|
बन्द, हड्तालको याम
May 14, 2012
“नेपालीका तीन काम बन्द, हडताल ,चक्काजाम ” यसलाई लोकोक्तिकै तहमा राख्नुपर्ने बेला भएको छ , उखान कै रुप दिनुपर्ने भएको छ । हुन त नेपालमा मात्र बन्द, हड्तालजस्ता जनतालाई अप्ठेरो पर्ने काम हुँदैन, यो दक्षिण एशियाली क्षेत्रकै रोग हो । तर नेपालमा जत्तिको बन्द, हडताल शायदै अन्त हुन्न होला । विकशित मुलुकमा पनि प्रदर्शन, हड्ताल हुन्छ तर जुन समुदायले हड्ताल गरेको हो, त्यो बाहेक अरुलाई दुःख दिने काम हुँदैन । नेपालका राजनीतिक दलहरुले नै बन्द,हड्ताल र चक्काजामको संस्कृति सिकाएका हुन् । पछिल्लो जनआन्दोलन लगातार १९ दिन बन्द गरेपछिमात्र वारपार भएको थियो । ठूल(ठूला युगान्तकारी परिवर्तनहरुरुका लागि यस्ता बन्दलाई केही हदसम्म उचित भन्न सकिएला यहाँ त लोग्ने स्वास्नी झगडा गर्दा, कुखुराको चल्ला गाडीले किचेर म¥यो भनि क्षतिपूर्तिका लागि पनि राजमार्ग बन्द गरेका थुप्रै उदाहरणहरु छन् ।
•
read more... |