Samadhan National Daily

साहारा क्लवको वार्षिकोत्सवमा विविध कार्यक्रम

पोखरा, २४ भदौ ।
“आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. सं. २०५५ सालमा स्थापित सहारा क्लब पोखराको १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनको अवसरमा तीन दिने विविध कार्यक्रम अन्तर्गत बिहिबार पोखरा उप महानगरपालिका वडा नं. ९ पुरानो बसपार्कमा सहारा क्लब पोखराको आयोजना एवं पोखरा उप महानगरपालिका फोहर मैला व्यवस्थापन विभागको प्राविधिक सहयोगमा बृहत सर सफाई कार्यक्रम एक समारोह बिच सम्पन्न भयो । यस कार्यक्रमको प्रमुख अतिथि पोखरा उप महानगर पालिका वडा नंंंं. ९ वडा सचिव एवं समाजिक अभियान्ता लोकदर्शन कोईरालाबाट शुरुवाती सर सफाई गरी उद्घाटन गरिएको थियो ।
यस कार्यक्रममा फोहर मैला व्यवस्थापन विभाग प्रमुख चुडामणी तिवारी, प्रमुख अतिथि लोकदर्शन कोईराला लगाएतले बसपार्कको फोहर मैला व्यवास्थापन एवं पर्यटकिय शहर पोखराको बसपार्क निमार्णबारेमा आ आफ्ना भई राखेका थिए भने कार्यक्रमका सभापति क्लबका वरिष्ट उपाध्यक्ष केशबराज बरालले उपस्थिति प्रमुख अतिथि, विशेष अतिथि, अतिथि एवं उपस्थित सम्पुर्णलाई हार्दिक स्वागत गर्नुको साथै आफ्नो भनाई राखेको थिए भने कार्यक्रम क्लबका महासचिव केशबबहादुर थापाले सञ्चालन गरेको थिए ।
साथै क्लबको १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनको अवसरमा २०७२ भाद्र २५ गते शुक्रबार विहान क्लबको प्राङ्गणमा रत्तदान कार्यक्रम साथै भाद्र २६ गते शनिबारका दिन तिनगाउँले थकाली समाज स्यालदुले पोखरा ७ मा वार्षिकोत्सव एवं नवौ महाधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन हुनेछ । २६ गते शनिबार हुने कार्यक्रममा नयाँ जुनियर एवं सिनियर सदस्य परिचय पत्र, आजिवन सदस्य प्रमाणपत्र एवं सहारा क्लब पोखराको प्रगति र उन्नतिमा महत्वपूर्ण योगदन पु¥याउनु भएका सल्लाहकार प्रकाश शेरचनलाई मानार्थ सदस्यताको प्रमाण वितरण गरिने कार्यक्रम रहेको छ । साथ साथै यस क्लबद्धारा आफ्नो वार्षिकोत्सवको अवसर पारेर पुरस्कृत गर्दैं आई रहेको सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७२ बाट क्लबका सदस्य रेश्मा कार्कीलाई सम्मान गरिने भएको छ भने सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७२ बाट अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका फोटो पत्रकार कृष्णमणी बराललाई समारोह बिच प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री पुरुशोत्तम पौडेलबाट पुरस्कृत गरिने महासचिव केशबबहादुर थापाले जानकारी दिए ।

No Comments on साहारा क्लवको वार्षिकोत्सवमा विविध कार्यक्रम

Drop us a message