक्रमणहरु प्नि यसै साथ देखापर्ने थालेका हुनाले त्यतिकै चनाखो र सतर्क हुनुपर्ने अवस्था आएको छ । मधुमेह, दम, उच्च रक्तचाप, मृगौलाको रोग, मुटुको रोग, जण्डिस, एचआइभी, छारेरोग, क्षयरोग, यौनरोग, लागूपदार्थको प्रयोग एंव दुव्र्यसनमा लागेका व्यक्तिहरुले रक्तदान गर्न हुदैन । त्यसैगरी महिलाहरुले महिनावारी भइरहेको वेला (शुरुदेखी ८ दिन सम्म), स्तनपान गराइरहेको समयावधि र गर्भवतीको अवस्थामा रक्तदान गर्नुहुदैन । एउटा वयस्क मानिसको शरीरमा ५–६ लिटर (६६–७६ मि.लि. प्रति के.जी.) रगत हुन्छ । १७–६० वर्ष उमेरका महिला वा पूरुष, कम्तिमा ४५ के.जी.तौल भएका र १२ ग्राम प्रतिशत होमोग्लोविन भएका, व्लडप्रेशर ११०÷७०–१६०÷९५ मि.मि.मर्करी भएका व्यक्तिले रक्तदान गर्नु सकिन्छ । मानव जीवनको रक्षा गर्नु र स्वास्थ्य सुरक्षा गर्नु जस्ता रेडक्रसको मूलमर्मसंग सामिप्यता राख्ने कार्य रक्तदान गरेर मानवतावादी भावनालाई वढावा दिन विभिन्न समाजिक संघसंस्थाको सहयोग, संस्था माध्यमहरु, रेडक्रसकर्मी र रेडक्रसका निकायहरुको सहभागिता उल्लेखनीय रहेको छ । नेपाल रेडक्रसले विभिन्न अस्पताहरु, नर्सिङहोम, पोलीक्लिनीकहरुसंग सहकार्य गर्दे आदरणीय अग्रजहरुको सहयोगमा रक्त संकलन, परिक्षण तथा वितरण सेवा पु¥याउदै आएको छ । ग. जान्नुपर्ने कुराहरु ः कूनैपनि कारणवाट मानिसको शरीरमा रगतको कमी हुन गई तत्काल रगत दिनुपर्ने भएमा वा कुनै रक्तदान कार्यक्रममा रक्तदान गर्न जादै हुनुहुन्छ भने सर्वप्रथम भावनात्मक रुपले तयार हुनुहोस् । तपाई मानविय सेवा र धर्मको कार्यमा जुट्नु भएको छ । रक्तदान गर्नकालागि खाली पेट नराख्नुहोस् । तपाई केही ठोस चिज खानुपर्दछ । रक्तदान स्थलमा गई स्वास्थ्य परिक्षणकालािग फारम भर्नुहोुस् । प्राविधिक कहां जानुहोस् र सोधिएका प्रश्नहरुको संकोच नमानी जवाफ दिनुहोस् । तपाइले दिनुभएको जवाफ र जांच परिक्षणको आधारमा सम्वन्धित प्राविधिकले रक्तदान गर्न हुने र गर्न नहुने माथी उल्लेखित अवस्थाको विश्लेषण गरी सकेपछि रक्तदानकालािग योग्य भएमा नाम दर्ता गराई संकलन थैली लिएर लाइनमा पर्खनुहोस् । रक्तदान गरीसकेपछी सुई थिच्नुहोस् । रक्तदान पश्चात कम्तिमा ५ मिनेट देखि आवश्यकता अनुसार सोही स्थानमा आराम गर्नुहोस् । यसपछी हल्ला नास्ताकोलागि तयार हुनुहोस् । यदी आयोजकले प्रमाणपत्र वा अन्य कुनै उपहार दिएमा ग्रहण गर्नुहोस् । मध्यपान र धुम्रपान नगरौं यदी सोको लत भए कम्तिमा ३ घण्टा सम्म सेवन नगर्नुहोस् । रक्तदान गर्नुभएकोमा तपाईलाई धन्यवाद छ । तपाइले गौर गर्ने कुरा अरुकोलागि वा आफ्नो लागि पनि रक्तदान गर्नुभएको छ । विश्वमा हरेक वर्ष करोडौं मानिसहरुले रक्तदान दिएर वा पाएर आफ्नो जीवन वचाउन पाएका छन् वा सजिलो वनाएका छन् । अव प्रत्येक ३÷३ महिनाको फरकमा रक्तदान कार्यलार्य निरन्तरता दिनुहोस् । तपाईमा प्रशस्त कृयाशिल हुने उर्जा थपिने छ साथै स्वास्थ्य र निरोगिता वढने छ । घ. चुनौतिहरु ः नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसंचार सेवा संचालन गर्ने सम्पूर्ण जिम्मेवारी सुम्पेको