Samadhan National Daily

बस दुर्घटनामा पाँचको मृत्यु

गुल्मी, १८ असोज । गुल्मीको सदरमुकाम तमघासमा भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ ।
बुटवलबाट तम्घासतर्फ आउँदै गरेको लु१ख ४१६१ नम्बरको बस उर्लेनीको विश्वकर्मा मन्दिर नजिकै घुम्तीमा दुर्घटना हुँदा पाँच जनाको जयान गएको होे ।
प्रहरी निरीक्षक रामप्रसाद पौड्यालका अनुसार मृत्यु हुनेमा तम्घासको भुजेलखर्क निवासी ३० वर्षीय करण चुँदारा, रेसुङ्गा नगरपालिका घर भई पाल्पा सडक डिभिजन कार्यालयका सुपरभाइजर ५५ वर्षीय रोहित मरासिनी, दुविचौरका ५० वर्षीय टामबहादुर विश्वकर्मा, रेसुङ्गा नगरपालिका–१५ भँगेरीकी ४६ वर्षीया भीमकुमारी श्रीस् र अर्लाङ्गकोट–६ की पुष्पा परियारका पाँच वर्षीय छोरा सिजन परियार रहेका छन् । घाइते मध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको छ । रासस

No Comments on बस दुर्घटनामा पाँचको मृत्यु

Drop us a message