»

  Articles - लेख विषेश

गोपिचन लोकनाटकमा डा.कुसुमाकरको खोज
July 28, 2010

काशीनाथ कुमाल

लोकसाहित्यिक फाँटका विभिन्न विद्धान तथा साहितयकारले गोपीचन लोकनाटकका बारेमा औल्याएका छन् बाग्लुङ जिल्लाको विभिन्न ठाउँमा पर््रदर्शन गरिने भएकाले यहाँ गोपीचन लोकनाटकका सम्वाहकहरु धेरै छन् ती मध्ये संकलित गोपीचन नाटकलाई पर््रदर्शन गर्ने लोकप्रतिकालाई मात्र गोपीचनका सम्भावहक भनिएको यसको अर्थ पनि यही हो बाग्लुङको अमरभूमिमा प्रदर्शित हुँदै आएको यस गोपीचन लोकनाटकका प्रमुख सम्वाहक गंगाराम भूजेल हुन्् मुख्य गायक निर्देशकको कार्य गर्ने भएकाले अन्य सम्वाहक गाउँलेहरुले यिनलाई गुरुबाउ पनि भन्दछन् यी गंगाराम भूजेलको जन्म १९८४ साल भदौ महिनामा बागलुङ जिल्लाको अमरभूमि-, माझखर्क गाउँमा भएको हो कृषि पेशा गर्ने यी गंगाराम सानैदेखि गायनवादनमा रुचि लिन्थे आफ्ना पितापर्ुखाले मौखिक रुपमा पर््रदर्शन गरेको गोपीचन पर््रदर्शनमा आफू प्रत्यक्ष सहभागी भएर सिकेका यी भूजेलले यी पर्ुखाहरुको शेषपछि आफ्नो गाउँमा वर्षोनी गोपीचन पर््रदर्शन गराउँदै आएका छन् जग बलियो पार्नका लागि असल अगुवाको खाँचो पर्दछ भनी घर बलियो हुन्छ भने झै गोपीचन लोकनाटकको बागलुङमा बसाल्न अमरभूमि- मा जग हाल्ने काम यिनै भूजेलले गरे यसलाई सबैले कात्तिक महिनामा चल्ने गोपीचन लोकनाटक भनी करुणभावप्रधान वा कारुणिकभाव धाराप्रधान लोक साहित्यिक विधाका रुपमा चिनाएका छन्

 

read more...


कहिले होला भयानक चलचित्रको अन्त्य -
July 27, 2010

महेश भण्डारी
भनिन्छ, राजनीति राज्य संचालनको मूल नीति हो । राजनीतिलाई जतिसुकै फोहरी खेलको रुपमा चित्रण गरिएतापनि यसको वरिपरि फन्को नमारीकन कुनै पनि मुलुकको जन्म, जीवन र व्यवस्थापन हुन सक्दैन । 'म नै राज्य हुँ !' भन्नेलाई ढाल्ने पनि राजनीति नै हो र 'म राज्यको नोकर हुँ !' भन्नेलाई पाल्ने पनि राजनीति नै हो । कहिलेकाही यसको काँपबाट फोहोर पानी बहनु आकस्मिकता हो ।
हामी केही कुरी रहृयौ, स्यामुयल ब्याकेटको नाटकमा दर्ुइ विसंगत मान्छेले 'गोडो' लाई कुरेझैं । हामीले सोच्यौं, अब तिनीहरू आनेछन् । हाम्रो परिभाषा फर्ेर्ने छन् । हाम्रो व्याकरण बदल्ने छन् । हाम्रो भाग्य कोर्ने छन् । तिनीहरू जरूर आउनेछन् !
हाम्रो परिभाषा, व्याकरण र भाग्य बदल्ने राजनीति राजनीतिजस्तो बनेन । हामी बुँख्याचाको बुँख्याचा नै भएर बाँच्न बाँध्य भयौं । जनता हुन सकेनौं । आपसी समझदारीको कुनै चाँदनी घेरा देखिँदैन यो अन्यौल र अस्थिरताको कालो बादलवरिपरि । पार्टर्ीी गुट बाहेक राष्ट्र, राष्ट्रियताको कुनै लाइन छोएका छैनन् नेताहरूले । एउटै पार्टर्ीीत्र दर्ुइ वा दर्ुइभन्दा बढी पार्टर्ीी तीनका कैयन् प्रवक्ता जन्मेका छन् । उनीहरूले परस्पर बिरोधमा गरेको बहुली कुरा सुन्दा जनता झुक्किन्छन् । एउटै पार्टर्ीी दर्ुइ नेता विल्कुलै उल्टो र फरक कुरा फलाकिरहेछन् । किन दलहरू यति तलसम्म गिरे - शहीदको रगतको मूल्य अब के - महान् पार्टर्ीीमहान् विचार र महान् नेताको पदवी र उपाधीको महत्व अब के - के क्रान्ति र आमूल परिवर्तन घोषणापत्रका बुँदा मात्र हुन् - राष्ट्रिय सहमती र संविधान निर्माण सम्झौता-पत्रका प्रस्वावमात्र हुन् - जनताको आशा र विश्वास माथि योभन्दा ठूलो गद्दारी अरु के हुन सक्ला -
जनता सबै राजनीतिक दलप्रति शंका र घृणाको नजर लगाउँछन् । पार्टर्ीी वरिपरिका आउरेबाउरेभन्दा माथि उठेर मुलुकको अन्यौल र असमझदारीलाई चिर्ने र नयाँ परिवर्तनको पर्वत उचाल्ने कुनै कृष्ण दृष्यमा देखिँदैन । सब शकुनीजस्ता लाग्छन् । सब दुःशासन जस्ता लाग्छन् । मान र पद पाउनु नै ठूलो हुन्थ्यो भने दूर्योधनलाई महाभारतको नायक माने हुन्छ । राजनीतिमा मान भन्दा ठूलो स्वाभिमान हुन्छ । पदभन्दा ठूलो पहिचान हुन्छ ।
जनताले परिवर्तन माग्यौं । त्यो मिलेन । जनताले शान्ति र सुरक्षा मागे । त्यो पनि मिलेन । जनताले बिहान बेलुका हातमुख जोड्नलाई गास खोजे, आङ छोप्नलाई कपास खोजे र ओत लाग्नलाई बास खोजे । त्यो पनि मिलेन । बिरामी हुँदा दस रुपैयाँको सिटामोल खोजे । त्यो पनि मिलेन ।
जनता नमिलेका थुप्रै खोजहरूको कुहिरोमा हराएनन् । जनताको आशा पातलो भएन । जनताले आँफूले आँफैलाई सम्हाले । चित्त बुझाए ।
बस्, परिवर्तनको भाका नब्रि्रेास् । लोकतन्त्रको नक्शा नचेतियोस् । शहीदको सपनाले नपोलोस् । फेरी जनताले लाठी खान नपरोस् । फेरी जनता सडकमा भोकै मर्न नपारोस् । फेरी जनता पकेटमा गोली र हातमा ढुंगा लिएर भिड्न नपरोस् । जनताले यसबीच गरेको कामना यही हो ।यो कामना यतिखेर टुक्रेर जाँदै छ । अब जनतासँग के छ हँ - जनताको मन फाटेको छ । यो खतरा हो । यो संकट हो । यो उल्टो यात्रा हो । जनताले खुशी खोजेका होइनन् । छैनन् । जनताले आनन्द रोजेका थिएनन् । छैनन् । राजेन्द्र थापाले कुनै गीतमा भनेझैं जनताले खुशी फाट्दा त्यसलाई जतन गरेर मनले सिलाए । त्यो प्यारो परिवर्तनका लागि विश्वास गुमाएका काँग्रेस एमाले अनि हतियार बोकेका माओवादीलाई जनताले पिठ्यूँमा बोकेकै हुन्, ज्ञानेन्द्रलाई मिल्काएकै हुन् । यतिखेर जनताको मनै फाटेको छ । अब केले सिउने - अब केले टाल्ने - फाटेका मनहरूबीच बिस्तारवादीको जरामात्र फैलँदैन, मर्ुर्सरफको उदय पनि हुन्छ । मुलुक गम्भीर संकटमा छ ।
संकेत नराम्रो मिलिरहेछ । जनताले कस्तो दुःस्वप्न देख्न पर्‍यो आखिर - यसले जनतामा थप पीडा दिइरहेछ । जसले नेपाललाई माया गर्छ र नेपाली हुनुमा गर्व गर्छ, त्यसलाई परेको यो पीर अब कुन आक्रोश बनेर कसका भँडारमा छाँट्टन्िछ, कसका टाउकामा बजारिन्छ ! अनुमान लगाउँदा मुटु काँपेर आउँछ ।
बस् यतिखेर शब्द सस्तो बन्दैछ । सबै भाव मरेपछि निशब्दमा मान्छे पुग्छ । म यतिखेर बुद्धिसागर चपाईका यी फरफहरूबीच केही खोजिरहेछु । म मानिस खोजिरहेछु ः
    
    दूरवीनमा कैद गरिरहेछ
    एक चाइलो आकाश
    दुब्लो वैज्ञानिक,
    र, सोचिरहेछ
    साँच्चै ! खस्छ कहिले पृथ्वीमा लामपुच्छूे
    तारा !
   
    मुखमा चेपेर सर्ूर्ति
    लिएर अलिकति चुनाको स्वाद
    आँखा गाडेर दूरवीनमा
    हेरिरहेछ
    दुब्लो वैज्ञानिक
    अन्तरिक्षको शून्य समवेदना ।

    र सोचिरहेछ
    साँच्चै ! खस्छ कहिले पृथ्वीमा लामपुच्छूे
    तारा !
    र, हुन्छ- एउटा भयानक चलचित्रको अन्त्य ।

 ाचभभद्दखष्दचबतभ२थबजयय।अom

read more...


चुनावमा भैंसी संस्कार
June 29, 2010

महेश भण्डारी
के तपाईं राजनीतिलाई प्रेम गर्नुहुन्छ - यदि गर्नुहुन्न भने माफी चाहन्छु । प्रिय पाठक, अमिलो भए पनि अंगुर अक्सर मिठो नै मानिन्छ ।
ओबामा राष्टूपति नहुँदै उनका प्रतिद्वन्द्वी मेकेनले उनलाई पेटूोलियम पदार्थको मूल्यवृद्धि हुनुको आरोप लगाए । मेकेनको अभीयानलाई खिचेको भिडियो हर्ेदा हामीलाई अचम्म लाग्छ । सिर्फतीन वर्षसिनेटको सदस्य मात्र बनेका ओबामालाई चुनावमा ग्यास, पेटूोल र डिजेलको मूल्य बढ्नुको दोष लगाउनु न्यायोचित थिएन, हाँस्यास्पद थियो । आखिर राजनीति राजनीति नै हो । चुनावमा मेकेनले ओबामालाई ब्रिट्नी स्पेयर, जेसिका सिम्पसन र मोजेजसँग तुलना गरे । यसरी प्रतिद्वन्द्वीलाई खिल्ली उडाएर जनताका बीचमा आँफूलाई स्मार्ट देखाउन खोज्नु मेकेनको रणनीति थियो । वास्तविकताभन्दा ज्यादा आँफूलाई स्मार्ट देखाउने प्रयत्नमा लाग्नु केही मान्छेहरूको गुण हुने गर्दछ । त्यसले पछि संस्कारको स्वरुप लिन्छ । यसको प्रकोप राजनीतिमा ज्यादा हावी हुने गर्छ । म त्यसलाई भैंसीको सिद्धान्त भन्छु, जनावरको संस्कार मान्छु । भैंसीजस्तै हाम्रा विचार, संस्कार र सिद्धान्तमाथि मेरो बहस आज पनि जारी छ ।
प्रसंग चल्दै थियो अमेरिकी चुनावको । जब मेकेनका आरोप र अभियान तलभन्दा तल झरेर प्रस्तुत भयो, ओबामाले त्यसलाई फरक ढंगले 'काउन्टर एट्याक' गरे । व्यक्ति मेकेनको विरोध उनले गरेनन् । उनले करको शूल्क घटाएर पेटूोलियम पदार्थको मूल्य घटाउने थुप्रै आर्थिक योजनाहरू जनतासमक्ष राखे । र, आफ्ना पर्ूववर्ती राष्टूपति जर्ज डब्लु बुसका कतिपय उदार अर्थ नीतिलाई नियमितता दिने प्रतिबद्धता समेत जाहेर गरे ।
मेरा एक मित्रले भनेको एउटा कुरा घतलाग्दो छ । एक वर्षा तीन सय पैंसी दिन हुन्छन् । तीन सय पैंसी दिनमा तीन सय चौंसी दिन जनताको मन जित्ने हो र एक दिन चुनाव जित्ने हो । त्यही एक दिनको खेलमा माओवादी नेता कृष्णबहादुर गुरुङ विजयी बने । जो जनतासँग जान्छ, आपmनो पार्टर्ीी सिद्धान्तको मार्केटिङ गर्छ उसले मत पाउनु र चुनाव जित्नु कुनै आर्श्चर्य होइन । तर यहाँ कुरा इतिहासको आयो, छविको आयो र आयो 'व्यक्ति ठूलो कि विचार -' भन्ने बहसको । लामो इतिहास नभएका, कुनै ठूलो राजनीतिक हैसियत नभएका तर अमेरिकी माथिल्लो सदन सिनेटको जम्मा तीन वर्षसदस्य बनेका ती अधबैँसे बाराक ओबामा अमेरिकाको राष्टूपति हुँदा कुनै अचम्म भएन । उल्टै प्रशंसा र ताली मिल्यो । हाम्रो नेपालमा पोल्टूी र्फमका कृष्ण दाई सभासद् हुँदा थुप्रै कुरा सुनियो । र, चुनावमा यिनका विपक्षीले लगाएको आरोप सुन्दा मलाई चाहिँ तिनै मेकेनको याद आयो र आज भैंसी र राजनीति विषयउपरको मेरो लेखनीलाई नियमितता दिँदैछु ।
अमेरिकी चुनावकै कुरा गर्दा कैयन् स्तम्भकार, विश्लेषक एवम् ब्लग-राइटरहरूले यस पटक आपmनो मन पर्ने नेतालाई जिताउनको निमित्त ठूलो कसरत गरे । त्यो स्वभाविक पनि हो तर कतिपय कसरतहरू हदभन्दा तल पनि झरेका पाइए । अनावश्यक हल्ला, अफवाह, छेडछाड र वक्रोक्तीले भरिएका शब्दमार्फ तिनीहरूले इन्टरनेट, न्युजपेपर, लाइभ अन्तरवार्तालाई आफ्नो पक्षको नेतालाई जिताउने माध्यम बनाए । एक मित्र जो अमेरिकामा बस्छन् तिनले पठाएको एउटा इमेल त्यस्तै दुस्प्रचारले भरिएको थियो । सायद अंग्रेजीमा यसलाई 'भाइरल डिस्इन्फरमेसन' भनिन्छ । त्यसले सात समुन्द्र वारी बसेको मलाई समेत छोयो । त्यो इ-मेल 'तपाईं आफूँलाई चिन्ने सबैलाई पठाउनुस्' शर्ीष्ाकको सूचना थियो । आपmनो मन परेको पार्टर्ीीई जिताउनको लागि गरिएको त्यो प्रचारमा जागिरबाट रिर्टार्यड भएकालाई समेत आयकर लगाउने भनेर विपक्षीको बारेमा व्यापक अफवाह फैलाइएको थियो । त्यो दाबा गलत थियो । समयले प्रमाणित गरिदियो । यदि यी र यस्तै हल्ला, प्रचार र टिप्पणीबाट प्रभावित भएर हामीले हाम्रो मान्यता बनायौँ र भोट खसाल्यौ भने हामीलाई कसैले भैंसी बनाइरहेको छ भन्ने स्वतः प्रमाणित हुन्छ । र, त्यो बखत हामी चाहिनेभन्दा ज्यादा स्मार्ट बनेको प्रस्ट हुन्छ, उही दर्ुइ बोटल बियर पिएपछि आउने 'मै ठूलो, मै जान्ने, मै र्सर्वेर्सवा !' भाव जस्तै, व्यवहार जस्तै । चुनावमा उठेको पार्टर्ीीत्यसको उम्मेदवार या उत्तराधिकारीको बारेमा कुनै प्रस्ट जानकारी हासिल नगरिकन चलेको हल्ला, लेखेको अफवाह, सुनेको धम्कीबाट प्रभावित भएर आँफूले दिने भोटको निर्ण्र्ाागर्नु गद्दारी हो । त्यसले कुनै मज्जा दिँदैन ।
    क्रमशः
 ाचभभद्दखष्दचबतभ२थबजयय।अom

read more...