छ । विभिन्न मानवीय पिडा र संवेदनामा रेडक्रसले पु¥याउदै आएको सेवा र सहयोगलाई समयानुकूल परिमार्जन गरी स्तरिकरण गर्दे अगाडी वढ्नु आफैमा चुनौतीपूर्ण रहेको छ । सिमित साधन श्रोत र थोपा थोपा जम्मा गरी कोष संकलन अभियान, सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोग र सद्भाव लगायतको आम्दानीवाट रेडक्रसले आफ्नो अभियान संचालन गरिरहेको छ । हाम्रा अग्रजहरुको मिहिनेत र सर्मपर्णले समूह गन्तव्य तर्फ बाटो देखाएको छ भने विभिन्न संघसंस्थाहरुको सहयोगवाट रेडक्रसको कृयाशिलता वढाएको छ । यसै पृष्ठभूमीमा हाम्रा अगाडी देखा परेको चुनौतीहरु निम्नानूसार रहेका छन् ः १. तालिम प्राप्त जनशक्तिको वृद्धि र परिचालन २. प्रभावकारी सेवा र सहयोग ३. जनचेतना र सहभागितामा वृद्धि ४. समयानूकुलका साधन श्रोत र वैज्ञानीक उपकरणको खरिद तथा प्रयोग ५. आधुनिक भौतिक पूर्वाधार (भूकम्प प्रतिरोधात्मक) ६. नियमित रक्तदाता र भावि रक्तदाताको तयारी ७. सुरक्षित रक्तदाताको तयारी र रगतको आपूर्ति ८. दुर्लभ रक्त समुहका व्यक्तिहरुको खोजी ९. शुद्ध रगतको संकलन, भण्डारन र वितरण १०. सेवा केन्द्रहरुको संस्थागत विकास ङ. उपसंहार ः नेपाल रेडक्रस सोसाइटीले वि.स.२०२३ श्रावण १२ गते रक्त संचार सेवा केन्द्र शुरुवात गरेको हुनाले हरेक वर्षको श्रावण १२ लाई रक्तदान दिवसका रुप्मा मनाउने परम्पराको थालनी भयो । मानवको जीवन रक्षा र स्वास्थ्य सुरक्ष गर्ने रेडक्रसको मुल उदेश्यसंग रक्तदान गर्ने कुराले सामिप्यता राख्दछ । रक्तदान नै जीवनदान हो । एउटा मानिसले दिएका रगत अर्को मानिसकालागि वा आफ्नै लागि पनि जीवन वाचीरहेको हुन्छ । यही रगतलाई सर्वसुलभ वनाउन स्वंयसेवी रक्तदाताहरु, संघ संस्थाहरु र आदणीय व्यक्तिहरुको सहयोग र सद्भावनै रेडक्रसको मुख्य आधार हो । आज हरेक वर्ष करोडौं मानीसहरुले रक्तदान दिएर वा पाएर आफ्नो जीवन वचाउन पाएका छन् वा सजिलो बनाएका छन् । त्यसैले हामी सवैले नियमित रुपमा रक्तदान गरौं । रगतको अभाववाट हाम्रो जीवन रक्षा गर्न रक्तदान नै एक मात्र विकल्प हो भन्ने कुरालाई आत्मसाथ गरौं ।
•
read more...
थपिदैछ बास–हराउँदै छ गाँस
June 8, 2011
मुक्ति पराजुली ‘लहर’ गास बास र कपास मानिसका निम्ति आवश्यक विषय रहेछन् । समय परिस्थिति अनुसार यिनीहरुको उपयोग गर्नुपर्दछ नै । यी मध्ये कुनै एक विषयलाई मात्र प्राथमिकता दिएर अर्काे लाई सुन्यतामा परिणत गर्न खोज्नुलाई त्यति बुद्धिमानी त भन्न मिल्ने पनि रहेनछ । जो मानिस सुख दुखको स्तर भन्दा माथि उठेका छन् , तिनीहरुको कुरा बेग्लै हो । अन्यथा हामी मध्ये कोही यस्तो छैन जो दुख चाहन्छ । किन्तु हामीले दुख नचाहेर पनि दुखले त कदापी छाड्दैन । दुुखका लागि हामी कुनै प्रयत्न गर्दैनौ तापनि दुखका निमित्त उपस्थिति भई हाल्दछन् । अनि अज्ञानवस तिनीहरु लाई आफुसँग सँवद्ध गराएर हामी दुखि पनि हुन्छौ । ठीक यस्तै प्रकारले सनातन नियम के छ भने इन्द्रीय द्वारा भोगिने विषय सम्बन्धि सुखका निमित्तहरु पनि हामीले प्रयत्ननगरे पनि हामी जहा सुकै बसौ हाम्रा सामु आई