मलाई रुच्दैन त्रि्रो बारेमा .....
June 24, 2010

काशीनाथ कुमाल
फारसीमा पहिले गजल लेखिएतापनि गजल शब्द अरबीबाट आएको हो । फारसीबाट अरबी, उर्दू, हिन्दी हुँदै नेपालमा गजल भित्रिएको हो । नेपालमा गजल भित्र्याउने श्रेय मोतिराम भट्टर्राई जान्छ । मोतिराम भट्ट वि.सं.१९२३ देखि वि.सं.१९५३ नेपाली साहितयको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् । साथै नेपाली गजलका पर््रवतक पनि हुन् ।
राजा महाराजाहरुको दरबार, राणाहरुको महल र तयति बेलाका संभ्रान्त परिवारहरुमा भारतबाट शायर र गजलकारहरु बोलाएर गजल सुन्ने परम्पराको विकास भैसकेको थियो भने मोतिराम अध्ययनको क्रममा बनारस पुगेपछि त्यहाँको गतिविधिले पनि गजल लेखनका लागि प्रेरणा दियो । उनले गजल सम्बन्धि अध्ययन पनि गरे । उनमा संगीतको पनि राम्रो ज्ञान थियो । मोतिराम नेपाल फर्केपछि भित्रमण्डलीको स्थापना गरी गजल सम्बन्धी प्रशिक्षण दिंदै पनि हिडेका थिए ।
क) वि.सं. १९४१-२००२ सम्म आरम्भ काल अर्थात प्रथम चरण, ख) वि.सं. २००२-२०३५ सम्म सुवुप्त काल अर्थात दोश्रो चरण, ग) वि.सं. २०३६ देखि हालसम्मको समायावधि पुनर्जागरण काल अर्थात तेश्रो चरण यस चरणलाई पनि २ भागमा बाँड्न सकिन्छ ।
अ) वि.सं. २०३६ देखि २०५० पुनजार्गरण काल, आ) वि.सं. २०५१ देखि हालसम्मको अवधिलाई गजलको उर्वरकाल अर्थात गजलको स्वर्ण्र्ाााल भनेर चिनिन्छ । यसरी डा.कृष्णहरि बराल, टिकाराम उदासी, राजेन्द्र सुवेदी, देवी नेपाल जस्ता गजलका समालोचक एवं विद्धानहरुले नेपाली गजलको इतिहासलाई ३ काल खण्डमा विभाजन गरिसकेका छन् ।
गजलको पुनर्जागरण गजल-ए-सम्राट ज्ञानुवाकर पौडेलले गरेका हुन् भन्ने कुरा र्सवविदितै छ । आजको नेपाली साहित्यमा सबै भन्दा बढी लेखिने छापिने र वाचन गरिने विधा गजल हो । साहित्यको एउटा स्वतन्त्र विधाको रुपमा गजल स्थापित भैसकेको छ । गजल रेकडिङ्ग समेत उल्लेख्य प्रगति भैसकेको छ । गजलमै घनश्याम न्यौपाने र कृष्णहरि बरालले विद्यावारिधी हासिल गरिसकेका छन् । यद्यपि गजल रेकडिङ्गको कुरा गर्दा डा.कृष्णहरि बरालको दर्ुइवटा उत्कृष्ट गजल एल्बम -बिम्ब र हालसालै बजारमा आएको सम्भावना गजल संग्रहलाई गजलको संगीतमय क्षेत्रमा अतुलनीय नमूना मानिन्छ । पिविन, किरण, शीतल, कादेम्बिनी, डा.कृष्णहरि बराल, नवराज लम्साल, नलिजन रावल, अनुराग अधिकारर्ीर् इत्यादि गजलकार गजलको सांगीतिक उत्थान र पर््रवर्द्धनमा क्रियाशील छन् । यसै पर्ूव वाक्यमा अंकित गजलकार अनुराग अधिकारीले पश्चिमाञ्चलमै पहिलो गजल एल्बम अनुपम ल्याएर बजारमा आएका छन् । साहित्यको एक महत्वपर्ूण्ा विधा गजलमा संगीतलाई सिर्जना गर्नु बडा संर्घष्ाको काम हो । यही कामलाई र्सार्थक रुप दिन सकेका छन् । अनुरागले -अनुपम) मार्फ । उनीसित विशाल मन छ । मनका धनी या मनभित्रका फूलका धनी त्यसभित्र पाइने प्रेमका धनी अनुरागले -अनुपम) मार्फ गजललाई संगीतमा ढालेर देशमा अनुपम राग फैलाउने काम गरेका छन् । पोखराको एक सुन्दर जलाशय बेगनासमा जन्मिएर गजलको क्षेत्रमा पोखरेलीलाई थुप्रै गजल उपहार दिएर बिर्सर्ीीसक्नु गुन लगाउने कार्य अनुरागले गरे ।
गजल एल्बम अनुपमको कुरा गर्दाखेरि यसले प्रेमको उर्वरशील खेती गरेको छ । प्रेमलाई त्याग, साहस, धर्य, बलिदान, संर्घष्ा, सहयोग, साथ, भावना, मिलन, बिछोड, चोट व्यथा मार्फ शिष्टशैलीबाट प्रस्तुत गर्न खोजिएको छ । अनुपम गजल संग्रहमा अनुराग अधिकारीका उत्कृष्ट गजलहरुमा गैर सुरेशको उत्कृष्ट संगीत रहेको छ । त्यसो त डा.कृष्णहरि बरालको बिम्ब एल्बममा पुरै संगीत भर्ने काम गरे सुरेशले सम्पन्न गरिसकेका छन् । यही एल्बमले देशभित्रका लाखौं श्रोतावर्गको मनजित्न सफल भएको थियो । तर अनुपमले देशभित्र कति श्रोता वर्गको मन जित्न सक्छ पर््रखन बाँकी छ । मैले सुँने अनुसार सम्पर्ूण्ा अनुराग अधिकारीका गजलमा कर्ण्र्ाा्रय स्वर तथा संगीत छ । सबै गजल शेरले प्रेमको परिभाषा तथा सर्न्दर्भलाई बोक्ने काम गरेका छन् । अनुराग भन्छन्, प्रेमभित्रको विश्वासमा नै पृथ्वी बाँचेको छ । पृथ्वी प्राणी प्रेमको भरोसा गर्दछन् । प्रेमबिना प्राणीको जीवन अधुरो, अपूरो हुन्छ तर्सथ प्रेमको मिलन र बिछोडको परिदृश्यलाई मैले अनुपम मार्फ श्रोतावर्गलाई ज्ञान दिलाउँने प्रयास गरेको हुँ । अनुपम' गजल एल्बम भित्र ८ वटा गजल समावेश छन् । सबै गजलले सभ्य तथा शिष्ट तवरले जीवन, जगत र प्रेमलाई छुने प्रयासको सम्बन्ध गाढा बनाएका छन् ।
१. मलाई रुच्दैन त्रि्रो बारेमा, अरुले कुरा गरेको
तिमी त्यस्ती फूल हौं बगैंचाकी, केवल मलाई मन परेको ।
यस गजलमा प्रदीपराज पाण्डेले मिठो गला दिनु भएको छ र अनुरागको यस सुमुधुर गजलमा गैरे सुरेशले संगीत दिनुभएको छ । यस गजलभित्र फूल, आँसु, बगैंचा, प्रेम युद्ध, साथ, मूल्य र मनका कुरा छन् । यद्यपि बढी श्रोतावर्गको मनलाई यसले जित्न सफल भएको छ । लेखको शर्ीष्ाक यही हुनुले नै सम्भवतः यो असल हुनु हो ।
२. ओभाएकै छैनन आँखा, अझै कति म रोउँ भन,
आँसु बगाई परेली, अझै कति धोउँ भन
यस गजलमा गायक र गायिकाले एकल रुपमा स्वर दिएका छन् । भावर्-दर्पणका हिसाबले यो गजल सुन्दर छ । यसमा अहिलेका चर्चित नव गायक शिव परियार तथा निरा रानाभाट स्वरले दिएका छन् । अनुरागले गजलमा रोउँ, धोउँ, होउँ र छोउँको कुरामा शिव परियारले स्वर दिनुभएको छ भने निरा रानाभाटलाई रोउँ, धोउँ, होउँ र छेाउँको उही काफिया दिनु भएको छ । गजलको एक महत्वपर्ूण्ा तत्व काफिया हो तापनि अनुपममा सात वटा गजलमा ३ वटाका दरले मात्र गजल शेर राखिएको छ । संगीत समायोजनमा भने विशेष ध्यान दिएर छोटो तर मिठो कुरा श्रोतामाझ दिने भनेर अनुपम आएको छ ।
३. कोमल त्यो मुटुमा, मलाई थोरै ठाउँ देऊ
पूज्न मिल्ने नाताको, मलाई त्रि्रो नाउँ देऊ ।
यस गजलमा अन्जु पन्तले मिठो गला दिनुभएको छ । गजलकार अनुराग अधिकारीले हाउँ, नाउँ, प्यारो गाउँ र सुन्दर त्रि्रा पाउको कुरा गर्नुभएको छ । यही कुरालाई गैरे सुरेशले संगीतमा राख्ने काम गरेका छन् । क्रमशः
४. मनमा उर्लिएको, रहरको कुरा गरौं
सपनाको सुन्दर सहरको कुरा गरौं
रहर, शहर, प्रहर र जहरको तीन शेरको गजलमा जगदीश समालले मिठो स्वर दिनुभएको छ । गाउनु भएको छ ।
५. विन्ती नसोध कसरी, वित्छन् दिन र रातहरु
बल्भिmरहेछन् अझैपनि तिम्ले दिएका घाटहरु
ती रातहरुका कुरा, घात, मात र हातहरुका कुरालाई गला दिएका छन् । अनुराग अधिकारीका यी गजल शेरमा गैरे सुरेशले संगीत र्छर्दै छन् ।
६. सत्य सत्य तिमिलाई अति, माया गर्छर्ुुैले पनि
त्रि्रै नाउँमा फूलपाती, चढाउँदैछु अैले पनि ।
यसमा जगदीशको स्वर तथा गला छ । अनुरागका गजलमा गैरे सुरेसले त्यत्तिकै संगीत दिएका छन् । जति अनुराग र जगदीशले दिएका छन् ।
७. मुटुभरी चोट, दिएर गयौं
खुशीहरु सबै, लिएर गयौ ।
दिएर, लिएर, विर्सिएर र झर्किएर सन्तोष रुचाल पनि आफ्नो मिठो गला दिएर गजललाई सुमुधुर बनाएका छन् । यसरी अनुराग अधिकारीले मेरी पूजनीय माता बद्रीमाया अधिकारी जसको कोख पाएँ, काख पाएँ र जसबाट संसार पाएँ । यो गजल संग्रह उहाँप्रति र्समर्पण गर्दछु । भनी र्समर्पण भाव व्यक्त गरेका छन् भने एल्बम आवरण कला प्राज्ञ रमेश श्रेष्ठले दिएका छन् । अनुराग अधिकारीका उत्कृष्ट गजलमा गैरे सुरेशको संगीत अनि विभिन्न चर्चित गायक तथा गायिकाको स्वर रहेको उक्त अनुपमले एउटा देशभित्र अनुपम बन्ने सफलता प्राप्त गरोस् । मेरो मनकामना छ ।

 

read more...


सक्नेहरू बाँच्छन्, बाँकी पाखा लाग्छन्...
June 22, 2010

  • महेश भण्डारी
    भैंसीको बथानमा सबै भैंसी एउटै गती र तालमा हिँड्नु अनिवार्य हुन्छ । अन्यथा हिड्न नसक्ने पछि पर्छ, एक्लै थला पर्छ । अझ भर्खरै जन्मेका पाडाले पनि त्यही गति र तालमा हिँड्नर्ुपर्छ । प्रिय पाठक, हामी मनुष्यले गर्ने व्यवहार पनि त्यस्तै छैन त - के हाम्रो जीवनर्-दर्शन भैंसीको यो नियमभन्दा पृथक छ त - आज म यसै विषयउपर केही गम्दैछु ।
    सामाजिक डार्विनवाद एउटा यस्तो विश्वास हो जसले केही मान्छे अरुभन्दा ज्यादा समान हुन्छन् भन्ने सिद्धान्तलाई पुष्टि गर्दछ । तथापि यसले थोमस जेर्फसनको 'स्वतन्त्रताको घोषणा' का सुरुवातको यो प्रसिद्ध उद्धरणलाई प्रतिकार गर्छ, 'हामी यी सत्यहरूलाई स्वयम्सिद्ध प्रमाणको रुपमा समात्छौं....।' सामाजिक मिथ्याविज्ञानका यी र यस्तै अन्य प्रकारहरू सुसन जाकोबेको पुस्तक 'दि एज अफ अमेरिकन अनरिजन' को बहुचर्चित शर्ीष्ाक बन्यो । आजकल हामी यसलाई यसरी नै बुभmछौं, 'सक्नेहरू बाँच्छन्, नसक्नेहरू पाखा लाउँछन् ।' यसलाई अंग्रेजीमा 'र्सभाइभल अफ दि फिटेस्ट' भनिन्छ । यो सामाजिक डार्विनवादले यो स्वीकार्छ कि सफल मान्छे र सफल समाज कहिल्यै पनि मर्दैनन्, सँधै बाँच्छन् किनकी तिनीहरू जहिले पनि श्रेष्ठ हुन्छन्, माथि हुन्छन् र उनीहरू अरुमाथि शासन गर्न लायक पनि हुन्छन् । तर डार्विनले कहिल्यै पनि 'र्सभाइभल अफ दि फिटेस्ट', यस्तो उद्धरण प्रयोग गरेनन् । उनको विज्ञान जीव उत्पतीसँग सम्बन्धित थियो, जीवको क्रमिक विकासक्रमसँग सम्बन्धित थियो, सामाजिक मूल्य-मान्यतासँग सम्बन्धित थिएन ।
     चाखलाग्दो कुरा के छ भने धेरैभन्दा धेरै मान्छे जसले राजनीतिक अधिकारको कुरा गर्छन् उनीहरू डार्विनको वास्तविक विज्ञान -हार्ड साइन्स अफ डार्विन) लाई अस्वीकार गरेर सामाजिक डार्विनवादको मिथ्याविज्ञान -सुडोसाइन्स अफ सोसल डार्विनिज्म) लाई अंगिकार गर्छन् जुन डार्विनका उपलब्धीमाथि हल्का आधारित छ । 
    एउटा उदाहरण यहाँनेर राख्न चाहन्छु । जस्तो कि प्रायः राजनीतिक कार्यक्रमहरू केही नयाँ विचारलाई प्रतिस्थापन गर्नका लागि आयोजना गरिन्छ । अझ भनौँ, आपmना मतदातासँग अति सम्बन्धित कुनै महत्वपर्ूण्ा मुद्दालाई सम्बोधन गर्नका खातिर यस्ता अभियान र्सार्थक हुने गर्दछन् । जब कुनै पनि राजनीतिक अभियान गरिन्छ तब नेताहरू आपmना मुख्य सहयोगीलाई दह्रो सुरक्षा दिँदै र लिँदै, आपmनो प्रतिद्वन्द्वीलाई भित्री र बाहीरी दुवै आक्रमण गर्दै र पार्टर्ीीे मूलभूत मान्यतालाई खुलम्खुल्ला उद्घोष गर्दै आपmनो अभियानलाई अगाडि बढाउँछन् । हर्ेदा आक्रामक देखिने तिनीहरूको त्यो आभियान वास्तवमा सुरक्षाको लागि हो । पुरानो कहावत् छ, 'आक्रमण नै सबैभन्दा ठूलो सुरक्षा हो ।' उनीहरू हरेक व्यक्ति-व्यक्तिलाई सर्म्पर्क गर्छन्, आपmना विरोधीका बारेमा नानाथरीका शंका पैदा गरिदिन्छन्, उनीहरूको खिल्ली उडाउँछन्, विरोधीको नियत, विगत र योग्यताका बारेमा विभिन्न जोक चलाउँछन् र अन्ततः विरोधीको बारेमा शंका र भयको आगो लगाएर आँफू वियजको बिगुल फुक्न चाहन्छन् । गगन थापाजस्तो मुलुककै ख्यात्रि्राप्त वक्ताले माओवादीका एक उम्मेदवारको विरुद्धमा लेखनाथ झरेर 'लालटीन किस्ने !' भन्दै कर्ुलनु बाध्यता हो ।
    प्रिय पाठक, के तपाईं राजनीतिलाई प्रेम गर्नुहुन्न त - भैंसी, राजनीति र प्रेमबारे मैले गर्नुपर्ने बाँकी रमाइला कुरा अर्को अंकमा । अलविदा !
         क्रमशः
     ाचभभद्दखष्दचबतभ२थबजयय।अom
  •  

read more...


समयसिमा भित्रै संविधान निर्माण हुनर्ुपर्दछ
June 21, 2010

अधिवक्ता तिलक आचार्य
२०६७ साल जेष्ठ १४ गते संविधान निर्माण गर्ने दर्ुइ वर्षो अवधिमा संविधान निर्माणसंवन्धी ठोस कार्य पुराहुन नसकेकोले पदावधी सकिने भएबाट त्रसित राजनैतिक नेताहरुको १४ गते विहान ८ वजेदेखि राति १२ बजेसम्म वसेको बैठकद्वारा संविधान सभाको एक वर्षो समय थप गरिएको छ । पार्टर्ीीेताहरुका बीचमा हुने गरिएका आरोप प्रत्यारोप म्याद थप पछिको केही समय सम्म मत्थर भएको देखिएतापनि पुन चर्किन थालेको छ । दिगो र स्थायी रुपमा शान्ति प्रकृयालाई निष्कर्षा नपुर्‍याएसम्म संविधान निर्माण कार्यले पर्ूण्ाता प्राप्त गर्न सक्तैन । सत्ता पक्ष र प्रतिपक्ष पार्टर्ीीको बीचमा विश्वासको वातावरण तैयार नभएसम्म संविधान निर्माण कार्य सम्पन्न गर्न अझै कठिन हुने देखिन्छ । २०६७ जेष्ठ १४ गते भित्र संविधान बन्दछ भनी पटक पटक जनताहरुलाई आस्वस्त पार्ने नेताहरुले किन संविधान वन्न सकेन भनी विश्वस्त आधार देखाउन सकेका छैनन् । एक वर्षो समयावधिका दिनहरु घट्न शुरु भएको छ तर एक वर्षभित्रै संविधान वन्दछ भन्ने विश्वसनीय आधार स्पष्ट रुपमा देखिएको छैन । तोकिएको समयभित्र संविधान वन्न नसकेको नैतिक जिम्मेवारी नेताहरुले लिनु पर्दछ र एक वर्षभित्र संविधान बन्ने आधार सम्मको स्पष्ट खाका जन समक्ष प्रस्तुत गर्नु पर्दछ । नेपाल जस्तो पौने तीन करोड जनसंख्या भएको देशमा संविधान सभाद्वारा संविधान निर्माण गर्न दर्ुइ वर्षो समय पर्याप्त हुन्छ । 
संविधानसभद्वारा संविधान बनाउने प्रथम देश अमेरिका हो । संविधान बनाउने फिलाडेल्पिmया संमेलन सन १७८७ मे २५ मा शुरु भएको थियो । त्यसै वर्षो सेप्टेम्वर १७ मा अन्तिम मस्यौदामा हस्ताक्षर भएको थियो । सो संविधानलाई १३ भध्ये ९ वटा राज्यले अनुमोदन गरेपछि सन् १७८९ मार्च ४ बाट कार्यान्वयन गरिएको थियो । करिव दर्ुइ वर्षा अमेरिकी संविधानको मस्यौदा तैयार भै संविधान सभाबाट पारित भएको थियो । यो संविधान राज्यवाट अनुमोदन भै लागु गरिएको थियो । नपुग विषयहरु संविधान संशोधन गरी थप गर्दै गईएको र संशोधन गर्ने क्रम जारी नै छ । अंग्रेजी शासनबाट भारत स्वतन्त्र भएपछि सन् १९४६ जुलाईमा प्रान्तिय विधान सभाबाट अप्रत्यक्ष रुपमा संविधान सभाका सदस्यहरुको निर्वाचन भएको थियो । डा.भीम राव अम्वेडकरको अध्यक्षतामा मस्यौदा समिति र अन्य १५ वटा समितिहरु वनाईए ६ वटा संबैधानिक लक्ष्य निर्धारण गरिएको थियो । २६ नोभेम्वर १९४९ को संविधान सभाको बैठकले अन्तिम मस्यौदा पारित गरि संविधान सभाका सदस्यहरुले हस्ताक्षर गरेका थिए । सो अवस्थामा करिव ५० करोड जनसंख्या भएको भारतमा तीन वर्षा संविधान तैयार भएको थियो ।
दक्षिण अप्रिmकामा अन्तरिम संविधानको व्यवस्था अनुसार सन् १९९४ मे महिनामा ४०० सदस्यीय तल्लो सदन र ९० सदस्यीय माथिल्लो सदनका लागि निर्वाचन भयो र सदनकोसंयुक्त बैठकद्वारा नेल्सन मण्डेलालाई राष्ट्रपति चुनिएको थियो । दुवै सदनको संयुक्त बैठकले संविधान सभाको रुप लियो संविधान निर्माण गर्न ३४ वटा संबैधानिक सिद्धान्त निर्धारण गरिएको थियो । मस्यौदा समिति लगायतका ६ वटा समितिहरु गठन गरियो । दर्ुइ वर्षभित्रै अन्तिम मस्यौदा तैयार गरियो । संविधानको प्रामाणिकरणका निमित्त सन् १९९६ मे ८ मा संवैधानिक अदालत समक्ष पेश गरियो । केही संशोधन र परिमार्जन सहित सो अदालतद्वारा प्रमाणिकरण गरियो र सो मस्यौदा संविधान सभा समक्ष पेश गरियो र संविधान सभाद्वारा सोे संविधान पारित गरियो । राष्ट्रपति नेल्सन मण्डेलाले हस्ताक्षर गरेपछि सन् १९९७ फेबु्रअरी ४ देखि संविधान कार्यान्वयन गरियो । करिव पाँच करोड जनसंख्या भएको दक्षिण अप्रिmकामा ३ वर्षभित्रै संविधान निर्माण भएको थियो । इटालीमा १९४६ जुलाई देखि मे १९४८ मे मा अथवा दर्ुइ वर्षभित्रै संविधान वनाईएको थियो कोलम्वीयामा सन् १९९१ फेब्रुअरिमा संविधान सभाको गठन भएको थियो १९९१ जुन भित्रै अथवा चार महिनाभित्रै संविधान निर्माण गरिएको थियो । कोष्टारिकामा ३ महिना भित्रै संविधान सभाद्वारा संविधान निर्माण गरिएको थियो । अपगानिस्तान जस्तो युद्धग्रस्त मुलुकमा संविधान सभाको चुनाव सम्पन्न भै एक वर्षा संविधान सभाद्वारा संविधान वनाईएको थियो। विश्वका कुनै देशमा संविधान सभाद्वारा संविधान निर्माण गर्ने कार्य सुपम्पन्न गर्न तीन वर्षभन्दा बढी समय खर्चिएको छैन । तर नेपालका निमित्त दर्ुइ वर्षो समय पनि बढि हो एक वर्षसमय थप गर्दा पनि संविधान बन्न सक्ने संभावना देखिदैन ।
भारतमा ६ वटा संबैधानिक लक्ष्य निर्धारण र दक्षिण अप्रिmकामा ३४ वटा संबैधानिक सिद्धान्त निर्धारण, गरिएको तिनै कुरालाई आधार वनाएर संविधान वनाइयो । तर नेपालमा संबैधानिक लक्ष्य निर्धारण गरिएको संविधान कस्तो बनाउने भन्ने विषयमा प्रमुख राजनैतिक पार्टर्ीीका बीचमा सैद्धान्तीक मतभेद यथावत छ । काँग्रेस एमाले लगायतका सत्ताधारी र मधेशवादी पार्टर्ीी लोकतान्त्रिक मूल्य मान्यता अनुसारको संसदीय व्यवस्था अनुरुपका संविधान वनाउने पक्षमा देखिएका छन् । तर आजसम्म यस्तो संविधान वनाउने भन्ने भीजन क्लियर गर्न सकेका छैनन । संवैधानिक प्रावधान भित्रका कतिपय कुरामा यी पार्टर्ीीका बीचमा पनि मतभेद जारी छ । अन्त्यमा यी मतभेदका बुँदाहरुलाई मिलाएर एउटै किसिमको संबैधानिक प्रावधान स्वीकार गरि संविधान तैयार हुन सक्ने संभावना बन्न सक्तछ ।
माओवादी संविधान सभाको सवभन्दा ठूलो राजनैतिक दल हो । उसको र्समर्थन विना संविधान सभामा दोतिहाई वहुमत पुग्दैन र संविधानको कुनै धारा पारित हुन सक्तैन । संविधान बन्न सक्ने संभावना हुदैन । माओवादी र काँग्रेस एमाले बीचमा २०६७ जेष्ठ १४ गते राति तीन बुँदे सहमति भएकोछ । संविधानको म्याद थप्ने कार्य टुङ्गएितापनि शान्ति प्रक्रियाले पर्ूण्ाता प्राप्त गर्ने र प्रधानमन्त्रीले राजिनामा दिई सहमतिको सरकार बनाउने विषयमा कुरा अडकिएको छ । शान्ति प्रकृयालाई पर्ूण्ाता दिनका निमित्त अन्य राजनैतिक दलहरुको चाहना माओवादीले वाइ सि.एल विघटन, कव्जा संपत्ति फिर्ता र सेना समायोजन गर्ने प्रतिवद्धता जनाओस भन्ने छ । यो कुरा माओवादीले नमानेकोले सहमति अडकिएको हो । माधव नेपालको राजिनामा माओवादी बाहेकका राजनैतिक दलहरुका दवावका कारणले अडकिएको हो । राजिनामा मात्र समस्याको समाधान होईन । माधव नेपाल राजीनामा दिन आतुर छन् ।
१२ बुदे सहमति भै जन आन्दोलनले सफलता प्राप्त गरी लोकतान्त्रिक पद्धति शुरुआत भएपछि माओवादी र अन्य दलहरु बीचमा पटक पटक समझदारी सहमति भै हस्ताक्षर भएका छन् । दुवै पक्षबाट कार्यान्वयन भएका छैनन् । दर्ुइ वर्षम्म संविधान बन्न नसक्नु र अझै एक वर्षसमय थप गर्दा संविधान बन्न् सक्ने संभावना नहुनको कारण पनि बैचारिक मतभेद नै हो । माओवादीले वहुलवाद जन प्रतिनिधि मूलक शासन व्यवस्थालाई स्वीकार गरेको छैन र घुमी फिरि अधिनायकवादी व्यवस्थाकै पक्षमा अभिव्यक्ति दिदै आएको छ ।
संविधान वन्नु पर्ूव संबैधानिक सिद्धान्त निर्धारण गरिएको भए दर्ुइ वर्षभित्रै संविधान बन्न सक्तथ्यो माओवादी र संसदिय दलहरुले संबैधानिक सिद्धान्त निर्माण गरेर सो अनुरुप संविधानको मस्यौदा तयार पार्ने हो भने संविधान बन्न सक्तछ । आगामी एक वर्षभित्रै संविधान बनाई जनमत संग्रह गर्राई जनताद्वारा अनुमोदन गराउने आदी संपूणकार्य पुराभै संविधान कार्यान्वयन हुन सक्तछ ।
दलहरुले नयाँ संविधानका अन्तर विषय वस्तुको स्पष्ट दिशा बोध गर्नु पर्दछ । राज्यको पुन संरचना शासकीय स्वरुप, न्यायपालिकाको अधिकार जातीय राज्य, आत्म निर्ण्र्ााो अधिकार संबैधानिक परीक्षण, राजनैतिक अधिकार आदि संविधानका अन्तर विषयवस्तुमा दलीय सहमति बनेमा र द्वन्द समाधान र शान्ति स्थापनाले पर्ूण्ाता प्राप्त गरेमा समय सीमा भित्र संविधान बन्न सक्तछ ।
माथी उल्लेख गरिए अनुसार संविधान सभाद्वारा संविधान निर्माण गरेका देशहरुमा नेपालमा जस्तो दलहरुका बीचमा प्रवल संवैधानिक मतभेद र खिचातानी थिएन र उनीहरुले तोकिएको समयमा संविधान निर्माण गरेका थिए । नेपाल जस्तै द्वन्दग्रस्त मुलुक दक्षिण अप्रिmका, निकारागुआ, कम्वोडिया, लेवनान, मोजाम्बिक, ग्वाटेमाला र लाईवेरिया आदी देशहरुमा शान्ति सम्झौताको पालनाद्वारा नयाँ संविधान निर्माण गरिएको थियो विगतमा भएका सम्झौता र सहमतिलाई परिपालना गर्दै संविधान निर्माणमा जुट्नु पर्दछ । नयाँ संविधान निर्माण भएपछि माओवादीद्वारा स्थापित एजेण्डा र मधेशी दलहरुका एजेण्डा संवोधित हुन सक्तछन् । माओवादीले हेक्का राख्नर्ुपर्दछ कि यो अधिनायकवादी युग होइन । मानवीय मूल्य र मान्यता, इच्छा र आकांक्षालाई पूरा गर्न सक्ने लोकतान्त्रिक व्यवस्था नै आजको आवश्यकता हो सम्पर्ूण्ा राजनैतिक दलहरुका बीचमा सहमति र समझदारी समय सीमा भित्रै लोकतान्त्रिक संविधान निर्माण गर्ने दायित्व पूरा गर्नुपर्दछ ।

read more...


रेखाहरूभन्दा बाहिर
June 15, 2010

महेश भण्डारी
परलोकमा विचरण गरेका बाबु-बाजे, सँगैकार् इष्टमित्र र एकाघरका दाजुभाईले के भन्छन्, के सोच्छन् भन्ने आधारमा हामी हाम्रो योजना बनाउँछौं, निर्ण्र्ाालिन्छौं र तदनुसार कार्य गर्र्छौं । हामीले आपmनो बारेमा केही गर्दा अर्काको बारेमा हजार चोटी सोच्छौं । 'दि अदर इज हेल' यो हामीले किताबमा मात्र पढ्यौं, व्यवहार बनाएनौं । तर्सथ हामी दुःखी छौं, नर्कमा छौं । हामीले अरुलाई र्स्वर्ग ठान्यौंर्,र् इश्वर मान्यौं । हाम्रो यही भेडा विचार, भेडा शैलीमाथि मेरो विमती आज पनि जारी छ ।
यदि हामी यो संसारमा साँच्चिकै खुशी बन्न चाहन्छौं या हामी हाम्रो भावी पुस्ताको निम्ती एउटा शान्त र समुन्नत संसार उपहारस्वरुप सुम्पन चाहन्छौं भने हामीले हाम्रो बारेमा अब केही सोच्नु आवश्यक छ । हामीले अब हाम्रो वरिपरिको संसारमाथि प्रश्न गर्नु पर्छ, घोत्लिनु पर्छ । हामीलाई आपmनो परिवार, पण्डित या कुनै राजनैतिक नेताले जे भन्यो त्यही मान्नु पर्छ भन्ने जरुरी छैन । हामी आपmना साथीले जे गर्छन् त्यसलाई आत्मसाथ गर्नुपर्छ भन्ने जरुरी छैन । र, सबैभन्दा महत्वपर्ूण्ा कुरा अझ यो छ कि संचार माध्यमले जे भन्यो त्यसलाई साँचो र सत्य ठानेर आत्मसात गर्नु पर्छ भन्ने पनि कुनै जरुरी छैन । सत्य पत्ता लगाउन प्रश्न गर्नु जरुरी छ, शंका गर्नु जरुरी छ, विश्लेषण गर्नु जरुरी छ । र, जब सत्य पत्ता लाग्छ तब पीडा र घृणाको कुहिरो फाट्छ, सुख र शान्तिको बहार चल्छ ।
जोन मेयरको एउटा महान् गीत छ, 'त्यस्तो चीज केही छैन -नो सच थीङ)' शर्ीष्ाकको । त्यो गीतमा उनले आँफू कसरी खुशी छन् त्यसैबारे गाएका छन् । गीतमा उनी भन्छन्, उनी यति धेरै खुशी छन् किनकी भर्खरै उनले यो महशुस गरे कि 'वास्तविक संसार' भन्दा अर्को कुनै चिज छैन । उनलाई अब 'कथित वास्तविक बाटो -सो-कल्ड राइट टूयाक)' मा हिँड्नु पर्दैन र उनी आपmनो बाटो आँफै बनाउन तयार छन् । यी शब्दहरू मनै छुन्छन्ः
र, हाम्रा सबै अभिभावकहरू
दिन प्रतिदिन बूढो हुँदै गइरहेछन्
म अचम्म मान्छु
यदि तिनीहरूले बेलैमा केही राम्रो,
झन् राम्रोको खोज गरेको भए
जब म उनीहरूको सोंचमा हुन्छु
यी कैयन् दुःखान्त क्षणबाट आत्तिनु पर्थेन ।
उनीहरू सँधै हामीलाई भन्थे कि
रेखाहरूभित्र बीचमा उभिनु
उनीहरूलाई यो थाहा थिएन कि
रेखाहरूभन्दा बाहिर
अर्को दिशा धेरै राम्रो छ
झन् राम्रो छ ।
अब हामी आजैबाट आपmनो बारेमा सोच्न सुरु गर्नु पर्छ । हामीले बुढेसकाल कर्ुर्ने होइन । त्यो बेला निकै अबेर भइसक्छ । त्यो बेला पछुतो मात्र हुनेछ कि मैले सारा समय अरुले जे चाहन्छन् त्यसको प्राप्तिको लागि बेकारमा बिताएँ । अब हामीले हाम्रा आकांक्षाको आँकलन गर्नुपर्ने बेला हो यो । हाम्रा आपmनै धड्कनको अब हामीले सुर र ताल मिलाउनु पर्छ । अब उठ्ने समय हो, जाग्ने समय हो र जीवनमा केही फरक गर्ने समय हो । सबै मान्छे अरुजस्तै बाँच्छन् । फरक बाँच्ने कहिले हो - आपmनै जीवनमा केही फरक गर्नु पर्žयो । अरुभन्दा फरक केही गर्नु पर्žयो । हाम्रो वरिपरिको संसारबारे अब हामीले प्रश्न गर्नुपर्छ । अब हामीले हाम्रो आपmनै जिन्दगीबारे प्रश्न गर्नुपर्छ ।
अरुको अनुकरण र नक्कलले जीवन र जगत्मा कुनै बहार ल्याउँदैन । यसले मात्र सामान्य मान्छेको जन्म दिन्छ । यसले खतरनाक अन्धा मान्छेहरू मात्र जन्माउँछ ।
समाप्त
 ाचभभद्दखष्दचबतभ२थबजयय।अom

read more...


जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका
June 8, 2010

महेश भण्डारी
हामी नक्कल गर्र्छौं, अनुकरण गर्र्छौं, हामी अरुजस्तै बाँच्ने रहरमा सारा जीवन सिद्धाउँछौं । भेडाजस्तै विश्वासबारे मेरो बहस आज पनि जारी नै छ । गएको अंकमा यिनै कुरा गर्दै थिएँ, तर्क झ्यालबाट फुत्त हाम फडाल्छ । तर्कलाई, आलोचनात्क सोचलाई दैनिक जीवनमा टाँग्ने हामीसँग किला छैन । गएको अंक यिनै कुरा राखेर लेखनीको बीट मारेको थिएँ ।
धार्मिक अतिवादीको उदाहरण यहाँनेर राख्न चाहन्छु । त्रासका कारण धार्मिक अतिवादीहरू एउटा निश्चित आदर्शलाई अँगाल्छन् र उनीहरू अन्धो विश्वासमा निर्भर रहेर हरेक कर्म र  फललाई स्वीकार्छन् । एउटा तार्किक निस्कर्षा पुग्नका लागि उनीहरू मूल्यांकन गर्दैनन् र आलोचनात्मक विश्लेषण गर्दैनन् । र, यो समाजको लागि अत्यन्तै खतरनाक हुन्छ किनकी मान्छेहरू नकरात्मक असरबाट चाँडै सजिलै प्रभावित हुन्छन् । तर्सथ धार्मिक अतिवादीहरू कुनै प्रश्नबिना नै धार्मिक सिद्धान्तको अनुसरण गर्छन् र नराम्रोभन्दा नराम्रो, अझ भनौं खतरनाकभन्दा खतरनाक कामहरू बिना सोचविचार अबलम्बन गर्छन्, सच्चा अनुयायी या पक्का भक्त बन्ने नाममा ।
धेरैभन्दा धेरै धार्मिक विखण्डनवाद, जातीवाद, राजनीतिक घृणा, हिंसा, आतंक, द्वन्द्व र युद्ध हामीले सजिलै हटाउन सक्ने थियौं यदि हामीले आपmनोबारेमा, आपmनैलागि केही सोचिदिएको भए । तर हामीले जतिखेर पनि अरुलाई हेर्‍यौ, अरुलाई ठूलो देख्यौ । र, फगत् अरुजस्तै बन्ने प्रयास गर्‍यौ ।
खैर, हामी आपmनै घरपरिवार मूल्यांकन गरौं त ! हाम्रा दैनिक क्रियाकलापलाई नजिकबाट नियालौं त ! धेरै मान्छेहरू आपmनो दैनिक जीवनमा दुःखी हुनुको प्रमुख कारण यो हो कि हामीले एउटै सिद्धान्त एवम् मान्यतामा उभिएर वर्षौं वर्षआपmनो जीवन बितायौं । जस्तै एउटा बच्चा वास्तवमा कलाकार या लेखक बन्न चाहन्छ । तर अभिवावकको निर्देशनमा ऊ व्यवस्थापन या विज्ञान पढ्न कलेजमा भर्ना हुन्छ । अभिभावकको लागि उसले 'कथित' सही बाटो समाएको छ तर उसले आपmनै लागि गद्दारी गरिरहेछ, आपmनै चाहना र सपनालाई बलत्कार गरिरहेछ । आँफ्नो मन जेमा रमाउँछ, जे उसलाई मन पर्छ त्यसलाई त्यागेर उसले बाबुआमाको आकांक्षा एवम् सपनाको अनुयायी बनेको छ ।
हामी यस्तै कर्म हरपल गरिरहन्छौं । हामी कुनै पनि कार्यलाई यस अर्थमा अपनाउँछौं कि अरु मान्छे त्यही चाहिरहेछन् । हामी आपmनोबारे सोच्न डराउँछौं । हामी फरक हुन डराउँछौं र्।र् इष्टमित्रले के भन्छन् - दाजुभाईले के भन्छन् - मरेका बाआमाको आत्माले के भन्छ - यस्तै तातो न छारोका सोचमा हामी आँफूलाई मार्र्छौं र बाँचेको घोषणा गर्र्छौं । यसलाई असली जीवन कसरी मान्ने - यो दुःखको कुरो हो, मानवीय जीवनको विडम्बना हो ।
आँफैले केही व्यवसाय गर्न छोडेर हामी 'टेन टु फाइभ' डिउटीमा खटिन्छौं । भनिन्छ कि मान्छे अध्ययन, अनुभव, कल्पनाशीलता र भ्रमणले परिपक्क बन्छ । हामीलाई देश विदेश घुम्नु छैन, गाउँ ठाउँ पहाड पर्वन पुग्नुछैन । जति धेरै सम्पत्ति भए पनि जागिर खानकै लागि हामीलाई हतार हुन्छ । जागिर यस्तो कर्म हो, जुन अरुको लागि गरिन्छ । हामीलाई त्यसकै हतार हुन्छ । हामी यस्तो रेखामा उभिएर बाँच्छौं जुन रेखा न यहाँ छ, न त्यहाँ छ, न कालो छ न सेतो छ तर त्यो रेखा राम्रो ठाउँमा छ किनकी सबै त्यसै भन्छन् । बास्तवमै राम्रो छ त - यस्तो सोच्ने हाम्रो बुद्धिको बिर्को बन्द छ ।
बुद्धले भनेको एउटा कथन यहाँनेर राख्दा सान्दर्भिक होला ।
 "जसरी सुनलाई पोलेर, काटेर र घोटेर परीक्षण गरिन्छ त्यसरी नै मेरा शिष्यहरूले मेरा शब्दहरूलाई, बाणीलाई परीक्षण गनर्ुपर्छ, सही या गलतको मेसो नपाइकन बडो सम्मान भावले अन्धो अनुकरण गर्नु हुँदैन ।"
यस्तै क्रान्तिकारी कुरा गरेर बुद्धले धर्मको क्षेत्रमा आलोचनात्मक सोचलाई प्रवेश गराएका थिए । बुद्ध यसो भन्दैछन् कि कुनै पनि ठूलो पण्डित या महान् व्यक्तित्वले केही बोल्दैमा या केही गर्दैमा त्यसलाई मान्नै पर्छ या त्यसलाई आस्था बनाउनै पर्छ भन्ने जरुरी छैन । तपाईं आपmनो बुद्धि तथा आलोचनात्मक विश्लेषणलाई प्रयोग गरेर त्यो महान् व्यक्तिको अभिव्यक्ति सही या गलत के छ त्यसको मूल्यांकन गर्न सक्नुहुनेछ । यो जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका हो ।
क्रमशः
 ाचभभद्दखष्दचबतभ२थबजयय।अom

read more...


विश्वको ब्रि्रदो वातावरणले प्राणीको अस्तित्व संकटमा
June 6, 2010

शिवप्रसाद गौतम
आफूलाई चेतनशील प्राणीको रुपमा विश्व रिर्कडमा दर्ता गरेको मानवले विश्वको वातावरण बिगारेर आँफैलाई पृथ्वीबाट लोप गराउने कदम चाल्दैछ । विश्वले सन् २९७२ को ५ जुनदेखि विश्व वातावरण दिवस मनाउन थालेको छ । आज विश्वले ३९ औं विश्व वातावरण दिवस विभिन्न कार्यक्रमहरुसहित मनाउँदै छ भने नेपालले पनि मनाईरहेको छ । विश्वले वातावरण दिवस औपचारिक रुपमा मात्र मनाउँदै आएको छ । व्यवहारिक रुपमा मनाएको पाइदैन । सभा, सेमिनार र सम्मेलनमा वातावरणको बारेमा भाषण गरेर मात्र विश्व वातावरणको सुधार हुने होइन । विश्वको वातावरण प्रदूषण युक्त भयो भन्ने चिन्ता विश्वका सबै राष्ट्रहरुलाई छ तर प्राकृतिक सुन्दरतालाई संरक्षण गर्ने सोच कसैमा छैन । नेपालका हिमालहरुको हिउँको मात्रा घट्दै गएको छ । विश्व तापमा बढ्दै गएको छ । पानी पर्ने क्रम घट्दो छ । प्राकृतिक सम्पदा हरिया वन जंगल नष्ट हुँदै गएका छन् । औद्योगिक राष्ट्रहरुले विश्व वातावरणमा नकारात्मक प्रभाव बढाउँदै गएका छन् । वातावरणको संरक्षण गरी राख्ने सोचको विकास भएको छैन । विकास गर्ने होडले वातावरण प्रदूषण गर्ने क्रमलाई बढावा दिएको छ । अन्तरिक्षको अनन्तदेखि समुन्द्रको पिंधसम्म मानिसले विवरण गरिसकेको छ । ४ डिसेम्बर २००९ मा डेनमार्कको कोपन हेगनमा विश्व वातावरण प्रदूषण नियन्त्रण गर्ने बारेमा विश्वका राष्ट्रहरुको सम्मेलन भएको थियो । सगरमाथाको वेस क्याम्प कालापत्थर ५५४२ मिटर उचाईमा यस विश्वमा नेपालको मन्त्रीपरिषद्को बैठक पनि बसेको थियो । यो बैठकले नेपालका तर्राई पहाड र हिमालका हरेक क्षेत्रकामा ६,००० वर्ग कि.मि.मा जैविक संरक्षण क्षेत्र तोक्ने निर्ण्र्ाागरेको थियो ।
पृथ्वीको चारैतिर फिँजिएको हावा, आसपासको प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव पार्ने अवस्था, परिस्थिति आदिलाई वातावरण भनिन्छ । जीवित प्राणीहरुको वातावरण सितको सम्बन्धमा अध्ययन गर्ने विज्ञान वातावरण विज्ञान हो । अनेक रुपात्मक जगतको निर्माण तथा विकास गर्ने र त्यसको मूल रुपमा देखा पर्ने शक्ति संख्यादर्शन अनुसार जगतका उत्पत्तिको कारण रुप मूलतत्वर्,र् इश्वरीय लिला, दैवी प्रपञ्च, माया, पृथ्वी, जल तेज, वायु र आकाश यी पञ्च महाभूत, प्रकृतिमा अवस्थित सम्पर्ूण्ा तत्वको समष्टि रुप नै वातावरण हो । यो प्राकृतिक तत्वहरुमा नकारात्मक प्रभाव बढ्दै गएकोले मानव लगायत पृथ्वीमा जति पनि जिवित प्राणीहरु छन् तिनको अस्तित्वमा संकट उत्पन्न हुँदै गएको छ । यसको दोषी मानिस स्वयम् हो । अरु प्राणीबाट वातावरण प्रदूषण गरी आफ्नो अस्तित्व संकटमा पार्ने कार्य भएको छैन ।
यस विषयमा विश्व मानव बेलैमा सचेत नभएमा विश्व मरुभूमिमा परिणत भई यो पृथ्वी जीवित प्राणी विहिन हुने सम्भावना भएकोले वातावरण संरक्षण गर्ने निम्न विषयमा नेपाल मात्र होइन विश्व समुदायले ध्यान दिनु पर्ने कुरा निर्विवाद छ । वन जंगलको संरक्षण, औद्योगिक क्षेत्रबाट हुने प्रदूषण नियन्त्रण, बाढी पहिरो नियन्त्रण, प्राकृति सम्पदाहरुको उचित स्याहार सम्भार आदिमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।

read more...


सर्न्दर्भ १९ औं विश्वकप फूटबल प्रतियोगिता
June 4, 2010

शम्भू केसी
विश्व खेलकुदको सबैभन्दा ठूलो महाकुंभ मेलाको रुपमा रहेको संसारका लगभग सतप्रतिशत जनमानसले प्रत्यक्ष हर्ेर्ने, बुझ्ने, मनोरञ्जन लिने खेलको रुपमा रहेको विवकप फुटवल प्रतियोगिताको १९ औं संस्करणको शुरुवात हुन केही दिन मात्र बाँकी रहेको छ । दक्षिण अप्रिmकामा आयोजना हुन गईरहेको यो प्रतियोगितामा यसपालि पनि अन्तर्रर्ााट्रय फूटबल महासंघ फिफाले संसारको पाँचै महादेशको सहभागिता हुने गरी कुल बत्तिस राष्ट्रका टीमहरुलाई अन्तिम छनौटका लागि मैदानमा उतारेको छ । संसारका ख्यात्रि्राप्त रैथाने प्रतिष्ठित राष्ट्र तथा नवीन राष्ट्रहरुको मिलिजुली सहभागिता रहने यसपालिको प्रतियोगिताले विश्व फूटबललाई माया गर्ने संसारका सबै फूटबल प्रेमीहरुलाई यस खेलप्रति समर्पित हुने अवसर दिने अभियानमा देखिएको प्रतियोगिताले संसारमा सानातिनादेखि ठूलाठूला शक्तिशाली राष्ट्रहरुलाई फूटबलको छाता मुनी जम्मा गर्न फूटबल महासंघ सफल हुने भएको छ । सन् १९०४ मा स्थापना भए पश्चात् लगातार २६ वर्षो अन्योलपछि १९३० मा संसारमा पाँचवटै महादेशलाई समावेश गरेर पालैपालो संचालन गर्दै आइरहेको विश्वकप फूटबल प्रतियोगिताले आफ्नो ४० वर्षो इतिहासमा यसपाली दक्षिण अप्रिmकालाई रोजेको हो । ८ समूहमा विभाजन गरेर पहिलो चरणको लिग खेलको समाप्तिपछि दास्रो चरणबाट सिधा नकआउट चरणमा प्रवेश गर्ने प्रतियोगिताको र्टाईसिटलाई र्ससर्ती नियाल्दा समूह ए को आयोजक साउथ अप्रिmका, पहिलो विश्वकप विजेता उरुग्वे, मेक्सिको तथा विश्वकपको दावेदारको रुपमा सधैं देखिँदै आईरकेको प|mान्स रहेको छ ।
यसैगरी समूह वी बाट विश्व विख्यात फूटबल र म्याराडोनाको देश अर्जेन्टिना, अप्रिmकी शक्तिशाली राष्ट्र नाइजेरिया, ग्रिस तथा एसियाली फूटबलको महाशक्ति दक्षिण कोरिया रहने छन् । भने समूह सी बाट फूटबल खेलको जन्मदाता इंग्लैण्ड, अमेरिका, अल्जेरिया तथा स्लोभानिया रहेका छन् । यसैगरी समूह डी बाट हालसम्मकै इतिहासमा सबैभन्दा बढी फाइनल पुगेको राष्ट्र जर्मनी, अष्ट्रेलिया, र्सर्भिया तथा घाना रहेका छन् भने समूहर् इ मा विश्वको इतिहासमा सबैभन्दा बढी संभावना भएको तर अभागी टीमको रुपमा देखिएको नेदरल्याण्ड, डेनमार्क, एसिएन टाइकुन जापान तथा विश्व फूटबलको अण्डर डगको उपनामा पाएको अप्रिmकी राष्ट्र क्यामरुन रहेको छ  भने समूह एफ मा साविक विजेता सुशंगठीत इटली, पाराग्वे, न्यूजिल्यैण्ड तथा स्लोभाकिया रहेका छन् । यसैगरी समूह जी मा पाँच पटकसम्मको विश्वकप विजेता पेलेको देश ब्राजिल, लुकेको फूटबल खेलको अप्रत्याशित एसियन राष्ट्र कोरिया, आइभोरी कोष्टा तथा पोर्चुगल रहेका छन् । यसैगरी समूह एच मा स्पेन, स्वीटजरल्याण्ड, होन्डुरस तथा चिलीले प्रतिनिधित्व गर्ने भएको छ । यसरी ८ समूहको खेल तालिकालाई सरसरी नियाल्दा यस पालिको विश्वकप विगतको जस्तो सजिलो भने अवश्य छैन । संसारका मै हुँ भन्ने राष्ट्रलाईसम्म पहिलो चरणबाट पार पाउन निकै हम्मेहम्मे पर्ने यसपालीको प्रतियोगितामा पहिलो चरणको खेलमै मै हुँ भन्ने राष्ट्रले बिदाबादी लिएमा केही नौलो मान्नुपर्ने छैन ।
यस पालिको विश्वकपको समूह विभाजनलाई नियाल्ने हो भने समूह ए तथा सकूहर् इ आत्मघाती समूहमा परेका देखिन्छन् । यी दुवै समूहबाट आउने ४ वटै टीमका लागि यस चरण पार गर्नु फाईनल जिते सरह हुने देखिएको छ । दक्षिण अप्रिmकाका १२ वटा रंगशालामा आयोजना हुने प्रतियोगिताका सबै खेलले विश्व फूटबलको मानचित्रमा नयाँ इतिहास कोर्ने आशा तथा विश्वास लिन सकिन्छ । तैपनि फूटबल कै कुरा गर्नुपर्दा समूह ए बाट आयोजक साउथ अप्रिmका  र प|mान्स समूह बी बाट अर्जेन्टिना र नाइजेरिया, सी बाट इंगलैण्ड र अमेरिका, डी बाट जर्मनी र घानार्,र् इ बाट नेदरल्याण्ड र जापान, एफ बाट इटली र प्याराग्वे, जी बाट ब्राजिल र उत्तर कोरिया तथा एच बाट स्पेन र चिली दोस्रो चरणका लागि क्वालिफाइ भए भने प्रतियोगितामा नयाँ रोमाञ्चकता छाएको छ । समग्रमा यसपालिको प्रतियोगितामा प्रतियोगिता स्थान, खानपान, वातावरण तथा मौसमले सहभागी राष्ट्रको खेललाई निकै उथलपुथल पार्ने संभावना रहेको छ । विशेष गरी चिसो राष्ट्रबाट प्रतियोगितामा सहभागी विश्वका चर्चित यूरोपियन राष्ट्रका लागि प्रतियोगिता फलामको च्यूरा सावित हुने भएको छ । विशेषगरी युरोपको प्रतिष्ठित लिग प्रिमियर लिग, इटालियन लिग, यु एफ ए लिगमा खेलिराखेका सम्बन्धित प्रतिष्ठित क्लबका राष्ट्रिय खेलाडीहरुका लागि दक्षिण अप्रिmकाको हावा पानीले अवश्य पनि सताउने देखिन्छ । तैपनि फूटबल हो जे जस्तो हावापानीको मार भएपनि यी चर्चित खेलाडीहरुले आफूलाई व्यवस्थित बनाएर आफ्नो कला कौसललाई विश्वका दर्शकमा पस्कने छन् भन्ने आशा लिने बाटो भने रहेको छ ।
लगभग एक महिनाको समय अवधि बाँकी रहँदा विश्वका ३२ वटै देशका प्रशिक्षकहरुको आफ्नै सहभागी टीमको लिष्ट लगभग बनाइ सकेका छन् भने उनीहरुले हालसम्म बनाएको लिष्टमध्ये ब्राजिलियन टीमबाट देखिने छैनन् भने पेटि्रक भियरा र स्टर््राईकर करिन बेन्जेमा विना प|mान्सको टीमले मैदानमा प्रवेश गर्ने छ । यसरी मै हुँ भन्ने केही राष्ट्रका रैथाने खेलाडीहरुले बिदावारी लिने यसपालिको प्रतियोगितामा अर्जेन्टेनी, मेस्सी, प|mान्सका हेनेरी, रिभेरी, इंग्लैण्डका रोनी, ल्याम्पार्ड, टेरी जर्मनीका पोडल्स्की, नेदरल्याण्डका रोविन, जापानका नाकामुरा, नाकाटा, क्यामरुनका इटो, डेनमार्कका बेन्टनर, इटालीका रोसी, आइभोरी कोष्टाका ड्रोकबा, पोर्चुगलका रोनाल्डो, नानी, स्पेनका टोरेस, रामोस, डेभिड भिल्ला अमेरिकाका चार्लि डेभिड, कोरियाका पार्क सुनको चमत्कार विश्वका फूटबल प्रेमीहरुले देख्न पाउने भएका छन् । यसपालिको विश्व कपमा पुरानो प्रतिष्ठित खेलाडीहरुको चमत्कार तथा नयाँ प्रतिभाशाली खेलाडीहरुको उत्कृष्टताले भरिपर्ूण्ा हुने भएको छ । आफ्नो चार दशक लामो इतिहासमा लगभग ७० प्रतिशत उपाधि क्यारावियन राष्ट्रलाई, बाँकी ३० प्रतिशत युरोपियन राष्ट्रलाई बुझाएका हामी एसियाली राष्ट्रका फूटबल प्रेमीहरुलाई मात्र आयोजना गरेर चित्त बुझाउनु बाहेक केही उत्साहवर्धक  यस पालिको विश्वकपमा नरहे पनि जापान अष्ट्रेलिया उत्तर कोरिया दक्षिण कोरियाबाट केही नयाँ चमत्कार भए हामी एसियनहरुले गौरव गर्ने बाटो रहने थियो कि -
समग्रमा भन्नुपर्दा काला र गोरा छालाविच घमासान साथ क्यारावियन छालाको मुख्य भूमिका तथा जोडमा सिमीत रहने १९ औं विश्वकम फूटबल प्रतियोगिता जुन कर्ुवट नरहेपनि यसपालि पनि हामीहरुका लागि थपडी लगाउनु वाहवाही गर्नु र आत्मशन्तोष लिनु बाहेक केही नरहने निश्चित नै छ । तैपनि आफ्नै मजा आफ्नै रमाईलो आफ्नै शोख आफ्नै मौलिकता भएका हामी एशियाली फूटबलका पारखी महादेशबासी फूटवलका पारखीहरुले यस खेलको सफलताका लागि भने होस्टेमा हैसे भने गर्ने छन् भन्नुमा दर्ुइमत नरहला ।