हाल्दछन् । कर्म जगतका नियमहरु द्वारा नियन्त्रित भएर यी पनि विना प्रयास हामीलाई प्राप्त हुन्छन् । यो प्राकृतिक नियम पनि हो शास्त्रमा उल्लेख छ । जीवनमा कुनै दुख यस्तो हुन्छ जुन कुनै खास स्थानमा रहनाले हुन्छ । त्यहा नभएत यो दुख हुदैन । उदाहरणको लागि मानौ कसैको घर गयो, त्यहाँ कसैको मृत्यु भयो, वा त्यसै घरमा चोरी भयो घरका सबै दुखि छन् भने आफूलाई पनि दुख हुँदनथ्यो होला पनि । अन्यत्र गएपछि त्यो घट्दछ पनि अनेक दुख सम्बन्धले हुन्छ । घर, सामान, रुपैया वा पशु जब सम्म मेरो हुन्छ त्यसै बेला सम्म त्यो हराउँदा चोरिदा क्षतिग्रस्त हुँदा वा नष्ट हुँदा दुख हुन्छ । त्योअरुलाई दिए वा बेचेमा त्यसको कुनै पनि सुख हुदैन । हरेक मानिस सुखसँग बाच्ने चाहना गर्दछ । त्यसको लागि गाँस, बाँस र कपास जुटाउन भर मजदुर प्रयत्न गर्दछ । गाँस, बाँस र कपास पहिला पहिला यो क्रमबद्ध तरिकाले अपनाउने गर्दथे भने आजकाल तिनीहरुको स्थानमा समेत फेर बदल भएको छ । आजकाल त त्यसो होइनकी बास, कपास र गास यस्तो पो भएको छ । गास डिमोसन भएर तल ओर्ली तेस्रो स्थानमा पुगेको छ तेस्रो स्थानको कपासको प्रमोशन भएर दोस्रो स्थान ओगट्न सफल भएको छ । यो पनि जवाना परिवर्तनले ल्याएको हो, उद्धेक मान्नु पर्ने विषय भित्र पर्दैन । मानिसको आ(आफ्नो सोच हो । उहिले उहिले बास र कपासको भन्दा बढी प्राथमिकता गास लाई दिने गर्दथे । तर आजकल त्यो छैन । आजकल त खुर्सानी लगाउने फलफुल लगाउने बारीको जरुरत छैन । मोटर ग्यारेजको मतलब छ, मार्वल चिप्स लगाएको टिलिक्क टल्कने घरको मतलब छ । चारखुट्टे पशुको पनि जरुरत छैन । दूध दिने भैसी समेत शहरमा देख्न दुर्लभ छ । भैसी पाल्ने मान्छेलाई अशभ्य भन्लान जस्तो डर छ । प्याकेटमा पाईने खाद्य सामाग्री दैनिक रुपमा हातमा झुण्डाएर अरुको अगाडी देखाउदै लैजाने सोखछ । कृषि प्रधान भन्ने देशको हालत यस्तो छ शहरी क्षेत्रमा । गाउँ घरमा उर्वरा हुने जमिन छैन । कताकति भएको जमिन पनि बाँझै बन्न थालेका छ । किनकी गाउ घरमा काम गर्ने मानिसको अभाव छ । एउटा कुखुरीले सँधै सुनको फूल दिन्छ भन्ने सुनेर लोभी मूर्खले चाँडै सुनका धेरैअण्डा लिन सुनको फुल पार्ने कुखुरीको पेटबाट धेरै अण्डा लिन्छु भनेर माउ कुखुरी लाई नै मार्दछ । बुद्धिमानले भने धैर्य लिएर राम्ररी कुखुरी लाई पालेर प्रत्येक दिन पारेको फूल बेचेर सुन किन्दछ र सुनको फूल पार्ने कुखरी भन्ने भनाई लाई सार्थक पार्दछ । त्यस्तै राजनिति गर्नेले पनि मौका पाउदिनकी भनेर एकैचोटी गैह्र कानुनी आजर्न गर्ने गलत विचार गर्दा आफ्नो आम्दानीको स्रोत नै जान सक्दछ । हाम्रो देशको अवस्था विचार गर्ने हो भने उपत्यकाका उब्जा हुने जग्गा घडेरीले सखाप भइसकेको छ । ठूला ठूला गगन चुम्बीघरहरु सडक भन्दा भित्रभित्र पनि बनि सकेका छन् । गाउँ घरतिर बसोबास गर्नेहरु पनि त्यहाको राम्रो जग्गा बेच बिखन गरी शहरतिर दुई कोठाको मात्र भवन बन्ने भए पनि जग्गा लिएर बसोबास गर्ने हरुको आईरो लागेको देखिन्छ । यदि कुनै समय भोक मरीको समस्या आयो भने त्यसको स्थिति के होला भन्ने बारेमा