read more...


"बेरोजगार, अधिकार, नदीका दर्ुइ धार"
June 3, 2010

मुक्ति पराजुली 'लहर'
मानिस एक सामाजिक प्राणी हो । समाज विना उस्को जीवनयापन गर्न कठिन पर्दछ । मानिसको जीवन एउटा संर्घष्ामय पनि हो । समय समयमा सोचेन सम्झेका अकल्पनिय घटना पनि आउन सक्दछन् । गास,बास,कपास बाँच्नका लागि अति आवश्यक पर्दछ । यी वस्तु प्राप्तिका लागि अनेक प्रकारका उपायहरु सोच्ने गर्दछन् । चिताए अनुसार परिपर्ूर्ति नभैदिएमा तड्पीढतड्पी चित्त बुझाएर वस्ने पनि गर्दछ । आफू सक्षम बन्नका खातिर लगानी गरेर शिक्षा आर्जन गर्न प्रयत्न पनि गर्दछ । तर त्यसको तारतम्य मिलाउने भनेको जिम्मेवार निकाएको हो । आजभोली दिन प्रतिदिन बेरोजगारीको संख्या बढ्दो छ । कहाली लाग्दो परिस्थितीको श्रृजना भएर गएको छ । सवै सुख चाहन्छन् सुविधा भोगी बन्दैछन् । व्यत्तिगत स्वार्थ सिद्ध गर्नमा नै तल्लीन छन् । कसैले कसैको चित्कार  सुन्न पनि रुचाउँदैनन् । यस्तो अवस्थामा असल समाजको परिकल्पना कसरी गर्ने वातावरण दिन प्रतिदिन धमिलिदै गएको छ । हुन त प्रकृतिमा पनि केहिन केहि प्रभाव परे जस्तो देखिन्छ । जस्को हातमा रिमोट छ । त्यहिनै खल्वलिए पछि रिमोट खल्वलिन खोज्नु स्वभाविक पनि देखिन्छ । कहिलेकाहिँ सामान्य कुरामा तनाव आएर मानसिक रूपमा सोच्नु पर्दाका बखत त्यतीबेला सोच विचार गर्न पनि सकिदैन सवैले भोग्दै आएको विषय पनि हो । यसलाई अन्याथा लिन मिल्दैन । रोजगार नभएको मानिस अल्तालिन्छ । कतिपय इच्छा आकांक्ष्ँाा भए पनि त्यसलाई दवाएर राख्न वाध्य भएको हुन्छ । सरकार नाम मात्रको छ । कसैलाई रोजगारी दिने सामर्थ छैन । जति कर्ुर्ली कर्ुर्ली भाषण गरे तापनि त्यसको कुनै अर्थ छैन औचित्य पनि छैन । दन्त्य कथामा आधारित भएजस्तो देखिन्छ । सारा युवाहरू विदेसिन वाध्य छन् । भएको सारा जग्गा जमिन पढ्न - विदेश जान भनी बेची-बेच्ाी समाप्त पारेका छन् । उनीहरूकोर् ददनाक पीडा कसले सुनि दिने त जतिपनि सरकार वने आए गए कुनै अर्थ छैन । असन्तुष्टिको संख्या वडी रहेको छ । यो खोलाको वाढी जस्तो छ । यसलाई रोक्न कठिन छ । यहाँ वरोजगार रोक्न भनि सामान्य स्याउला काठका झिक्रा राखि सरकारले बनाएको सामान्य बाँधको कुनै अर्थ छैन यहाँ त विदेशीले बनाएको ठूला-ठूला तर राम्रो सिमेन्ट मिसाएको पक्की बाँधको आवश्कता छ । अनि मात्र वेरोजगाररूपी बाढी नियन्त्रण गर्न सकिन्छ ।
पहाडबाट निस्केका नदीहरूले वर्षत्को समयमा ठूलाठूला ढुङ्गा मुढासमेत वगाएर ल्याउने गर्दछन् । त्यस्तो अवस्थामा जता पनि क्षति पुग्न सक्दछ । आजभोली त्यस्तो अवस्था राजनीतिक पार्टर्ीी आएको छ । एउटा नदी स्वच्छ पानी लिएर वगेको छ त, अर्काे नदी ढुङ्गा मुढा लिएर धमिलो पानीका साथ ठूलो स्वरले कराउँदै उत्पन्न भएको छ । यसरी उत्पन्न भएको नदीलाई वुद्धिमता तवरले थाम्न नसकेमा यस्ले ठूलो क्षति पुर्‍याउन सक्दछ । आखिर जस्तो अवस्थ्ाामा भए पनि नदी नै हो उसको पनि वग्ने अधिकार हुन्छ । उसका पनि आफ्नै वेदना छन् , आफ्ना साथमा आएका सारा वस्तुलाई बगाउन वाध्य छ । उसको कुनै दोष छैन । दोष त त्यसको छ जस्ले सारा नदी नाला तालतलैया सवैलाई पक्की वाँध बनाएर सारा उब्जा हुन नसकेको उजाड जग्गामा सिंचाईको समेत प्रबन्ध गर्दछु भने - भन्नेको । दोष त बाढी पैह्रो समेत बगाउँदा धमिलो भएको पानीलाई कुनै वालीनालीमा राखी सङ्लो पानी बनाउन नसक्ने ठेकदारहरूको हो भन्न सकिन्छ । यहाँ हरेक वर्षनदीमा ठूला-ठूला बाढी आउने गदछन् । अब त्यो बाढी नदीमा मात्र होइन, सारा गाँउ, सारा समाज - हुँदाहँुदै अधिराज्य भर फैलिसकेको छ र जसरी नदीको छेउको जग्गा प्रतिवर्षपानीले काट्छ - नदीको क्षेत्रफल पनि फराकीलो वन्दछ । त्यस्तै गरी बेरोजगारको बेगले प्रतिवर्षकटान गदैछ । यो वेग नदीको वेग भन्दा कम हुने छैन । नदिले केवल ठूलो बषर्ा भएका बखत मात्र बाढीमा धमिलो पानी ढुङ्गा मुढा ल्याउँछ त - बेरँोजगारको वाढीले त बाह्रै मास, बाह्रै काल कटान गर्दछ क्षती पुर्‍याउँदछ । यस्तो संवेदनशील विषयमा कही कतैबाट चासो दिए जस्तो देखिदैन । तर एउटा विषयमा भने अवश्य अत्याधिक रूपमा विकास भएको देखिएको छ । त्यो के भने प्रत्येक ठाउँ ठाउँमा सर्ंर्घसस्थाहरू खोलिएका छन् , कुनै काम देखाउन पर्‍यो भने भन्न पनि सजिलो छ । फलानो ठाउको वंैठकमा गएको रोजगारको माध्यम बनेको छ मोवाइलले पनि निरन्तर रूपमा काम पाएको जस्तो देखिन्छ । अन्य कुनै रोजगारि नभए पछि समय वितउन पनि पर्दो रहेछ । पैसा साथमा नभए पनि लाजकाज अैचोपैचो गरेर भएपनि सदस्य वन्न वाध्य भएका छन् उनीहरूको आफ्नै पीडा छ दिल दुखीरहेको छ तर हुनेखाने भनाउदाहरूका लागि भने बडो गजब भएको छ । मान मर्यादा पनि मिलेको छ स्वगत सत्कार पनि मिलेको छ । जति आर्दश झल्काए तापनि कुनै काम भएजस्तो देखिदैन् । सबैलाई नराम्रा छन् पनि भन्न मिल्दैन कतिपय राम्रा पनि छन् । तिनीहरूको आफ्नै अस्तित्व छ, महत्व छ, तिनिहरूलाई भन्न खोजिएको पनि हैन । केवल रोजगारीको माध्यम भनेको सरकारले विकास गरिदिएको एउटा विषय मात्र हो ।
एकातिर रोजगारको विषय माथि उल्लेख भए अनुसार देखिन्छ भने अर्को तिर अधिकारको समेत व्यापक रूपमा नदिको किनारको छेउ काटिए जस्तै काटिदै गएको पाईन्छ । संविधानमा उल्लेख भएका वाँच्नका लागी नभै नहुने अधिकारसमेत वेला वखतमा कटौती भए जस्तो देखिदै आएको छ । केवल कागजमा उल्लेख भएर मात्र के को अर्थ - त्यसको पालना गराउने निकायले चासो खांचो लिए जस्तो देखिदैन परिणाम स्वरूप यहँा दिन दाहाडै कसैको अस्मिता लुटिन्छ । कसैको हत्या हुन्छ त कति चोरीका सिकारी वन्दै गएका छन् । दिन प्रतिदिन यसको वाढी चुँलिदै आएको छ । मानिस आफु वाँच्नका लागी राज्यले व्यवस्था गरिदिएको मौलिक अधिकारको राम्रोसँग प्रयोग गर्न सकिरहेको छैन अधिकार खोज्न सडकमा दौडनु पर्छ । त्यसको संरक्षण गर्ने निकाय नै मजबुत वन्न सकिरहेको छैन् । उसका पनि वाध्यता छन् बिवशता छन् । तर जेजस्तो अवस्था भए पनि बिगतका दिनहरूमा गर्न नसकेका नराम्रा काम लिएर फर्की हर्ेन कसैले पनि हुँदैन तर राम्रा कुराको भने अनुशरण गदै जानु पर्छ । इतिहास भनेको इतिहास हो जसवाट केहि भएपनि ज्ञान मिल्न सक्दछ । २०६२/६३ को जनआन्दोलनबाट प्राप्त "लोकतान्त्रिक प्रजातन्त्र" हाल शिशु अवस्थामा छ यसको लालनपालन गरि तन्दुरुस्त फर्ुर्तिलो वनाउनु सबैको कर्तव्य हो सबैको चाहानाको विषय पनि हो । हिजोको अवस्थामा देखीएका त्रूटिहरू सच्चाउँदै जानर्ुपर्दछ । त्यो सबै जिम्मेवार निकाएको कर्तव्य पनि हो आजको अवस्थामा देखिएको नदी छेउका दर्ुइ किनार जस्ता रोजगार र अधिकार दिनप्रतिदिन नदीले जमिन कटान गरेर फराकिलो हुदै गएको अवस्थामा छन् । नदीको किनारको धारलाई आगामी दिनमा जिम्मेवारी सम्हाल्ने निकायले राम्रो दृष्टि पुर्‍याएर किनारलाई चाक्लो हुन नदिन सबैले आंशा एवं विश्वास गरेका छन् । यस्तै छ यहँाको चलन ...

read more...


जब तर्क झ्यालबाट फुत्कन्छ...
June 1, 2010

महेश भण्डारी
"मानव जीवनको महत्वपर्ूण्ा पक्ष भनेको नै कसैको अनुकरण नगर्नु, कसैको अनुयायी नबन्नु हो । यदि मान्छेहरू जे जस्तो छ त्यसैको नियमिततासँग अघि बढ्ने कार्यलाई अस्विकार गर्ने हिम्मत राख्छन् र आँफूले गरेको कार्यलाई झन् राम्रो बनाउनको लागि नयाँ तरिका एवम् विधिहरू पनि अपनाउँछन् भने विश्वले अलिकति प्रगतिको महशुस गर्ने थियो ।"
माथिको अभिव्यक्ति अमेरिकी अर्थवीद् जोन केनथ गाल्ब्रेथका हुन् । यो अभिव्यक्तिले धेरै प्रश्नको ठेली जन्माउँछ ।
गाउँका सबै छिमेकी माओवादी भएको कारण के तपाईं पनि माओवादी बन्नुभएको हो - सबै साथीहरू क्याम्पस पढ्ने भएको हुनाले के तँपाईं पनि क्याम्पस पढ्नु भएको हो - अनि जागिरबारे नि - परिवारले धेरै नै आकांक्षा थुपरेको हुनाले के तपाईं बैंकको कर्मचारी या वकिल हुनुभएको हो - अनि धर्मबारे नि - यो एउटा झुक्काउने प्रश्न हो । के तपाईं हिन्दू या क्रिश्चियन यसकारण हुनुहुन्छ कि तपाईंको अभिवावक त्यही धर्म मान्नुहुन्छ - के हामी यी सारा निर्ण्र्ाााट खुशी छौं त -
म फेरि जोड दिएर लेख्छु कि भेडाजस्तै विश्वासहरू खतरनाक हुन्छन् । कसैको अनुकरण गर्नु या कसैको अनुयायी बन्नु खतरनाक हुन्छ । यो समाजको लागि पनि खतरनाक छ र मानवीय खुशीको लागि पनि खतरनाक छ । मान्छे साँच्चिकै खुशी जीवन बिताउन उसले सबैभन्दा पहिले आँपmनै बारेमा केही सोच्नर्ुपर्छ, आपmनै बारेमा बुझ्नर्ुपर्छ ।
धेरै व्यक्तिका धारणाहरू या विश्वासहरू अरु मान्छेहरूबाट अत्यधिक रुपमा प्रभावित हुन्छन् । कसै कसैको जीवनमा यो खुलम् खुल्ला प्रष्ट देखिन्छ तर कसै-कसैमा भने यसको प्रभाव वर्षौंपछि देखिने गर्छ । तर यसको परिणाम उही हो कि मान्छे अरुजस्तै व्यवहार गर्न सुरु गर्छ । यर्सथ यस कर्मलाई भेडा बन्नु भनिन्छ ।
अक्सर हामी यो रोगबाट प्रताडित हुँदाहुदै पनि हामीलाई प्रस्ट थाहा नहुन सक्छ । यो आलेख पढ्दा पढ्दै तपाईं सोच्दै हुनुहोला कि म धेरै स्वतन्त्र छु, आत्मनिर्भर छु र बिल्कुलै फरक छु । तथापी तपाईंमा त्यो प्रभाव सामान्य हुनसक्छ र तपाईं अरुबाट कति प्रभावित हुनुहुन्छ त्यो तपाईंलाई थाहा नहुन पनि सक्छ । हामीले दैनिक जीवनमा गर्ने केही कर्म छन् तिबाट तपाईं पक्कापक्की गर्नसक्नुहुन्छ अरुको अनुयायी बनेको या नबनेको । जस्तैः तपाईंले खाना खाने तरिका, तपाईंका बानीहरू, सवारी साधन हाँक्ने तपाईंको तरिका, तपाईंले सुन्ने संगीतको प्रकार, तपाईंले हर्ेर्ने समाचार च्यानल, तपाईंले मानेको धर्म, तपाईंले भोट खसाल्ने राजनीतिक पार्टर्ीी तपाईंको जागिर ।
अब तपाईं के सोच्नुहुन्छ - तपाईं कसैको अनुयायी होइन त - हो, हामी सबै बाटोको सही साइडबाट गाडी हाँक्छौ । सही साइडबाट गाडी हाँक्ने कार्यलाई निरन्तरता दिनर्ुपर्दछ । अनुकरण या नक्कलको यो राम्रो पक्ष हो । तर यसले यो प्रमाणित गर्दछ कि हामी कुनै न कुनै कुरामा अनुयायी नबनीकन या अनुकरण नगरिकन धर पाउँदैनौं । अब तपाईं भेडाजस्तै भएर खतरनाक पक्षहरूको अवलम्बन गर्ने या त्यसलाई त्याग्ने यो सिर्फतपाईंको रोजनाईको कुरा हो ।
हामीले गर्ने कार्यहरू किन खतरनाक छन् त - कल्पना गरौं त दैनिक जीवनका धेरै कार्यहरू हामी यस अर्थमा गर्र्छौं कि तिनलाई अरुले पनि गरेका छन् । हो, त्यसैले । हामी मान्छे जातीलाई अंग्रेजीमा 'प्याक एनिमल' भनिन्छ । हामी समूह मन पराउँछौं । र, हामी समूहमा अरुजस्तै बन्न खोज्छौं । अरुभन्दा पृथक बन्नु राम्रो मानिँदैन किनकी यो चुनौतीपर्ूण्ा छ । यर्सथ हामी उस्तै उस्तै बन्न खोज्छौं, उस्तै उस्तै गर्न खोज्छौं । हामी अरु सबैझैं जीवन बिताउन खोज्छौं ।
र, यसैकारण त यो खतरनाक छ । कारण, समालोचनात्मक सोचाई झ्यालबाट हाम फडाल्छ । तर्क ढोकाबाट फुत्त भाग्छ । हामी रोक्दैनौं र सोच्दैनौं कि अरु सबैले गरेको हुनाले हामीले यी सबै काम गर्दैछौं । हामी सही या गलत के हो यो प्रश्न गर्न बिर्सन्छौं । हामी सिर्फभेडाझैं पछ्याउँछौं, नक्कल गर्र्छौं ।  क्रमशः
 ाचभभद्दखष्दचबतभ२थबजयय।अom

read more...


भौगोलिक यात्रामा मुस्ताङ
May 31, 2010


बलराम पौडेल 'बाबु'
हिमालको काखमुनी रमाइलो त्यो मुस्ताङ गाउँ,
वारिपारी गुराँस फूल्ने र्स्वर्ग जस्तो ठाउँ ।
लामा, तामाङ गाउँ अनि जाऊ शर्ेपा गाउँ,
हिमालका छोरा छोरी जन्मिएको ठाउँ ।।
नेपाल प्राकृतिक सुन्दरताले भरिपर्ूण्ा देश मानिन्छ । यहाँ अवस्थित उत्तरतर्फा सेता हिमालका लस्कर टाकुराहरू, होचा तथा अग्ला तहैतहमा अवस्थित विभिन्न आकार तथा नापका डाँडाकाँडाले भरिपर्ूण्ा मध्य पहाडी भाग तथा हरियालीले भरिपर्ूण्ा तर्राईका समथर मैदान जस्ता भौगोलिक अवस्थितिले नेपाललाई साच्चै नै प्राकृतिक सुन्दरताले भरिएको  छ । केही दिन अघि हामी हिमाल पारीको जिल्ला मुस्ताङ पुग्यौं ।
रातभरी चिसो कोरलेर मौसम बिहानीपख पनि वातावरणमा चिसो-चिसो छदै थियो । पोखरामा केही समयदेखि बादल, तुवालोले धमिलिएको  मौसमलाई गएराति सिमसिम परेको पानीले कञ्चन, सफा बनाई, सौर्न्दर्यको प्राञ्जल दृश्यले मेरो मन तानिरहेको थियो । अझ मुस्ताङ भन्ने ठाउँ कस्तो होला - त्यहाँको भौगोलिक अवस्था कस्तो होला - कसरी त्यहाँका मानिसहरुले आफ्नो जिवीका निर्वाह गरेका होलान् - र जाडो मौसम अनि गर्मी कसरी छल्दा हुन् - जस्ता प्रश्नले मेरो मनलाई कौतुहलतामा पुर्žयाइरहेको थियो ।
पृथ्वीनारायण क्याम्पस मानविकी संकाय र शिक्षा संकाय बिए, बिएड दोश्रो वर्षा अध्ययनरत भूगोल विषयका विद्यार्थीहरु र शिक्षक गरी जम्मा ३८ जनाको टोली भौगोलिक अध्ययनका लागि जेठ ५ गते बिहान ८ः०० बजे वाग्लुङ बसपार्कबाट यात्रा आरम्भ भयो । अनि हानियौं मुस्ताङतिर ।
सबै साथीहरुको मन एकदमै प्रस्फूलित थियो । नयाँपुल स्थित एक होटलमा सामान्य खाजा खाएर हाम्रो यात्रा अगाडि बढ्यो । हामीहरु बसमा गीत गाउँदै ऊ त्यो ठाउँको नाम के हो - आहा ! कस्तो राम्रो झरना ! अनि कस्तो राम्रो ठाउँ भन्दै एक आपसमा कुराकानी गर्दै, रमाउँदै बसमा करीब ४ घण्टाको यात्रासँगै बेनी पुग्यौं । त्यहाँ पुग्दा झण्डै १२ः०० बजेको थियो । बेनी बजार घुम्दै त्यहाँको डल्पिmङ होटलमा खाना खायौं । त्यसपछि बेनीको बजार अवलोकन गरी गलेश्वर र आर्मीब्रिजको बाटो हुँदै अगाडि बढियो । मेरो मनमा विश्वको गहिरो गल्छी हर्ेर्ने चाह निकै बढेर आयो । अन्नपर्ूण्ा र धौलागिरीको बीचमा रहेको अन्धगल्छीलाई अवलोकन गर्न पाउने भयौं भन्दै म्याग्दीको दाना गाविस स्थित अन्धगल्छीमा पुगियो । जहाँ बाटोको खराबीले गर्दा बस त्यही छाडेर केही समय हिड्नु पर्žयो । हिड्दाको मज्जा छुटै हुँदो रहेछ, हाँस्दै-हाँस्दै हामी गल्छीको अवलोकन गर्न थाल्यौं । त्यस क्षेत्रमा स्थानीय विकास मन्त्रालयको ७ लाख आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानबाट अन्धगल्छी वरपरकोबाटो, प्रतिक्षालय, भ्युटावर र चौताराको निर्माण गरिएको रहेछ । म्याग्दीको दाना गाविसमा अवस्थित अन्धगल्छी संरक्षण र सर्म्वर्द्धनका लागि स्थानीय ५४ घरधुरीले १६/१६ दिन श्रमदान गरेको अन्धगल्छी संरक्षण समितिका सचिव सुनबहादुर बानियाँले जानकारी दिनुभयो । एक स्थानीय बासीले भने बेनी जोमसोम सडक संचालन भएपछि अन्धगल्छीमा अवलोकन गर्न आउने पर्यटक घटेको बताए । जसले गर्दा गल्छीको प्रचार प्रसार हुनुमा कमि आएको हामीलाई महसुस भयो ।
साँझ पर्दै जाँदा अन्धगल्छीको अवलोकन र तस्वीर लिँदै यात्रा अगाडि बढ्यों । सिरसिर हावा चलिरहेको थियो, सिमसिम पानी पर्न थाल्यो, कोही साथी ओडारको साथ लिदै र कोही कसैको छातामुनी छेल पर्दै हिडेका थियौं । अन्धगल्छी, रुप्से झरनाको अवलोकन गर्दै र तस्वीर खिच्दै कालीगण्डकी नदीको तिरै तीर घाँसा पुगियो । मन मनै सोच्न थालेे ओहो ! कति रमाइलोपो रहेछ । मलाई घाँसाको ठाउँ निकै रमाइलो लागेर आयो र मन हलुका हुँदै गयो । त्यस रातको विश्रामका लागि धौलागिरी होटलमा पुग्यौं ।
भोलीपल्ट बिहानीको मिरमिरे उज्वालोसँगै हामी सबैजना  त्यहाँको दृश्य देखेर रमणीय वातावरणमा सबै साथीभाईहरुसँग तस्वीरहरु लिदै त्यहाँका स्थानीय बासिन्दाहरुसँग कुराकानर्ीमा रमाउँदै थियौं । झण्डै ८ बजिसकेको थियो, बस हिड्न लाग्यो छिटो गर भन्दै गुरुहरुले भन्न थाल्नुभयो । अनी आफ्नो व्याग भिरेर घाँसाबाट लेते, लार्जुङ्ग, कोवाङ्ग, टुकुचे र मार्फा गाविसका विभिन्न गाउँ वस्तीहुँदै जोमसोम पुग्यौं ।
जोमसोमको भौगोलिक अवस्था, त्यहाँको मानव वस्ती, यातायात, साँस्कृतिक वातावराण घरहरुको निर्माण कसरी भएको छ - त्यहाँको मूख्य पेशा के हो - शिक्षाको अवस्था कस्तो छ - कस्ता समुदाय र जातजातीको बाहुल्यता रहेको छ - भन्ने बारेमा अवलोकन गर्न चासो बढेर आयो । यात्रामा रहेका गुरुहरु मोती, डा.विश्व श्रेष्ठ, कविराज र पाण्डे गुरु गरी ४ जना रहनुभएको थियो । उहाँहरुले ६, ७ जनाको समूह विभाजन गरी नक्सा उतार्ने, व्यवसाय, घर, विद्यालय, सरकारी संस्था, एयरपोट, घरेलु उद्योग आदिको अवलोकन गराउनु भयो । जोमसोमबाट एक्लेभट्टी, कागबेनी हुँदै मुक्तिनाथको ऐतिहासिक, पर्यटकीय एवं धार्मिक आर्कषणको केन्द्र विन्दू पुग्यौं । त्यस दिन मुक्तिनाथमा बास बसियो । कोही साथीहरु त्यहीका स्थानीयबासीहरुसँग कुरा गर्न थाल्नु भयो भने म र केही साथीहरु त्यहीको पहाड चढ्न थाल्यौं, अन्ध्यारोसँगै तस्वीरहरु खिच्न थालियो, गीत गाउँदै एक अर्कोलाई हात समाउँदै पहाड चढियो त्यस मुक्तिनाथ क्षेत्र वरिपरिहेको । अनि केही समयपछि करिब ८ बजेतिर होटलमा आइयो र खाना खाएर गीत गाउन, नाच्न थालियो रमाइलो गरियो र निन्द्रदेवीको काखमा निदाइयो । बिहान सबेरै उठेर नुहाई धुवाई गरी नजिकैको हिउँमा खेल्न, फोटो खिच्न र मुक्तिनाथ मन्दिरको दर्शन गर्न गयौं । १०८ वटा धाराको पानीले नुहाइयो मनले आटेको पुगोस् भनी भगवानसँग प्राथना गरी फेरि यात्रा तय गर्न थालियो ।
मुस्ताङ्ग जिल्लाबाट हालसम्म कुनै पनि पत्रपत्रिका र रेडियोको प्रकाशन/प्रसारण हुन सकेको रहेनछ । राजधानी, गण्डकी र धौलागिरीका सञ्चारमाध्यमबाट रिपोटिङ्ग गर्ने केही सञ्चारकर्मी रहेछन् । मुस्ताङबासी तिनै ठाउँका रेडियो, पत्रपत्रिका र टेलिभिजन सुन्ने, पढ्ने र हर्ेर्ने रहेछन् । मुखिया प्रथा कायमै रहेका कारण गाउँ समाजका घटना समाजभित्रै मिलाउने रहेछ । जसका कारण मुस्ताङमा घट्ने घटनाको वास्तविकता बाहिर आउन गाह्रो हुने त्यहीका एक स्थानीय विद्यार्थी साथी थेवा गुरुङले बताए ।
विकासका पर्ूवाधारको अवस्थालाई अध्ययन गर्दा मुस्ताङ जिल्लामा केही प्रगति चाहि भएकै मान्न सकिन्छ । उक्त जिल्लामा मुस्ताङको साक्षरता प्रतिशत जनगणना २०५८ अनुसार ७४.९ प्रतिशत छ । नेपालको मरुभूमि अनि गुम्बै-गुम्बाको जिल्ला भनेर चिन्ने मुस्ताङ भौगोलिक हिसाबले अत्यन्त आकर्ष देखिन्छ । अझ कागबेनीबाट मुक्तिनाथ क्षेत्रसम्म देखिने मनोरम डाँडा-पाखा, मुस्कुराएका सेताम्मे हिमश्रृंखला र राउण्ड अन्नपर्ूण्ा मार्फ् त्यस्ता ठाउँ हर्ेन पाउँदा म लगायत सम्पर्ूण्ा सार्थीहरु र बिदेशी पर्यटकहरुका दृश्यहरु त साँच्चिकै लोभलाग्दा छन् । जुन ठाउँ दृश्यवलोकनका लागि नेपालकै सुन्दर ठाउँ हो कि जस्तो अनुभूति भयो हामीलाई । उब्जनशील माटो र हरियाली वातावरण चाही छैन त्यहाँ । बरु वृक्षारोपण गरिएका स-साना वृक्षहरु समेत पहेंला भएर पात भरेको देखियो । यति हुँदा हुँदै पनि मुस्ताङलाई हरियाली बनाउने सपना बोकेको छ जिल्ला कृषि विकास कार्यालय मुस्ताङले ।
यात्रा अगाडि बढी रहेको थियो त्यसैक्रममा केही साथीहरु अफिसियल हुने हुँदा घर र्फकनुपर्ने बाध्यता र एकजना गुरु हिड्न नसक्ने अवस्थाले गर्दा र्फकने अवस्था आयो । र ७ जना सार्थीहरु जोमसोबाट जहाजमा घर र्फकनु भयो भने बाँकी सबैजना अगाडि बढीहरेको थियौं । यात्रा जहाँ मुक्तिनाथबाट कागबेनी, छुसाङ हुँदै हिडेर -नुन खानी) चुसुङ्ग -नासुनखोला) पुगेर नुन खानीको अवलोकन गरी चैलेमा आइ बास बस्यौं । भोलीपल्ट बिहान केही छलफल भयो लोमाङथाङ जानेकि नजाने भन्ने बारेमा । किनभने मुक्तिनाथ पुग्दा र त्यहाँको महंगीले गर्दा विद्यार्थीहरुमा केही समस्या आयो कि भनेर गुरुहरुले सचेत गराउनु भएको थियो । जहाँ विद्यार्थीहरु दोधारमा परे कि यहाँ भन्दा माथि अझ महंगो छ होला भनेर । पहिलो चोटी यस टिमको लोमाङथाङ्ग यात्रा थियो । यस टिमबाट त्यस ठाउँमा गएर फर्किएको कोही थिएन । सबै सोधेर जानुपर्ने बाध्यताले गर्दा निर्ण्र्ााक्षमता गुरुहरुमा पनि कम देखिएको थियो ।  ताङवेमा हुँदा नुनखानीसम्म मात्र जाउ भनेर चैलेमा आएर बास बसेका थियौं । तर चैलेमा बास बस्दा त्यही होटलको ट्रक रहेछ लोमाङथाङ्ग गएर र्फकर्ने । जसले गर्दा विद्यार्थीहरुमा दर्ुइ मत हुनु स्वाभाविककै हो । मलाई पनि एक तमासले हल्का तातो हुन गयो । मोती गुरु र डा.विश्व गुरुसँग भने कोही विद्यार्थी तल जाने कोही लोमाङथाङ्ग ! कि सबै माथि जाऔं कि सबै तल भनेर र्झकए तर निचोक निष्कन सकेन अनि ए ! त्यसो भए म पनि आफ्नो तरिकाले जान्छु भनेर गुरुहरुलाई अप्ठेरोमा पार्न थाले जहाँ सबै साथीहरुलाई मिलाउन सक्नुहुन्छ होला भनेर । तर केही साथी र एक जना गुरु भएर कागबेनीतर्फर्फकनुभयो । केही समय मेरो टाउको दुखेको जस्तो भान भयो । अनि ट्रक आयो साथीहरुले जाऊ अब एक जना मात्र भएपनि पुग्नु भनेको हाम्रो टिम सफल हुनु हो । त्यसै अवसरमा मोति गुरुले भन्नुभयो-जसले गर्दा ममा पनि केही परिवर्तन आयो र ट्रकमा बसे ।
मुस्ताङको गेट भनेर चिनिने चैलेबाट १९ जना उपल्लो मुस्ताङ्गतर्फअथवा लोमाङथाङ्गतर्फअगाडि बढ्यो । यात्रामा कालीगण्डकीको नदी जता जताबाट छिरेको छ त्यही नदीको बाटोमा ट्रक हिड्दो रहेछ । हामीलाई अनौठो भौगोलिक परिदृश्य देख्दा कोही साथीले त्यसको फोटो खिच्दै, रमाइलो गर्दै, कसैले भिडियो क्यामरामा ती दृश्यहरुलाई कैद गर्दै, पहरामा विभिन्न किसिमका चराचुरिङ्गहरुको गुढ, अनि गुफाहरुको दृश्यअवलोकन गर्दै गीत गाउँदै, अमिलो पिरो, दालमोठ घरी घरी मुखमा राख्दै, हावाको वेग चुइगम चपाएको मज्जासँगै चराङ्गहुँदै लोमाङथाङ्ग पुगियो ।
उपल्लो मुस्ताङवासी अत्यधिक जाडोका कारण हिउँदको समयमा आ-आफ्नो सामान तथा भेडा-च्याङ्ग्रा लिएर जाडो छल्न बेसीतिर -खासगरी बेनी, पोखरा, काठमाण्डौं र भारतका विभिन्न ठाउँ) लाग्दा रहेछन् । साथै शिक्षक-शिक्षिका र विद्यार्थीहरु त्यस समयमा पोखरा तिर आएर अध्ययन अध्यापन गर्ने एक स्थानीय बासी सिग्मा लामाले जानकारी दिए ।
लो भनेको आदिवासीको जातको नाम, माङ भनेको जडिबुटी र थाङ्ग भनेको मैदान, उर्वर भूमि हो । तिनतर्फाट सर्ुखा डाडाले घेरिएको दक्षिण पश्चिमतर्फमुक्तिनाथ हिमाल अवस्थित छ । त्यहाँको हिउँ पग्लिएर त्यस उर्वर भूमिमा सिंचाई गर्दछ । त्यहाँ जम्मा ९ वटा वडा रहेका छन् । ती वडा मध्ये ८ वडालाई ठूलो पर्खालले घेरिएको छ । जहाँ राज खलक विष्ट र गुरुङ जातीले बसोबास गर्दछन् । पर्खाल बाहिर वडा नं. ९ अर्थात एउटा वडा छ । त्यस वडामा कर्साई, विश्वकर्मा, गाईने आदि जातिका समुदाय बसोबास गर्दा रहेछन् । पर्खाल भित्रको शहरमा तीनवटा गुम्बाहरु छन् । त्यसै शहरको बिच भागमा मुस्ताङ्गी राजाको दरबार छ । त्यस दरबारको नाम मङखर -ःयलपजबच) हो । हाल त्यस दरबार अर्थात मुस्ताङका राजाको नाम जिङ्मे पर््रवल विष्ट हो । उनी २१ औं राजा अर्न्तगत पर्दा रहेछन् । उहाँको रक्षकका अनुसार त्यो दरबार पहिलो राजा लो अमे पाल -ीय Amभ एब) िले बनाउनु भएको थियो । ५ तले दरबार, १ सय ८ वटा कोठा रहेको छ ।  कूल ११ सय जनसंख्या रहेको छ । त्यस क्षेत्रमा १८० घरधुरी रहेको राजाका सुरक्षाकर्मी र राजा जिङ्वे पर््रवल विष्टको कुराकानीबाट थाहा पाइयो । सामान्य चियापान कार्यक्रम राजाकोतर्फाट खाता पहिरनसहित भएपछि हामी राजासँग केही तस्वीरहरु खिच्नको लागि अनुरोध गर्यौं । तस्वीर खिचियो र पछि आउने वाचा गर्दै बिदाईका हात हल्लाउँदै दरबारबाट बाहिर निस्कियो । त्यसपछि त्यहीको लामा स्कूल अर्थात श्री महाकरुणा साक्यप विद्यालय नेपाल भारतको प|mेडसिपअनुसार सन् १९९४ मा स्थापना भएको रहेछ । त्यस विद्यालयमा जम्मा ६५ विद्यार्थी, ८ कक्षा सम्म सामान्य किसिमको पढाइ हुन्छ । त्यसपछि ७ वर्षो कोर्षाई शास्त्री र २ वर्षो कोर्षगरिसकेपछि आचार्य गरिन्छ । बाँकी पढ्नको लागि देहरादून र सिमरामा जाने त्यसै विद्यालयका शिक्षकहरुले बताउनु भयो । त्यस विद्यालयमा फेरि सामान्य त्यही उत्पादन गरेको घरेलु बिष्कुटसँगै चियापान कार्यक्रम गरी त्यहाँ रहेको गुम्बाको अवलोकन पछि तस्वीर खिचेर बिदाई गरियो ।
मलाई त त्यही बसौ-बसौं लाग्यो किन कि त्यहाँको सम्मान, आदार सत्कार देख्दा । म लगायत अनिल, मनोज, मुना, पूजा, प्रदिप सबैसाथीहरु अर्थात हाम्रो टिमलाई पनि त्यस ठाउँले मन लोभ्याएको थियो । मैले त्यहाँको जनताको भाव बुझ्ने प्रयास गरेचीनको स्वाशासित क्षेत्र तिब्बतसँग मुस्ताङको सिमाना जोडिएको छ । स्वतन्त्र भूमि प्रयोग हुन्छ कि भन्ने आशंकाले शान्ति वा अशान्ति, युद्ध वा अप्ठ्यारो के हुने हो भन्ने चासो र चिन्ता पनि छ मुस्ताङबासीलाई । जब हामी मुख्य ठाउँमा पुगेपछि अब भने हाम्रो यात्रा र्फकने भयो । त्यही ट्रकमा फर्किएर अघिल्लो रात बसेको होटलमा बास बसौं । भोलीपल्ट बिहान जोमसोम आएर पहिलेको बाटो हुँदै रमाइलो गर्दै, गीत गाउँदै बेनीमा फर्कियो । म्याग्दीको तातोपानीमा आएर बास बसियो । भोलीपल्ट तातोपानीमा नुवाई, तस्वीरहरु खिचेर रमाईलो गर्दै ७ दिनको यात्रा पूरा भएकोमा हल्का महसुस गरियो । सोहीदिन हामी साँझपख पोखरा आइपग्यौं ।
मुस्ताङ मेरो जीवनको भौगोलिक र अविस्मरणीय यात्रा बन्न पुग्यो । तर यात्राको क्रममा मुस्ताङको नमिठो यथार्थ चाँहि अत्याधिक महंगी र आधारभूत सामानहरुको चर्को अभाव छ त्यहाँ । जसले गर्दा सामान्य मान्छे मुस्ताङमा टिक्न धेरै कठिन देखिन्छ । जुन कठिनाई भोग्ने मध्ये हामी पनि एक हौं । तर आश्रमहरुमा खाने बस्ने सहुलियत प्राप्त गरेको र साथीभाइको सहयोगी भावना रहेकोले नै हाम्रो यो यात्रा सहज र सफल भयो ।
स्वार्थी भएपनि साथी नर्विसिनु,
चिसो भए पनि मुस्ताङ नर्विसिनु ।
तिमीहरुलाई जस्तो भएपनि सँगै हिडेको,
मुस्ताङको त्यो यात्रा नर्विसिनु ।।
                दबदग)उबधबलद्दद्द२थबजयय।अom