कसैले सोच राखे जस्तो देखिदैन । सरकारको नीति नियम गतिलो नभए पछि कसको के लाग्ने रहेछ । कमसेकम उब्जाउ हुने खेति योग्य जमिन ल्यटिङ गर्न सम्म नदिएको भए भविष्य अन्धकार हुनबाट जागिन सक्न थियो । अब त्यो अवस्था पनि भएन । नेपालीहरुको योजना पहिले हात्ति जस्ता ठूला ठूला भएर आउँछन् र लागू हुदै जाँदा घट्दै मुसो जस्ता हुन्छन् र दुलोमा पसेर बिलाउँछन् । यसैलाई हात्ति आयो हात्ति आयो फूस्सा भनिन्छ । नेपालीहरुमा लगनशीलताको कमी छ र काम हुनु भन्दा बढी प्रचार प्रसार हुने गर्दछ र त्यसको परिणाम निराशाजनक हुन्छ । यसले जनतामा अविश्वास र निरुत्साह बढाउँछ । त्यो दृश्य बारम्बार देख्दै र भोग्दै पानि आएका छौ । हाल आएर नयाँ नौलो बनेको पनि होइन । “जहाँ मूर्खको पुजा हुँदैन, जहाँ अन्न संचित हुन्छ, जहाँ स्त्री पुरुषको झगडा हुँदैन त्यहाँ लक्ष्मी स्वयं आएर निवास गर्दछीन् शास्त्रले भनेको छ । यहाँ त त्यस्तो स्थिति देखिदैन, त्यसको विपरित छ । बोल्नेको पिठो बिक्दछ भने नबोल्नेको चामल समेत बिक्री नहुने स्थिति बन्दैछ । हाम्रा पूर्वजहरु कस्ता रहेछन्, जहाँ पानीको मुहान रहेका छ त्यहा नाग हुन्छ भन्ने विश्वास राखेर त्यसलाई पुजा गर्ने चलन कुनै कुनै बस्तीमा पाइन्छ । पानीको मुहानहरुमा यदि कसैले दिशा पिसाब गरेमा नाग रिसाएर दिशा पिसाब गर्ने अङ्गहरुमा घाउ खटिरा निस्कन्छ र कुहिएर झर्दछ भन्ने विश्वास छ । त्यसैले गर्दा पानीको मुहान वरिपरि कसैले दिशा पिसाब गर्दैनन् । जसले गर्दा बाह्रैकाल पानी सफा भई रहन्छ । गाउँमा पानीबाट हुने रोग नियन्त्रण हुन्छ । त्यसै गरी पानीको मुहान वरिपरिको रुख नागको घर हो भन्ने विश्वास छ । यदि कसैले त्यहाको रुख काटेमा नाग रिसाउछ र उक्त रुख काटेको हातमा घाउ खटिरा आई हातै कुहिएर झर्छ भन्ने विश्वास छ । यहि विश्वासले गर्दा कसैले पनि पानीको मुहान वरिपरिको रुख काट्ने आँट गर्दैनन् । यसले गर्दा पानीको मुहान वरिपरिको रुख संरक्षणमै निरन्तर पानी आई रहन्छ । हाम्रा पूर्वजहरु आजको जस्तो डिग्री हासिल गरेका थिएनन् । भोलीको लागि के गर्न उपयुक्त हुन्छ भन्ने सोच्ने गर्दथे । तर आज कुन व्यक्तिले सोच्न सक्यो उर्वरा जमिन घडेरीमा मास्न हुदैन भनेर अनि तिनै व्यक्तिहरु भन्ने गर्दछन् पहिलाका मानिस अन्धविश्वासी, कुरिति प्रथा, भएका अशिक्षित आदि। तर विद्या हुनु भन्दा बुद्धि हुनु ठीक मानिन्छ । बुद्धिमानले आफ्नो विवेकलाई सही ठाउँमा प्रयोग गर्न सक्दो रहेछ । विद्या त जस्तो कुरामा पनि हासिल गर्न सकिन्छ । यथार्थमा आजको स्थिति हेर्न हो भन्ने चौतारा पाटी, पौवा, पानीका पोखरी, हावा खाने चौर केही पनि देख्न पाइदैन । तिनिहरु त इतिहासको पानामा उल्लेख भए सरह भए । केवल वासका लागि ठूला ठूला महल वर्षेनी थपिदै गएका छन् । बिहान बेलुकाको छाक टार्न गास भन्ने कताबाट कुन देशबाट आउने हो थाहा छैन । हराउँदै गएको अवस्था छ । भोलीको लागि कसले के सोच राख्न सकेको रहेछ । नेताहरु अझै पनि भन्ने गर्दछन् ,नेपालीहरुको आर्थिक स्थिति माथि माथि गएकै छ भनेर यस्तै छ यहाँको चलन ।
•
read more...
|