read more...


जेठ १४ पछिको कहालीलाग्दो तस्वीर
May 27, 2010

महेश भण्डारी
नारायण भण्डारी लगायत केही शुभचिन्तकहरूको सुझाव छ संविधानसभाबारे लेख्नु भन्ने । कति गाह्रो बिषय ! मार्क्सवादी टोपी पहिरेका सुवास नेम्वाङजस्तो शालीन, बौद्धिक र भलाद्मी व्यक्तिले संविधानसभा अध्यक्षको आसनबाट संविधान जसरी पनि बन्छ, समयमै बन्छ भनेर पटक-पटक आश्वासन दिँदा संविधान सजिलो विषय लागेको थियो । सहमती हुने रहेछ र समयमै संविधान बन्ने रहेछ भन्ने लागेको थियो । तर त्यसो भएन । मलाई केही अर्थ्याउने जाँगर चलेको छैन । हिजोआज संविधानबारे वात्स्यायान र राजेश के.सी. का कार्टर्ुुे धेरै बोलेको छ । देशका नेताले संविधानलाई विदु्रप वस्तु बनाए । संविधान बनाउनको निम्ती हाम्रो भोट पाएर संविधानसभामा चुनिएका नेताले संविधान बनाएनन्, दिगो शान्ति दिलाउन सकेनन् र लडाकुको समायोजन अझैसम्म गर्न सकेनन् । सहमतीको राजनीति हरायो । संविधान हलुंगो बिषय बन्यो । शान्ति चिया चौतारीको गफ बन्यो । जसका निम्ती र जसका विरुद्ध ती लडाकु लडे ती दुवै पक्षले लडाकुलाई न असल मित्रको इज्जत दिन सके, न स्वाभिमानी शत्रुको स्थान नै । इतिहासमा हार्नेको पनि स्थान हुन्छ । शत्रुको पनि इज्जत हुन्छ । ती लडाकु नेपालको पुलिस, प्रशासन र सेनालाई जितेका योद्धा हुन् । मुक्ति र परिवर्तनको लागि लडेका योद्धालाई लक्षीत राजनीतिक परिवर्तनपछि विशेष स्थान र इज्जत दिने गरिन्छ । राज्यको नून-पानी खुवाएर क्यान्टोन्मेन्टमा राखिएका ती लडाकु पर्राई होइनन्, सरकारले बुझेन । हिजो बाह्रबर्सर्ेेनयुद्धमा हत्केलामा ज्यान लिएर बन्दुक बोकेका ती लडाकु 'अनमिन' लाई देखाउने दाँत र सरकारलाई तर्सर्ााे दाह्रा होइनन्, स्वयम् माओवादीले बुझेन । क्यान्टोन्मेन्टमा रहेका लडाकुको मार्चपास सुनेर जनताले भोट हाम्लाई दिएका हुन् र अब पनि दिन्छन् भन्ने आशा माओवादीले पालेको छ भने ऊ सरासर गलत छ र यी लडाकुको समायोजन भयो भने माओवादीले नेपाल सेनामा विभाजन ल्याएर सत्ताकब्जा गर्छ भन्ने भय यदि सरकारवादी पार्टर्ीी पालेका छन् भने उनीहरूको यो 'हाइपोथेसिस' गलत छ । यस्तै गलत भय र 'हाइपोथेसिस' को हिलोमा संविधानसभाको चुनाव पछिको राजनीतिक रथ गुड्न नसक्ने गरी फँसेको छ । नेता जे भन्छन्, जनता त्यसको पत्यार गर्दैनन् अब । समय धेरै कोष अगाडि र्घर्किसक्यो । जनताले शक्तिखोरमा प्रचण्डले 'सेनालाई भाँडेर सत्ताकब्जा गर्न सकिन्छ' भनी बोलेको टेप पनि सुनेका छन् । जनताले माधवकुमार नेपालले पत्रकारमाझ 'संविधानसभा हाम्रो माग होइन' भनेको कुरा पानि बुझेका छन् । जनता उल्लु छैनन् । भेडा होइनन् जनता । जसले जनतालाई उल्लु बनाउने चेष्टा गर्छ, ऊ सिद्धिन्छ । अस्ति राणाहरू, हिजो मण्डलेहरू, भर्खरै ज्ञानेन्द्र माइला जस्तै अब सिद्धिने पालो राजनीतिक दलहरूको आयो भने त्योभन्दा ठूलो दर्ुभाग्य अरु केही हुने छैन । आदरणीय पाठकवृन्द, जेठ १४ पछि कस्तो होला नेपालको भविष्य - संविधान बनाउँछु, दिगो शान्ती दिलाउँछु र सेना समायोजन गर्छर्ुुन्ने ठूला नेताको अनुहार कस्तो होला अब जनताको अघिल्तिर - अब कसले बनाउँछ देश - अब कसले चलाउँछ देश - राज्यको ढुकुटी रित्ताएर गरिएको ऐतिहासिक संविधानसभाको चुनावमा विजयी भएका ६०१ जना सभासद्को राजनीतिक र नैतिक भविष्य अब के हुने हो - कस्तो हुने हो - जनताले यिनलाई के सजाय दिने हुन् - लेखक विश्वप्रकाशले भनेझैं भोलीको पुस्ताले देशको पोष्र्टमर्टम रिपोर्टमा संविधानको निर्मम हत्या भनेर इतिहास लेख्नेछ । यो एउटा कहालीलाग्दो तस्वीर हो ।
अखबार म्याद सिद्धिन लागेका दर्ुइ कुरा, संविधानसभा र 'युनिटी लाइफ'को खबरले भरिएका छन् । मुलुकका पार्टर्ीी युनिटी लाइफजस्तै अविश्वसनीय बने । युनिटीका गफ र नेताका कुरा उस्तै रहे । पार्टर्ीीे नेतृत्व पंक्ति र यतिखेर युनिटीका फरार संचालक काटीकुटी उस्तै रहे । माधवकुमार नेपाल हरुवा हुन्, लोकलाई थाहा छ । माधव नेपालको बुद्धि छैन, इमान्दारीता र नैतिकता छैन, योग्यता र क्षमता छैन, यिनले संविधान बनाउन सक्दैनन् भनेर जनताले यिनलाई हराएका हुन् । मदन भण्डारी मरेपछि उनको अपुताली पचाएर महासचिव बनेका यि माधवकुमार नेपाल विचारले शुष्क र बुद्धिले शून्य जीव हुन् । यिनलाई अझै पनि संविधानसभा के हो थाहा रै'नछ । गिरिजालाई 'भ्याट' बुझ्न गाह्रो भएझैं यिनलाई संविधानसभा बुझ्न गाह्रो भएको कुरा यिनका बेसुरका कुरा सुनेर प्रष्ट हुन्छ । प्रदीप गिरीलाई वक्ता बनाएर 'संविधानसभा' बारे एक घण्टे प्रशिक्षण दिनुपर्ने हो यी माधवलाई । काँग्रेसले समय निकाल्नु पर्ने हो । आपmनो भरियाको ख्याल भएन भने काँग्रेसले लोकतान्त्रिक टूेकिङ कसरी पार गर्ला - होइन भने काँग्रसको उद्देश्य भनेको नथाकिन्जेल एमालेलाई भारी बोकाउने र थाकेपछि भीरबाट गुल्टाउने हुनर्ुपर्छ । त्यो दिन ध्रुविकरणको दिन हुनेछ । लोकबाट एमाले बिलाउने छ र नेपालमा माओवादी र एन्टी-माओवादी हनेछन् । मधेसका कुरा मसिना छन् । केलाएर गर्नुपर्छ । त्यो फर्ुसत कसैलाई छैन । संविधानसभाको चुनावबाट बनेको संविधानले मधेसी जनताको हक अधिकारको रक्षा गर्नेछ भन्ने मनसुवाले मधेसीहरू उत्साहित भएर मधेसी दलका नेतालाई जिताए । र, जीतपछि मधेसी दलका नेताहरू सत्तामा पनि गए । तर यिनले चुनेका प्रधानमन्त्री संविधानसभाको विरोधमा बोल्दैछन् । अब मधेसवादी दलका नेता सत्तामा बस्नु भनेको प्रतिघात हो । संविधानसभाको विरुद्धमा बोल्ने प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा बसेर मधेसवादी दलका नेताले आपmनो खुट्टामा बन्चरो हान्दैछन् । आत्मालोचना गर्नु भनेको आलु-चना खानु होइन । माधवको आलु कुराबाट क्षमादान सम्भव हुँदैन ।
एउटा दुःखद पक्ष के छ भने मुलुकको राजनीतिलाई 'नेगिटिज्म' ले निर्देश गरिरहेको छ । 'नेगेटिज्म' उत्तोलक बनेर ठूल्ठूला क्रान्तिमा पत्थर उचाल्न सघाएको छ । हामीलाई थाहा थियो, काँग्रेस र एमालेका सबै नेता जाली र फटाहा हुन् । भर्खरै जनयुद्धलाई स्थगित गरेर खुला राजनीतिमा आएको माओवादीलाई चिन्न र बुझ्न अझै बाँकी थियो । तर, महाफटाहा ज्ञानेन्द्रको 'नेगिटिभ एक्सन' का कारण जनताले आन्दोलनमा ती नेतालाई साथ दिए । कान्तिपुर टेलिभिजनमा घरिघरि आइरहने एउटा विज्ञापनमा प्रचण्ड बोेलेको देखाउँछ । उनी भन्छन्, 'ज्ञानेन्द्रको लात र माओवादीको हातले बाह्रबुँधे सहमती बनेको हो !' कुनै पनि घटना, व्यक्ति या स्थितीप्रति पैदा हुने 'नेगिटिज्म' ले राजसंस्थाजस्तो २४० वर्षपुरानो संस्थाको जरा उखेल्दो रहेछ र चोर र फटाहा कहलाएका नेतालाई शीरमा चढाएर फेरी सत्तामा पुर्žयाउँदो रहेछ । समयले त्यही देखायो । हामीलाई थाहा छ, वास्तवमा राजनीतिक पार्टर्ीीतिला होइनन् । संसदीय व्यवस्था गतिलो होइन । मुलुकको राजनीति गतिलो होइन भन्ने थाहा हुँदाहुँदै पनि जनताले संविधानसभामा कुनै एकमा भोट ठोक्नुपर्ने थियो ठोके । गिरिजाले हाँकेको आन्दोलन र संविधानसभाको चुनाव सफल हुनुमा ज्ञानेन्द्रको हात ठूलो छ । ज्ञानेन्द्रको प्रतिशोधमा जनताले पार्टर्ीीई काँध थापेका हुन् । साथ दिएका हुन् । 'नेगेटिज्म' जगमा भएको क्रान्ति र परिवर्तनको जस धेरै थेरै यर्सथमा ज्ञानेन्द्रलाई पनि जान्छ । यसको अर्थ फेरि उनलाई डोलीमा सजाएर नारायणहिटी ल्याउनु पर्छ भन्ने चाहिँ होइन । जनताको चाहना पनि त्यो छैन ।
तर माओवादी, काँगे्रस र एमाले यी तीन पार्टर्ीीकआपसमा मिल्न सक्दैनन् र यसरी नै बखेडा गरीरहन्छन भने त्यसको फाईदा अर्को शक्तिले उठाउँछ । जरुर उठाउँछ । त्यो शक्ति जतिसुकै गलत होस्, उसले जनतामा व्याप्त 'नेगेटिज्म' को फाइदा उठाउँछ । जनतामा दिनप्रतिदिन नैराश्य छाइरहेको छ । माधव नेपालको अभिव्यक्ति केवल कर्ुर्सर्ीीचाउने मन्त्रबाहेक केही लाग्दैन । यता माओवादीले आँफू सत्तामा जाने कुरालाई जसरी 'हाइलाइट' गरिरहेछ, त्यो उत्पादक छैन । आफ्ना शुभचिन्तक जनतालाई निराश बनाउने उपायबाहेक केही होइन । काँग्रेस त सबैभन्दा अबसरवादी कुनामा बसेर दर्ुइ वाम लडाउनमा माहिर देखिएको छ । तर यदि साँच्चिकै संविधानसभाको म्याद थपिएन, संविधान बनेन र दिगो शान्तिको कुनै गुञ्जायस रहेन भने त्यसको दोषबाट कोही पनि उम्कन पाउँदैनन् । न काँग्रेस, न माओवादी र न एमाले, यी सबै सबै पार्टर्ीीनताको नजरबाट गिर्नेछन् । र, यो अन्धकार र अन्यौलको फाइदा अरु कसैले लिनेछ । त्यो ज्ञानेद्र पनि हुनसक्छ । त्यो भारत पनि हुन सक्छ र त्यो सेना र राष्टूपति जो पनि हुनुसक्छ । त्यो 'नेगेटिज्म' को उभार सम्झेर अतालिएको छु । जेठ १४ अगावै एउटा सहमती होस्, कामना !
ाचभभद्दखष्दचबतभ२थबजयय।अom

read more...


मदन भण्डारीबारे टुहुरा मान्यताहरू
May 18, 2010

महेश भण्डारी
मदन भण्डारीको १७ औं वाषिर्की कर्मकाण्डी कार्यक्रम गरेर मुलुकभर मनाइयो । यो पटक मुलुकका छापाले उनको सोचेभन्दा ज्यादा विवेचना, विश्लेषण र सम्झना छापे । यो सब रीत रहेछ । मान्छे उही, घटना उही र विचार उही । ऊ कहिले प्रकाशमा पारिन्छ, कहिले छायाँमा । हामीसँग पर्ूण्ा सत्य छैन यो जगत्मा । सत्यका खण्ड-खण्ड हाँगाहरू छन् । तिनका काँपमा हाम्रा टुहुरा मान्यताहरू झोल्लिएका छन्, हल्लिएका छन् । पश्चिमाहरू 'पेण्डुलम' भन्छन् यो. मनोदशालाई । हामी पर्ूर्वीयाहरू भर्žयाङ भन्छौं । अरुलाई भर्žयाङ बनाउने खेल रहेछ राजनीति । अंगुर अग्लै ठाउँमा फल्छ । त्यसलाई टिप्न र खान भर्žयाङ चाहिन्छ । केही मान्यताहरु यस्ता पनि आए र तिनले गधा बनेर 'अंगुर अमिलो भएको' पुष्टि समेत गरे । माओवादी आखिरमा मदन भण्डारीकै जनताको बहुदलीय जनवादकै बाटो समातेर नागरिक पार्टर्ीीएको छ भन्ने मान्यता राख्नेहरू त्यही ड्याङमा पर्छन् । जनतालाई मूलासँग सरोकार छ, ड्याङको भूगोल र माटो विज्ञहरू नै जानुन् ।
यो हप्ता केही घतलाग्दा कुराहरूको संग्रह बनाएर केही आलेखहरू छापिए । पहिलेका शुभचिन्तक र कार्यकर्ताहरू अहिले एमालेबाट टाढिनुका कारणहरू र आस्था भत्केपछि त्यसले लिने बेरूप व्यवहार र विचारको बयान बणिर्त छन् धेरै आलेखहरूमा । पढेपछि लाग्यो, हामीबीच मदन भण्डारीबारे गर्नुपर्ने कुरा कैयन् रहेछन् । एमालेभित्र नै दर्ुइ धारले आ-आपmनै अर्थ लगाएर जबजको व्याख्या गर्छन् । कमरेडका अर्थ अनेक छन्, अन्तिम अर्थ छैन । जनताको बहुदलीय जनवादका एक व्याख्याता वामदेव गौतम कारवाही भोग्न 'अन योर मार्क' को पोजिसनमा छन् । उता काँग्रेससँग जोडिएको घाँटी बोकेर कमरेड ओलीले समय र सर्न्दर्भ अनुसार आपmनै विश्लेषण गरेका छन् जबजको । 'एनिहाउ माओवादीको कद घटाऊ', कमरेड ओलीले बुझेको जबजको सुत्र बस् यही हो । तरकारी पसलेलाई कसैले छोरो कस्तो छ भनेर सोध्यो भने 'हरियो, हरियो ताजा ताजा छ हजुर' भन्ने जवाफ दिएझैं कमरेड ओली बहुली कुरा गर्छन् ।
यसबीच ठमेलस्थित जाभामा बसेर कफी पिउँदै मित्र नवीनसँग 'जनताको बहुदलीय जनवाद' बारे गफिन मन लागेको छ । पन्थी डेरीमा बिताएका थुप्रै बर्साईंमा हामीले मदन भण्डारीलाई धुँवा धँुवामा उडाएका छौं । प्रेम उडान हो । उडाउनर्ुपर्छ । हामी सायद यही सोच्थ्यौं । प्रेममा जडता हुनु हुँदैन । आस्थालाई स्थिरता रुच्दैन । फुत्त उड्न दिनर्ुपर्छ । र, हर्ेर्नुपर्छ उडेको टाढा-टाढासम्म ।
हो, मुलुकबासीले नेकपा एमालेलाई चौपट उडाए । एमाले धागो चुडिँएको चंगाझैं हिमाली आकाशमा उडिरहेछ । बेताल उचाई र बेलगाम बेगलाई जनताको बहुदलीय जनवादको सफलता मान्नेलाई कुन शब्दले दया गरुँ ! मलाई थाहा छ, कम्युनिज्म भ्रम होइन, अफिम होइन र न हो धर्मशाष्त्र नै । कम्युनिज्म विज्ञान हो । एकमा एक जोडेर कवितामा तीन हुन्छ । हाम्रा विश्लेषण यस्तै मनोगत छन् । भावुक छन् । वस्तुपरक छैनन् । पर्ूवाग्रही छन् ।
कुनै पनि मूल्यांकन गर्दा मूल्यांकनकर्ताले भोगेको विगत र उसले वषार्ंर्ैैजएको संस्कार हावी हुँदो रहेछ । कम्युनिष्टबारे हाम्रा आपmनै मनोगत धारणा छन् । ०४६ सालको आन्दोलनताका थुप्रै मान्छे 'महेन्द्रपुलका सटर अब हाम्रो नाउँमा हुनेछ' भनेर आन्दोलनमा सरिक भएको हल्ला पोखरामा बेस्सरी चलेको थियो । त्यो बेला म सानै थिएँ । सारा सुकुम्बासी सडकमा उत्रेका थिए । भ्रम हो या सत्य, तिनै सटरले हजारौं हजार सुकुम्बासीका चेतन, अर्धचेतन या अबचेतन मनलाई कहिँकतै 'डूाइभ' गरेको हुनर्ुपर्छ । त्यो भेल रोक्न कम्युनिष्टहरू धर्म मान्दैनन्, गाई काटेर खान्छन् र साठी वर्षकटेपछि बुढाबुढी मार्छन् भन्ने बहुली विवेचनासमेत बजारमा नआएको होइन । यी अनेकौं विरोधाभाषमाझ मदन भण्डारीले कम्युनिष्ट इतिहासको कडा परीक्षा दिए । सारा विश्व 'एन्टी कम्युनिष्ट' वेभमा बगेको बेला यिनी नेपालका आशालाग्दा नेता साबित भए । प्रष्ट, कडा तर शालीन भाषण गर्थे यिनी । यिनका कुरामा गालीभन्दा ज्यादा भिजन हुन्थ्यो, आक्रोशभन्दा ज्यादा जनताले भोगेका समस्याको सम्बोधन हुन्थ्यो । राजालाई श्रीपेच खोलेर चुनावी मैदानमा उत्रन हाँक दिने यी सबैभन्दा साहसी नेता थिए । ठूल्ठूलो प|mेम भएको चश्मा, खैरो कोट, पसिनाले भिजेर कलर कालो भएको सेतो र्सट, जोड दिएर बोल्दा चुनौतीस्वरुप माथि उठेको हात र औँलाको काँपमा कालो कलम ः मैले तस्वीरमा पढेको मदन भण्डारीको व्यक्तित्व बस् यस्तै यस्तै सामान्य थियो । यिनले र्सार्वजनिक सभामा पहिलो पटक अंग्रेजी शब्द 'भिजिलान्ते' प्रयोग गरेर मण्डलेको उछिटो काढ्दा साँच्चिकै भिजिलान्तेहरू चुप लागे र अरुहरू खुट्टा तानेर चोर बन्न चाहेनन् । त्यो मौनता सलाम थियो तिनको गालीलाई । नमन थियो तिनको हाँकलाई । यिनले धूलोमा बसेका जनतालाई 'संग्रामीय अभिवादन' चढाउँदा उपत्यकामा कुनै संर्घष्ा र लर्डाईं चर्केन । बरु आँधीअघिको सन्नाटा मुलुकबासीले महशुस गरेकै हुन् । उनको मरणपछि त्यो सन्नाटा शोकमा विलय भयो । आँधीजस्तो शक्ति भएन । यिनले काँग्रेसका शीखर पुरुष कृष्णप्रसादलाई हराए । दुनियाँ दङ्ग खायो । 'न्युजवीक' ले अन्तरवार्ता छाप्यो र शर्ीष्ाक दियो, 'नेपालमा कार्लमार्क्स जीवित छन् !' यो एउटा 'ब्रेकथु्र' थियो । चुनौती थियो सारा विश्वलाई । त्यसपछि धेरै जनता यिनका प्रशंसक बने । एमालेले जति पनि आपmनो मत बढायो, ती सब यिनका थप प्रशंसक हुन् । प्रशंसक यति धेरै बढेछन् कि र्सवमान्य नेता गणेशमानले यस्तो र्सवघृणित अभिव्यक्ति दिन बाध्य भए, 'नेपाली जनता भेडा हुन् !' मान्छेका आ-आपmना दिमाग हुन्छन् । तिनको आपmनो 'वेभ-लेन्थ' हुन्छ । यो किस्सालाई जनताले यसरी नै बुझे ।
मदन भण्डारीको १७ वाषिर्कीको दिन छापामा प्रकाशित छोरी उषाकिरण भण्डारीको मनोभाव पढें । उनले केही सत्य ओकलेकी छन् । मदन भण्डारीको मरण हत्या हो या दर्ुघटना - यो ठम्याउन नसकिने किस्सा बनेर छापामा छाएको सत्र वर्षभइसकेछ । यो बीच मर्स्याङ्दीमा धेरै पानी बग्यो । उनले प्रष्ट भनेकी छन्, 'त्यो घटना षडयन्त्र नै हो ।' एमाले अझै पनि सत्तामा छ । त्यो बेला नेता भण्डारीका दाइने हात मानिने माधवजी मुलुकका प्रधानमन्त्री हुनुहुन्छ । जननेता भण्डारीकी पत्नी विद्या रक्षा मन्त्री हुनुहुन्छ । उनको मरणको लगत्तै पार्टर्ीी नौ महिना एक्लै शासन गर्ने अवसर पाएकै हो । आपmनो जननेताको हत्यारा पत्ता लगाउन यो लामो समय हो । नामले कम्युनिष्ट पार्टर्ीीनेर चिनिएको एमालेले हर्ेदाहर्ेदा थुप्रै मतदाता र प्रशंसक गुमाएको छ । गुमाइएका भण्डारीजस्तै टाढा भएका ती र्समर्थक र मतदाता फर्केर अब 'र्सर्ूय' को घाम ताप्न नर्फकलान् । योबीच चालक अमर लामाको दिनदाहाडै हत्या समेत भयो । हिजोको वाषिर्कीमा धेरै थान नेताले हत्यारा पत्ता लगाएरै छाड्ने आपmनो पुरानो बचनाबद्धता दोहोर्žयाए या दोहोर्žयाएनन् - छोरी उषाकिरणले सायद कान ठाडो पारेर सुन्न खाजिन् होला ।
बिपीका पुत्र प्रकाश कोइराला पर्ूव ज्ञानेन्द्रको टिके अनुयायी बनेको यो देशमा उषाकिरण भण्डारीले मानुषी यमी भट्टर्राईलाई भोट दिइन् भने पनि खड्ग ओलीहरू अचम्म नमाने हुन्छ । किताबको जबजले जनताको मन जितिँदैन । चरित्र, संस्कार र कार्यशैली महत्वपर्ूण्ा हुन्छ जनलहर र जनविश्वास आर्जन गर्न । ज्ञानेन्द्रका चाकडीबाजको खोपीमा मदन भण्डारीको मर्ूर्ति सुहाएको छैन । सायद छोरी उषाकिरण अतालिएको हुनर्ुपर्छ ।
ाचभभद्दखष्दचबतभ२थबजयय।अom

read more...


« Previous Page - 1 2 3 4 - Next Page »

»

  More Articles - लेख विषेश

गोपिचन लोकनाटकमा डा.कुसुमाकरको खोज

कहिले होला भयानक चलचित्रको अन्त्य -

चुनावमा भैंसी संस्कार

मलाई रुच्दैन त्रि्रो बारेमा .....

सक्नेहरू बाँच्छन्, बाँकी पाखा लाग्छन्...

समयसिमा भित्रै संविधान निर्माण हुनर्ुपर्दछ

रेखाहरूभन्दा बाहिर

जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका

विश्वको ब्रि्रदो वातावरणले प्राणीको अस्तित्व संकटमा

सर्न्दर्भ १९ औं विश्वकप फूटबल प्रतियोगिता

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np